मलाइ यो जीन्दगीले ...

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

यो प्रयोगात्मक कथा हो.. यहिं पढेको अर्को कथाको प्रतिउत्तर (त्यो कथाको यस अघिको भाग अन्त्यमा भिडियो स्वरुपमा प्रस्तुत गरेको छु:+ भाग १ खुशी हुनलाई कुनै ठूलै कुरा पनि नचाहिँदो रहेछ: "यो शनिवार तिमीहरु बुढाबुढी म कहाँ खान आओ है। मस्ती गर्नु पर्छ।" यही कुरा एक बर्ष अघि सुन्दा अलि अलि त उत्साहित पक्कै भइन्थ्यो होला, तर अहिले जस्तो बिछट्टै रमाइलो चाँहि लाग्थेन। अहिले चाहिँ बर्ष दिन जेलमा बसेर बाहिर निस्कने मौका पाएको जस्तो खुशी लाग्यो, दशैँ नै आएको जस्तो रमाइलो लाग्यो। कोरोना कालको पीर, चिन्ता र छटपटी केही भए पनि पोख्ने मौका पाइएला भन्ने आशाको संचार भयो। उत्सवले कोरोनाका दुइटै खोप लगाइ सकेका जोडीहरु मात्रै जम्मा भएर रमाइलो गर्ने भनेर कार्यक्रम राखेको रहेछ। उसले फोन राख्ने बित्तिकै फुरुङ हुँदै रेजिनालाई सुनाउन कोठामा पुगेर ढोका खोल्ने बित्तिकै मलाई ४२० भोल्टको करेन्ट लाग्यो। कोठा भित्र रेजिना पुरै निर्वस्त्र भएर ऐनामा आफैँलाइ हेरेर मख्ख परिरहेकी रहिछे। अधबैशे उमेरमा पनि रेजिनाले आंफ्नो ज्यान चाँहि मेन्टेन गरेकै हो. पिछाड अलि बाक्लो भए पनि उसको जीउ मिलेको छ। अलि बाक्लो भए पनि बालुवा घडी (आवरग्लास) आकारको उसको शारीरिक बनावट मलाई करिश्मा मानन्धरको जस्तै लाग्छ, आकर्षक लाग्छ। एक मन त भित्र छिरेर ढोका लगाउन मन लाग्यो तर, त्यही बेला झगडा गरेर नबोलेको याद आयो। ढोकाको घर्‍याक्क गरेको आवाजले झस्केकी रेजिना सम्हालिएर म तिर प्रश्नवाचक दृष्टि फेंकी। एउटा हातले ड्रेसिङ् टेबलको छेउमा टेकी रहेको थियो अर्को हात छातीमा। रेजिनाले आंफ्नो शरीर छोप्ने कुनै प्रयास नै गरिन.. सायद मलाइ प्रभावित पार्ने, पगाल्ने सुर होला उसको। तर, मलाइ भने उसको यो हर्कत देखेर घिन लाग्यो। एक निमेष आएको उत्तेजना पनि केही मथ्थर भयो। उसको सुडोल शरीर हेरीरहें भने म भड्किन्छु भन्ने पक्का थियो, तेसैले उसको कामुकता हेरिरहन पनि सकिन।  "के गरिरहेकी रेजी?" उसले निर्लज्ज तरिकाले स्वर अलि धोद्रो पारेर जवाफ दिइ, "आँफैलाई माया?" ऐना त बाथरुममा पनि थियो, अझ बाथारुमका सात सात वटा बल्ब एकै चोटी बाल्दा शरीर धपक्कै बल्थ्यो होला पनि। त्यतै माया गरेको भए नि हुन्थ्यो. यो त मैले मन मनै भने उसलाई भन्न जरुरी लागेन।  मैले यत्ति भने, "लाज लाग्दैन? घरमा अरु पनि त बस्छन नि।" हुन त उसलाई घरमा बस्नेको कहिले पो चासो रह्यो र। रेजिनाले संधै आँफ्नै बारेमा मात्रै सोच्ने हो। उसले संधै संसारको केन्द्रमा आँफू एक्लै भएको जस्तो ब्यबहार गर्ने गर्दछे।  "यो मेरो आफ्नो शरीर हो। मैले आफ्नै शरीरलाई माया गर्न पाउंदिन?" हो हो पाइन्छ, सडकमा गएर माया गरे पनि हुन्छ ! मलाइ रिसको पारो चढ्यो।  तर, रिस देखाएर केही फाइदा छैन. मैले जित्न सक्ने पनि होइन। मन मनै, "जे सुकै मर!" भनेर हिंड्न लाग्दा बल्ल के भन्न आएको थिएँ भन्ने सम्झिएँ. अघि संसार छोपेको खुशी त ग्रहण लागेको जस्तो मेटीइ सकेछ, बिरक्त मान्दै मैले भनें, " योशनिबार उत्सबकोमा खाना बोलाएको छ। बिदा मिलाउनु नि।" उसले रुखो स्वरमा "मेरो काम छ। म जाँदिन।" भो अब! ग्रहण लागेको खुशीमा उसले चिसो पानी पनि छ्यापीदिइ। भन्न त कति मन थियो, गालीको बाढी ल्याएर बगाइदिन मन थियो, तर, सबै कुरा मनको कुनामा उकुसमुकुस हुने गरेर कोचेर यत्ति भने, "कस्तो बौलाहा जस्ती!" उसको मुड भने अर्कै थियो, "तिमी नि?" "म के?" मैले सोधें. उसले आंफ्ना हातले आंफ्नो नग्नता सहलाउँदै भनी, "तिमीलाई किन केही हुँदैन मलाई देखेर?" मेरो रिसको पारो अलि माथि नै पुगी सकेको थियो। उसको त्यस्तो सुन्दरतामा माथि मेरो क्रोधको बादल लागि सकेको थियो, "के म सधैं तिमीसङ टासिएर बस्नु पर्‍यो? बच्चा बच्ची ठुला भै सकेपछि पनि कुरकुरे बैश आएको जस्तो कुरा गरेर हुन्छ?" उ संधै यस्तै जिद्दी हो, “माया गर्नको लागि उमेरको सीमा हुँदैन।“ "अनि, के तिम्रो मायाले मात्रै घर चल्छ?" मैले प्रश्न तेर्स्याएँ।  उसले मेरो स्वाभिमानमाथि फेरी प्रहार गरी, "म पनि त काम गर्छु नि त, तिमी एक्लैले सबै पुर्याएका त छैनौ भो।" अब यो सबै मेरो घांटी सम्म आइ सकेको थियो, "हो हो, तिमीले काम गरेर आँफूलाई धान्न सक्छौ. अब मेरो सहारा पनि किन चाहियो र आंफ्नो बाटो तताउन मन लागे तताए हुन्छ।" उ स्वभावले मजबुर थिइ, "यो मेरो पनि त घर हो।" मलाइ उसंग कुनै बादविवाद गर्नु थिएन, मैले "जे सुकै गर।" भनेर ढोका ढ्याम्म लगाएर हिंडे। रिसले तिल्मिलाउँदै म छोरीको कोठा म गएँ. छोरी पढ्न क्यालिफोर्निया गए पछि उसको कोठा नै मेरो अफिस र बेडरुम दुइटै भएको छ. आजकल त उसले पिंक रंगमा रंगाएको भित्ता पनि सुन्दर लाग्न थालेको छ .. बेडमा पल्टिएर नेपाल छोडेर अमेरिका पुगे सम्मका सबै घटनाहरु फिल्म चलेको जस्तै चल्न थाले, आँखा भरिएर आयो.. कता कता नेपथ्यमा गीत बजेको जस्तो लाग्यो : मलाइ यो जीन्दगीले चोट दियो गनी गनी ... कहिले चोट दियो आंफ्नो बनी  कहिले चोट दियो पराइ बनी .. *** "यार उत्सब, आउँन त अति नै मन लागेको थियो यो शनिवार रेजिको काम रहेछ।"    उत्सब जंगियो, "धत्, त्यस्तो भनेर पनि हुन्छ. एक बर्ष पछि बल्ल बल्ल भेट्ने मौका जुरेको छ. भाउजुलाई काम छोड्न भन न यार।"    मलाई मनै देखि दिक्क लागेको थियो उत्सवसंग गुनासो गरेर बस्न पनि मन थिएन, "हुन्छ, म कल गरूँला नि," भनेर अरु कुरा नगरी फोन राखिदिएँ।    उत्सवसंग त कुरा गर्न मन नलागेको मलाइ रेजिनासंग वादविवाद गर्न झन के रहर लाग्थ्यो र।    जान त उत्सब कहाँ एक्लै गए पनि हुन्थ्यो।  रेजिना नरिसाउने भए त एक्लै गए पनि हुन्थ्यो। समाज, साथीभाईले के भन्छन भनेर चिन्ता नलाग्ने हो भने त एक्लै गए पनि हुन्थ्यो। ढोंग गर्नु नपर्ने भएको भए त एक्लै गए पनि हुन्थ्यो।    उत्सबको घरमा हुने जमघट अब यस्तै भो. यो परिवार र समाजले म खुशी हुन लागेको कहिले पो सहेको थियो र आज सहन्छ। *** क्रमश:  यो कथा, CL  को यो कथाको दोश्रो भागको प्रतिउत्तर हो  => (http://sajha.com/sajha/html/in... सो कथालाई मैले पढेर रेकर्ड गरेको थिएँ  (This is sajha exclusive - please don't share the video anywhere else.. YouTube मा होस्ट गरेको भए पनि त्यहाँ खोज्दा नभेटीने गरेर, unlisted, गरेर राखिएको छ) I won't do any more videos.. https://youtu.be/YGedpOQLtyo अहिले सो कथा सकिएको छैन! तेसैले, यसका अरु भाग सायद CL ले सो कथा लेखेर सकेपछि मात्रै लेख्न उपयुक्त हुन्छ होला !  Last edited: 21-May-21 01:20 AM

AnandNepal · May 13, 2021 11:26 AM · 18,102 views

8 Replies

पुरातन बालुवा घडी bhaneko ke ho? R u writing a male version of my story? Interesting!

crazy_love · May 13, 2021 11:47 AM

Yes .. I just thought it might be interesting to write the male version .. and wrote it while waiting for the unfolding of the politics in Nepal .. just finished the video .. https://youtu.be/66Zb-s3Q7xM I meant Hourglass by बालुवाको घडी (I guess I should change it to आवरग्लास instead) : Last edited: 13-May-21 03:39 PM

AnandNepal · May 13, 2021 1:51 PM

यस्तो एक्स्पेरिमेन्ट मैले नि गरेको थिए, मेरो creative writing classमा। कुनै दिन त्यो लेखेको कथा भेटे भने राखुला तर गज्जब छ आनन्दनेपालजी। लेख्तै गर्नुहोला, तपाईंको र सीएलजीको जुहारी कसरी मोडिन्छ, हेरौ।

Bennedict · May 14, 2021 2:51 PM

@Bennedict त्यो क्रियटिभ वाला कथा खोजौं न .. मैले त creative writing पढेको छैन .. यो आइडिया पनि त्यत्तिकै आएको, re-inventing the wheel जस्तै भएछ :) शुरु त गरें .. अघि कसरि बढाउने भन्ने थाह नै भएन... जिन्दगीमा कैले कथा लेखेको भए पो !! दोश्रो भाग लेख्न ट्राइ गरेको त्यति चित्त बुझेको छैन..

anandnepal · May 21, 2021 12:51 AM

भाग २ "बिचार मिल्यो मन मिल्दैन, मन मिल्यो जीन्दगी मिल्दैन, जीन्दगी मिल्नेसँग भाग्य मिल्दैन,भाग्य मिल्नेसँग समय मिल्दैन, समय मिल्नेसंग औकात मिल्दैन .. यो सम्बन्ध भनेको पनि क्वाप्प मुखमा हालेको तातो मम जस्तो हुन्छ, न त ओकल्न सकिन्छ, न त निल्न नै. अझ बिडम्बना सेलाएपाछि त्यही ममको स्वाद पनि फिक्का हुन्छ!" सम्बन्धको यस्तो नालीबेली सुनाउने लिजा उत्सबको पार्टीमा जोडी नभएकी एउटा मात्रै एक्ली महिला थिइन. भर्खर सियाटलाबाट मुभ भएकी लिजा र रिजा पहिल्यै देखिका साथी रहेछन.  लिजाले अनुभव सुनाइ रहेकी थिइन, "आक्कल झुक्कल मात्रै कुरा मिल्ने, प्राय: बिग्रिरहने सम्बन्ध, रबर तन्काए झैँ तन्काउनु हुन्न ...संकेत पाउने बित्तिकै, चुंढनु अघि नै, सहमती गरेर बिना पुर्वाग्रह बाटो तताउनु पर्ने रहेछ!" म लगायत सबै जना लाटोले केरा हेरेको जस्तो उसलाई हेरी रहेका थियौं .. लिजाको उमेर तेस्तै ४०-४५ बर्ष होला, छोटो गरेर कपाल काटेकी, शरीर मोटो पनि होइन दुब्लो पनि होइन, राम्रो भनेर हिरोइन जस्तै नभए पनि औसत भन्दा राम्रै मिलेको नाक नक्सा, अलिक गाढा लिपिस्टिक, र टाइट गाउनमा उनि कोही भन्दा कम देखिएकी थिइनन ..  उनले शुरुमा डोमेस्टिक हेल्परको रुपमा इजरेल आएको. त्यसपछि अमेरिका आएर श्रीमान र छोरालाइ बोलाउन लामो समय लागेको. त्यही बिचमा नै श्रीमानले बिभिन्न आशंका गर्न थालेको कहानी सुनाइँन. श्रीमान अमेरिका आइपुगेपछिका घटना एक टिपिकल नेपाली पुरुषले महिला प्रति गर्ने ब्यबहार जस्ता नै भए पनि लीजाले यसरी बताईन की ति सबै एक अहंकारी, निर्दयी, शंकालु पुरुषले मात्रै गर्ने ब्यबहार जस्तो सुनियो. उसको कुरा सुन्दै गर्दा म आफ्नै घटनाहरुमा हराउन थालें .. उत्सबको घर जानु अघिका घटेका कुराहरु झल्झली याद आए: रेजिनाले फुर्सद छैन भनेपछि म उत्सबको घरमा हुने जमघटमा नजाने भनेर ढुक्क भएर बसेको थिएँ.. मनको एक कुनामा दुख भने लागि रहेकै थियो किनकि, उत्सब र म कलेज देखिकै साथी हौँ. कलेज हुँदा त्यति घुलमिल नभए पनि अमेरिका आए पछि भने उ नै बन्यो मेरो शुख दुखको साथी. परेको बेलामा सबै चिज छोडेर सहयोग गर्ने उसको स्वभावको त म फ्यान नै हुँ. उसकी पत्नी रिजा पनि खुबै मजाकी छिन्. रिजाले रेजिनालाई फोन नै गरेर बोलाइछिन्, त्यसपछि त उ पनि पार्टीमा जान राजी भइ. रिजाले बोलाएपाछि त न उसको काममा जानु पर्यो न त अरुनै बहाना बनाउनु पर्यो. आजकल मेरो घरकाले मेरो भन्दा पराइका कुरा बढी सुन्छन. म त फगत एक बेसमेन्टमा राखेको थोत्रो टिभी जस्तो भएको छु. म भए नभएको कसैले नोटिस पनि गर्दैन. नेपालको सानोतिनो श्रीखण्ड यहाँ आएर खुर्पाको बींड बनिसक्दा पनि नेपाल फर्केर जान भने अझै सकेको छैन.. नेपालबाट आउँदा मेरो स्वभाव जस्तो थियो अहिले पनि उस्ताको उस्तै छ. तर, रेजिनालाइ चाँहि अमेरिकाले उलट पलट बनाइदिएको छ. यसो सोच्छु, मैले लभ गरेको रेजिना यो हुँदै होइन.. उ त एउटी सोझी साझी, समझदार युवती थिइ. बाहिर बाट हेर्दा, घर परिवार, साथी संगी सबैको लागि त उही रेजिना हो किनकी, उसमा बाहिरी रुपमा त्यस्तो परिवर्तन केही पनि देखिएको छैन. अरु त अरु, उमेरले पनि बुढी बनाउन पनि अलिकति बिलम्ब नै गरेको जस्तो देखिन्छ. तर, भित्री रुपमा भने ओरिजिनल केही पनि बाँकी छैन. जस्तो कि ड्रिंक गर्ने बानी. नेपालमा हुँदा रक्सी भनेपछि दश कोस पर भाग्ने, यहाँ आएपछि वाइन खान मैले नै सिकाएको हुँ. कहिले काँहि रमरम हुनुको मजा नै बेग्लै हुन्छ भनेर. उत्सबकी बुढी रिजाले पनि वाइन, बियर पिउने भएको हुनाले रेजिनाको साथी पनि मिल्यो अनि उनीहरुको फिमेल क्लब पनि शुरु भयो. पछि किन हो, उसलाई वाइन मीठो लाग्न छोड्यो. खाए हार्ड ड्रिंक्स नै खाने अरुमा आँखा लगाउन छोडी. आझ आजकल त उसलाई बेहोस नै हुने गरेर खाने लत लागेको छ - खायो ढल्यो. घरमा खाएर ढले त कसैले थाह पाउँदैन, केही फरक पनि पर्दैन. कहिले काँही त पार्टीमा पनि सम्हाल्ने नसक्ने गरेर खाइदिदा सास्ती को सामना गर्ने मेरै भागमा आउंछ. तेसैले, पार्टी भन्ने बित्तिकै म अगुल्टोले हानेको कुकुर झैँ सचेत हुन्छु, "धेरै पिउने हैन है!" मेरो वाक्य नझर्दै मुख अमिलो पार्दै उसले जवाफ दिइ, "अनी अरु पनि केहि आज्ञा छ कि?" मैले उसको शरीरको तौलको हिसाव गरें. साठी किलो. हाफ प्यान्ट र टिशर्टमा. छाती नै दुई किलो होला. जिन्सको हाफ प्यान्टले उसको सेतो तिघ्रा आधाआधी मात्रै छोपेको थियो. "जहिले नि त्यही तिघ्रा देखाउने लुगा लाउनु पर्छ?" मेरो प्रश्न खस्न नपाउंदै ड्रयागनको मुखबाट आगो ओकलीयो, "What the fuck! अहिले धेरै निहु नखोज है! यो भन्दा छोटो सर्ट्स लाइदिन्छु अनि!" मलाइ त्यो आगोमा जल्न कुनै रहर छैन.  हुन पनि, अमेरिकाले उसलाई स्वच्छन्द हुन सिकाएको छ. उसले लाज, धक सबै नेपालमै छोडेर आएकी छे. मलाइ मात्रै हो लाज लाग्ने - उ त नांगै हिंड्नु पर्यो भने पनि निर्धक्क हिंड्न सक्छे. यो त एकपटक उसले न्युयोर्कको ज्याकोब रीज बिच जाँदा प्रमाणित पनि गरेकै हो. अमेरिका आँउदैमा अमेरिकन नै हुनु पर्ने त होइन. तर, उसलाई किन हो अमेरिकन लाइफस्टाइल नै मन पर्छ. म फेरी पुरै नेपाली पाराको मान्छे, गर्नेलाई भन्दा देख्नेलाई लाज भनेको जस्तो ज्याकोब रीज बिचमा उ निर्धक्क छाती हल्लाउँदै हिंड्दा लाजले पानी पानी चाँहि मा भएको थिएँ. कोही चिने जानेको नभेटिए हुन्थ्यो भन्दै प्रार्थना गरिरहेको थिएँ, देवी देउता भाकी रहेको थिएँ. खासमा त्यस बिचमा १-२ जना बाहेक अरु सबैले बिकिनी लगाएकै थिए. तर, उसलाई भने भिन्दै जोश चलिरहेको थियो. "अब देखि मलाइ रेजी होइन क्रेजी भन्ने गर," भन्दै आंफ्नो दुई किलोको स्तन देखाउँदै हिंडेकी थिइ. उसंग वाद विवाद गर्नु भन्दा चुप लाग्नु नै उचित हो। तेसैले, आज बाटो भरी यस्तै यस्तै कुरा सोची रहें. उसले पनि केही बोलिन, मलाइ सुन्नु पनि केही थिएन. मलाइ उत्सबको घर पुग्न अलि हतार लागेको थियो. ३० स्पीड भएको बाटोमा ५५ मा कुदाउंदा पनि उ चुप नै रहिरही. *** मुड माथि लागेको ग्रहण उत्सबको घरको रमझमले तुरुन्तै पखाली दियो. सबैलाई समुहकी नयाँ सदस्य लिजाकै गफले मन्त्र मुग्ध बनाइ रहेको थियो. लिजाले छोरा आँफुसंग राखेर श्रीमानलाई घरबाट निकालेको बिवरण एउटा फिल्मको कथा भन्दा कम थिएन. सबै ठिकठाक चलिरहेको थियो .. लिजाले आंफ्नो भूतपूर्व श्रीमानको फोटो देखाएपछि भने म झसंग भए ... क्रमश: Last edited: 27-May-21 02:05 PM

AnandNepal · May 21, 2021 12:03 PM

दुवै धागो एकै चोटिमा पढेर सिध्याए | सबै नेपालिहरुको विदेश बसाई हुबहु न मिले पनि धेरै अंश उस्तै उस्तै हुदो रहेछ | उसलाई को ठाउमा उनलाई राख्नु भए कसो होला ?

logan · May 21, 2021 1:14 PM

Hi AnandNepal, I just listened to the video, recorded version of my story, part -1. You must have worked really hard. It was nice to listen to my own writing in some other person's voice. But, you have added some sentences of yours. Alia Bhatta is pretty but she was not mentioned in my story. I think it would be nice if you have just left those without any new sentences. How much time do u invest to make one video? It must be time-consuming. Anyway, nice job! Sorry, I cannot give permission to make more videos. But, you can make videos of your story. I would love to listen to those. Part -2 is going nice too. I like reading it. I was surprised when you write "10 kg ko chhati". In my imagination, 5 kg each, 1kg=2.2 lbs, 2.2x 5= 11.0lbs. Wow! she must be rich. In some other para, the narration was like 1-2kg ko "stana". I thought she reduced her breast size by dieting or cosmetic surgery. Jokes apart, keep writing! Best regards, CL

crazy_love · May 21, 2021 1:19 PM

Thanks CL, "How much time do u invest to make one video?" - It depends on how much free time I have. A few hours to a whole day :) That was an experiment... The one shared here is the second version. the first version (not shared) is longer and more original... Sorry about that weight part .. I wrote those two things in two different times .. I will tidy up later. (I hope you don't take such things personally.. .. ) I had never written any stories before (except for a couple of folk tales) .. Thank you for the comment.

AnandNepal · May 21, 2021 7:12 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion