DIY ( Do It Yourself ) project

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

कोरोना अघि को कुरा हो जस्तो लाग्छ, कसैले प्लामिंगको सहयोग माग्नु भएको थियो | वहाको अनुभब भनौ वा कसरि हल गर्नु भयो , वहाले आफ्नो थ्रेडमा थप केहि लेख्नु भएन | के भएको हो नारि छामेको मात्रै १०० तिरे पछि बताउछ, काम गर्यो भने नारि छामेको लिदैं भन्दा Corporate Job छोडेर प्लामिंग को काम गर्छु भन्नु हुन्थ्यो | मैले पनि यो Summer मा bath Tub आफैले फेर्न सकिन्छ कि भने योउट्युब हरु हेर्दै छु, कसैले फेर्नु भएको भए के के कुरा मा बिसेष ध्यान पुर्याउनु पर्छ यसो आन्फा अनुभब बाड्नु हुन्थ्यो कि ?

logan · May 17, 2021 10:05 AM · 17,613 views

10 Replies

नेपालमा मान्छे बोलाएर काम गराउने हाम्रो बानी थियो र हुन्छ | कार नहुनेलाई चेक इन्जिन लाईट, डेरामा बस्नेलाई DYI कुन चरीको नाम हो झैं हुनेहरु को झुण्ड संग सुझाबको लागि साझा छिर्नु मेरै दोष हो |

logan · May 19, 2021 4:05 PM

:) भान्साको धारो फेर्दा महाभारत भएको थ्यो .. आखिर सजिलै हुँदो रहेछ .. कहाँ किन्ने हो तिनैले राम्रै सिकाइदिन्छन होलान्त !

AnandNepal · May 19, 2021 10:59 PM

malai [Disallowed String for - use not allowed] pisab ferda kata garo hunthyo malai matrai thaha thiyo tara aba [Disallowed String for - use not allowed] kata gayera ferda kasari garo hudo ho malai matrai tha hunu parne ho tara खैर

pandeyji · May 20, 2021 1:51 AM

दिनको ३०० लिएर काम गर्ने छिमेकी भाइलाई किचेन क्याबिनेट मा Crown लगाउन लगाएको थिए | आट गरेर काम गर्दा सकिन्छ भन्ने लागेर अर्को प्रोजेक्टमा लागि आफैलाई जोख्दै छु | धारा पाईप नचलाउनु परे महा-माहाभारत चै नपर्ला भन्ने मनस्थिति बनाएको छु |

Logan · May 20, 2021 9:09 AM

एउटा सरल प्रश्न राख्दै छु | कहिलै नगरेको प्रोजेक्ट ( Renovation) गर्न लागिएको छ, ९ - १० ओटा अन्लाईन क्लास ( युट्युब ) लीई सके | आत्मबल बढ्दै छ | Amazon मा सामान किन्नु पर्दा रिभ्यु हेरिन्छ र सबै भन्दा पहिले कतिले १ स्टार तिर र किन दिए तिर नजर लगाइञ्छ | ४ - ५ ओटा युट्युब हेरी सके पछि गर्न लागेको प्रोजेक्टमा के के बाधा अड्चन आउँन सक्छ र कसरि हल गरे तिर ध्यान दिन थाले | तपाइँ हरु पनि काम सुरु गर्ने जे जे हुन्छ गर्दै जानु हुन्छ कि म जस्तै प्रोजेक्टमा आउन सक्ने समस्या र निधान गर्ने बाटा हरुको पनि जानकारी लिन चाहनु हुन्छ ?

Logan · May 30, 2021 11:36 PM

DYI प्रोजेक्ट # १ . कमोट राख्ने काममा Lowes र Home Depot १० चोटी धाईयो र १० सौ चिज किनेर ल्याईयो | पाइप प्लास्टिक को रहेछ , cast iron को भए अर्को जात्रा सुरु हुन्थ्यो | पानि चुहिएको छ कि छैन observation मा छ | ४२ इञ्चको फसेट किनियो माथि बाथ रुममा लैजान मान्छे खोजेको ५ दिन भयो फेला परेका छैनन् | न जाँन्दा र नबुझदा थप मार मा परियो , डेलिभरी गर्न लगाएको भए तिनी हरुले नै माथि ल्याई दिने कुरा पछि मात्र थाहा पाईयो | हिजो आचानक AC चल्न छोड्यो अनि सबै काम AC नच् लुन्जेल ठप्प भएको छ | बिचमा नया प्रोजेक्ट थपीयो | लोकल्ली पार्ट्स नपाएर स्पेसल Order गर्नु परि पर्खिएर बसिएको छ | Update: १० बजे तिर ल्याप्तोप बोकेर मिकिडोनाळ्ड तिर लाग्दा अगाडी छिमेकीको मा एक AC Condition लेखेको गाडि आएको देखेको थिए अझै त्यहि छ | हिजो अर्डर गरेको capacitator फेरे पछि जाडो महिनामा चलेको सिरोउठोले  झैँ पुरै घर चिस्याई सक्यो | हिजो ४-५ ओटालाइ फोन गर्दा  ४ दिन पछि मात्र हेर्न भ्याउछ अनि AC को नारि छामेको १४० लिने र बनाए मिन्हा भन्थ्यो १३ डलरको capacitator ले समस्या को समाधान गरिदियो | Last edited: 08-Jun-21 03:19 PM

Logan · Jun 8, 2021 9:52 AM

इफ इत इज अ केस ओफ ब्लोन अप क्यपासितर देन यु क्यान गिव द फ्यान अ नज यंद इत विल स्पिन

GwachAquarian · Jun 8, 2021 8:24 PM

DIY is tough thing .. रमाइलो लाग्ने - च्यालेन्ज सोचेर गर्दा त धेरै राम्रो हो तर, मेरो बिचारमा पैसा बचाउन चै नगर्दा नै राम्रो होइन र ? .. पैसाको हिसावले त प्रोफेसनलले गर्दा नै सस्तो र बेटर क्वालिटी को हुने सम्भावना हुन्छ ... मेरो अनुभव: बुढीले रसवरी र जेरी बनाउँदा सामाग्री खर्च मात्रै पसलमा किन्दा भन्दा महँगो पर्छ ... adventure मात्रै हो, सस्तो पर्दैन अघिल्लो बर्ष कस्को बाट २० रुप्पेको गोलभेडाको बोट किनेको हावाले ढलाएर बोट नै मर्यो, फलेकै भए पनि त्यसमा फलेको गोलभेंडा बजारमा किन्दा ५-१० रुप्पे मा पाइने जति हुन्थ्यो होला ..  वालमार्टको २-३ रुप्पेको बोट चै टन्नै फल्यो फेरी :)  Last edited: 08-Jun-21 11:23 PM

AnandNepal · Jun 8, 2021 11:21 PM

करेसा बारीको कुरामा चै कुनै बेला फली दिन्छ भने कुनै बेला खर्च मात्र हुन्छ | म लागायत अरु को भनाइ पनि तपाईले भन्नु भए झैँ नै होला | नफले पनि करेसा बारी हरियो परियो हुँदा घर - घर झैँ देखिन्छ र यो नगदनारायण सङ्ग तुलानिया छैन , यसमा कसैको पनि दुई मत नहोला ? DYI project : के यो Worth It छ र हो ? कुनै कुनै न होलान | हामि बिजुलीको तार जोड्न मान्छे बोलाउने जाति ( यसो सोच्दा हाम्रो देशमा कामको विभाजन मात्र होईन लागु पनि तेही अनुसार भएकै मान्नु पर्छ) लाइ DYI सगरमाथा चडन खोजे झैँ भए पनि घर किनेर बस्ने हरुले साना तिना कुरा हरु आफैले गर्ने पर्छ र नगरी जानिदैन अनि long run मा It is worth it भन्ने लाग्छ| पैसा बचाउने कुरा संग challange अबस्य नै जोडिएको हुन्छ र हुनु पर्छ | कुनै बेला एक महासयले कोहि Plumbing को काम जान्नु भएको भए सप्ताहन्तमा आइ दिनु भए आभारी संगै लन्च र बियरको लागि २० पनि खल्तीमा राखी दिन्छु मा मैले नारि छामेको मात्रै १४० लिने रहेछ (हाम्रो स्टेटमा) १०० घटी कुनै पनि स्टेटमा छैन होला को जबाफमा " कर्पोरेट जव छोडेर Plumbing" तिर लाग्छु भन्नु भएको थियो| तेसैले पनि मैले यो धागो को सृजना गरेको हु | डेरा गरि बस्नु भए फोन मारेर AC गयो , ढोकाको नब लक् हुँदैन, गराज डोर ले दुख दियो भनि दिए तेही दिन नत्र भोलि पल्ट बनाइ दिई सक्छ र सक्नु पर्छ | घर धनि भए पछि साना तिना चिज हरु आफैले नगरी साध्य हुदैन | य़ुट्युब लाइ मुरी मुरी धन्यबाद | यो गर्मीमा AC नचल्दा फोन मारेको एक हप्ता अघि नारिछाम्न पनि न आउँन सक्ने एक ले होईन ५ - ५ जनाले भने पछि युट्युब हेरियो र Capacitator dome जस्तो भएको छ भने फेरे पछि ठिक हुन्छ भनेको ठिक भयो | फेरियो र एक दिन मात्र तातो घरमा बस्नु पर्यो | नेपालमा हुने महानुभाबले यो मुजी एक दिन एसी नहुदा यात्रा कुरा आइज त मदेशमा अनि थाहा पाउछस कति तात्छन इटा सिमेण्टका घर , बिजुली पंखाले पनि चिमनि बाट आएको धुवा झैँ तातो हुन्छ | साथि हो हाई स्कुल र कलेज मधेस मै सिध्याको हु र घर गएको बेला तर तरी पसिना बगे पनि मुख बाट केहि निकालिदैन किन भने मलाइ यो पनि लामो समय  पिएर छोडेको चुरसको लत फेरी पिउन थालेको चुरोटको सर्को झैँ लाग्छ (यो हरफ चुरस पिउने ले मात्र बुज्नु हुनेछ or compare with alcohol ) | म आफुलाई तिनै स्कुल कलेजका दिनमा पुगेको अनुभब गर्छु | मेरा कजनले तातो पानीले भाडा पखाल्नु पर्ने र किनेको पानि मात्र serve गर्ने हो भने तिमीले खान बोलाएको डिनरमा आउछु भन्ने चै गरिन् है | छ सात् बर्स Canada बसेकाले यो माग गरे भनेको सुने पछि २० -२१ बर्स बसेका हामीले तिनका घरमा गएर के माग गर्दा ठिक होला भनि कुनै बेला घोत्लिन पुगेको थिए | Last edited: 09-Jun-21 10:20 AM

Logan · Jun 9, 2021 10:03 AM

मैले पनि Tub पुरै फेर्न लागेको छु र कपर पाईप काट्नु पर्ने भएकोले Plumber लाइ बोलाएको थिए | Symmons को वाटर रेगुलेटर २७० र लेबेर चै ४८० को अनि पार्ट्सको पछि मात्र जोड्ने हुदा ८०० सय डलर बचाउने बिचार गरे | तेसो नगर्ने अब एसो गर्ने बिचार तिर लागे | रेगुलेटर को पार्ट्स मात्र फेर्ने र एक ठाम मात्र सोल्देरिंग गर्ने गरि आफैले गर्ने बिचार गरे | हो म पनि एतै ( यस्तै काम ) तिर लाग्नु पर्ला जस्तो छ | नेपाली को जमात भएको ठाम मा गइयो भने सप्ताहन्तमा फ्री लन्च खान पाइञ्छ |

Logan · Jul 19, 2021 4:07 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion