हेत्छाकुप्पाको कथा (नेपाली लोक कथा)

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

भाग १ आमा बाबु दुबै बितेपछि हेत्छाकुप्पा सानैमा टुहुरो भयो। उसको घरमा उ र उसका दुइ दिदिहरू तायामा र खियामा मात्रै थिए। आमा बाबु नभएको यो परिवारलाइ चाक्लुङ्धिमा राक्षसनिले निकै नै सताइ रहेकि थिइ। त्यो राक्षसनिले उनिहरुको खेतबारिमा फलेको सबै अन्न त खाएर सकिदिइ| चाक्लुङ्धिमा राक्षसनिको यस्तो हर्कतलाई तायामा र खियामा रोक्न सकेनन किनकि राक्षसनि उनीहरु भन्दा धेरै शक्तिशाली र दरलाग्दी थिइ| एक दिन त्यो राक्षस्नी ले घर भित्र भकारिमा भएको अन्न पनि सबै खाएर सकिदिइ| तै पनि तायामा र खियामाले राक्षसनिलाइ केहि गर्न सकेनन| त्यस पछि त उनिहरू भोकभोकै हुन थाले। उनीहरु भोक भोकै तड्पिएको देखेर चाक्लुङ्धिमा राक्षसनि खुशी भएर नाच्न थालि| अति भोक लागे पछि एक दिन भाइ हेत्छाकुप्पाले भन्यो, "दिदि मलाइ असाध्यै भोक लाग्यो।" भोकै त तायामा र खियामा दिदिहरु पनि भोधेरै नै लागेको थियो| तर, उनिहरुले "भोक लाग्यो," भनेर भन्ने पनि कोहि थिएनन। आंफ्नो भोक सहेर बसिरहेका दिदिहरुलाई भाइको भोक असह्य भयो| उनीहरु खानेकुरा खोज्न जङ्गल गए | जंगलमा उनीहरुले खोक्लि साक्लि र गिठ्ठा भ्याकुर फेला पारे | खानेकुरा फेला पारेपछि उनीहरुले बोक्न सक्ने सम्म खोक्लि साक्लि र गिठ्ठा भ्याकुर ल्याएर उसिनेर भाइलाइ खुवाए आँफु पनि खाए। एक दिन चाक्लुङ्धिमा राक्षसनि ले ति तीनजना त भोक भोकै मरे होलान भनेर बुझ्न आइ पुगी| उनीहरु त खोक्लि साक्लि र गिठ्ठा भ्याकुर खाएर रमाइलोसंग बसी रहेका पो रहेछन। यो देखेर चाक्लुङ्धिमा राक्षसनिलाइ असह्य भयो उसले रिसले चुरा भएर खोक्लि साक्लिलाइ पाताल भसाइ दिइ। अनि, गिठ्ठा भ्याकुरमा खक्पा छर्केर खानै नहुने गरेर तितो बनाइ दिइ। गिठ्ठा भ्याकुर खानै नसकिने तितो भएपछि, उनीहरुले केहि पनि खानेकुरा फेला पार्न सकेनन| दिदिहरुले नजिकै फलेका ऐसेलुको रस ल्याएर भाइलाइ खान त दिन्थे तर, ऐसुलुको रसले मात्र भाइ बाँचाइ राख्न नै गाह्रो हुने भयो। तर, नजिकै अरु केहि पनि खानेकुरा थिएन, भएको जति सबै चाक्लुङ्धिमा राक्षसनिले सकी सकेकी थिइ। नजिकमा कुनै पनि खानेकुरा फेला नपरे पछि दिदीहरुले खानेकुरा खोज्न टाढै जाने निर्णय गरे। उनीहरु नाफर्किन्जेल भाइलाइ भुलाइराख्न उनिहरुले बुचुकुलकुमा एउटा खानेकुरा उसिन्न राखिदिए | दिदीहरु खानेकुरा खोज्न भनेर टाढा टाढा गएपछि हेत्छाकुप्पा बुचुकुलकुमा उसिनिरहेको त्यो गोलो गोलो चिज कुन बेला पाक्छ र खाउँला भनेर कुरी रह्यो। एकछिन पछि, पाक्यो कि भनेर त्यसलाई छाम्यो तर त्यो एकदमै कडा थियो, पाकेकै रहेनछ। एकछिन पछि फेरि, पाक्यो कि, भनेर छाम्यो तर पाकेकै रहेनछ। हेत्छाकुप्पा यता उता खेल्यो अनि फेरि आएर पाक्यो कि भनेर छाम्दा पनि पाकेकै रहेनछ। उसलाइ भोकले अत्याईरहेको थियो | खानेकुरा खोज्न हिंडेका दिदिहरुको अत्तो पत्तो थिएन| खासमा, घरमा केहि पनि खानेकुरा थिएन| तेसैले दिदिहरुले भाइलाइ झुक्याउन ढुंगाको लोहोरोलाइ पो उसिन्न राखिदिएका रहेछन। ढुंगा के पाक्थ्यो, तेसैले कुर्दा कुर्दा भोकले निराश भएको हेत्छाकुप्पा त्यहिँ लड्यो। उ लड्दा उम्लिरहेको तातो पानि उसको कोमल जिउ भरि पोखियो। भोकले आत्तिएको, खान नपाएर निराशामा चुर्लुम्मै डुबेको हेत्छाकुप्पालाइ त्यसपछि कहिल्यै खानु परेन। किनकि, केहि क्षणमा नै उसको प्राण पखेरु उड्यो। उता दिदिहरु, तायामा र खियामालले दिनभर जङ्गलमा खानेकुरा खोजे। घर नजिकका सबै खानेकुरा चाक्लुङ्धिमा राक्षसनि बिल्लुप्त पारिसकेकि थिइ। धेरै पर पुगेपछि उनिहरुले बल्ल बल्ल बनकेरा फेलापारे। हिँड्दा हिँडदा लखतरान पर्दै घर आइपुग्दा घरमा भाइ हेत्छाकुप्पा भने मरिसकेको थियो। त्यति दुख गरेर ल्याएको बनकेरा खान नपाउँदै आँफ्नो प्यारो भाइ हेछाकुप्पा त्यसरि मरेको देखेर उनिहरु अति नै दुखित भए । तर, नहुनु भइ सकेको थियो। तायामा र खियामाले हेत्छाकुप्पालाई बाहु र केराको पातमाथि राखेर चिहानमा राखे। भाइको शरिरको छेउमा कर्द र एक कोसा केरा पनि राखि दिए। त्यसपछि उनिहरुले त्यहिँ भाइको नाममा एक-एक वटा फुल रोपे। बाबु आमा गुमाएका दुइ दिदि बहिनिलाइ संगै बाँधेर राखेको त्यहि एउटा भाइ थियो. त्यो पनि मरेपछि तायामा र खियामालाइ त्यो घरमा बस्न पनि मन लागेन। आँगनमा जाँदा पनि भाइ खेलिरहेको याद आउने, भान्सामा जाँदा पनि भाइलाइ आगोले पोल्छ कि भनेर हकारेको याद आउने भयो. दुइ दिदि बहिनि संगै भयो कि त आमा बाबुको कुरा गर्न थाल्ने कि त भाइ को कुरा गर्न थाल्ने भए तायामाले भनिन्, "हेर खियामा तँ र मा भेट भयो कि जुनबेला पनि दुखिया कुरा मात्रै गर्ने भयौं. घर पनि नरमाइलो लाग्न थाल्यो, तँ आंफ्नो बाटो लाग् म आंफ्नो बाटो लाग्छु." खियामाले चिन्तित हुँदै भनिन, "मलाइ एक्लै छोडेर जान्छ्यौ दिदि?" तायामाले सम्झाउँदै भनिन्, "तिमि पनि ठुली भै सक्यौ अब, आंफ्नो आफ्नो गरेर खाने बेला भयो, बरु हामी बेला बेलामा त भेटिहाल्छौ नि." यसरी गफ गर्दै गर्दै हिंड्दा दुइ दिदि बहिनि मलायाथुम्कि डाँडामा पुगे. त्यहाँ बसेर उनिहरुले कहाँ जाने के के गर्ने सल्लाह गरे. उनिहरु बेलाबेलामा त्यहाँ फर्केर आउने अनि भाइको चिहानमा रोपेको फुललाइ पानि हाल्ने, गोडमेल गर्ने सल्लाह गरे. त्यसरी फुलको हेरचाह गर्न आउँदा हेरचहा पनि हुने, उनिहरु बिच भेटघाट पनि हुने अनि एक अर्काको अबस्था पनि थाह पाइने हुनाले - कहिले कहिले आउने भनेर दिन पनि निश्चित गरे। यसरी छुट्टिन लागेका दुइ दिदि बहिनि दुखि भएर एक अर्कालाइ अंगालो हालेर एक अर्काको काँधमा टाउको राखेर निकै बेर रोए। उनिहरु यति रोए कि, त्यो देखेर आकास पनि निन्याउरो भयो, चराहरु पनि चिरविर नगरि चुपचाप हेरेर बसिरहे, हवा नै रोकिएको जस्तो संसार नै अडकिएको जस्तो भयो। सुक्क सुक्क गर्दै रोइ रहेकि तायामाको आँसु को भेल बगीरहेको थियो उनको आँखाबाट. उनको आँशु भुइँमा खस्यो अनि त्यहिँ जम्मा हुन थाल्यो। अनि आँशुको भेल बिस्तारै ओह्रालो तिर बग्न थाल्यो, एक खोला बनेर। तिनै तायामा दिदिको आँशुबाट बाट बनेको खोलाको नाम नै आजकल तावाखोला भनेर चिनिन्छ। अनि, अर्कि दिदि खियामा दिदीको काँधमा टाउको राखेर रुँदा जम्मा भएको आँशुले भेलाले अर्को खोला बन्यो जसलाइ आजकल रावाखोला भनिन्छ। अब, दिदिहरु छुट्टिएर कहाँ जान्छन, फेरि भेट हुन्छ कि हुँदैन ... त्यसको लागि भाग २ प्रतीक्षा गर्नु होला :) भाग २ .. यो "हेत्छाकुप्पाको कथा" हो तेसैले हेत्छाकुप्पा नै मरेपछि कथा सकिनु पर्ने होइन र ? .. होइन, कथा सकिएको छैन!

AnandNepal · May 25, 2021 12:40 PM · 27,091 views

17 Replies

Yo kirat Pradesh tira ko katha ho ki?

chicagoan · May 25, 2021 1:11 PM

@Chicagoan हो किराती कथा हो तर, यो कथाका केहि भागका कथाहरु अरु समुदायमा कथामा पनि प्रचलित छन - तिनमा पात्रका नाम चाँहि फरक हुन्छन घटना भने उस्तै उस्तै हुन्छन .. मैले पहिला नसुनेको कथा रहेछ - मुख्य कथाको घटना परिवर्तन नगरि लेखाइ चाँहि थपथाप गरेर प्रस्तुत गरेको हुँ ..

AnandNepal · May 25, 2021 8:13 PM

Khusi lagyo esko original character haru ko naam change nagari rakheko ma

chicagoan · May 25, 2021 8:44 PM

भाग २ भाइ हेत्छाकुप्पाको सम्झनामा खोला नै बन्ने गरेर आँशु बगाएपछि दिदि तायामा र बहिनि खियामा मलायाथुम्कि डाँडाको टुप्पोमा पुगे अनि चरा बनेर उडे। यसरि छुट्टिएका दिदि र बहिनिको लामो समय भेट भएन. उनिहरुले आंफ्नो दुख बिर्सेर रमाउने प्रयास गरे. दिदि बहिनिले सल्लाह गरेर भेट्ने भनेको दिनमा दिदि तायामा मलायाथुम्कि डाँडाको टुप्पामा पुगिन. उनले बहिनिलाइ सुनाउन भनेर आँफुले देखेको र भोगेका धेरै कुराहरुको लामो सुचि नै बनाएकि थिइन. बहिनिलाइ कुन कुरा पहिला भन्ने होला भन्दै सोच्दै बस्दा दिन बितेको पत्तै भएन. तर, दिन भर बहिनि खियामा आइ नपुगेपछि दिदिको मनमा चिसो पस्यो. उनि एक्कासि आत्तिइन. त्यसपछि उनि भाइको चिहानमा पुगिन त्यहाँ उनले रोपेको फुल मजाले फुलिरहेको थियो, स्वस्थ तन्दुरुष्ट थियो भने खियामाले रोपेको फुल भने ओइलाएर ढलेको थियो . बहिनि खियामाले रोपेको फुल ओइलाएको देखेर उनलाइ नराम्रो शंका लाग्यो. उनले आत्तिँदै बहिनिलाइ यता उता सबै तिर खोज्न थालिन। बाटोमा भेटिएका ढुंगा लाइ पनि तायामाले सोधिन, "ए ढुंगा, मेरि बहिनि खियामा कहाँ छिन हँ?" ढुंगाले केहि पनि बोलेन। हुन त, ढुंगा के बोल्थ्यो र! त्यसपछि यामाले रुखको हाँगामा झोक्राएर बसिरहेको होङ्ग्रायोलाई सोधिन्, “ए होङ्ग्रायो, खियामा कहाँ छ?’’ होङ्ग्रायो पनि केहि पनि बोलेन। तायामाले होङ्ग्रायो बसेको रुखलाइ सोधिन, "ए रुख, मेरि बहिनि खियामा कहाँ छिन हँ?" रुखले भने बोल्यो, "मलाइ केहि थाह छैन," भन्दै. रुखको यो कुरा सुनेर होङ्ग्रायो हाँस्यो । तायामाले होङ्ग्रायोलाइ फेरि सोधिन, “ए होङ्ग्रायो, मेरि बहिनि खियामा कहाँ, छ?’’ होङ्ग्रायो केहि नबोली हासि मात्रै रह्यो. यसरि हाँस्दा होङ्ग्रायोको मुखभित्र केश देखियो. तायामाले नियालेर हेर्दा त्यो केश त बहिनि खियामाकै जस्तो पो रहेछ। त्यसपछि तायामाले होङ्ग्रायोलाइ केर कार गर्न थालिन. केर्दाकेर्दा अन्त्यमा होङ्ग्रायोले त खियामालाई मारेर पो खाएको रहेछ। ल अब परेन फसाद, बाउ आमा ले त छोडेर गए गए, भाइले पनि छोडेर गयो अनि अहिले एउटि भएकि बहिनिलाइ पनि होङ्ग्रायोले खाइ दिएछ. रिसले चुर चुर भएकि तायामाले होङ्ग्रायोको घाँटि न्यान्क्न झम्टिन नै लागेकि थिइन, उनलाई बाले भनेको कुरा याद आयो, "संकट पर्दा बलले होइन बुद्धिले काम गर्नु पर्छ," भन्ने. तेसैले मुश्किलले उनले आँफुले आँफैलाइ सम्हालिन. तायामालाइ होङ्ग्रायोसंग जति सुकै रिस उठे पनि, नहुनु भै सकेको थियो, रिसाउँदै मा, पिटपाट गर्दैमा बहिनीलाई होङ्ग्रायोले उकेल्ने होइन, उकेले पनि उनि बाँच्ने होइन भन्ने बुझेर तायामा चुप लागिन. उनले रिस दबाएर, बिनम्र हुँदै सोधिन, “त्यसो भए बहिनिको हाडखोर कहाँ छ ?” होङ्ग्रायोले तायामाले हाडखोर सबै त्यही रुखको टोडका फालेको रहेछ। अति नै निरास हुँदै तायामाले बहिनीको हाडखोरहरू जम्मा गरिन् र ति हाडखोर बोकेर नेवालककला डाँडामा पुगिन. त्यहाँ उनले हाडखोरलाई तेलले भिजाइन् र खरानीपानीसँग बाँसको ढुङ्ग्रोमा राखि दिइन् । बाँसको ढुङ्ग्रोमा बहिनिको हाडखोर जम्मा गरेर तायामाले मुन्धुम र रसिया गाउँदै गाउँदै तान बुन्न थालिन् । यसरी बिस्तारै तानमा बहिनी खियामाको अनुहारको बुट्टा झिक्न थालिन् । मुन्धुम र रसिया गाउँदै गाउँदै तामायाले जति जति बहिनीको अनुहारको बुट्टा तानमा बनाउँथिन, उता उति उति खियामाको अनुहार र शरिर हाडखोर माथि त्यसै गरी बन्दै जान्थ्यो। यसरी केही दिन सम्म तायामाले लगातार बहिनि खियामाको अनुहार र शरिर तानमा बुनिसके पछि खियामाको शरीर बन्दै गयो र होङ्ग्रायोले खाइसकेकी खियामा फेरी बिउतिन् । मुन्धुम र रिसिया गाउँदै तान बुनेर बहिनिलाइ बिउंताए पछि दिदि बहिनिलाई दुवैलाइ आंफ्नो प्यारो भाइको सम्झना आयो. त्यसपछि तायामा र खियामा दुइजनाले आंफ्नो भाइृको सम्झना गर्दै मुन्धुम र रिसिया गाउन थाले । दिदिबहिनि एकोहोरो मुन्धुम र रिसिया गाउँदै गर्दा दुवै जना चरा बने .. चरा बनेकि दिदि तायामा उत्तर हिमाल तिर लागिन. हिमालको छेउमा तायामा युच्छुबुङ फुल बनेर फुल्न थालिन. उनि कहिले चरा बनेर बिचरण गरिरहिन भने कहिले युच्छुबुङ फूल बनेर सुन्दरता फैलाइरहिन् . बहिनि खियामा भने दक्षिण तिर लागिन. उनि मधेश क्षेत्रमा गोआबुङ फुल बनेर फुल्न थालिन् । खियामा पनि कहिले फुल भनेर सुन्दरता फैलाउथिन त कहिले चरा बनेर स्वतन्त्र विचरण गर्ने गर्छिन. युच्छुबुङ फुल बनेकि दिदी तायामा र गोआबुङ फुल बनेकि बहिनि खियामा दुवै फुला भाइ हेत्छाकुप्पाको सम्झनामा रोइरहन्छ्न भनेर मानिसहरुले बिश्वास गर्छन - एउटा हिमालमा फुल्ने फुल अर्को तराइमा फुल्ने भएकोले यि दुइ फुल बिचा कहिल्यै मिलन हुँदैन भनेर भनिन्छ. यदि कथं भेट भइ हाले पनि यिनीहरुको मिलन हुने बेलामा रावाखोला र तावाखोलामा पनि अन्तिम भेल बग्छ भनेर मानिसहरु बिश्वास गर्छन | दोश्रो भाग यत्ति नै - दिदिबहिनिले एकोहोरो मुन्धुम र रिसिया गाउँदा के भयो भन्ने बिवरण भाग ३ मा ..

AnandNepal · May 26, 2021 8:33 AM

कथामा खासै कसैले चासो दिएको जस्तो लागेन .. अब पुरा कथा भिडियोमा नै शेयर गर्नु पर्ला - मुन्धुम र रिसियाको प्रभावले हेछाकुप्पा चिहानमा बौरियो । - एक कोसा केरा र कर्द फेला पार्यो - चाक्लुङधिमाले हेत्छाकुप्पालाइ आंफ्नो थुन्सेमा थुनेर ढाडमा बोकी गीत गाउँदै रमाउंदै घरतिर हिंडी: गोबर भने नि मुखैमा पर्यो, खोला भनेनी मुखैमा पर्यो अब त केटो जालैमा पर्यो, भरेको तिउन मुखैमा पर्यो हत्छाकुप्पाले भन्यो, "पहिला त मेरो पनि त्यस्तै कपाल थियो बाँसको जरा जस्तो. तर, तेल उपचार गरेर यस्तो बनाएको." त्यसपछिको भागमा - चाक्लुङधिमाको चंगुलबाट भागेको कथा छ त्यसपछि को भागमा - लुंगी चकनाचुर भएर फुटेको आवाजले हेत्छाकुप्पा झसंग भएर उठ्यो .. बिउँझेर यता उता हेर्छ त जता ततै चाकलुङधिमाको लुंगीको टुक्रा खसेर सेताम्य भएको रहेछ ... उसले बोकेको पानी थोपा भएर झरी रहेको तर उसका बा चाँहि फर्की सकेछन .. उनले जानु अघि पिंडीमा धनु र बिजुली बाण चाँहि छोडेर गएका रहेछन. धनु र बिजुली बाण पाएपछि खुशी भएको हेत्छाकुप्पाले धनु बोकेर चाकलुङधिमा राक्षसनिलाइ खोज्न थाल्यो .. लुंगी फुटेर नांगै भएकी चाकलुङधिमा राक्षसनीले लुंगीको टुक्रा जम्मा गरेर जोड्न खोज्दी रहिछ .. तर बिजुली बाणको प्रभावले एकै छिनमा बिलाएर जाँदो रहेछ ... हेत्छाकुप्पाले बिजुली बाण तेर्साउदै राक्षसनीलाइ "कुरी कुरी .. कुरी कुरी" भनेर जिस्क्यायो .. हेत्छाकुप्पाको हातमा बिजुली बाण देख्ने बित्तिकै तर्सेकी चाकलुङधिमा राक्षसनी त्यहाँबाट टाप कसी.. अर्को भाग लेख्दै छु .. यहाँ चाँहि यत्ति नै यो कथाको भिडियो बनाएर यो च्यानलमा अपडेट गर्ने छु  https://www.youtube.com/channe... Last edited: 28-May-21 10:35 PM

AnandNepal · May 28, 2021 3:58 PM

यहाँ पोष्ट गर्न जाँगर नालाग्नुको कारण यो हो ... यहाँ हप्तौं दिनमा ३०० भ्यु पनि नहुने .. उता ३ घन्टामा ११ कमेन्ट १४०० भ्यु ... (मेरो रेगुलर च्यानल पनि होइन, नयाँ खोलेको च्यानलमा)

AnandNepal · May 29, 2021 1:15 PM

आनन्द जी, साझामा भ्युज नबढ्नुको कारण मेरो विचारमा यस्ता छन । # यहाँ सेक्स, रोमान्स, कन्स्पिरेसी थेओरिज युक्त लेख ज्यादा बिक्ने । # इम्मिग्रेशन, र आइ टि को प्र्स्न सोध्ने जमात हुनाले । # अनि एक अर्कालाई झार्ने र होच्याउने, taunt मार्ने प्रबिती हुनु । # अहिले त झन कस्ले स्टकमा कती पैसा बनायो, कती गुमायो भन्ने लहर चल्नु । तथापि, मैले तपाइको कथा पढे । मलाई मन पर्‍यो, आफु किराँत बन्शजको त परिन । तेही भर कती शब्द बुज्न अलि गाहरो नै भयो । तर दिदि-भाइको दुख, माया, सम्बन्ध मार्मिक लागे । यस्तो कथा सुन्दा अर्कै सन्सारमा पुगेको जस्तो भान भयो ।

Bennedict · May 29, 2021 5:16 PM

Ananda jee, सरि, तपाइको कथा पढ्न अलि पाएको छैन, तर Bennedict jee लेखेको यौ तर्क सार्है सहि लाग्यो...... साझामा भ्युज नबढ्नुको कारण मेरो विचारमा यस्ता छन । # यहाँ सेक्स, रोमान्स, कन्स्पिरेसी थेओरिज युक्त लेख ज्यादा बिक्ने । # इम्मिग्रेशन, र आइ टि को प्र्स्न सोध्ने जमात हुनाले । # अनि एक अर्कालाई झार्ने र होच्याउने, taunt मार्ने प्रबिती हुनु । # अहिले त झन कस्ले स्टकमा कती पैसा बनायो, कती गुमायो भन्ने लहर चल्नु ।

adhikari_bandhu · May 29, 2021 9:24 PM

हाम्रो taste तेती subtle भैसकेको छैन | हामी प्रायलाई राजनीति कि मसाला कथा वा फिल्म मनपर्छ |

harkhe7 · May 31, 2021 2:17 PM

आजभोलिका कथा हरु कस्ता छन् थाहा छैन तर हामिले सुनेका र पढेका कथाहरुमा सौतेनी आमाले सताएका, राजा महाराजाका कथा हरु नै बढी थिए | अनि नेपालि बाल बालिका हरुको दिमागमा सौतेनी आमा राक्षस जस्तै हुन् भन्ने पारेको हुन्थ्यो | आजभोलिका नेपाली बाल कथा हरु अबस्यनै शिक्ष प्रद एबम बाल बालिकाको लागि मानसिक बिकासको उत्तम आधार र मनोरंजन दिन्छन होला ?

logan · May 31, 2021 10:24 PM

@logan, सौतेनी आमाले सताएका, राजा महाराजाका... They are the true stories... Kings and queen of stories aren't real kings or queens. The kingdom is just a family ... That is because a dad calls his daughter "princess"... and son "Prince" ... they are stories of poor people... i agree with Bennedict and Adhikari bandhu ... and Harke7 .. thank you..

AnandNepal · Jun 1, 2021 2:42 PM

Bennedict .. I totally agree with your statement... # यहाँ सेक्स, रोमान्स, कन्स्पिरेसी थेओरिज युक्त लेख ज्यादा बिक्ने । The reason I shared this story here is that this story helped me to gain a lot of subscribers in my new YouTube channel .. so, I thought people might be interested .. (I posted the first part on 15th, 10 days before Sajha post .. see the YouTube screenshot)... Every post is a learning experience ... Thank you very much guys - You are awesome :)

AnandNepal · Jun 1, 2021 5:27 PM

कुरा त सत्य नै हुन् तै पनि शिक्षा प्रद चै होईन र आफ्नो पालामा पढ्न पाइएन , कुराको चुरो तेतिनै हो |

Logan · Jun 1, 2021 10:46 PM

Katha purai padheko ramro lagyo. Euta lok katha ma praya hune Sabai kura chha. Ajha bishesh Kirati lok katha bhayekole naam haru farak chhan, mundhum ko kura gariyeko chha. Tesle mithas thapeko chha. Rakchhyasni sayad kunai samanta hola jasle kamjor ra asahaya lai satayera uniharuko sampatti hadapne garchha.

chicagoan · Jun 2, 2021 12:26 PM

रावण का १० ओटा टाउका को बर्णनले दश ओटा टाउकामा हुने बुद्दि बराबर को बुद्दिमान तिर इंगित गरिएको हो सिनेमा मा समेत १० ओटा टाउको देखाउछ्न | बाल कथा बालक बालिका हरुले पढ्ने र बुझने कुरा तपाई हामीले बुझ्ने कुरा फरक हुन्छ |

Logan · Jun 2, 2021 2:37 PM

Yes @chicagoan कुरा साँचो हो @logan मेरो प्रस्तुति बालबालिकाको लागि होइन ... एडल्टको लागि हो ... बालबालिकाको लागि त एज ग्रुप मिलाउनु पर्छ .. मेरो प्रस्तुति बाउ आमाको लागि हो .. उनीहरुले उपयुक्त सम्झे छोरा छोरीलाई सुनाउन पनि सक्छन .. नत्र आँफैले हेर्छन भनेर .. तेसैले मैले उनीहरुले स्कुलको बेलामा पढेका कथा प्रस्तुत गरिरहेको छु तेसैले अलि उमेरदारकाले हेरुन भनेर महाभारत (अहिले जारि छ) र रामायणका कथा (पछिको प्लान) प्रस्तुत गर्दै छु .. (धेरै कमेन्ट -"मैले ३० बर्ष अघि पढेको " भन्ने खालका छन ​.. तेसैले टार्गेट गरेको दर्शक पाए जस्तो लागेको छ) भाग ३ :  मुन्धुम र रिसियाको प्रभावले हेछाकुप्पा चिहानमा बौरियो । उ संगै दिदीहरुले छोडेको एक कोसा केरा उम्रिएर केराको बोट बन्यो.    हेछाकुप्पा बौरिएरा केरा खाँदै बसिरहेको थियो  चाक्लुङधिमा त्यहाँ आएर केरा मागी. उसले झुक्याएर हेत्छाकुप्पालाइ आंफ्नो थुन्सेमा थुनेर घर लागि: गोबर भने नि मुखैमा पर्यो, खोला भनेनी मुखैमा पर्यो अब त केटो जालैमा पर्यो, भरेको तिउन मुखैमा पर्यो घरमा चाक्लुङधिमा कि छोरी ले उसलाई खुइल्याउने पानी उमाल्दै थिइ. उसलाई निकालेर उसिन्न लाग्दा उसको कपाल देखेर लोभिन्छे .  हेत्छाकुप्पाले भन्यो, "पहिला त मेरो पनि त्यस्तै कपाल थियो बाँसको जरा जस्तो. तर, तेल उपचार गरेर यस्तो बनाएको." त्यसपछि तेल उमालेर कपालको उपचार गर्ने भन्दै चाक्लुङधिमा कि छोरीको टाउकोमा खन्याउँछ .. छोरि मर्छे - अनि त्यसैको मासु पकाएर चाक्लुङधिमालाइ खुवाई दिन्छ .. "छोरीको मासु खाने " "छोरीको मासु खाने " भन्दै जिस्क्याएपछि राक्षसनिले लखेट छे ... कोदोको पिठो फाल्दा कुहिरो बन्छ, कपाल कोर्ने थाक्रो फाल्दा जंगल बन्छ अनि (अण्डा) नरिवल फुटाइदिंदा सुनकोशी बन्छ ..  चाक्लुङधिमालाइ सुनकोशी ले बगाई दिन्छ ..  भाग ४:  त्यसपछि हेत्छाकुप्पा घर जान्छ .. घरमा असिना/ पानी परेको कथा छ ..  माछा मार्न जाँदा एउटा ढुंगा फेला पर्छ . .त्यो ढुंगा बाट एउटी राम्री युवती निस्कन्छे.. हेत्चा र त्यो युवती संगै बस्छन बस्दै गर्दा छोरो जन्मिन्छ ..  छोरो जन्मे सम्म को कथा सकियो .. त्यसपछि अर्को संकट आइपर्छ ..  भाग ६ कस्तो राम्रो मौसम साउने माया अनि आशा जगाउने रिनह्वासंग बिहे गरेर छोरा अनि छोरी पाउने कस्तो राम्रो मौसम साउने रमाई रमाई गीत गाउने पुरानो कुरा सबै बिर्सेर रिनह्वासंग अब रमाउने छोरा अनि छोरी पाउने (अनि सकिन्छ) Last edited: 08-Jun-21 11:09 PM

AnandNepal · Jun 5, 2021 8:01 AM

यसरी हेत्छाकुप्पा र रिनाह्वा त्यहाँ का मानिसहरुको अभिवावक र राजारानी बनेर शासन गर्न थाले । हेत्छाकुप्पाको कथा यहि सकिन्छ .... सुन्नेलाई सुनको माला भन्नेलाई फुलको माला यो कथा हेत्छाकुप्पालोक जाला सुन्ने बेलामा खुरुखुरु आइजाला .. यो हेत्छाकुप्पाको कथा मुन्दुममा वर्णन गरिएको कथा हो - किरात राई समुदायमा प्रचलित मुन्धुम अर्थात इतिहास वा लोक कथाका मुख्य पात्रलाई यो कथामा हेत्छाकुप्पा भनिएको छ भने कतिपयले रैछाकुले पनि भन्छन - रैछाकुले भने पनि हेत्छाकुप्पा भने पनि एउटै पात्र हो र उसका दुइ दिदीहरु लाई तयामा खियामा नै भनिन्छ . यो कथामा प्रस्तुत भएका मुर्ति र चित्रकला किरात राई प्रज्ञा परिषद्का कलाकार अर्जुन खालिङले कोरेको रेखाचित्रमा आधारि भएर बनाइएका हुन. हेत्छाकुप्पाको कथा ले किरात राइ समुदायको जीवन परिवेशलाइ अति नै चाखलाग्दो तरिकाले प्रस्तुत गरिएको छ। यो कथा तयार गर्न म, आनन्द नेपालले विभिन्न संधर्व सामाग्रीको अध्याय गरेको थिएँ. मुन्दुम को बारेमा डा. मोहन कुमार तुम्बाहागको पिएचडी रिसर्चले धेरै सहयोग गरेको थियो भने हेछाकुप्पा उपन्यास, नाटक र म्यजिक भिडीयो पनि उपयोगी भएको थियो. यस बारेमा जानकारी दिने प्रिया राइ र बिस्तृत अध्याय र बिश्लेशन गरेर संधर्व सामाग्री तयार गर्ने सबैलाई मुरीका मुरी धन्यवाद छ.

AnandNepal · Jun 8, 2021 11:07 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion