हेरेको तिमीलाइ आँखाले हैन।

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

हेरेको तिमीलाइ आँखाले हैन। भाग-१ धेरै कुरा गर्नु छ भन्ने रहर हुँदा हुँदै पनि, गर्न नसकिएको जस्तो । ठुलो सपनाहरुको लहर , तर हतार नभएको जस्तो मन। जिन्दगीमा के के नै गरुला भन्ने चाहना, तर यो सब के को लागि? के बाँच्नु मात्रै सबैथोक हो त? के होला त जिन्दगीको सार्थकता? घर, काम, स्कुल! मनभित्र यस्तै उदास बादलहरु मडारिरहेको बेलामा एकदिन जुनाले मलाई देखाइ परैबाट उसलाई । "त्यो केटा मलाई एकदम मन पर्छ। तर भौतिक रुपमा हैन नि, मानसिक अनी भित्री सुन्दरताको कारण मात्रै। त्यो एकदम हम्बल छ" जुना दुई बच्चाकी आमा भैसकी। तर उ एकदम इमान्दरीपुर्बक आफ्नो भावनाहरु ब्यक्त गर्छे, कुनै हिच्किचाहट बिना। म त्यस्तो गर्न सक्दिन। जुनाले देखाएको "इन्टर्न" लाई मैले पनि हेरे। भर्खरकै रहेछ, होला त्यस्तै २७-२८, तर पनि धेरै कलिलो देखिने भएर होला, उसले दार्ही र जुङा पालेको थ्यो। दुब्लो शरीर, सानो सानो कद, सानो आँखा, लाम्चो अनुहार, सिल्की कपाल। मेरो पहिलो हेराइमा उ केबल एउटा साधारण पुरुष थ्यो। यदी उ पेशाले भबिश्यको डक्टर नभएको भए शायद बिल्कुलै सामान्य खालको चरित्र हुन सक्थ्यो वास्तविक जिबनमा। तर उ सेतो कोटमा डक्टर भन्दा बढी कुनै रसियन लेखक जस्तो लाग्थ्यो मलाई। न त मेरो सम्झनामा कुनै रुसी लेखकको अनुहार प्रस्ट छैन। चेखबको केही कथाहरु मन पर्थे, त्यसैले मैले उसलाई चेखबको रुपमा कल्पना गरे। तर पछी मैले चेखबको फोटो हेर्दा धेरै आकर्शक लागेको थ्यो। यदी मैले उसलाई कुनै प्रसिद्द रुसी लेखकको रुपमा कल्पना नगरेको भए, शायद यो कथाको शुरु हुन्थेन। जुना म भन्दा पनि उमेरले सानी हुनु पर्छ, तर धेरै कुरामा उ म भन्दा धेरै व्याबहारिक छे। म शायद मिड्लाइफ क्राइसमा छु, मलाई धेरै कुराको अर्थ लाग्दैन। जस्तैकी माया प्रेम, घर, परिवार। सबैको आफ्नै आफ्नै परिभाषा हुन सक्छ जिबनको, बुझेर वा नबुझेर हो मलाई त खाली नाटक जस्तो लाग्छ । एउटा रुटिन जस्तो जिबन! राम्रो संस्कार, आफुभन्दा सक्षम जिबनसाथी, सामाजिक मान्यताको लागि विवाह र सन्तान, राम्रो जागिर, घर, बैँक ब्यालेन्स र एकोहोरो जिन्दगी। मलाई अत्यास लाग्छ यो रुटिन देखी। जुना र मेरो जिबनमा पनि फरक छ। उसको घर छ, परिवार छ र शायद माया पनि। मेरो घर मात्रै छ। जुनालाई “हम्बल” लागेको मान्छेलाई मेरो मनले त्यती सम्झीरहेन। तर एकदिन म लन्चको लागि के मगाउने भनेर साथीहरुसँग अफिसमा कुरा गर्दैथे, कसैले ढोका पुरा नखोली मेरो नाम बोलायो। मैले ढोकामा हेरे। हम्बल मान्छे मलाई हेरिरहेको थ्यो। उसको निलो र खरानी जस्तो आँखाहरु मैले देखे। "के तपाईं रुम नं २०१ को बिरामीको लागि कफी लागि दिनु हुन्छ, प्लिज?" म स्तब्ध। मेरो आँखाहरु स्तब्ध। मानौ उसका निला आँखाहरुले मेरो मनको गहिराइ सम्म स्पर्श गरेको छ। मेरो धरातल डगमगाएको छ। मेरो मन स्तब्ध। मेरा आँखाहरु अब उसको सुन्दर आँखाहरुबाट अलगिन्न चाहदैनन। अचानक मेरो वरिपरिको सबै आवाज बन्द हुन्छन र उसको "प्लिज" मात्रै गुन्जिरहन्छ। साँच्चै अती साधारण जस्तो देखिने यो मान्छेको आँखामा के छ, म पत्याउनै सकिरहेकी थिएन। "क्रेजी? सुन्नु भयो?" म झसँग भए। जुनाले एक चोटि परिचय गराएकी थि, उ सँग धेरै पहिले। उसलाई अझै मेरो नाम याद रहेछ। "हजुर, के भन्नु भयो? सरी!" "रुम नँ २०१ मा कफी लागि दिनु हुन्छ, प्लिज?" उही अनुरोध, उही मिठास अनि जुनाले भने झै “हम्बलनेस”। "स्योर!" मैले आफ्नो मनलाई फकाए। मलाई उ सँग अझ धेरै कुरा गर्न मन थ्यो, तर उ हतारमा जस्तो देखिन्थ्यो। उ "धन्यबाद!" भन्दै गयो तर मेरो मनमा उसको निला आँखाहरु गढी रहे। मलाई दिनभरी छट्पटी जस्तो भैरह्यो। मेरो मनको तारमा मिठो संगीत भरेर उ कहाँ गयो? मलाई उ कहिले फर्केला भन्ने आशा लाग्न थाल्यो। अचानक बर्षौपछि मेरो मनमा रहरको टुसा फेरी पलाउन थाल्यो। सुकिसकेको पातमा हरियो रङ फैलिएको जस्तो लाग्न थाल्यो। मनको कुरा कसलाई थाहा हुन्छ? कहिले कुन रङ फेरिरहन्छ? एक नजर, एक हेराइ, एक पल! त्यही एक दिनले मेरो जिबनमा ठुलो तरङ ल्याइदियो। मेरो मन बेलाबेलामा पखेटा फिजाएर उड्न चाहन्थ्यो। मलाई “हम्बल” मान्छेको बारेमा बुझ्न मन लाग्थ्यो। मैले उसको फेसबुक हेरे। प्रोफाइल फोटोमा उ एउटी सुन्दर केटीसँग औपचारिक पहिरनमा थ्यो। शायद कुनै बिशेष समयको हुनु पर्छ, उसले कालो टक्सीडो लगाएको थ्यो र उ सँगकी केटीले वाइन कलरको कक्टेल ड्रेस लगाएकी थी। त्यो केटीको कपाल सर्लक्क सिल्की लामो थ्यो, फोटोमा उ हम्बल भन्दा अग्ली देखिएकी थी। हम्बल शायद मेरो हाइटको हुनु पर्छ र केटीले हाइ हिल लगाएकी हुन सक्छे। तर त्यो केटी “हम्बल”को जोडीको रुपमा सुहाउदिनथी। उ कुनै प्रख्यात फेसन पत्रीकाको मोडेल जस्ती थी। तर "हम्बल" भोलिको साइकोलोजिस्ट हुँदैथ्यो, उ सँग प्रसस्त पैसा र प्रतिस्ठा पक्का थ्यो। । त्यो राम्री केटी उसको मंगेतर हुन सक्थी वा जिबन साथी। तर प्रोफाइल हेर्दा तिनिहरु बिबाहित जस्ता देखिदैनथे। मलाई फेरी आफ्नो उमेरको खयाल आयो। जिन्दगीको यस मोड्मा म आफुलाई प्रौढ भन्न रुचाउन तर मेरो अनुहारको छेउ छेउमा टल्किने चाँदी जस्तो कपालले मलाई नब यौबना भन्न पनि दिदैन। शरीरमा देखिएको परिवर्तनले मलाई कुनै लुगा लगाउन छेक्दैन, तर मनमा भने अरुले के भन्ला भन्ने डर जस्तो लगिरहन्छ। त्यो दिनभरी मैले उसको जिन्दगीको बारे बुझ्ने कोशिस गरे। फेसबुक उसले प्राइवेट गरेको रहेछ तर केही फोटोहरु देखे। उसको परिवारसङ को वा साथीहरुसङको। धेरै पहिलेको जब उसको अनुहारमा दार्ही जुङाहरु पलाएका थिएनन। फोटो र उसलाई हेरेर मैले उसको र मेरो बिचको उमेरको फरक थाहा पाउन सकिन। यती चाँही अड्कल गर्न सकिन्थ्यो उ र मेरो उमेरमा एक दशक भन्दा कम फरक हुन सक्थेन। घर पुगेपछी केही बेर मैले उसको बारेमा सोच्न रोक्नु पर्‍यो। घरमा मेरो धेरै भुमिकाहरु थ्यो। अब म कसैको आमा, श्वासनी, भाउजु, दिदी र काकी मात्रै थिए। ती मध्ये निभाएको प्रेमिकाको भुमिका धेरै पहिले सकिसकेको थ्यो। म भित्रको प्रेमको रङीन सपनाहरु खन्डहरजस्तो निराश भएका थिए। म फेरी नाटकको पात्र झै आफ्नो चरित्र निभाउदैथे। घरमा सबै आ-आफ्नो फोनमा ब्यस्त थे। औपचारिक कुराकानी पछी म आफ्नो कोठामा गए। ड्रेसिङ टेबुलको अगाडि पुगेपछी म झस्के। मेरो प्रतिबिम्बमा जवान युबती थिएन, त्यहा निरस र थाकिएकी एक नारी थी। मेरो ओठको रङ गुलाबी थिएन, सुकेर पत्र पत्र भएको थ्यो। बिहानै लगाएको लिप्स्टिक र फाउन्डेसन गैसकेको थ्यो। फुङ उडेको अनुहारमा रहरको कुनै नाम निशान थिएन। दिउसो भरिएको रङीन मन अहिले फेरी खुइलिएको थियो। मलाई आफ्नो रुप आँफैलाई मन परेन। नुहाइ सकेर फेरी एकचोटि आफुलाई हेरे ऐनामा ! प्रतिबिम्बमा भिनस उभिएकी थिए, जो रोमनहरु बिच प्रेम, सुन्दरता, यौन र सम्रिद्धिको लागि प्रख्यात थी। शरीरमा बगिरहेका शीत जस्ता पानीका थोपाहरुलाई हेर्दै मैले आँफैले आँफैलाई सोधेको थिए। के म मा प्रेम अझै बाकी छ? क्रमश:

crazy_love · Apr 30, 2021 9:59 AM · 84,946 views

71 Replies

Hajoorle ta Parijat samjhaidinu bhayo. Euta matra prasna, “Mangetar” ko Nepali sabda ke hola? Kaam kura chhineko Ali lamo hola, malai pani thaha chhaina

chicagoan · Apr 30, 2021 6:07 PM

Hi Chicagaon, Thank you for your question! I don't know what is "mangetar" in Nepali. I even don't know many words in Nepali and in English. Tukre ustaad jastai, kunai pani bhasa ramro chaina mero. Please find the correct word for" Mangetar" and teach us. BTW, how do you write emails to each other in Sajha? Is it the conversation that shows your post multiple times? I am just confused.

crazy_love · May 2, 2021 12:52 PM

Tehi ta ali garo chha. Mangetar sidhai Hindi bhayo, aba Nepali ma Bibah purba dauntari dherai lamo hune bhayo. Sajhama kohi Nepali bigya hunuhunchha bhane madat gari dinuhunchha ki bhanne aas chha.

chicagoan · May 2, 2021 1:34 PM

भाग- २ मलाई आफ्नो रुप आँफैलाई मन परेन। नुहाइ सकेर फेरी एकचोटि आफुलाई हेरे ऐनामा ! प्रतिबिम्बमा भिनस उभिएकी थिए, जो रोमनहरु बिच प्रेम, सुन्दरता, यौन र सम्रिद्धिको लागि प्रख्यात थी। शरीरमा बगिरहेका शीत जस्ता पानीका थोपाहरुलाई हेर्दै मैले आँफैले आँफैलाई सोधेको थिए। के म मा प्रेम अझै बाकी छ? आँफैले आँफैलाई हेर्दा शरीर धेरै परिवर्तन भए जस्तो लागेन। मलाई आफ्नो शरीरको प्रत्येक अङ मन पर्छ अनि माया लाग्छ। यस्तो लाग्छ शरीरलाई न्यानो स्पर्शको आबश्यक्ता छ। त्यस्तो स्पर्श जसमा बासना भन्दा धेरै प्रेम होस्।  मैले आँफै पनि मेरो शरीरलाई माया गर्न सक्छु। शारीरिक सुख मात्रै होइन आत्मिय तृप्‍ति होस्। म आँफैलाई माया गर्दैछु। आफ्नो गलालाई बिस्तारै एक एक औलाले स्पर्श गर्छु, त्यहा शायद अरबौ नशाहरुको अन्तिम बिन्दु छ। मेरो शरीरमा आनन्दको तरङ फैलिन्छ। गलाबाट तलतिर मेरो आफ्नै औलाहरु सलबलाई रहेछन। म अर्को कुनै लोकमा उडिरहेको छु। घर्‍याक्क ढोका खोलिन्छ। म झस्किन्छु। ढोकामा उ उभिएको छ। म निर्बस्त्र छु, उ प्रश्नबाचक दृष्‍टिले हेर्छ। मेरो शरीरलाई एकचोटि सरर हेरेर अन्त कतै हेर्दै सोध्छ "के गरिरहेकी?" "आँफैलाई माया?" "घरमा अरु पनि बस्छन। लाज लाग्दैन?" "यो मेरो आफ्नो शरीर हो। मैले आफ्नै शरीरलाई माया गर्न पाउदिन?" " शनिबार उत्सबका बोलाएको छ खानलाइ। बिदा मिलाउनु।" " मेरो काम छ। म जादिन." "कस्तो बौलाहा जस्ती!" "तिमी नि?" "म के?" "तिमीलाई किन केही हुँदैन मलाई देखेर?" "के म सधैं तिमीसङ टासिएर बस्नु पर्‍यो?" बच्चा बच्ची ठुला भै सके। तिमी अब जवान छैनौ। म तिम्रो लागि जवान बन्न सक्दिन।" “माया गर्नको लागि उमेरको सीमा हुँदैन।“ "मायाले मात्रै तिम्रो घर चल्छ ?" "म पनि त काम गर्छु? तिमी एक्लैले सबै पुर्याएको छैनौ।" "मलाई किचकिच नगर। तिमी खुशी छैनौ भने बाटो खुला छ।" "यो मेरो पनि घर हो।" "जेसुकै गर।" भन्दै उ ढ्याम्म ढोका लगाएर गयो। म अघि जे गर्दैथे, त्यसमा पूर्णबिराम लागेको थ्यो। लुगा लगाएर म निदाउन कोशीश गरे। हरेक रात जस्तो आजको रात पनि निद्रा पर थियो। मलाई सबै भुलेर एकछिन भएपनी निद्रा लाग्ने औशधी थ्यो। मरीले सिकाएकी थी। व्हिस्कीको सट एकपछी अर्को पिउने, जबसम्म तिम्रो मनको पीडा "नम्ब” (सुन्न) हुँदैन। बिहानको अलार्मसङै शुरु भयो रुटिन जिन्दगी। काममा पुगेपछी जुनाको अनुहार अध्यारो देखे। सन्चो छैन के क्या हो भनेर सोधे। उसले निद्रा पुगेन भनी। "किन नी?" "लोग्नेलाई सधैं त्यही चाहिने। थाकेर निद्रा लाग्दा पनि सुत्नै नदिने।" उ झर्की। म उसको अगाडि हाँस्न सकिन। उसको र मेरो कथा कस्तो उल्टो। "तिमी त भाग्यमानी!" "कसरी?" उसले सोधी। "तिम्रो लोग्ने छ नि!" "लोग्ने त तिम्रो पनि छ नि?" "मेरो लोग्ने र तिम्रो लोग्नेमा धेरै फरक छ।" "लोग्नेमान्छे सबै त्यस्तै हुन्छन।उनिहरुलाई खाली त्यही चाहिन्छ।" "जस्तै कुनै लोग्ने मान्छेले लोग्नेको कर्तब्य पुरा नगर्न पनि सक्छन। उमेर र चिन्ताको कारण कुनै कुनै लोग्ने मान्छेको समस्या हुन सक्छ। तर उनिहरु आफ्नो पुरुषोत्वको कमजोरी कसैसँग भन्न सक्दैनन।" "किन र?" "इगो ! उनिहरुलाई अहँ हुन्छ आफु पुरुष हुनुमा। समाजले उनिहरुलाई शारिरिक र मानसिक रुपमा बलियो देखिन सिकाउछ।" "अनी श्वासनी मान्छे?" "हामीहरुमा यौनेक्षा हुन्छ,तर हामीले आफ्नो आबश्यक्ताको कुरा गर्नु हुँदैन। किनकी समाजले हामीलाई लोग्नेलाई खुशी पार्नु पर्छ भनेर सिकाउछ। तर लोग्नेले पनि हामीलाई सन्तुश्ट पार्नु पर्छ भनेर सिकाउदैन।" "गूड् मर्निङ!" हाम्रो अगाडि "हम्बल" केटा थ्यो। जुना र मैले "गूड् मर्निङ" फर्कायौ। "तपाइलाई "सिटिस्क्यान" को नम्बर थाहा छ?" "छ! तपाईंलाई चाहियो?" जुनाले सोधी। "हजुर!" "क्रेजीलाई थाहा छ। उसैले दिन्छे नम्बर!" भन्दै जुना आँखा झिम्काउदै हामीलाई छोडेर बाहिर गइ। "मलाई थाहा छ। तर, नम्बर बताएको पैसा लाग्छ।" "हजुर ! कति होला?" हम्बल मान्छे हास्यो। "एउटा नम्बरको ५ डलर, ५ वटा नम्बरको २५ डलर! दिनुहुन्छ?" म पनि जिस्के, आफु भन्दा कलिलो युबक सँग। "म त अझै बिधार्थी हुँ, म सँग त्यती धेरै पैसा छैन नि!" " पैसा नभए क्रेडिट कार्ड होला नि।" "प्लिज क्रेजी! त्यसो नभन्नुस् न!" मलाई उसको माया लाग्यो। मैले उस्लाई नम्बर दिए। उसले फोन गर्‍यो। के के कुरा गर्‍यो। म आफ्नो कामतिर ब्यस्त भए। उ बिरामी हेर्न गयो। दिउसो तिर उ फेरी उसको टिमसँग राउन्डमा आएको थ्यो। नयाँ अर्डरहरु लेख्यो। "क्रेजी, तपाईं मलाई रुम नम्बर २०३ को रिपोर्ट दिनुहुन्छ प्लिज?" "नदिने!" "किन?" "त्यसको पनि पैसा लाग्छ!" उ मुस्कायो, वालेट झिक्यो र भन्यो। "हेर्नुस् त! वालेट रित्तो छ। मेडिकल स्कुलको रिनले म अहिले पढेलेखेको भिखारी भएको छु।" "तर, तपाईं गरीब हैन नि।" "मनको त धनी छु।" अलि अलि जिस्क्यो। "मनको धनले जिबन धान्दैन नि!" "त्यही त! धन नै किन चाहिने होला?" उसको कुरा सुनेर हासे । उसले मेरो बिरामीहरुको रिपोर्ट लियो, कसलाई घर पठाउने, कस्को औशधीहरु बढाउने वा घटाऊने छलफल गर्‍यो। अर्को वार्डमा जानु अघि उसले मैले नसोचेको कुरा सोध्यो। "क्रेजी!" "हजुर!" "तपाइको फोन नम्बरको कति पैसा होला?" "एउटाको ५ डलर, १० वटाको ५० डलर।" "तपाइ धेरै हसाउनु हुन्छ!" "तपाइको लागि ० डलर !" "खुब जिस्किनु हुदो रैछ, तपाईं!" "तपाईंको नम्बर भन्नुस् त! म मिस कल दिन्छु।"?" "मेरो नम्बर उ त्यो लिस्टमा छ। तपाईंले मलाई कुनै पनि बेला फोन गर्न सक्नु हुन्छ।“ उ पनि जिस्किन मन पराउदो रहेछ। उ हाँसेर रातो भयो। लाज मान्दै गयो उ। क्रमश:   Last edited: 04-May-21 02:20 PM

crazy_love · May 4, 2021 2:18 PM

Great work @crazy_love as always, so good to see you after a long time, Welcome Back LOL :o please keep it coming :)

banana_public · May 5, 2021 11:22 AM

सीएलजी, मङेतरलाई नेपालीमा भन्नुपर्दा शायद "भावी पति या भावी पत्नी" भनिन्छ होला । नेपाली भाषाको ज्ञाता त परिँन तर सुनेको आधारमा लेख्तैछु । "भावी" भन्नाले फेरी भाज्ञ या बिधाता पनि जनाउछ होला । भावीले के लेखीदियो भन्ने गीत सुनेको याद आउछ । घरमा "बृहत नेपाली शब्दकोश्" हुने गर्थ्यो नत्र हेरेर पक्का गरिदिन्थे होला । तपाईको लेखनशैलीलाई त मान्नैपर्छ । सामान्य लोग्नेमान्छेको के खोज्छ देखि पुरुषप्रधान समाजमा एक महिलाले खोजिराको हुन्छ र के देखाइराको हुन्छ, सजिब चित्रण गर्नुभएको छ । पुरुषको कामबासना जहाँ खुलस्त हुनुमा बिश्वास राख्छ त महिलामा तेही गुण सुशुप्त रहेको हुन्छ तर हुने त सबैमा तेही होला । गएको महिना युट्युबमा गौरी मल्ल तथा मिथिला शर्मा अभिनित "मुकुण्डो" हेरे, नेपालमा त्यो समयमा यस्तो फिल्म नी बनेको रहेछ भन्ने ज्ञात भयो भनौ । नेपाल हुँदा त यस मुभिको चर्चा त सुनेको थिए, तर हेर्न पाएको थिएन, अहिले हेरे र मलाई यस मुभिले मनमा धेरै डीबेट गरायो । एन्डिङ ओपन राखेको पनि राम्रो छ, धेरै पुराना इङ्लिश लित्रेचर्, कथाहरुको जस्तो । खैर मुकुण्डो पनि महिलामा हुन सक्ने असिमित यौन कुन्ठाको जहाँ एक पाटो देखाउछ त अर्को पाटोमा अन्धबिश्वास र इर्श्याको परिणाम । खैर्, नहेर्नु भएको भए मौका मिले हेर्नुहोला । तपाइले लेख्नुभएको कथाको अर्को भागको प्रतिक्षा रहनेछ । गीतको शिर्षक पनि मनपर्‍यो, लोचन भट्टराइको पुरानो गीत ।

Bennedict · May 5, 2021 4:11 PM

Banana_public, What was your username in the past? I never heard your name before. Thank you for your comment! CL

crazy_love · May 6, 2021 2:57 PM

Bennedict, Thank you for your clarification! tara "bhabi pati waa patnee" bhanne shabda sajilo chaina hai. maile "mukunDo" hereko chaina. yo "story" sakepachhi herchhu. btw, yo song ta Sapana shree le gaaunu bhaeko ho. Thanks for the comment, CL

crazy_love · May 6, 2021 3:00 PM

भाग-३ उत्सबको घरमा जानै पर्ने भयो। पहिलो कुरा उत्सब र उसकी श्रीमती रिजा हामीहरुको कलेजदेखिको साथी, दोस्रो कुरा उनिहरु जहिले पनि हामीलाई मदत गर्ने साथी। उनिहरुसँग नभेटेको धेरै भैसकेको थ्यो। कोरोनाले गर्दा जमघट बन्द थ्यो र १ बर्षपछि उनिहरुले हामीलाई निम्ता दिएका थे। रिजाले मलाई फोन गरेपछी मैले नाइ भन्न सकिन। जाने बेलामा उसले मलाई सचेत गर्‍यो। "धेरै पिउने हैन।" "अनी अरु के आज्ञा छ कि?" "जहिले त्यही तिघ्रा देखाउने लुगा लाउनु पर्छ?" "अहिले धेरै निहु नखोज! यो भन्दा छोटो सर्ट्स लाइदिन्छु।" उ चुप भयो। बाटोभरी हाम्रो कुरा भएन। मलाई सजिलो लुगा लाउन मन पर्छ। सारी र गहनाले मलाई उकुसमुकुस गर्छ। त्यही पनि कुनै बिशेष अबशर थिएन। साथीहरु भेट्ने मात्रै। मैले टिसर्ट र हाफ प्यान्ट लगाएकी थिए। उ मलाई धेरै कुरामा कन्ट्रोल गर्न चाहन्छ। मैले कसरी बोल्नु पर्छ, हास्नु पर्छ, कस्तो लुगा लगाउनु पर्छ, के खानु पर्छ आदी इत्यादी। रिजाले अरु २-३ जना साथीसाथी पनि बोलाएकी रैछे, उनिहरुपनि आफ्नो जोडीसँग आएका थिए। मैले एक जना हामी सबैभन्दा अली परिपक्व जोडी देखे। श्रीमान ६०-६५ होला, श्रीमती चाँही ५५-६० बर्ष जतिको। उनिहरु रिजाको छिमेकीका आमा बुवा, असाध्यै रमाइला, मिलनसार रहेछन। दुबै जना ठट्टा गर्नु पर्ने। म जस्तो धेरै नखुलिने मान्छेलाई पनि एकछिनमा घुलमिल हुन सजिलो भयो। यसपाली बच्चाबच्चीको ग्रुप थिएन, रिजाको बच्चाहरु नेपाल गएका थिए। त्यसैले ठुलो मान्छेहरु मात्रै थिए। हरेक जमघट जस्तै लोग्नेमान्छे हरु एउटा ठाउमा र श्वासनी मान्छेहरु किचेनमा वा लिविङ रुममा जम्मा भए। जती शिक्षित भए पनि आखिरमा महिला र पुरुषमा बिभाजन हुन्छ, घरभित्र अनि घर बाहिर। नेपालको राजनीति, स्टक मार्केट र नन्-भेज जोकबाहेक उनिहरु के कुरा गर्छन् कुनी। हामीहरु चाँही खानाको रेसिपी, नयाँ फेशन, नेटफ्लिक्स्को नयाँ मुभिदेखी आफ्नो सन्तानको बखान गर्न पछी पर्दैनौ। उसले आँखै आँखाले मलाई एकचोटि एकछिन घुरेर हेर्‍यो, मैले पनि कसैले नदेख्ने गरी बिचको औंला देखाइ दीए। आफ्नै ग्रुपमा गयो। रिजाले मिठो मिठो खाना पकाएकी थिए। खानासङै पिउने कुरा पनि थ्यो तर पिउने कुरामा वाइन र कक्टेल मात्रै थ्यो। हार्ड ड्रिन्क्स थिएन। मलाई वाइन मन पर्दैन। कक्टेल गुलियो जुस जस्तो लाग्थ्यो। त्यसैले मैले कोक मात्रै पिए। सबै जनाले अली अली वाइन र कक्टेल पिएका थिए। हामीहरु भन्दा बुजुर्ग दीदीले नि वाइन पिउनु भएको थियो। अल्कोहोलको कारण होला सबै जना अरुबेला भन्दा बढी खुलेर कुरा गर्दै थिए। "नयाँ के के छ त खबर तिमीहरुको?" रिजाले सोधी। "गज्जब छ नि! कोरोनाले बुढा बुढी घरमा बस्न पाइएको छ। भनेको बेला खान पाइएको छ अनि ---" "के के खान्छौ त बुढाबुढी?" ती हामी भन्दा बुजुर्ग दिदीले प्याच्चै सोधिन। हासोको फोहोरा छुट्यो। दुई अर्थी प्रश्नको उत्तर दिन कोही पनि पछी परेनन। "मिठो मिठो खान्छन नि! हनीमुनमा के खान्छन तपाईंलाई थाहा छैन र?" रिजाकी अर्की साथी नि कम रैनछे। "हैन, त्यस्तो मिठो कुरा के के खान मिल्छ हामीलाई नि सिकाओ न!" ती दिदी पनि अलिकती मातेकी रैछिन। "हामी त थरी थरी भिटमिन खान्छौ दिदी!" फेरी हासोले कोठा थर्कियो। कोही भन्दा कोही कम थिएनन। म हासी मात्रै रहेको थे। "उत्तावलीहरु! हामीलाई सिकाओ न कसो कस्तो भिटामिन खानु पर्छ?" "हामीले सिकाउनी हो र हजुरको श्रीमानले पो दिने हो त भिटामिन।" रिजालाइ लागिसकेको थ्यो। उ मुर्छा परेर हासिरहेकी थि। "उहिले जवानीमा घर, व्यबहार, परिवार भन्दै सक्यो भिटामिनको रहर। अहिले बुडेशकालमा के को भिटामिन नि, नानी?" "जवानीमा नसकेको कुरा त अहिले गर्नु पर्छ नि दिदी!" "जिन्दगीमा त्यही भिटामिन रहेन भने के अर्थ रह्यो र?" सबै भन्दा सानी देखिने रिजाको साथीले भनी। "हैट! यस्तो कुरा नगरौ! अरुले सुने भने के भन्ला?" मैले सकेसम्म यस बिषयलाई बन्द गर्ने कोशीश गरे। "तिमीहरुको पनि छोरा छोरी दुबै कलेजमा हैन? तिमीहरु को पनि त खतरा हनिमुन भैरहेको होला नि!" रिजाले मलाई जिस्काउन खोजी। " छोरा छोरी अहिले घरमा छन, अब केही महिना पछी फर्किन्छन।" मैले भने। "त्यही भएर पो बिचरा अघी देखी सिरियस भएर बसेकी रहेछ।" " यो मर्ने बेलामा के को भिटामिन नि ? अब त हाम्रो उमेर पनि त ढल्कियो नि!" "उमेर ढल्के पनी मन बुढो हुँदैन क्यारे! रहरहरु त सधैं जवान हुन्छन्” ती दिदीले भनिन। उ हातमा व्हिस्कीको ग्लास लिएर भित्र आयो. "के को हासो हो? पुरै टोल थर्किएको छ।" "लौ यो!" उसले मेरो हातमा व्हिस्कीको गिलास राखिदियो। "ओहो! कत्रो माया प्रेम ! आफ्नो मान्छेलाई मात्रै?" रिजाले जिस्काइ। "अरुको मान्छेलाई त माया गर्‍यो भने त मारीहाल्छन नि!" उ जिस्क्यो र बाहिरियो। " कहिले देखी छोडेको वाइन? पहिला त खान्थ्यौ हैन र??" रिजाले सोधी। " ६-७ महिना भयो, वाइनले मलाई निद्रा लाग्दैन ।" मेरो बुढो त आजकल निउ खोज्ने कुरा मात्रै गर्छ , यार। राम्रो बोले पनि नराम्रो मात्रै सुन्छ।" मैले बिषयबस्तुलाई मोड्ने प्रयास गरे। "लोग्नेमान्छे हरु बाहिर कोही सँग सल्क्यो भने त्यस्तो हुन्छ। यिनीहरुको भर हुँदैन। बेला बेलामा चेक गर्नु पर्छ।" दिदीले तुरुन्तै भनी। " के चेक गर्नी?" "के हैन, त्यही चेक गर्नी हो!" दिदीले फेरी हसाउनु भयो। "कसरी?" अर्कीले सोधी। "त्यो पनि मैले सिकाउनु पर्छ तिमीहरुलाइ?" दिदीले झन हसाउनु भयो। "एउटा कुरा भन त नानीहरु?" दिदी अहिले गम्भीर मुद्रामा हुनुहुन्थ्यो। "हजुर!" "त्यो गड्यौलाको उपचार हुन्छ कि हुँदैन?" "हँ, कस्तो गड्यौलाको के उपचार दिदी?" मैले कुरा बुझिन। "हरे, यी नानी किन बुझेर नि नबुझेको जस्तो गर्छिन?" "साँच्चै! मैले नि बुझिन दिदी।" रिजा र अरु केटीहरु पनि दिदीलाई अचम्म मानेर हेर्दैथे। "तिमीहरुले भिटामिनको कुरा गर्या हैन?" "हो त, अनी गड्यौला का बाट आयो त?" मैले सोधे। "भिटामिनको सर्प लल्याकलुलुक भएर गड्यौला जस्तो भयो भने के गर्ने?" दिदीको कुरा सुनेर हामी सबै मरीमरी हाँस्यौ। "तिमीहरु पढेलेखेका हरुलाई था होला नि त! अब घरमा छोराबुहारीलाई सोध्ने कुरा भएन।" दिदीले हाँसो गरेको हैन भनेर थाहा पाएपछी रिजाले भनी। "दिदी, औषधी पाउछ नि, त्यो सर्पलाई बलियो बनाउने। डक्टरका जानुपर्छ। डक्टरले लेखीदिन्छ औसधी।" "मलाई के थाहा नानी? बुढा जान मान्छन् कि मान्दैनन?" "फकाउनु न। कसैले थाहा नपाउने गरी जाने भन्नुस् न।" "म तपाईंहरुलाई लाने ल्याउने काम गरुला। रिजाले सबै मिलाउछे।" मैले भने। "यस्तो कुरा भन्नु नहुने। बुढाले थाहा पाए भने मार्छन् मलाई।" "हामी कसैलाई भन्दैनौ, हजुर ढुक्क हुनुहोस्।" रिजा र सबैले कसम खायौ। मलाई व्हिस्की अली अली रमरम लागेपछी बरन्डामा निस्के। चुरोट खान मन थ्यो, तर नेपालीको जमघटमा कुरा काटिन्थ्यो यदी महिलाले चुरोट पिएको देखे भने। उसलाई टेक्स्ट गरे, उ आयो, उसको इलेक्ट्रिक सिगरेट २-४ पफ ताने। हामीबिच कुनै सम्बाद भएन। उ अरु कसैले देख्ला की भन्ने डरले तुरुन्तै गयो। पछाडि अरु कोही पनि आएको जस्तो लाग्यो। । उ रिजाको नयाँ साथी थी। उमेर यस्तै ३५-४० होला। उ कम बोल्थी, धेरै हास्थी। उसको नाम शर्मिला वा शमा के थ्यो। मैले सम्झिन। "कस्तो शीतल है?" उ मेरो छेउमा बसी। "भित्र एकदम हल्ला छ। यहाँ शान्त छ।" "तिमी मेडिकल फिल्डमा हो? रिजाले भन्थी तिमी कुनै अस्पतालमा काम गर्छौ रे?" "म मानसिक अस्पतालमा काम गर्छु, मेडिकल नै हैन।" "एउटा कुरा सोध्छु कसैलाई नभन है?" "कसम खानु पर्छ? गाई खाने?" "हैन, पर्दैन। तिमी त्यो फिल्डमा भएकोले तिमीलाइ थाहा छ कि भनेर?" "के हो? मलाई थाहा छ भने भन्छु नि।" "सुन न! मलाई एकदम दुख्छ!" के दुख्छ?""तल्लो पेट अनी--?"  "मिन्स हुँदाँ?"  "हैन क्या! त्यस्तो गरेको बेला!"  "के गरेको बेला?"  "हेत्तेरी! कस्तो मान्छे तिमी त! बुझ न कुरा!"  "तिमी राम्ररी भन न त!" "बुढा सँग सुतेको बेलामा क्या!"  " "कहिले देखी? पहिला पनि दुख्थ्यो?" "१-२ बर्ष भयो। मेरो कारण बुढो खुशी छैन।" “डक्टरलाई देखायौ? “ “डर लाग्छ।“ “के को डर?" “कतै मेरो बुढाले छोड्ला भनेर। तिमीलाइ कुनै उपाय थाहा छैन, औशधी हरु केही छैन?” " अहिले को जमानामा सबै कुराको समाधान हुन्छ। डक्टरले के कारण दुखेको हो पत्ता लगाएर तिम्रो उपचार गर्छ नि। डक्टरले मात्र लेख्न सक्छ औषधी। मैले लेख्न मिल्दैन।" "के गरु त म?" "तिमीहरु दुबै जना डक्टरका जाउ। यस्तो समस्या लुकाउनु हुँदैन, उपचारले समाधान हुन्छ।" "तिमीलाई थाहा छ कस्तो डक्टरका जाने?" "तिम्रो प्राइमरी केयर डक्टरले रिफर गर्छ होला?" "प्लिज, रिजालाइ नभन ल!" "म कसैलाई भन्दिन!" उ ढुक्क भएर भित्र गइ। सबैको आ-आफ्नो समस्या थ्यो। २ बर्ष अघि डक्टरले उसलाई पनि टेस्टएस्टरोनको कमी भएको र खाने चक्की, लगाउने मलम वा, सुइ के लगाउने भनेर सोधेको थ्यो। उसले पछी निर्णय गर्छु भन्यो तर औषधीको बारेमा कहिले कुरा गरेन। उ म मा पनि कमजोरी हुनु पर्छ भन्ने जिद्दी गर्थ्यो। जस्तै मेरो शरीरमा धेरै परिवर्तन आएको छ। मेरो वेट बढेको छ। मेरो शरीरमा कतै आकर्षन छैन। मेरो बोलीमा तिक्तता छ। केही हैन धेरै हदसम्म उसको कुरा ठीक थ्यो। हाम्रो सामान्य कुराकानी जहिले पनि झगडामा परिनत हुन्थो। मलाई उसको छाया पनि मन पर्थेन। शायद उसलाई पनि मेरो अनुहार हेर्न मन पर्थेन। जे पायो त्यही भन्थ्यो उ। रिजाको घरबाट फर्किदा पनि हामी बोल्नु भन्दा नबोल्नु बेश सम्झेर मौन थ्यौ! **************************************************************************** म २-३ दिन बिरामी भए। हुन त रुघाखोकी थ्यो तर कोभिडको शंकाले घर बसे रिपोर्ट नआएसम्म। जुनाले टेक्स्ट गरी। "के भयो?" "सामान्य रुघाखोकी!" "ल ल! आराम गर।" "हुन्छ!" "तिमीलाई सोध्दैथ्यो एक जनाले?" "कसले?" "मिस्टर हम्बलले "क्रेजी खोइ?" भन्थ्यो!" "हो र?" "के भनु?" "छिट्टै आउछे भन्देउ!" जुनाले जिस्काएकी हो वा साच्चै भनेकी हो। मैले फेरी सम्झे उसको निलो आँखाहरु। फेसबुक प्रोफाइल चेक गरे, उसले प्रोफाइल फोटो चेन्ज गरेछ। अहिले उसको सिङल फोटो थ्यो। उसले किन फोटो चेन्ज गर्‍यो? के मोडेल जस्ती उसकी गर्ल्फ्रेन्ड उसलाई छोडेर गै? वा उसले जानी जानी आफ्नो ब्यक्तिगत जिबनको फोटो सामाजिक संजालबाट झिक्यो? क्रमश:   Last edited: 06-May-21 10:36 PM Last edited: 06-May-21 10:51 PM

crazy_love · May 6, 2021 3:10 PM

Good one CL

AnandNepal · May 6, 2021 7:01 PM

Kasto swaschhanda lekhai! Ani samasamayik bisayabastu ra tesmapani dherai adhabaise jodi haruko satyayata! Sarai ramro chha. Arko bhagko pratikshya ma.

chicagoan · May 6, 2021 8:48 PM

*removed* Last edited: 08-May-21 03:30 PM

AnandNepal · May 8, 2021 8:49 AM

भाग-४ जुनाले जिस्काएकी हो वा साच्चै भनेकी हो। मैले फेरी सम्झे उसको निलो आँखाहरु। फेसबुक प्रोफाइल चेक गरे, उसले प्रोफाइल फोटो चेन्ज गरेछ। अहिले उसको सिङल फोटो थ्यो। उसले किन फोटो चेन्ज गर्‍यो? के मोडेल जस्ती उसकी गर्ल्फ्रेन्ड उसलाई छोडेर गै? वा उसले जानी जानी आफ्नो ब्यक्तिगत जिबनको फोटो सामाजिक संजालबाट झिक्यो? उसको केही पुराना फोटोहरु देखे, शायद साथीहरुसँग वा उसको आफ्नै परिवारसँग होला। एउटा फोटोमा एउटा केटा र एउटी केटी थी। उसको भाई बहिनी होला, ऊ बिचमा उभिएको थ्यो। त्यस्तै ऊ अर्को फोटोमा बुवा आमासँग थियो। राम्ररी हेर्दा उसको अभिभाबक र भाई बहिनी भन्दा ऊ बिल्कुल अलग देखिन्थ्यो। उनिहरु गोरा र अग्ला थिए। अनुहारको बनावट पनि अर्कै थ्यो। हम्बल को मात्र हाइट सानो थ्यो। उसको अनुहार पनि सानो र लाम्चो थ्यो। उस्को बुवा पनि डाक्टर थ्यो शायद। एउटा फोटोमा त्यस्तै सेतो कोट लाएर क्लिनिकमा बसेको जस्तो देखिन्थ्यो। मलाई आफुसँग भाग्नु थियो। आफ्नो बर्तमान बाट टाढा गएर कल्पना लोकमा हराउनु मन थियो। "हम्बल" एउटा माध्यम भएको थ्यो। जुना बेला बेलामा मेरो मनको उडानमा हावा भर्ने काम गर्थी। तर ऊ बिल्कुल अन्जान थी मेरो मनको निराशा र एक्लोपनदेखी। ऊ ठट्टा गरिरहेकी थी। तर मेरो मनले ठट्टा गरेको थिएन। केही दिन पछी म काममा जान थाले। जुनाले भएभरको कुरा गरी। उसको परिवारको खबर, कुन मान्छे राम्रो कुन नराम्रो, कसले काम राम्रो गर्छ, कसले गर्दैन आदी ! हामी मिल्ने साथी हौ, भौगोलिक दृष्‍टिकोनले ऊ अफ्रिकाको कुनै देशबाट अमेरिका आएकी हो। उसको देशमा धेरै मान्छे मारिए जिनोसाइडको कारण। उसको पनि परिवारका सदस्यहरु। त्यसैले ऊ परिवारको महत्व जान्छे। ऊ धेरै दयालु छे र सहयोगी पनि। तर कहिले काही उसले नसोचेको कुराहरु गर्थी। जस्तै उसको देशमा किशोरीहरुलाइ सानैदेखी लोग्नेलाई शारीरिक सुख दिनु पर्छ भनेर सिकाइन्छ। ११-१२ भएपछी आमा वा अरु परिवारका महिला हरुले किशोरीहरुलाइ आफ्नो गुप्त अङमा मालिश वा के हो गर्न सिकाइन्छ। त्यस्तो मैले कही सुनेको थिइन। उसको धर्ममा लोग्ने खुशी नभएमा अर्को श्वासनी बिहे गर्न पाईन्छ। त्यस्तै आमाले छोरी भर्जिन भए नभएको औलाले चेक गर्छन्। कती कुरा मलाई अचम्म लाग्थ्यो। जस्तोकी रक्सी छुनु पनि हुँदैन तर लोग्नेलाई खुशी पर्न जे पनि गर्नु पर्छ। त्यसदिन "हम्बल" लाई मैले ढोकामा भेटेको थिए। उसले कपालमा कलर गरेकोथ्यो। हलुका सुनौलो अनी सिल्की कपाल। "सन्चो छैन भन्ने सुनेको थे।" उसले ढोकामा बाटो छेकेको थियो। "निको भए नि!" "क्वारान्टाइनमा त बस्नु भएको हैन नि। कती धेरै दिन भयो तपाईंलाई नदेखेको।" "हैन! रुघा मात्रै लागेको हो।" मास्क मिलाउदै मैले भने। "अनी के छ अरु खबर तपाईंको?" हामी कुरा गर्दै हिड्यौ। "के हुनु गोरु जस्तो पेलिएको छ। न आराम न बिदा। न ब्यक्तिगत समय। सबै समय यो अस्पतालले खाएको छ।" "अहिले दु:ख गरेको फल पछी मिठो हुन्छ नि त!" "जुन बेला सुख हुन पर्ने त्यो बेला नभए पछी पछी को के भरोसा?" "अब कती बर्ष बाँकी छ?" "३ बर्ष! " "३ बर्ष बितेको पत्तै हुँदैन।" "तर ड्युटिले गर्दा परिवारलाइ समय दिन पाइदैन। मेरो गर्ल्फ्रेन्ड रिसाउछे।" "पेशा नै त्यस्तो रोजे पछी सबैले कुरा बुझ्नु पर्छ।" "घरमा आमाबुवाहरुले त बुझ्नु हुन्छ तर जसले बुझ्नु पर्ने उसले बुझ्दिन।" " बिस्तारै बुझाउनुस्, बुझिहाल्छे नि पछी।" "खोइ मैले उसलाई बुझ्न नसकेको हो की, उसले मलाई?" "कुनै पनि रिलेशनमा त्यस्तो खटपट भैहाल्छ नि।" "तपाइको पनि त्यस्तो हुन्छ?" उसले अचानक कताबाट मेरो कुरा सोध्यो। म अलमल्ल परे। "सबैको त्यस्तै हुन्छ। कुनै राम्रो हुन्छ कुनै हुँदैन।" "सरी! मैले तपाईंको ब्यक्तिगत कुरा सोधे।" "म त रिलेशनमा भएर पनि सिङल जस्तै छु।" "कसरी?" "म बिबाहित तर मेरो लोग्नेसँग सम्बन्ध छैन, जस्तो हुनु पर्थ्यो।" "जब आफु खुशी छैन भने त्यस्तो सम्बन्धमा किन बस्ने त?" "त्यही त आँफैले आँफैलाई सोधिरहेको छु। म बिबाहको यो खोक्रो सम्बन्धबाट निक्लिन चाहन्छु, तर फेरी अड्किन्छु।" "जिन्दगी किन सरल हुँदैन। सिनेमामा जस्तो प्रेम, रोमान्स र विवाह वास्तविक जिबनमा किन हुँदैन?" "शायद म आँफै मिस्फिट छु समाजले तोकिएको सम्बन्धमा!" "तपाइ र मेरो कुरा मिल्यो जस्तो छ। म पनि त्यहिभन्छु विवाह जस्तो औपचारिकता किन जरुरी छ हाम्रो समाजमा। आखिर विवाह पछी पनि मान्छेहरु खुशी छैनन भने।" "यो कुरा मलाई पहिला थाहा भएन। यदी थाहा भएको भए म बिहे गर्थिन।" "मैले थाहा पाइसके। तर मेरो परिवार र गर्ल्फ्रेन्ड्ले बिहे गर्नै पर्छ भन्छन।" "तर म बिहे गरेर पछुताउन चाहन्न।" "तर तपाईंको गर्ल्फ्रेन्ड मान्दिन भनेको हैन?" "उ सधैं कन्फुजड नै छे। कहिले आउछे कहिले जान्छे। अहिले पनि "ब्रेक" भन्दै गएकी छे।" "हामी सबै कन्फ्युज्ड छौ!" आज हामीले अली धेरै ब्यक्तिगत कुराहरु गर्यौ। शायद अलिकती नजिक पनि भयौ। कुरैकुरामा उसले आफुलाई कुनै अनाथलयबाट अहिलेको परिवारले हुर्काएको कुरा गर्‍यो। उसको जिन्दगी पनि शुरुमै चर्किएको रहेछ। उसले आफ्नो जन्मदिने आमालाई भेट्यो तर आमा ड्रग खाने रहेछ। उसमा सुरुमा चिन्ता, डर र निराशा थ्यो। तर ती सबैलाई जितेर ऊ डक्टर बन्यो। उसको कर्म दिने आमाबुवा एकदम गर्ब गर्छन् उसको सफलता देखेर। उसको बिचारमा सबैलाई अरुले माया गरोस्, ध्यान देओस र हेरोस् भन्ने चाहना हुन्छ। त्यसमा मैले पनि सहमति जनाए। हामी "लिफ्ट" मा चढिसकेका थ्यौ। २-४ जना अरु मान्छे पनि हामीसङै चढेका थिए, उनिहरु ३-४ तल्लामा निस्किए। हामी गफमा मस्त भएर होला उनिहरुसँग सामान्य "हाइ" मात्रै गर्यौ। लिफ्टमा हामी दुई मात्रै थ्यौ, हाम्रो युनिट छैठौ तल्लामा थियो। पाचौ तलामा पुगेपछी "लिफ्ट"मा क्यारक्यार आवाज आउन थालयो, हल्लिएको जस्तो भयो। यो "लिफ्ट" महिनामा १ चोटि बिग्रेकै हुन्थ्यो, तर पछील्लो केही महिना राम्ररी चलेको थ्यो। मलाई डर लाग्यो। लिफ्ट हल्लिदा डरले मैले हम्बलको हात समाए, लिफ्ट झन हल्लियो, उसले पनि मेरो हात समायो। उसको मुख रातो रातो थियो, बत्ती झ्याप गयो। लिफ्ट ५-६ तल्लाको बिचमा अड्कियो। सुनसान अन्धकारमा उसको र मेरो हातहरु कामिरहेको थ्यो। मैले मोबाइल खोजे, भेटे, मेनेजरलाई फोन गरे। मेनेजरले १०-१५ मिनेट धैर्य गर्नु भन्यो। डर भने दुबैलाइ लागेको थ्यो। हामी दुबैले सामान्य हुन जरुरी थ्यो। "एकछिनमा बनी हाल्छ यो। उनिहरु प्रयास गर्दै होलान।" मैले भने। "यो पहिला पनि बिग्रन्थ्यो हैन?” "हो! तर २-४ महिनादेखी राम्रो चलिरहेथ्यो।" "आज हामीले वास्ता पनि गरेनौ कुरै कुरामा। बिग्रेको थ्यो कि?" "तर छिट्टै बनी हाल्छ।" "छिटो नबनोस!" "किन?" उसको हात एकदम तातो थ्यो। "यहा केहीको हतार छैन।" "अनी यही अन्तिम घडी भयो भने हाम्रो जिन्दगीको?"उसलाई तर्साउन मन लाग्यो। उसले मलाई बिस्तारै तान्यो ऊ नजिक। अब हाम्रो शरीरको बिचमा एक धर्सो हावा पनि छिर्न सक्दैनथ्यो। मेरो मुटुको ढुकढुकी बढ्न थाल्यो, तर मैले उसलाई रोकिन। उसको नरम ओठ्हरु मेरो निधार, गालामा, अनुहारमा मायाको फुलहरु बर्षाउदैथ्यो। म धेरैपछी पुरुष स्पर्श पाएर आनन्दित हुँदैथे। उसको ओठ्हरु बिस्तारै मेरो ओठहरुलाई चुम्न थाले, जवाफमा मैले पनि मायालु चुम्बन फर्काउदैथे ।मेरो शरीर झन्झनाउन थाल्यो। । म उसमा समाहित हुन चाहन्थे। हामी समाज, परिवार, नैतिकताभन्दा पर आफ्नो संसार बनाउदैथ्यौ, जहाँ मात्र माया थ्यो। सम्बन्धको रेखाहरु धमिलिएर एउटै सत्य बनेको थ्यो। "प्रेम" जसको कुनै सीमाना थिएन ! कुनै नियम थिएन, कुनै सम्झौता थिएन। न त थ्यो समाजले बनाएको पर्खालहरु। हामी दुई शरीरबाट एक आत्मा हुँदैथ्यो। शायद हाम्रो जिन्दगीको त्यो अन्तिम पल थ्यो। हामी जिन्दगीको अन्तिम सम्झना सुन्दर बनाउदैथ्यो। मेरो मोबाइल बज्यो, मैले वास्ता गरिन। मलाई यो अन्धकारबाट बाहिर उज्यालोमा जानु थिएन। लिफ्ट अली अली फेरी हल्लिएको जस्तो लाग्यो। फेरी फोन बज्यो, यसपल्ट म नचाहिदै उसँग अलगिनु पर्‍यो। फोनमा मेनेजर थ्यो। लिफ्ट अब केही मिनेटमा चल्छ रे। एकैचोटि उज्यालो भयो लिफ्ट। मैले उसको अनुहार देखे। उसको ओठमा मेरो लिप्स्टिक लतपतिएको थियो। मैले पुछी दिए। हामी दुबैले आफुलाई सामान्य बनाउदा बनाउदै लिफ्ट चल्यो। लिफ्ट तल्लो फ्लोरमा रोकियो, हामी दुबै चुपचाप निस्कियौ। बाहिर मेनेजर र मेन्टेनेन्सको स्टाफ थ्यो। मैले उनिहरुलाई "धन्यबाद" दिदै बाहिर बङैचामा निस्के। ऊ कता गयो, मैले देखिन। बाहिर चिसो हावा चलेको थ्यो। अघी भर्खर ऊ र म बिच के के भयो म सम्झिदै रोमन्चित भए। कता कता सुकी सकेको नसाहरुमा रक्तसंचार भए जस्तो। मेरो शरीरमा अझै काउकुती लागिरहेको थ्यो। म बिनाकारण मुस्काइ रहेकी थे। क्रमश:  

crazy_love · May 10, 2021 7:12 PM

Katha rochak hundaichha. Ek Jana bibahit adhabaise mahila ra sambandhama rakheko yubak ko bich ma prem suru bhayeko chha. Samajka sabai mulya manyatalai tilanjali diyeko chha. Prem ko bisesta nai tehi ho ta, kunai manabiya niyam ma nabadhinu! Aba herau, kathale kasto mod linchha.

chicagoan · May 11, 2021 6:43 AM

Enjoying this story. कता कता सुकी सकेको नसाहरुमा रक्तसंचार भए जस्तो getting goosebumps

kingsway · May 11, 2021 11:49 AM

के लेख्नु भएको होला मेटाउनै पर्ने? राम्रै कुरा होला भन्ने हामीलाई लागिरछ

crazy_love · May 11, 2021 11:02 PM

अधबैसे महिला ---- आssssssआउच! lol

crazy_love · May 11, 2021 11:05 PM

Is it scary? Goosebumps caused by the fear????

crazy_love · May 11, 2021 11:06 PM

रोमाञ्चक हुँदै गएको छ कथा। अर्को भागको प्रतिक्षा गर्दै।।। I'm glad to see you back in Sajha

guchcha chor · May 12, 2021 4:14 AM

CL, I actually wrote you a message .. Did you get it? If not, please write me one so i can reply.. Thanks.. :)

AnandNepal · May 12, 2021 7:27 PM

Guchcha chor, Thank you! CL Anand Nepal, Sorry that I did not respond to "Hi". I saw those but I was trying to figure out if this is an email or conversation. I sent an email to sajha admin on how do you send an email and why it is still showing in my conversation. They recently replied to it. Because I came back after a long time, somethings are new to me. But I am learning slowly. Thanks, CL

crazy_love · May 13, 2021 8:48 AM

Ananda ji, if you are planning to make a video out of our CL’s story, you have to pay royalties to her ;-)

chicagoan · May 13, 2021 9:51 AM

Chicagaon, What kind of video? Am I getting money? lol!

crazy_love · May 13, 2021 11:50 AM

CL, that is for Ananda ji to explain but I wanted to make sure you get your fair share for your “shramajibi lekhika “ work :-)

chicagoan · May 13, 2021 12:08 PM

Chicagoan, That's fine! But I still don't what kind of video? U know what Sajha had paid some male story writers as a trial in the past. When I asked sajha admin what is the criteria to be paid. They said it was just a trial and didn't work out. I felt like I was discriminated because म सँग त्यो छैन जो पुरुष लेखकहरुसँग छ। It is not "penis envy", it is how women are ignored in Nepali society. I am not a good writer but I write in my own style. All organic and real narration. I need to learn more but I have readers who are my inspiration. Anyway, sajha is a big platform where I started writing virtually. Writing is my therapy and will continue to write. CL

crazy_love · May 13, 2021 12:58 PM

No CL. It’s not just the Nepali society. It is worse in our culture but there are studies after studies where it is shown that women are paid less than men. I think currently it stands at 70 c for a dollar. Anyways, with #metoo moment, a woman director of color winning an Oscar, protest against golden globe for lack of diversity, it’s ok to feel optimistic. You are a natural writer. I like how you have broken the barriers in your stories. In my opinion your stories have a pretty high “fresh” score.

chicagoan · May 13, 2021 1:06 PM

Yes Chicagoan .. I think CL has a potential. Good efforts, if properly channeled, do pay for sure.

AnandNepal · May 13, 2021 2:05 PM

सीएल जी, तपाईंको लेखनशैलीको जती तारिफ गरे पनि कमै हुन्छ, म आशा गर्छु, यौनिक कुराहरुलाई छाडा, भद्दा तरिकाले प्रस्तुत गरेर छणिक फेम पाउने लेखकहरुले तपाईंबाट केही सिकुन, पोर्न जस्तै लाग्ने कथा, अनुभव पढ्न किन साझा नै आउनुपर्‍यो र हैन र? सबैको हात खुल्ला छन, इन्टरनेट शुलभ छन, जाने ठाउँ हज्जार छन, कसलाई के सिकाउनु पर्‍यो? त्यो पनि अहिलेको जमानामा। पहिले पहिले बन्ने फिल्महरुमा हिरो हिरोइन आदर्शका प्रतिक हुन्थे, नराम्रो कुरा, नराम्रो गतिबिधी केही पनि गर्दै गर्दैनन जस्तो गरेर प्रेजेन्ट गरिन्थे अनी हामी पनि तेस्तै हुनुपर्छ भनेर ज्ञान बाडिन्थ्यो। अहिले भने हामी सबैमा केही न केही नराम्रो अवगुण पनि हुन्छन, हामी सबै मिस्टेकहरु गर्छौ, हामी कोही पनि पर्फेक्ट हुन्नम यस्तै भनेर देखाउने, कथामा लेखिने गरिन्छ अनी तपाईंको कथामा पनि तेही एस्पेक्ट भरिएको पाए। यसले कथालाई रोमान्चक त बनाएको नै छ र हामी सबैले रीलेट पनि गर्न सक्छौ होला। यस्तै कुरा मैले Unfaithful मुभिमा पनि पाएको थिए, एक अधबैसे विवाहित आईमाई, अनह्याप्पी म्यारिज एक अविवाहित केटासँग तानिन्छिन, अनी त्यँहा माया मात्र नभर यौनले पनि मुख्य भूमिका खेल्छ। यो फिल्मले चाँही यौन, माया, बच्चा, परिवार सबै कुरालाई ब्यालान्स गरेको जस्तो लागेको थियो, खाली यौन, र यौनका तरिका मात्र देखाएको भए, पोर्न मुभी नै बन्थ्यो होला तर तेसो नभर धेरै कुराहरु त्यँहा छन, रीग्रेट, डाह, आरिस, बदला, पश्चाताप, सबै। लास्टको सिन चै खासै अबिस्मरणिय थियो भनौ, गती छोडेर बाटो बिराएकी आईमाईले सोच्छिन "त्यो न्यू योर्कको सडकमा म नगएकी भए, त्यहा अनाकारण लाग्ने दिउसो को हावामा म नरुम्मलेकी भए, त्यो घरको त्यो केटासँग नभेटेकी भए, भेटे पनि तुरुन्तै फर्केकी भए, मलाई चै साच्चै राम्रो लागेको थियो। म फिल्मको ज्ञाता त हैन, तर एउटा कुरा के बुझे भने, त्यस्तो फिल्महरु नै ज्यादा चले, चर्चामा रहे, जसले मान्छेहरुमा धेरै डीबेट गर्ने टपिकहरु ल्याइदिए, खैर। तपाईंको कथाले के मोड लिन्छ, ब्यग्र प्रतीक्षा रहनेछ है।

Bennedict · May 14, 2021 1:42 PM

This is a breath of fresh air! Such a lovely and eloquent writing style. The story flows really well and brilliantly weaves together the issues common in peoples lives, married or otherwise! Look forward to the rest of it!

ghoghay_moro · May 16, 2021 3:12 PM

Chicagoan, I agree with you! Let's hope this discrimination will end in this world. AnandNepal, Thank you for your opinion! I want to keep a low profile. So, let's not make a video. Bennedict, Sometimes, I feel I am too direct in some expression and try to edit later. I think I have watched that movie and more others in the same theme. I do not like their end though. Why do they show the guilty feeling at the end? Will that be the same with the male protagonist if they had affair? Those are my personal thought. Thank you for your thoughtful comment. I do not know how this story will end or never end. Who knows?? But I do not want to be influenced by any of those movies or some other stories. This is my creation. I should have a unique ending. But not sure! lol! Let's not worry about that too. ghoghay_moro, This a complete fiction. The characters in this story are not real. They are created by my imagination. The protagonist is not a writer. Please do not get confused with the writer and the character. Thank you for your comment.

crazy_love · May 17, 2021 10:10 AM

भाग-५ लिफ्ट तल्लो फ्लोरमा रोकियो, हामी दुबै चुपचाप निस्कियौ। बाहिर मेनेजर र मेन्टेनेन्सको स्टाफ थ्यो। मैले उनिहरुलाई "धन्यबाद" दिदै बाहिर बङैचामा निस्के। ऊ कता गयो, मैले देखिन। बाहिर चिसो हावा चलेको थ्यो। अघी भर्खर ऊ र म बिच के के भयो म सम्झिदै रोमन्चित भए। कता कता सुकी सकेको नसाहरुमा रक्तसंचार भए जस्तो। मेरो शरीरमा अझै काउकुती लागिरहेको थ्यो। उसको स्पर्श, मायालु चुम्बन अनि फेरी पलाएका रहरहरु मलाई ब्युझाइराख्थे कैयौ रात! म शरीरको तापक्रम घटाऊन रातभरी चिसो पानीले नुहाउथे। तर उसले मेरो मनलाई तताएको थ्यो, मेरो आत्मामा आगो लगाएकोथ्यो। ऊ मेरो सपनाभरी आउथ्यो, जिस्क्याउथ्यो, मलाई लठ्याउथ्यो, मदहोश बनाउथ्यो। म ऊ सङ्सङै रमाउथे। हरेक रात म ऊ सँग हुन्थे, ऊ म सङै हुन्थ्यो मनमा मात्रै मनमा। उसलाई स-शरिर पाउन तड्पिन्थे, छटपटाउथे, र बोलाउथे उसलाई रातभरी। उसले सुन्थ्यो कि सुन्थेन मेरो मनको पुकार। उ सलाई हो र म मैनबत्ती, उसको एकै झिल्काले मलाई पगाल्न सक्छ। हामी दुबै आगो हुन सक्छौ र सल्काउन सक्छौ उसको र मेरो संसार। उस्को समाज मेरो समाज, उसको परिवार मेरो परिवार, हामी दुबैको सामाजिक पेशा र प्रतिस्ठा सबै खरानी हुन सक्छ एकै छिनमा! यो आगो यस्तो डरलाग्दो थ्यो, हामी दुबैलाइ सन्तुस्ट पारेर मेट्न सक्थ्यो हाम्रो अस्तित्व।मलाई आगोको अन्तिम परिणामसँग डर लाग्थ्यो, तर आगोसँग खेल्ने रहर बढ्दैथ्यो। लिफ्टभित्रको घटनाले गर्दा मैले धेरै दिन सम्म "हम्बल्"सँग आँखा जुधाएर कुरा गर्न सकिन। उसलाई पनि अप्ठ्यारो भएको जस्तो लाग्यो। केही सोध्नु पर्‍यो भने उ अरुलाई सोध्यो, र म पनि अरुलाई नि जवाफ दिन्थे। तर आगोको झिल्का उसले मलाई लगाइसकेको थ्यो र उ पनि सल्किरहेको थ्यो। हामी दुबैमा तड्पाइ थ्यो जुन हाम्रो आँखामा झल्किन्थ्यो, मनमा पोलिरह्न्थ्यो। हामीले एक अर्कासँग १-२ हप्ता राम्ररी बोल्न सकेनौ। । उसको मनमा के थ्यो कुन्नी, तर म उ सँग नजिकिन चाहन्थे। एकचोटि उ सँग बहकिन चाहन्थे। मलाई समाजको डर थिएन। आफ्नो आँखाबाट आँफै खस्नुको पीर पनि थिएन। म मसँग बाँकी भएको समय थ्यो, त्यो खुशीसाथ बिताउन चाहन्थे। मलाई भोलिको चिन्ता थिएन। मैले त्यसरी कैयौ बिगतलाई डुबाएकी छु। म आजमा बाँच्न चाहन्थे। मलाई केबल अहिलेमा रमाउनुथ्यो। जिन्दगीले खोसिसकेको मेरो रहर फेरी ब्युताउन चाहन्थे। तर यो पल फेरी आउँदैन। उ आफ्नो बाटो जान्छ, अनि म यही रुमल्ली रहन्छु खोक्रो सम्बन्धमा। मेरो रहर यतिकै सेलाउछन, मेरो नबितेको यौबन त्यतिकै ओइलाउछ। म यसरी जिबन बिताउन चाहन्न। मैले मेरो जिबनको महत्वपूर्ण समय यसरी नै खडेरिमा बिताएकी छु। मलाई आशा थ्यो, एक्दिन पक्कै उसले बुझ्नेछ र उपचारको लागि जान्छ। "इरेक्टाइल डिस्फङ्सन" धेरै बर्ष पहिले उसको डक्टरले दिएको डाइग्नोसिस थ्यो। उसलाई आफुमा कमजोरी छ भनेर स्वीकार्न ३-४ महिना लाग्यो। शुरुमा उसले औषधी खायो तर पछी उसले त्यो पनि छोड्यो। त्यसपछी जाच्दा टेस्टओरोन हर्मोन धेरै कम देखिएको थ्यो। डक्टरले उसलाई उपचारको लागि इस्पेलिस्टका रिफर गरेको थ्यो। उ जान मानेन। उसलाई इछ्या छैन। मेरो इछ्याको उसलाई मतलब छैन। उ यसरी टाढा भएको थ्यो मेरो मन देखी। किनभने उ मेरो शरीरसँग टाढिसकेको थ्यो। त्यो दिन म लिसा सँग काम गर्दैथे। लिसाको ३ चोटि विवाह भएको थ्यो, ३ चोटि नै उ बिधवा भएकी थी। अब उ बिहे गर्न चाहदिन। उ रिटायर हुने प्लान गर्दैछे, त्यस्तै ५८-६० होली उमेरमा। उ सधैं डायट गरिरहेकी हुन्छे। उ एक महिनामा १०-२० पाउन्ड घटाऊछे, अनि फेरी मोटाउछे। उसले कुनै दिन भनेकी थिइ, उसलाई चिन्ता पर्दा खाएर कोप गर्छे। यानिकी उसको कोपिङ मेखानिज्म भनेको खाने मात्रै हो। त्यसैले उ सधैं डायेट गरिरहेकी हुन्छे। अहिले वार्डमा बिरामीहरु सधैं झै फरक फरक रोगले ग्रस्त छन। त्यती रिसाउदैनन, बिच भनेर गाली पनि गर्दैनन। उनिहरु आँफैसँग कुरा गरिरहन्छन। एक्लै हासिरहन्छन। उनिहरुको दिमाग रमाइलो छ। त्यसैले त उनिहरुलाई यो संसारको मतलब छैन। "त्यो बिरामीलाई राम्ररी नुहाइध्वाइ गरेर घर लान पाए म लान्थे।" लिसाले एउटा होमलेस बिरामीलाई देखाइ। त्यो बिरामी २-३ महिनामा अाइरहन्थ्यो। त्यस्को आँखामुनी आसुको थोपा ट्याटू थ्यो। मलाई त्यो कस्तो मन पर्थ्यो। साँच्चै त्यो स्किजोफ्रेनिक नभएर सामान्य मान्छे भएको भए धेरै राम्रो थ्यो। तर उ सधैं एक्लै कुरा गरिरहन्थ्यो, बेला बेलामा हासी पनि रहन्थ्यो। उसको संसार बेग्लै थ्यो। "किन लाने नि त्यसलाई?" मैले लिसालाई सोधे। "त्यो यस्तो राम्रो खाइलाग्दो लोग्नेमान्छे कती राम्रो छ, किन लाने होला तिमी आँफै बुझ न।" उ अली जिस्किइ। "तिमीले जे को लागि लगेको उसले त्यही गर्न सकेन भने?" "त्यस्तो हट्टाकट्टा जवान मान्छे छ, किन गर्न नसक्नु?" लिसाले सोधी। "तर त्यसको औषधीहरुले त सबै मुख्य काम नै बिगारन सक्छ नि।" "त्यो त हो! बिचरा!" लिसालाई अब त्यो बिरामीको माया लाग्यो। "तिमीलाई त चाहियो भने लोग्नेमान्छे घर लाने बातावरण छ। म त त्यो पनि सक्दिन।" "तिम्रो त घरमै छ त लोग्ने, किन लानु पर्‍यो?" "लोग्ने छ, तर लोग्नेको सुख छैन।" "तिमीहरु कपल थेरापी गएनौ?" लिसालाई अब म माथि दया लागेछ। "हाम्रो कल्चरमा थेरापी हुँदैन। हामी आफ्नो इमोसनहरुलाई लुकाएर बस्छौ। रुने, पीर गर्ने मान्छेहरु कमजोर हुन्छन। थेरापीमा जानेहरु कमजोर हुन भन्ने सिकाइन्छ। जसरी पनि हामी खुशी छौ भन्ने नाटक गर्न सिपालु हुन्छौ ।" "त्यस्तो जिबन बाँच्न गार्हो हुँदैन? भित्र सयौँ दु:ख लुकाएर बाहिर हास्नु पर्ने ?" लिसा अचम्म परी। "गार्हो मात्रै हैन, म निस्सासिन्छु। तर म अब यस्तो जिबन बाँच्न चाहदिन। म स्वतन्त्र हुन चाहन्छु यो सबै देखी। मैले धेरै कुरे, समयले सबै ठीक बनाउछ भनेर । अब कुर्दिन।" तर मैले लिसालाई भित्री कुरा केही भनिन। "जिन्दगी एकचोटि बाचिन्छ। तिम्रो उमेर छ, रहर छ, तिमीले भोग्ने समय तिम्रो आफ्नै हातमा हुन्छ। म बिधवा हुँ, तिमीभन्दा धेरै जेठी। म अझै पनि डेट जान्छु। मन पर्‍यो भने केटालाई घरमा पनि ल्याउछु। मेरो शारिरिक आवश्यकता हुन्छ, म पुरा गर्छु। के लोग्ने मर्दैमा मेरो आबश्यक्ताहरु पनि मर्नु पर्छ भन्ने छैन।" लिसाको लोग्ने मरेर पनि रहरहरु ज्युदा छन, उ ती रहरहरु निर्धक्क पुरा गर्छे। मेरो लोग्ने ज्युदै छ र पनि मेरा रहरहरु ज्युदा छैनन। हामीमा कती असमानता। "म तिम्रो कुरासँग सहमत छु। म यो विवाह नामको जालबाट निस्किन चाहन्छु।" "तिमी पढेलेखेको छौ, तिमीसङ सीप छ, राम्रो काम छ। तिमी इन्डिपेन्डेन्ट छौ। तिमी किन सम्झौता गर्छौ बिहे जस्तो प्रितिसत्रात्मक परम्परासँग?" "मलाई त्यो सबै थाहा छ। अब म सम्झौता गर्दिन।" "तिमीले चाहयौ भने एक से एक केटा तिम्रो पछी पर्छन।" "तर मलाई उनिहरुले शरीर मात्रै देख्छन। मेरो शरीरसँग मन पनि छ।" "त्यस्तो आशा गर्दा दु:ख पाइन्छ। किनभने लोग्नेमान्छेहरु धेरै शरीरलाई त्रिप्त गर्छन्, मनलाई उनिहरु बुझ्न सक्दैनन।" लिसाको कुरामा सत्यता थ्यो। "तिमीलाई दु:ख लाग्दैन , जब उनिहरु तिम्रो शरीरलाई "माल" वा "बस्तु" भन्दा बढी केही सोच्दैनन?" "म सबैले त्यस्तै सोच्छ भन्ने ठान्दिन। जस्तो मेरो दोस्रो लोग्ने मेरो मनलाई राम्ररी बुझ्न सक्थ्यो, उ मेरो शरीर र मन दुबैलाइ खुशी पार्थ्यो।" "एकप्रकारले हेर्ने हो भने उनिहरु पनि केबल शरीर मात्रै हुन। कुनै ठुलो, कुनै सानो!" लिसा हासी। म हासे। हामीहरु हाँस्दै गर्दा सानो लोग्नेमान्छे देखा पर्‍यो। “मिस्टर हम्बल!” उसलाई देख्नासाथ मेरो अनुहारको रङ परिवर्तन भन्यो। "के को हाँसो हो, लिसा?" "सानो र ठुलो साइजको!" मलाई लिसाले अरु कुरा बताउला भन्ने डर लागि रहेको थ्यो। " के को?" हम्बललाई कती चासो। "सुइ को क्या!" मैले कुरा त बङ्याउन खोजेकी थे। "कस्तो सुइ?" मलाई गहिरिएर हेर्दै सोध्यो उसले। "निडल क्या त! १८ गेजको ठुलो हुन्छ, दुख्छ नि। त्यसैले २३-२५ गेजको युज गर्नु पर्छ बिरामीलाई।" "ए, मलाई के थाहा त?" "तपाइलाई थाहा हुनु पर्छ नि?" लिसाले दुइअर्थी कुरा गरी। "सिकाउनुस् न त, त्यसोभए।" "क्रेजीले सिकाउछे।" लिसाले जिस्काइ। "मलाई प्र्याक्टिस पनि गर्नु छ। मैले कहिले सुइ दिएको छैन।" हम्बल सोझो पारामा बोलिरहेको थ्यो। "पछी सिके भै हाल्छ नि।' मैले झर्को मानेर भने। "किन? आज हुँदैन?" उसले मेरो नजिक आएर भन्यो। उसको आँखामा चन्चलता थियो। "तिम्रो काम सुइ दिने हो? " म पनि औपचारिक बाट अनुपाचारिक भए। "तिमीलाई के लाग्छ?" उ अझै मेरो नजिक थ्यो। मैले लिसालाई हेरे। उ कहाँ गै सकिछे। शायद उसलाई अप्ठ्यारो लाग्यो हामीलाई देखेर। ऊ कतिखेर बाहिर निस्की मैले देखिन। "प्लिज! अरुले देख्छ। अली पर जाउ।" "यहा कोही पनि छैन।" "तिमीलाई थाहा छ म यहाँ काम गर्छु। यो जागिरबाट मेरो घर चल्छ।" "सरी! मैले चाहिने भन्दा बढी बोले।" "बातावरण हेरेर कुरा गर। जहाँ पायो त्यही जे पायो त्यही कुरा नगर।" "तिमीसँग एकचोटि कुरा गर्नुछ। कहाँ भेट्ने?" "किन?" “के तिमीलाइ आजकाल राती निद्रा लाग्छ?” "मज्जाले लाग्छ। म बिहान उठ्नै सक्दिन।" "तिम्रो आँखाको मुनी बनेको कालो कालो धर्काले त्यसो भन्दैन। तिमी मुखले झुठ बोले पनि अनुहारले लुकाउन सक्दैनौ रहेछौ। हामी बिच जे भयो त्यो बारे एक चोटि कुरा गर्नुछ।" "मेरो लोग्ने छ, तिम्रो गर्लफ्रेन्ड! कुरा गर्नु किन जरुरी छ?" "त्यसैले त कुरा गर्नु पर्छ। म आफ्नो भावनाहरुसँग भाग्न सक्दिन। तिमी पनि सक्दिनौ।" तर हामी भेट्ने कहाँ? कुनै यस्तो ठाउँ जहाँ कसैले हामीलाई नचिनोस। "मलाई डर लाग्छ। "अब हाम्रो हरेक कदम डर र चिन्ताले रोमान्चक हुनेछ।" "तिमीलाई रमाइलो लागिरहेछ?" "थाहा छैन के लागिरहेछ। तर मलाई तिमीसङ लिफ्टमा बिताएको समय मेरो जिन्दगीको अमुल्य पल लागिरहेछ।" "त्यस्तो तिमीले गर्नु हुन्थेन।" "तिमीले पनि मलाई रोकेनौ। त्यसैले हामी दुबै जिम्मेबार छौ। प्लिज मलाई तिम्रो नम्बर देउ। " "म दिन सक्दिन।" "म कसरी तिमीसङ कुरा गरु?" "मेरो इ-मेल लिउ!" "अचम्मको मान्छे रैछौ, टेक्स्टको जमानामा इ-मेल कसले लेख्छ?" "तेसो भए म सँग कुरा नगर!" "कस्तो छुच्ची तिमी त! देउ मलाई इ-मेल उसले मेरो इ-मेल लियो। लिसा कहाबाट टुप्लुक्क आइ। उसले हामी दुबैलाइ पुलुक्क हेरी, अनी आफ्नो धुनमा लागि। हम्बलले बिस्तारै मेरो हात तान्यो र कसैले नदेख्ने गरी लेख्यो उसको फोन न। मैले हत्तनपत्त आफ्नो हात ताने, मेरो मुटु ढुकढुक भयो। ऊ मेरो अनुहारमा मायालु पाराले हेर्दै निस्कियो। मेरो मुटुको "ढुक ढुक" लिसाले सुनी के सुनिन। मैले धेरै बेरसम्म सुनिरहे, त्यसमा "हम्बल"को नाम धड्किरहेको थ्यो। क्रमश:  

crazy_love · May 17, 2021 10:13 AM

रोचक प्रस्तुति ! अर्को भाग को प्रतिक्ष्या

nepchat · May 17, 2021 1:01 PM

Bhag 5 ramro chha. Malai euta kura khatki raheko chha. Ma patra ko sriman saririk roopma achhyam hunda hundai, yadi ghamanda narakhne, ma patra lai bujhne ra maya garne ani ma patralai kasto pariraheko hola bhanera bichar puryaune bhayeko bhaye, ma patrako jibanma basanta nai na aayepani sisir jasto kathyangrido hundaina thiyo ki? Nari patralai saririk sambandha bhanda badi maya premle mahatwa rakhchha bhanne suneko ho. Tara tyo kun had samma ho? Saririk samparka rahit tara afulai bujhne, samman ra maya garne purush manya hunchha ki hundaina?

chicagoan · May 17, 2021 7:42 PM

Nepchat, Thanks! Chicagoan, "शारीरिक सम्पर्क रहित तर आफुलाई बुझ्ने सम्मान र माया गर्ने पुरुष मान्य हुन्छ कि हुदैन? " This is a great question I always want to do more research in the future if women tell the truth. Surprisingly no female reader is commenting in this story. This reminds me of an old joke I heard somewhere. There were young girls in the meeting and they were discussing about what type of man they like to marry. Everyone was saying that a man should have a good heart and caring. He should love unconditionally and romantic. Blah blah blah. Suddenly their instructor asked a question "What if this man has every quality as every girl wanted but no d$$k. Will you still want to marry him? " There was a long silence in the room. No girl answered that question. I am sorry if this joke is inappropriate for some readers.

crazy_love · May 17, 2021 9:32 PM

अति राम्रो.. रोमान्चक कथा .. अर्को भाग को व्यग्र प्रतिछा मा..

Eklopan · May 19, 2021 11:15 AM

Hi Eklopan, la aayo, taaja taaja bhaag- 6. Thanks for waiting! CL

crazy_love · May 19, 2021 6:16 PM

भाग-६ "तेसो भए म सँग कुरा नगर!" "कस्तो छुच्ची तिमी त! देउ मलाई इ-मेल उसले मेरो इ-मेल लियो। लिसा कहाबाट टुप्लुक्क आइ। उसले हामी दुबैलाइ पुलुक्क हेरी, अनी आफ्नो धुनमा लागि। हम्बलले बिस्तारै मेरो हात तान्यो र कसैले नदेख्ने गरी लेख्यो उसको फोन न। मैले हत्तनपत्त आफ्नो हात ताने, मेरो मुटु ढुकढुक भयो। ऊ मेरो अनुहारमा मायालु पाराले हेर्दै निस्कियो। मेरो मुटुको "ढुक ढुक" लिसाले सुनी के सुनिन। मैले धेरै बेरसम्म सुनिरहे, त्यसमा "हम्बल"को नाम धड्किरहेको थ्यो। "तिमी त कस्तो डरछेरुवी!" हम्बलको पहिलो इ-मेल खाली एक लाइनको थ्यो। "तिमी कतिको बहादुर छौ त?" मेरो प्रश्न थ्यो। "म जे पनि गर्न सक्छु तिम्रोलागी।" "यो डाइलग त पहिला पनि सुनेको हो। नयाँ कुरा गर।" "तर म जुन तारा झार्न सक्दिन। म सँग साधारण मुटु छ। त्यसमा तिमीलाइ राख्न सक्छु।" "त्यहा त अरु कोही पनि बस्छ हैन र?" मैले अप्रत्यक्ष रुपमा उसलाई सोधे। "बस्न त धेरै जना डेरा बसे अनी छोडे तर तिमीलाइ म सधैंको लागि राख्न चाहन्छु।" "मलाई भोली के हुन्छ थाहा छैन। सधैंको लागि कसरी भन्न सक्छु।" "हुन त! मेरो पनि भोली को ठेगान छैन।" "किन हामी धेरै कुरा सोच्दैछौ? " भोली के हुन्छ कसैलाई थाहा छैन। आज तिमी छौ र म छु। बस यती काफी छैन?" "तर आज पनि त तिमी टाढा छौ। मैले चाहेर पनि तिम्रो स्पर्श पाउन सक्दिन।" "मेरो लागि त तिमी धेरै नजिक छौ। यही मेरो मुटु भित्र" उसले त्यसमा हार्ट्को इमोजी पठाएको थ्यो। "म तिमी भन्दा धेरै बर्ष जेठी छु। मेरो छोराछोरी छन। लोग्ने पनि छ। म बिबाहित हुँ।" "के विवाह हुँदैमा प्रेमको आयु सकिन्छ? प्रेम त यसै हुन्छ। बिना कारण, बिना स्वार्थ, बिना बिचार। सबै कुरा सोच्यो भने त प्रेम हुँदैन, ब्यापार हुन्छ। यो सबै नियम त समाज को हो।" "मलाई मेरो चिन्ता लाग्दैन। तिम्रो पीर लाग्छ। तिमी एउटा राम्रो मन भएको मान्छे। कतै तिमीलाइ धेरै दु:ख हुन्छ कि भनेर।“ "त्यसको मतलब तिमी मलाई मन पराउछौ। मेरो बारे सोच्छौ।" "त्यो त तिमीलाइ थाहा छ। मेरो आँखाले के भन्छ ?" "मलाई थाहा छ। तिम्रो मनमा पनि म छु भनेर।" उसले लोल को इ-मोजी पनि पठाएको थ्यो। "कसरी थाहा पायौ?" मैले पनि लोल पठाएँ। "मेरो आँखाले तिम्रो मनको एक्स्-रे गर्छ नि त!" "खुब जान्यौ मेरो मनको कुरा! अहिले तिमी को सित छौ?" "तिमी सित!" फेरी उसले लोल पठायो। "बदमास!" मैले रिप्लाई पठाएँ। ******************************************************************************************* बेलुकी म घर फर्के। घर सुनसान थ्यो। छोराछोरी कलेज फर्किसकेका थे। घर एक्लो थियो। घरमा मान्छे भए पनि नभए पनि घर आजकाल शुन्य नै हुन्छ। मलाई मुवी हेर्न मन थियो नेटफ्लिक्स्मा। चस्मा बिना म धमिलो देख्थे। त्यसैले मैले मुविको लागि मात्रै भनेर राखेको चस्मा भेटिन। मेरो बेड्साइड् टेबलमा हुन्थ्यो चस्मा। तर थिएन। कोठाभित्र कही नभेटे पछी मैले लिविङ रुममा खोजे त्यहा पनि थिएन। लिबिङ रुममा जादै गर्दा मैले कसैले बोलेको जस्तो सुने। हैन, कसैले मलाई बोलाएको जस्तो थियो। ऊ आफ्नै कोठाबाट लर्बरिएको आवाजले मलाई बोलाई रहेको थ्यो। "यता आउ त!" "किन?" उसलाई लागिसकेको थ्यो। म झगडा गर्न चाहन्थे। ऊ खाटमा बसेर सुतेर मेरो चस्मा लगाइ रहेको थियो। "तिम्रो चस्मा खोइ?" मैले सोधे। "हरायो।" उसको जवाफ। "मेरो चस्मा किन लगाएको?" "मेरो चस्मा हरायो भन्छु!" "मैले चाँही लाउनु पर्दैन?" "हेत्तेरी! कस्तो निहु खोज्ने यो आइमाइ? मेरो चस्मा पाए पछी दिन्छु नि!" "मलाई नेट्फ्लिक्क्स हेर्नु पर्‍यो। देउ, मेरो चस्मा।" "पहिला मलाई उठाउन, यार। तिम्रो चस्मा म खान्न क्या क्या!" "आफै उठ्न सक्दैनौ?" "कस्तो दया नभएकी आइमाइ। यस्तोमा त शत्रुले नि मद्दत गर्छ यार। अली धेरै भएछ क्या आज। मलाई बाथरुम जान पर्‍यो। छिटो प्लिज।" “सबभन्दा पहिला त उठ्न नसक्ने गरी किन खान पर्‍यो?” "थाहा हुने गरी कसले रक्सी खान्छ? ए, बाबा! आफुलाई पिसाब लागिसक्यो, उसलाई चाँही हाजिरजवाफ प्रतियोगिता छ।"" "अरु बेला त वास्ता गर्दैनौ त। अहिले उठाउन त मै चाहिदो रैछ त तिमीलाइ।" "हे भगवान! कुन जुनिको पापले मैले यस्तो श्वासनी पाएछु!" भन्दै उसले जिउ उठायो, आधा पनि नउठ्दै फेरी बेडमा ढल्यो। "ल, देउ तिम्रो हात!" मैले उसलाई उठाउन कोशीश गरे। "मलाई मात्रै उठाउ। हात उठाउने हैन।" ऊ जोक गर्दैथ्यो, मैले उसलाई हात मात्र समाएर उचाल्न सकिन। अलिकती घोप्टो परेको थिए। मेरो खुट्टा भुइमा खसेको उसको टि-सर्टमा अल्झ्यो र म झन ऊ माथि नै लडे। ऊ हाँस्यो। म उसको अगाडि हासिन। रिस उठ्यो तर भित्र भित्र हासे। "अब हामी दुबै जना लडे पछी कसले कसलाई उठाउने?" ऊ मरी मरी हाँस्दैथ्यो। म हत्त न पत्त उठे। "सुन त!" "के?" "तिमी कथा लेख्दैछौ है साझामा?" म झस्के। उसले कसरी थाहा पायो? मैले उहिले एक चोटि धाक देखाएकी थे। मेरो साझामा फ्यानहरु छन भनेर। तर मलाई उसले साझा हेर्छ भन्ने थाहा थिएन। "किन?" मलाई डर लागेको थ्यो। "तिम्रो कथामा म हिरो हुन्छु कि विलेन?" उसले ब्यङ गर्‍यो। " म अरु कसैलाई किन पात्र बनाउछु। मेरो कथाको हिरो पनि मै हुँ र विलेन पनि मै। “ मैले सम्झे, कतै पढेको कुरा। “ तिमीलाइ थाहा छैन लेखकलाई कहिले रिस नउठाउनु। यदी चाह्यो भने लेखकले अनायासै पात्रको मृत्‍युको कथा लेख्न सक्छ।“ "ठिक छ, कलम तिम्रो, कथा तिम्रो, तर बदनाम म!" उसको आवाज सानो हुँदैथ्यो, उसलाई निद्रा लागेको जस्तो थ्यो। "तिमी उठ्ने की न उठ्ने?" मैले सोधे। "भैगो, नउठ्ने।" ऊ आँखा बन्द गर्न लागेको थ्यो। "मेरो चस्मा देउ!" "लग!" मैले चस्मा लिए। ऊ घुर्न थालयो। उसको दारी फुल्न थालेको थ्यो। कपाल जिङरिङ्ग थ्यो। मैले उसको  निदाएको अनुहार हेरे र सम्झे यो त्यही अनुहार थ्यो, यो उही मान्छे थ्यो, जसलाई मैले धेरै अघी मन पराएको थिए। आफ्नो बनाएको थे। तर अहिले यही अनुहार, यही मान्छे मलाई किन मन पर्दैन? मान्छे बदलिएको की  समय? पहिलो चोटि उसलाई मैले कलेजमा भेटेको थे। म चन्चल, बोल्ने, हास्ने। ऊ एकदम गम्भिर। मलाई क्लास बँक गर्दै मुवी हेर्न जानु पर्ने। ऊ सधैं पढाईमा मस्त। उसले मलाई कहिले हेर्न थालयो मलाई थाहा भएन। मेरो साथीहरु भन्थे, "तिमीहरुको जोडी आकाश जमीनको फरक छ, केही मिल्दैन।" त्यतिखेर मलाई ती कुराहरु त्यती वास्ता लागेन। बिहेको केही बर्ष सम्म ऊ खुलेर बोल्ने भइसकेको थ्यो, बिस्तारै बिस्तारै ऊ फेरी बन्द किताब जस्तै हुन थालयो। मलाई उसको मनभित्र के भैरहेको छ भन्ने कुरा बुझ्न एकदम गार्हो थ्यो। ऊ मान्छे खराब हैन। यदी उसको जिन्दगीको फ्रेमबाट मलाई हटाउने हो भने ऊ एक ज्ञानी छोरो, असल बुवा र राम्रो साथी। उ छोराछोरीसँग नजीक छ। किनभने सानो हुँदा उनिहरुलाई उसैले हुर्काएको हो। मेरो धेरै ट्राभल गर्ने काम थ्यो। घरमा मैले उनिहरुलाई समय दिन सक्थिन। घरको सबै ब्यहार उसैले मिलाउथ्यो। म ए टि एम जस्तो पैसा उसैलाई दिन्थे। सबै ठिकै थ्यो, ठीक चलिरहेको थ्यो जस्तो लाग्थ्यो जिन्दगी। अचानक ऊ झर्को मान्ने, रिसाउने हुन थालयो। उसको पुरुष इगोमा बारम्बार म चोट पुर्याइ रहन्थे। ऊ लोग्ने हुन नसक्नुको निराशाको खाल्डोमा खस्दै थ्यो। हामी बिचको दुरी बढ्दैथ्यो। त्यसलाई बढ्न नदिन न ऊ सक्थ्यो, न म सक्थे। यदी हम्बल र उसलाई सङै राखेर हेर्ने हो भने यो उमेरमा पनि ऊ नै ह्यान्ड्सम देखिन्छ। । ऊ अग्लो कालो कालो हिस्सी परेको छ। हम्बल सानो कदको र धेरै गोरो छ। खास हो भने मलाई गोरो भन्दा खैरो खैरो रङ मन पर्छ। उसको नाक नक्सा सबै मिलेको छ, हम्बल धेरै दुब्लो र फोहोरी देखिन्छ दारी पालेर। हम्बल र मेरो जोडी सुहाउछ कि सुहाउदैन भनेर सोच्दै उसको कोठाबाट निस्किने क्रममा थे, औशधीको सानो बोतल मेरो खुटामा ढलेको देखे । मैले उठाएर हेरे। "प्रोज्याक" २० मिलिग्राम को थ्यो। "प्रोज्याक" डिप्रेसनको बिरामीले खाने औशधी हो। के उसलाई डिप्रेसन भएको थ्यो? मैले बोतल खोल्न खोजे। बोतल सिल्ल्ड थ्यो। कहिले खोलिएको थिएन। मतलब उसले औशधी खाएको थिएन। उसको नामको बोतलमा १ बर्ष अघिको मिती थ्यो। यसको मतलब उसलाई १ बर्ष अघी नै डिप्रेशन थ्यो, तर उसले औशधी खाएको थिएन। मेरो मन खल्लो भयो। यो मान्छेलाई डिप्रेशन पनि रैछ। म ब्यर्थैमा उसलाई दोष दिन्छु हरेक कुराको। उसको शरीर मात्रै हैन, मन पनि त बिरामी रहेछ। उसलाई मनको पनि उपचार चाहिन्छ, र तनको पनि। मैले कसरी देखिन उसको लक्षणहरु? ऊ रिसाउथ्यो, तर्किन्थ्यो, मलाई देख्यो कि झिजाउथ्यो। मैले यो सबै खाली उसले मलाई मन नपराएको भन थाने। तर उसको दिमागमा उसलाई मुड खुशी बनाउने न्युरोट्रान्स्मिटरहरु सेरोटोनिनको कमी भैरहेको थ्यो। त्यस्तो बेलामा मैले उसलाई साथ दिनु पर्थ्यो। ऊ सङै हुनु पर्थ्यो। तर उसले मलाई कहिल्यै केही भनेन। ऊ काम पनि गरिरहेको थ्यो। उसको कोठा सधैं अस्तब्यस्त हुन्थ्यो, मैले त्यसलाई ठुलो कुरा मानिन। यो मान्छेलाई फङ्सनल् डिप्रेसन भएको हुनु पर्छ। म कती स्वार्थी! आफ्नै मात्रै आबश्यक्ताको कुरा गर्ने! आफु मात्रै दुखी। आफ्नै मात्र पीर! आफ्नो मात्र रहर! यो सबैको धुनमा मैले जिबनको यो पलमा म एक्लै हैन, परिवारसङ बाँचेको छु भन्ने बिर्सिसकेको रहेछु। मैले आफ्नो मात्र खुशी खोज्ने प्रयास गरेकी रहेछु। कती नारीहरु लोग्ने मरेपछी पनि आफ्नो धर्मको पालना गर्छन्। उनिहरुलाई पनि त रहर हुदो हो, तर पनि संयम गरेर बाँचेका छन। मेरो रहर ठुलो कि परिवारको खुशी? मेरो चाहना ठुलो कि उसको स्वास्थ्य? म यस्तै दोधारमा परेको थे। मलाई जिन्दगीसँग अहिले हार मान्ने मन छैन। तर जिन्दगीले मेरो रहर अब पुरा गर्न सक्दैन। मेरो रहर अधुरो भएपछी मन उदास हुन्छ। मन र तनको उदासीले कसैलाई फाईदा गर्दैन। यो उदासीको बाटो पनि बित्रिश्ना र कुन्ठाको सँगम, डिप्रेशनमा जाने हो। म यो बाटो जान चाहदिन। म स्वस्थ भये उसको स्वास्थ्यको हेरबिचार गर्न सक्छु। मै रोगी भये भने उसको कसले वास्ता गर्छ। म मन र शरीर दुबैले स्वस्थ हुनु पर्छ। बिहानको अलार्मले म ब्युझीए मेरो तन्द्राबाट काममा जाने बेला भैसकेको थियो। तर म अनिदै थे। आँखाहरु थाकिसकेका थे। तर अब निदाउन समय थिएन। फोनमा उसको इ-मेल थियो। "तिमी रातभरी मलाई जगाएर कसरी निदाउन सक्छौ?" एउटा मुस्कानको इ-मोजी थ्यो। "म त निदाएकै छैन!" "त्यसोभए तिमी मलाई  कल्पना गरेर बसेकी होली।" "तिमीलाई थाहा छैन मेरो मन भित्र कती धेरै हुरीबतास चलिरहेको छ।" "सरी! के तिमीलाइ सन्चो छैन?" "मलाई त सञ्चै छ, मेरो मन सधैं उदास हुन्छ।" "मेरो कारण त हैन?" "हैन।" "तिमी काम मा आउछौ?" "आउँछु। मेरो काम बाहेक अरु जाने ठाउँ नै कहाँ छ र?" "कफी खाने?" "म बाटोमा किन्छु होला।" "पर्दैन। म ल्याउछु, कुन कफी खाने?" "तिमी जे खान्छौ त्यही!" "ल ! ल! तिमी मनमा धेरै कुरा नखेलाउ!" मैले हुन्छ त भने तर म के भनु? पाठकब्रिन्द, तपाईंहरुलाई के लाग्छ? उसलाई सबै कुरा बताउ कि नबताउ? क्रमश: Last edited: 20-May-21 08:29 AM

crazy_love · May 19, 2021 6:17 PM

Ma patra lai kathin paristhiti chha. Naya Prem palaundaichha ani sang sangai purano jimwebari le pani chhodeko chhaina. Depression sikar bhayeko naam ko matra bhaye pani sriman tyo bhanda pani badi balbachchaka ba, kasari chattakai chhodnu depression ko sikar bhayeko bela. Yo “ rock and a hard place” ko awastha ho.

chicagoan · May 20, 2021 10:48 AM

Hi Chicagoan, "Rock and a hard place", well said. I use Unicode 3 for writing. I think it does not type many Nepali words accurately. Plus when I type in Unicode and paste in word. A word like "thalyo" will be "thalayo" in the word. Is there any other way to type Nepali accurately? Please suggest! CL

crazy_love · May 21, 2021 1:27 PM

भाग-७ म काममा पुग्नु अघि नै "हम्बल" ले कफी ल्याइसकेको थ्यो। ऊ हतारमा थियो, कहाँ हो क्लास छ बिहानै भनेर ऊ मेरो हातमा कफी दियो। कफी सङै उसले मेरो हातमा हलुका स्पर्श गरेको थ्यो। उसको आँखामा रहर थियो, मेरो मनमा तिर्खा। हामी दुबैलाइ समयले साथ दिएको थिएन। यदी अरु कोही नभएको भए ऊ मलाई अङाल्थ्यो र मायाले चुम्थ्यो मेरो अधरभरि। मन नलागी नलागी हामी छुट्यौ पार्किङ्बाट। काम उस्तै थ्यो, बातावरण उस्तै थ्यो, बिरामीहरु उही प्रकृतिका थे। यदी केही परिवर्तन भइरहेको थ्यो भने मेरो मन। मलाई "हम्बल" लाई कहिले देखु जस्तो भैसकेको थ्यो। कहिले भेटु जस्तो भैरहेको थ्यो। मेरो काममा भन्दा धेरै "हम्बल" मा धेरै ध्यान गैरहेको थियो। तर मैले आफ्नो ड्युटी पुरा गर्नै पर्थ्यो। "तपाइको नाम?" म बिरामीलाई सोध्दैथे। "ज्याक !" ४५ बर्षको पुरुष, अलिकती फुलेको दारी, फुलेको कपाल मुस्काइरहेको थ्यो। उसको चार्टले उसको कथा भनी सकेको थ्यो। मैले पढिसकेको थे। तैपनी मैले सोध्नु पर्थ्यो। "यहा आउनुको कारण?" "धेरै कारण छन! कुन चाँही सुनाउ?" ऊ मेरी हासिरहेको थ्यो। ऊ रक्सी खाएर मर्न चाहन्थ्यो, ऊ सँग बन्दुक पनि थ्यो। उसले उसको आमालाई "अलबिदा" भनेर टेक्स्ट गरेको थ्यो। आमाले ९११ फोन गरी। पुलिस घर पुग्दा ऊ आफ्नो कन्चटमा बन्दुक राखेर आत्महत्या गर्न लागेको थ्यो। तर पुलिसले उसलाई त्यो भन्दा पहिले रोक्यो र ऊ अहिले मानसिक अस्पातलमा छ। ऊ हासिरहेको देख्दा हिजो ऊ आत्महत्या गर्न तयार भएको मानिस जस्तो देख्दैनथ्यो। उसले आफ्नो दु:खलाई हासोले छोप्ने कोशीश गरीरहेको थ्यो। मलाई उसको हासो ठीक लागिरहेको थिएन। तर ऊ शब्दै पिच्छे हासेर आफ्नो पीडा लुकाइ रहेको थ्यो। "तर म मर्न चाहन्न थे। अलि बढी पिएको थे। १५ बर्ष पुरानो बिहेको अन्त्य हुँदैथ्यो। मेरो नयाँ कामको बोझ भिन्दै थ्यो। भर्खर नयाँ ठाउमा आएको थे। अब भन्नुस कुन चाँही कारण जायज थ्यो आत्महत्याको लागि?" ऊ हासिरहेको थ्यो। "सरी! तपाईंको जिबनमा धेरै घटनाहरु घटिरहेका रहेछन। यस्तो बेलामा आत्तिनु वा कुनै निष्कर्षमा पुग्न नसक्नु धेरै गार्हो हुन्छ। तपाईं अहिलो सुरक्षित ठाउमा आउनु भएको छ।" मैले भने। "तर म अब आत्महत्या गर्दिन।" "के काम गर्नु हुन्छ?" सोधे। "सफ्टवयर इन्जिनियर हुँ।" "नयाँ काम गार्हो छ?" "भर्खर १ महिना भयो, धेरै प्रोजेक्ट सकाउनु पर्छ। मैले केही बुझेको छैन।" "कहिले देखि पिउने गर्नु हुन्थ्यो?" "जबदेखी जवान भए।" ऊ हास्यो। “पिउथे, केही दिन छोड्थे, अनी फेरी पिउथे। काम गर्दा पिउदिनथे। तर कहिले सोबर पनि भएको थिइन।" "रक्सी छोड्न मन लागेन?" "अहँ-- मैले त्यस्तो धेरै पिएकै थिइन। विकेन्ड्मा पिउथे, तर अरु दिन म सामान्य हुन्थे।" "तपाइकी श्रीमती कहाँ छे?" " "उनी पूर्वतिर छे। उ डिवोर्स गर्न चाहन्छे। तर मलाई डिवोर्सको चिन्ता छैन।" "किन नि? “१० बर्ष देखी उनमा यौन चाहना थिएन। ऊ आफ्नै दुनियाँमा थी! मैले आफ्नो चाहना बाहिर गएर पुरा गर्न पर्थ्यो। उनको अनेक समस्या छ भन्थी। एक प्रकारले उनलाई पनि मेरो पिउने बानीले तनाब भएको हुन सक्छ। डिवोर्स हुनै पर्थ्यो छिटो वा ढिलो।" "शायद तपाईंकी श्रीमती पनि चिन्ता वा डिप्रेसनले निराश थि की?" "हुन सक्छ। मेरो पिउने बानीले उनलाई पनि धेरै तनाब हुन सक्छ। तर उनले मलाई कहिले केही भनिन। हुन त मैले पनि सोधिन।" ज्याक त्यतिखेर हासेन। उसको आँखामा आँसु टिलपिलाइरहेको थ्यो। "त्यो हिजोको कुरा थ्यो। तर आज फरक छ। हिजोको तिम्रो सोच र आज मा के फरक छ?" "म बाँच्न चाहन्छु। नयाँ अध्याय शुरु गर्न चाहन्छु।" ज्याक अहिले गम्भिर भएको थ्यो। "तर रक्सी धेरै खायो भने त फेरी त्यही कुरा दोहोरिन्छ, जुन पहिले भएको थ्यो।" "म अब त्यस्तो गर्दिन होला। मैले धेरै चिज गुमाए जिन्दगीमा। शायद मैले पिउन छोड्नु पर्छ।" ज्याकसँग कुरा गरिसकेपछी म फेरी सोच्न थाले। ऊ बिबाहित पुरुष ! उसलाई यौन चाहना हुन्छ, तर स्वास्नी मान्दिन, ऊ बाहिर गएर आफ्नो तिर्खा मेटाउन सक्छ। म बिबाहित महिला, मेरो लोग्ने चाहदैन तर म बाहिर गएर ज्याक जस्तै रहर पुराउन सक्दिन। कति फरक एउटा लोग्नेमान्छे र आईमाईको परिस्थितीमा। रहर उस्तै, आबश्यक्ता उस्तै तर सामाजिक बनावट कति कठिन एउटा आइमाइलाई। ज्याक स्पस्ट भन्न सक्छ उसलाई जरुरत हुँदा ऊ बाहिर गएर अरु स्वास्नीमान्छे सँग आफ्नो शरीरको भोक मेट्छ। म यो पनि भन्न सक्दिन की मेरो लोग्नेलाई रोग लागेको छ जसले गर्दा ऊ म सँग सहबास गर्न सक्दैन। मैले उसको पुरुषत्वको सम्मान गर्न पर्छ। उसलाई हुनसक्ने मानसिक चोटको ख्याल पनि गर्नु पर्छ। यो समाजमा मैले उसको समस्याको कुरा गर्नु हुँदैन र मेरो रहरहरुको बलिदान गर्नु पर्छ। "मिस क्रेजी! के छ हालखबर?" मैले पहिला कहीँ सुनेको जस्तो आवाजले मेरो तन्द्रा भङ गर्‍यो। "रोजी!" ऊ बङलादेशबाट आएकी केटी हो, यस्तै २५-२६ बर्ष होला। हाउसकीपिङमा काम गर्छे निकै फरासिली। मैले उसलाई नदेखेको २-३ हप्ता भएको थ्यो। "म ठीक छु। भन तिम्रो के छ खबर?" मैले सोधे। "के हुनु ठिकै छ। म स्कुल जाने प्लान गर्दै छु। म पनि नर्सिङ पढ्छु अब।" "धेरै राम्रो कुरा! तिमी जवान छौ, पढ्नु पर्छ। पढ्यो भने राम्रो काम पाईन्छ।" "अनी राम्रो बुढा पनि!" ऊ जहिले जिस्किन्छे म सँग। "तिम्रो त बिहे भैसक्यो हैन?" मैले सोधे। "बिहे त भयो तर टिक्छ जस्तो लाग्दैन।" "लौ किन?" "उसको यो दोस्रो बिहे रहेछ। उसले मलाई पहिले भनेन। अहिले थाहा पाए। अलि धेरै लोभी छ।" "पैसा बच्चाउने कुरा त राम्रो बानी हो नि। कहिलेकही लोभी पनि हुनु पर्छ।" "म नर्सिङ पढ्न चाहन्छु, तर ऊ मलाई सहयोग गर्न चाहदैन। म पछी तिर्छु भन्दा पनि पैसा दिन चाहदैन।" हामी कुरा गर्दा गर्दै लिसा आइ। "तिम्रो खरायोको हालखबर के छ?" लिजाले रोजीलाई सोधी। "तिमीले खरायो पालेको छौ। मलाई नि मन छ खरायो पाल्न। गार्हो छ खरायो पाल्नलाई?" मलाई खरायो मन पर्थ्यो। मेरो कुरा सुनेर लिसा र रोजी मरी मरी हासे। "साच्चै भनेको मलाई सेतो खरायो पाल्ने रहर छ क्या! भन न, के के गर्नु पर्छ?" मैले रोजीलाई फेरी सोधे। "मेरो खरायो त गुलाफी छ।" रोजी फेरी खित्का छोडेर हासी। "तिम्रो खरायोले के खान्छ?" मैले सोधे। "हरे ! उसको खरायोले के खान्छ होला? तिमी आँफै सोच त।"?" लिसा पनि हास्न थाली। "मिस लिसा। खरायो को सिंघ भाच्यो। अब नयाँ खरायो किन्नु पर्‍यो।" मेरो प्रश्नको उत्तर दिनुको साटो रोजी उल्टो लिसालाई सोधीरहेकी थी। म अझै उनिहरुको कुरा बुझिरहेको थिइन। "खरायो को पनि कही सिंघ हुन्छ? के कुरा गरेको तिमीहरुले ?" मलाई अचम्म लाग्यो। "खेलौना क्या! थाहा छैन ? खरायो हुन्छ नि, सिंघ भएको। कोही नभएको बेला एक्लै खेलाउने खरायो क्या!" लिसाले कानैमा आएर सुटुक्क भनी।   "मिस क्रेजी पनि कस्तो केही थाहा नपाएको जस्तो गर्नु हुन्छ। तपाईंको खरायो छैन?" रोजीले जिस्काइ मलाई। बल्ल मैले बुझे, उनिहरुले सेक्सको लागि बनेको खेलौनाको कुरा गरेका रैछन्। म अर्कै खरायो सम्झिरहेको रहेछु। "अस्ती भर्खर नयाँ किनेको हैन तिमीले ? कति छिटो सिंघ भाँचेको? लिसाले रोजीलाई सोधी। "मेरो पैसा सबै खरायोमा गयो। सिंघ भाचेपछी काम नलाग्ने। ५-६ वटा किनिसके मैले।" रोजी फेरी हासी। "पहिलोचोटी त लाज लाग्छ भन्थ्यौ। म सङै गएकी थ्यौ। अहिले त एक्लै जाने भैसक्यौ?" लिसाले जिस्काइ रोजीलाई। "अब आफुलाई चाहिए पछी एक्लै भये पनि जानु पर्‍यो नि।" रोजी नि जिस्की लिसासङ। मलाई के भनु के भनु भयो। मलाई त्यो बारे केही कुरा थाहा थिएन। सुनेको थे, तर मैले कहिले थाहा पाउन चाहिन। लिसा र रोजी कुरा गर्दै थे, म आफ्नै दुनियाँमा हराउन थालेकी थिए। "के भयो?" हम्बल सामुन्ने उभिएको थियो। "केही पनि हैन।" मैले भने। "भरै तिम्रो छुट्टी भएपछी मलाई भेट्न सक्छौ?" "कहा?" "दोस्रो तल्लामा।" मैले हुन्छ भने। ऊ गयो, मलाई कहिले मेरो छुट्टी होला जस्तो भैसकेको थ्यो। क्रमश:  

crazy_love · May 24, 2021 2:06 PM

Kharayoko sing le yo bhag “hijack” bhayo :-) arko bhag ko pratikchhya ma

chicagoan · May 24, 2021 8:58 PM

सी एल जी, मैले तपाईको लेख्ने शैली र यहाँ अर्को साझाको नामुद यौन लेखक अण्डरवेयरजीको लेखाइ कम्प्यार गर्दा तपाइको लेखन कती शालिन र शितल पाए, वहाँ अण्डरवेयरजीले तेही कुरो कती अभद्र, र मु.. मा.. लाउदै धाक दिएर लेख्नुहुन्छ, टपिक त एउटै होला, यौनकै बिषय तर प्रेजेन्ट गर्ने तरिका कती फरक छ । आइ अग्री हरेक मान्छे फरक हुन्छन, उनिहरु आएको बातावरण्, परिस्थिती भिन्न, तर तेही कुरा कसरी भनिन्छ, तेसले धेरै फरक पार्छ । "उसको आँखामा रहर थियो, मेरो मनमा तिर्खा" तपाइको त लेखाइको फ्यान नै भए । यस्तो लेख्ने मान्छेले अरु राइटरहरुको पनि लेखाइ धेरै पढेको हुनुपर्छ, मेरो बुझाई । कीप राइटिङ ।

Bennedict · May 26, 2021 6:18 PM

Sometimes, I feel I am too direct in some expression and try to edit later. I think I have watched that movie and more others in the same theme. I do not like their end though. Why do they show the guilty feeling at the end? Will that be the same with the male protagonist if they had affair? Those are my personal thought. Thank you for your thoughtful comment. I do not know how this story will end or never end. Who knows?? But I do not want to be influenced by any of those movies or some other stories. This is my creation. I should have a unique ending. But not sure! lol! Let's not worry about that too. सी एल जी, तपाइले उथान गर्नु भएको केहि बिषयमा मेरो केहि बिचार राख्तैछु । हो, पुरानो समाजमा पुरुष पात्र सधै गिल्टी भाको देखिन्न, पुरानो मुभिले पनि तेस्तै देखाउछ, नारी पात्र नै जिम्मेवार्, अनि अन्तमा गिल्टी भाको नि, पुरुषप्रधान सोचको कारणले होला (तपाईले अमेरिकन हिस्ट्री पढ्नुभाको होला, अमेरिकामा समेत महिलाहरुले आफ्नो हक अधिकारको स्थान बनाउन कतिको त्याग र परिष्रम गरे, ल त अहिले यस्तो छ तैपनी कती कुरा अझै बिबादमा छन जस्तो pay parity) । हो सबै एक्स्ट्रा म्यारिटल अफ्फैर्सको दोषी महिला नै हुनु जरूरी छैन । अहिले बन्ने धेरै मुभिहरु पनि तेस्तै छन्, महिला पात्र पनि गल्ती गर्छन्, पुरुष पनि, मान्छेहरुको परिवार्, रिलेशनशिप कम्प्लेक्स हुन्छन्, डिस्फंक्सनल स्ट्याटस आदी ब्ला ब्ला भनेर रामायाण वाचिन्छ । हामिहरु इम्पर्फेक्ट छम भनेर सन्देश दिइन्छ, र मान्छेहरुले यस्ता कुराहरु सामान्य लिन थालिसकेको छन जस्तो लाग्छ हैन र ?

Bennedict · May 26, 2021 6:49 PM

Crazy_love तपाइको लेखन सैली मन पर्यो.. आज भोलि म "निर्वाण" भन्ने नेपाली उपन्यास पड्दै छु, राम कसम तपाइको यो "हेरेको तिमीलाइ आँखाले हैन।" चाइ बेटर लग्यो यार,, किप इत अप ... तपाइको कथा राम्रो छ..

bhairas · May 27, 2021 5:45 PM

Chicagoan, I am sure that people are searching for "pink kharayo with singh" on google. lol! Bennedict, Is there some other section for special stories? The topic we have been discussing is very complex. Will keep on learning each day. Bhairus, Thank you for liking this story! But I am interested to read "Nirvana" more. Is there an audio version of it?

crazy_love · May 28, 2021 6:34 AM

crazy_love Yes, you can find the audio version of Nirwan on youtube.

bhairas · May 28, 2021 12:24 PM

भाग-८ मेरो शिफ्ट सकिएपछी म दोस्रो तल्लामा गए। हम्बल लिफ्टको नजिकै कुरिरहेको रहेछ। "यहाँ धेरै मान्छे छ। आठ तल्लामा जाउ। तिमी लिफ्टबाट आउ, म भरेङबाट आउछु।" आठ तल्लामा प्रशासन थ्यो, र ५ बजेपछी प्राय कोठाहरु बन्द हुन्थे। त्यहा ट्रेनिङ को लागि ठुला ठुला कोठाहरु थिए। तर म शुरुमा १-२ दिनबाहेक अरु बेला गएको थिइन। हम्बलले आठ तल्लाको अर्को एउटा ढोकाबाट मलाई अझै अर्को माथि लाग्यो। माथी ठुलो छत रहेछ, वरिपरिको ठुलो ठुलो घरहरु र साँझको डाउनटाउन झिलिमिली देखिने रहेछ। अलि अलि चिसो बतास पनि चलिरहेको थ्यो। आकाशमा 5-6 वटा ताराहरु देखिन थालेका थिए। त्यो साँझ असाध्यै सुन्दर थ्यो। म सँग सुन्दर साँझसङै मैले चाहेको मेरो मान्छे थ्यो। हामी दुबै एउटा कुनामा बसेका थ्यौ। छतमा आउने बितिक्कै उसले मेरो दाँया हात मायालु पाराले समाएको थियो। उसको स्पर्शमा मैले धेरै आत्मियता महसुस गरेको थिए। "तिमीसँग बसेर कुरा गर्न पनि कस्तो गार्हो?" हम्बलले भन्यो। "सजिलो भए त रमाइलो पनि हुन्थेन होला।" मैले भने। "तिमीलाई के लाग्छ ? हामी बिच यो आकर्षण किन भैरहेछ? हामी एक आपससँग किन नजिकिरहेका छौ?" "मलाई थाहा छैन। मेरो मनलाई यो सबै कुराहरु राम्रै लागि रहेछ। तिमीलाइ कस्तो लाग्छ?" "तिम्रो हेराइ, तिम्रो हाउभाउ, म प्रतिको चाहना मलाई एकदम प्यारो लाग्छ। मलाई अहिलेसम्म कसैले पनि तिमीले जस्तो आशक्ति देखाएको छैन। मैले बरु अरुलाई त्यसरी हेरेको छु।" "अनी तिमी के चाहन्छौ ? तिम्रो मनमा के छ? " " म तिमीलाइ यसरी माया गर्न चाहन्छु कि सधैं मलाई सम्झिनेछौ। तिम्रो र मेरो सम्बन्ध अरु सम्बन्धहरु भन्दा बिशेष छ । तिमी मेरो मुटुको एउटा कुनामा जहिले रहिरहनेछौ। त्यहा कोही बस्न पाउदैन।" "तर समयक्रममा हामी परिवर्तन हुनेछौ। शायद एक अर्कालाई भुल्न पनि सक्छौ।" मैले भने। "यदी सजिलै भुल्ने सम्बन्ध हो भने भुल्न सकिन्छ। तर कुनै कुनै सम्बन्ध जिन्दगीभरी याद बनेर कही न कही न्यानो बनाइरहन्छन। तिमीसङ म त्यस्तै सम्बन्ध राख्न चाहन्छु। तिमी कुनै पनि बेला मलाई बोलाउन सक्छौ, म तुरुन्तै आउछु।" "तिमीलाई कहिले कही मेरो चरित्रमा शँका लाग्दैन ? तिमी मलाई कामुकताले भरिएकी एउटी स्वास्नीमान्छे जो तिमी सँग आफ्नो यौन इक्षा पुरा गर्न चाहन्छे जस्तो लाग्दैन?" "यौन इक्षा सबैलाई हुन्छ। पुरुष र महिला सबैले आफ्नो शरीरको आबश्यक्ता पुरा गर्छन्। तिमी आफ्नो कुराहरु प्रश्ट राख्छौ। त्यसैले पनि मलाई तिमी "बोल्ड" लाग्छौ । मायामा सबै कुरा जायज हुन्छ। तिमी बिबाहित भएर पनि एक्लो छौ। तिमीलाइ माया गर्ने मान्छे छैन। तिम्रो जिबनमा कोही हुनु पर्छ जसले तिम्रो मन र शरीरको चाहना पुरा गर्न सक्नु पर्छ। एउटा मान्छेलाई यौन इक्ष्या हुनु साधारण कुरा हो। तिमी स्वास्नी मान्छे भएर तिमीलाइ मैले शंका गर्नु पर्ने अनी म लोग्ने मान्छे भएर मेरो चरित्रमा प्रश्न नगर्ने समाज हामीले बनाएका हौ। म त्यस्तो कुरामा विश्वाश गर्दिन।" "पुरुष प्रधान समाजमा यस्तै हुन्छ। नारीले खुलेर यौनको बारेमा बोल्नासाथ उनको चरित्रमा प्रश्न गरिन्छ।" "चरित्र स्थायी हुँदैन, समय, काल र परिस्थिती अनुसार बदलिन्छ। तर अब समय बद्लिएको छ। समाज बिस्तारै बद्लिने छ।“ ऊ सकारात्मक सोच राख्ने मान्छे रहेछ। "म तिमीसङ सहमत छु। चरित्र राम्रो वा नराम्रो हुँदैन, केबल समय काल र परिस्थिती अनुसार बदलि रहन्छ। शायद मानिसहरुको सोचमा परिवर्तन आउँदैछ। " मैले भने। "सुन! म तिमीलाइ एउटा कुरा भन्छु। तिमी नरिसाउ ल!" उसले भन्यो। "भन न! के कुरा?" मलाई सुन्न मन लाग्यो। "कहिलेकही मलाई तिम्रो लोग्नेसँग इर्ष्या लाग्छ। म तिमीलाइ मन पराउछु, तर तिमी ऊ सँग छौ।" "म त कसैसँग पनि छैन। म एक्लै छु।" "अहिले यो पल तिमी म सँग मात्रै छौ। तिमी मेरी हौ।" उसले मेरो धेरै दिनदेखि म्यानिकयर नगरेको औलाहरु चुम्न थाल्यो, मेरो ढुकढुक बढ्न थाल्यो। "तिमीलाई डर लाग्दैन ?" मैले उसको अनुहार हेरे। उसका नीला आँखाहरु समुद्र जस्तो गहिरा थिए। "के को?" उसले सोध्यो। "समाजको! अनि तिम्रो गर्लफ्रेन्डको!" "तिमीलाई नि?" उसले उल्टो प्रश्न गर्‍यो। "मैले समाज र अरुको बारेमा सोच्दा सोच्दा जिबनको धेरै बर्ष खेर फाले। मलाई आफ्नो मात्रै डर लाग्छ।" "हामी आफुलाई दुखी बनाएर अरुलाई खुशी बनाउन सक्दैनौ। अहिले जे छ, त्यही हाम्रो हो। धेरै कुराहरु सोच्नु हुँदैन।" "तिमीले सोधेनौ मलाई किन आफ्नै डर लाग्छ।" "तिमीलाई आफुसङै किन डर लाग्छ?" उसको एक हातले मलाई अङालोमा बाधिसकेको थ्यो। उसको र मेरो अनुहार बिच धेरै दुरी थिएन। "म बहकिएर कतै गल्ती गर्छु कि जस्तो लाग्छ।" " दिमागमा त्यस्तो बिचारलाइ हावी हुन दिन हुन्न। गल्ती नै सही रे। कुनै गल्तीहरु मिठो सम्झना बनाएर जान्छन।" "गल्ती गर्ने साहस चाहिन्छ। कायर भएर बाच्नु अर्थ नै के रह्यो र?" मैले भने। "मायामा जे हुन्छ ठीक हुन्छ। हाम्रो कुनै बिगत छैन, न त भबिश्य छ। जे छ बर्तमान छ। यसैमा खुशी हुन पर्छ । म तिमी सँग धेरै कुराको आशा गर्दिन। तिम्रो आफ्नो घर छ, परिवार छ। म एउटा संघर्ष गरिरहेको बिधार्थी, तिमीलाइ मैले के दिन सक्छु र?" "तिमी सँग मैले त्यस्तो अपेक्षा पनि गरेको छैन। मलाई थाहा छ। तिमी अहिले धेरै मिहिनेत गरिरहेछौ। एक्दिन तिमी सफल हुन्छौ।" "त्यही त! हामी धेरै कुराहरु नसोचौ। बरु तिमी मलाई बिहान के भन्छु भन्दैथ्यौ नि।" "त्यो मेरो अर्कै संसारको कुरा हो। अहिले हामी यहाँ छौ। हाम्रो मात्रै कुरा गरौ ।" उसलाई मेरो समस्याहरु सुनाएर दु:ख दिन मन लागेन। "तिमीलाई थाहा छ, म रातभरी के सोचिरहेको थे?" उसको आँखामा अलिकती माया र अलिकती चन्चलता देखियो। "के?" मैले थाहा नपाए जस्तो गरे। "म तिमीलाइ आफुसङै कतै लान चाहन्थे। कुनै समुद्रको तटमा, सुर्यास्तको सुन्तले आकाशको मुनि म तिमीलाइ माया गर्न चाहन्छु।" उसको हातहरु तातिरहेको थ्यो। उसको र मेरो ओठहरु नजिकिन चाहन्थे। हामी माथीको आकाश कालो थ्यो र ताराहरु टिमटिम चम्किन थालेका थे। शहर बेखबर थ्यो। "अहिले पनि सुर्य अस्ताइसकेको छ। आकाश निलो छ, ताराहरु हामीलाई नै कुरी रहेका छन। तिमी के पर्खिरहेको छौ?" उसले मलाई तानेर उसको छातीमा टाँस्यो र मेरो निधार, आँखा र गालाहरुमा बिस्तारइ हातले स्पर्श गर्‍यो। म लट्ठीए, मदहोशी जस्तो हुन थाल्यो। उसले मेरो गलामा चुम्न थाल्यो। उसको तातो स्वाशले मेरो शरीरको नशाहरुमा रगतहरु तिब्र गतिमा बहन थाले।उसको ओठले मेरो ओठमा प्रेमरस घोल्न थाल्यो , बिस्तारै बिस्तारै उस्को जिब्रो मेरो जिब्रोसँग प्रेमको स्वादमा डुब्न थाल्यो। उसले मलाई कसिलो अङालोमा बाधेको थ्यो। म बग्न चाहन्थे उसको मायामा। ऊ रित्तिन चाहन्थ्यो मेरो चाहनामा। ऊ म भित्र हराउन चाहन्थ्यो। म उसँग एकाकार हुन चाहन्थे। मैले आफ्नै हो कि उसको ढुक ढुक सुने। मेरो मुटु हो कि उसको मुटु हो जोडले धड्किरहेको थ्यो। शायद हामी दुबैको मुटु एक भएर धड्किरहेको थ्यो। उसको चुम्बनले मेरो अङ प्रत्यङ झुमिरहेको थ्यो। उसले मेरो गलामा फेरी चुम्न थाल्यो, म आनन्दित हुँदैथे। ऊ गलाबाट बिस्तारै तल तल हुँदै छाती चुम्न थालेको थ्यो। मेरो लुगामा बटन थिएन, तर उसको दाँया हात लुगाभित्र सलबलाउन लाग्यो। अचानक भरेङमा पदचाप सुनियो। मैले उसको हात रोके। ऊ मलाई एकोहोरो माया गर्दैथ्यो। मैले भरेङ बाट एउटा छाया आइरहेको देखे। "कोही आएको जस्तो छ!" मैले उसको कानमा खुसुक्क भने। ऊ तुरुन्तै अलग्गियो म सँग। मैले मेरो लुगा मिलाउन थाले। उसले आफ्नो लुगा हेर्‍यो। एउटा अग्लो कदको मान्छे देखियो। स्टाफ रहेछ। "म छतको ढोका लगाउन आएको!" "हामी तल जानै लागेका थ्यौ।" हम्बलले मेरो हात समात्यो, र हामी दुबै हिड्यौ त्यहाबाट। त्यो स्टाफले चिन्यो चिनेन। मैले त्यसलाई कहिले देखेकी थिएन। उसले हम्बललाई "गूड्नाइट, डक।" भन्यो। क्रमश:  

crazy_love · May 29, 2021 3:47 PM

Mitho lagyo. “Kharayko sing” bata katha “back to track” aayechha

chicagoan · May 30, 2021 10:39 PM

भाग-९ उसले मलाई तानेर उसको छातीमा टाँस्यो र मेरो निधार, आँखा र गालाहरुमा बिस्तारइ हातले स्पर्श गर्‍यो। म लट्ठीए, मदहोशी जस्तो हुन थाल्यो। उसले मेरो गलामा चुम्न थाल्यो। उसको तातो स्वाशले मेरो शरीरको नशाहरुमा रगतहरु तिब्र गतिमा बहन थाले।उसको ओठले मेरो ओठमा प्रेमरस घोल्न थाल्यो , बिस्तारै बिस्तारै उस्को जिब्रो मेरो जिब्रोसँग प्रेमको स्वादमा डुब्न थाल्यो। उसले मलाई कसिलो अङालोमा बाधेको थ्यो। म बग्न चाहन्थे उसको मायामा। ऊ रित्तिन चाहन्थ्यो मेरो चाहनामा। ऊ म भित्र हराउन चाहन्थ्यो। म उसँग एकाकार हुन चाहन्थे। मैले आफ्नै हो कि उसको ढुक ढुक सुने। मेरो मुटु हो कि उसको मुटु हो जोडले धड्किरहेको थ्यो। शायद हामी दुबैको मुटु एक भएर धड्किरहेको थ्यो। उसको चुम्बनले मेरो अङ प्रत्यङ झुमिरहेको थ्यो। उसले मेरो गलामा फेरी चुम्न थाल्यो, म आनन्दित हुँदैथे। ऊ गलाबाट बिस्तारै तल तल हुँदै छाती चुम्न थालेको थ्यो। मेरो लुगामा बटन थिएन, तर उसको दाँया हात लुगाभित्र सलबलाउन लाग्यो। अचानक भरेङमा पदचाप सुनियो। मैले उसको हात रोके। ऊ मलाई एकोहोरो माया गर्दैथ्यो। मैले भरेङ बाट एउटा छाया आइरहेको देखे। "कोही आएको जस्तो छ!" मैले उसको कानमा खुसुक्क भने। ऊ तुरुन्तै अलग्गियो म सँग। मैले मेरो लुगा मिलाउन थाले। उसले आफ्नो लुगा हेर्‍यो। एउटा अग्लो कदको मान्छे देखियो। सेक्युरिटी स्टाफ रहेछ। "म छतको ढोका लगाउन आएको!" "हामी तल जानै लागेका थ्यौ।" हम्बलले मेरो हात समात्यो, र हामी दुबै हिड्यौ त्यहाबाट। त्यो स्टाफले चिन्यो चिनेन। मैले त्यसलाई कहिले देखेकी थिएन। उसले हम्बललाई "गूड्नाइट, डक।" भन्यो। हामी पार्कइङमा पुग्दा हम्बलको फोन बज्यो, उसले मलाई हेर्‍यो र फोनको नम्बर हेरेर भन्यो "डक्टर पटेलको फोन! म एक्छिन कुरा गरेर आउछु। तिमी म नआए सम्म कतै नजाउ है?" मैले "हुन्छ" भने। ऊ गयो। म यताउती हेर्दै बसे। राती भएकोले पार्कइङ् मा ३-४ वटा कार हरु थिए। शायद नाइट शिफ्ट गर्ने स्टाफहरु हुनु पर्छ। त्यहा चकमन्न सुनसान थ्यो। कुनै मान्छेको चहलपहल थिएन। म यसरी कहिले पनि पार्कइङ लटमा बसेको थिइन। मलाई थाहा थिएन, दिउसो कारहरुले भरिभराउ र मान्छेहरुको आउने जाने हुने ठाउँ पनि राती यती शुन्य हुन सक्छ भनेर। म अलि परको पार्कमा मान्छेहरु हिंडेका छन कि छैनन भनेर हेर्न थाले। त्यो पार्क पनि सुनसान हुने रहेछ राती! मैले फोन चेक गरे। ३ वटा भोइस मेसज रहेछ। म प्राय थाहा नपाएको नम्बरहरु हेर्दिन। तर ३ वटा मेसेज डक्टर रबर्टको अफिसबाट आएको थ्यो। तर म कोरोना शुरु भएदेखि अपोइन्ट्मेन्टमा गएको छैन। मेसेजमा "अपोइन्टमेन्टमा किन मिस गरेको भन्ने प्रश्न थ्यो।" म ठिकै छु, किन जानु पर्‍यो बेकारमा डक्टरका? यस्तै सोच्दै मैले हम्बल गएको तिर हेर। ऊ अझै फर्केको थिएन। केही इमर्जेन्सी आइ पर्‍यो कि? उसले दिएको नम्बर मैले घरमा डायरीमा लेखेको थिए, मेरो फोनमा सेव गर्नु पर्ने। कस्तो बुद्धी? अब के गर्ने ? कसरी उसलाई सोध्ने? इ-मेल हेरे, हम्बलले केही लेखेको थिएन। कति बेर लाग्ने हो? म जाउ भने उसले म नआए सम्म कुर भनेको छ। मैले इ-मेल गरे "के भयो? कति समय लाग्छ? आउन लाको हो?" घरि घरि इ-मेल चेक गरे। उसले जवाफ पठाएन। मन आतियो। उसलाई केही भयो की? अनेक शंका उपशंका उब्जियो। न कसैले हामी दुबैलाइ देखेर उसको सुपरवाइजरलाई कुरा लाइदियो कि? उसको रेजिडेन्सी सकिन अझै धेरै बाँकी छ, मैले उसलाई अप्ठ्यारो परिस्थितीमा पारे। यदी म्यानेजमेन्टले थाहा पायो भने, मेरो जागिर त गयो गयो, उसको पनि रेजिडेन्सी धरापमा पर्छ। ऊ कहाँ जान्छ? के गर्छ? मैले उसलाई उक्साउन नहुने। हामी धेरै नजिक हुन नपर्ने त्यो पनि एकै ठाउमा काम गर्ने भएपछी। मैले किन यो सबै नसोचेको होला पहिले नै। बिचरा उसले कसरी सामना गर्छ अब आउने चुनौतीहरु? "के तपाईंलाई मद्दत गर्न सक्छु?" अघि छतमा ढोका लाउन आएको सेक्युरिटी गार्ड फेरी देखा पर्‍यो। मैले उसलाई अध्यारोमा ठम्याउन सकिन। "म कसैलाई कुरिरहेको छु।" मैले बिस्तारै भने। "यती राती ? अहिले ११बजी सक्यो त!" सेक्युरिटी स्टाफ छक्क पर्‍यो। "छिट्टै आउछु भनेको छ।" मैले उसलाई नहेरी भने। "को?" उसले सोध्यो। "अघी म सँग छतमा थ्यो नि? तपाईंले "गूड्नाइट डक्" भन्नु भएको थ्यो नि!" "छतमा त तपाईं मात्रै हुनुहुन्थ्यो हैन र?" ऊ झन अचम्म भयो। "म सँग एकजना पुरुष पनि थियो। तपाईंले देख्नु भएन र?" म पनि अचम्म्भित भए उसको कुरा सुनेर। "म्याडम ! मैले त तपाईंलाई मात्र देखे। तपाईं एक्लै कुरा गरिरहनु भएको थ्यो। भरेङबाट ओर्लिदा पनि एक्लै नै बोली रहनु भएको थ्यो।" ऊ नरम भएर बोल्दैथ्यो। "तपाइको आँखा त ठीक छ?" कस्तो मान्छे पनि राम्ररी नदेख्ने होला भन्ठाने मैले। "हजुर! मैले कहिले पनि चस्मा लाउनु परेको छैन आजसम्म। भगवानको कस्सम! मैले तपाईंलाई देखेको थिए। तर त्यहा अरु कोही थिएन।" मलाई कस्तो कस्तो महसुस भयो। कसरी यो मान्छेलाई हम्बललाई कुरेको भनेर विश्वाश दिलाउ। म चुपचाप बसे। "तपाइको लागि ट्याक्सी बोलाउ?" फेरी सेक्युरिटी गार्डले भन्यो। "किन? तपाईंलाई म यहाँ बसेको मन परेन?" मलाई रिस उठ्यो। "म्याडम! यो मध्यरातमा तपाईं एक्लै कसरी बस्नु हुन्छ यहाँ? म ड्युटी गर्दैछु। मेरो कर्तब्य हो की तपाईंलाई सुरक्षित ठाउमा पुर्‍याउनु।" "म जादिन अहिले! उसले “कुर” भनेको छ।" मैले ढिप्पि गरे। "त्यसोभए मैले पुलिस बोलाउनु पर्ने हुन्छ। प्लिज मलाई पुलिस बोलाउन मन छैन।" "तिमीलाई थाहा छैन। म यहीको कर्मचारी हुँ। कसरी तिमी पुलिस बोलाउछौ? म पनि हेरु?" "सरी, म्याडम ! मलाई थाहा छ, तपाईं यही काम गर्नुहुन्छ। तर तपाईंको शिफ्ट सकिसक्यो। तपाईं घर जानुहोस्। म पुलिसलाई बोलाउदिन।" मैले इ-मेल फेरी चेक गरे हम्बलको जवाफ थिएन। म हारे त्यो सेक्युरिटी गार्डसँग र फर्के घर निराश मन लिएर। घरमा पुगेपछी फेरी हम्बललाई इ-मेल लेखे, उसले जवाफ दिएन। मैले उसको फोन नम्बर टिपेको डायरी खोजे। डायरी भेटिन। मेरो गलामा उसको प्रेमको चिन्हरु सुन्दर देखिन्थ्यो। तर सेक्युरिटी गार्डको कुरा मलाई विश्वाश लागिरहेको थिएन। उसले कसरी हामी दुबैलाइ देखेन। मैले हम्बलको हात समाएको थिए, उसले मेरो। हामी दुबै नै सङै बसेको थ्यौ र सँसङैगइ त्यहाबाट तल गएको थ्यौ। कसरी त्यो सेक्युरिटी गार्डले मलाई मात्रै देख्यो? हम्बल अद्रिश्य त पक्कै थिएन। एक जना देख्ने अर्को मान्छे नदेख्ने, कस्तो अचम्मको आँखा त्यो गार्डको? कि त्यसले ड्रग्स खाएको थ्यो? म हम्बलसँग कुरा गर्दै थे। तर त्यसले भन्यो, म एक्लै कुरा गरिरहेकी थे। यो के हुँदैछ? क्रमश:

crazy_love · Jun 4, 2021 3:33 PM

Kasto surprising episode parechha. Yo ta Talash bhanne hindi film jasto bhayo. Katha le akasmat anepechhit mod liyeko ek dam bishesh lagyo.

chicagoan · Jun 4, 2021 4:37 PM

कथा धेरै नै रोमान्चक हुदैछ ...

Eklopan · Jun 5, 2021 9:15 AM

छतमा गएको, परपुरुषसँग सामिप्य बढेको, अनी झसँग भएर तल भागेको प्लटले एउटा हिन्दी मुभी, "ईंग्लिश विङ्लिश"को याद दिलायो। यसलाई अन्यथा नलिनुहोला है। परपुरुष या परनारी सँग पनि प्रेम हुन सक्छ। तपाईंको चित्रण त सही छ। यौनलाई समान्यीकरन गरेर लेखेर पढ्ने मान्छेलाई नि लुकी लुकी पढ्न पर्न नगराउनुभएकोमा धन्यवाद छ।

Bennedict · Jun 5, 2021 12:21 PM

केही बर्ष अघि साझामा एक अनुच्छेद लेखाईको कुलेसो हुँदै सुरु भएको साँहीलीको यो साहित्यिक प्रबाह अहिले फराकिलो अनि उस्तै गहीरो नदी हुँदै समुद्रको नजिक नजिक पुगीसकेछ। यो प्रबाहको बयान म सँग भएका शब्दहरुको पहुँच देखी बाहिर छ। नहुँदो हो त म बयान गर्ने जमर्को गर्ने थिएँ। सुरु देखी नै साहिँलीको लेखाई मलाई प्रीथक लागेको थ्यो साथै निर्भिक र स्पस्ट पनि। सुरुको त्यो एक अनुच्छेदको कथामा पनि एउटा केटा र उ तिर परोक्ष सोझिएको प्रेम आँगनको मुढामा सँग संगै बसेका थिए र साहीलीको कलमको ईशारामा ती ब्यक्त हुन्थे जस्तो लाग्छ। हुन त धेरै बर्ष भयो, स्म्रीती धुमील भएको पनि हुन सक्छ। तेसपछीका उन्का लेखाईहरुले उनीलाई साझाको एउटा मूर्धन्य लेखकको दर्जामा स्थापित गराईसकेका थिए। म उनको लेखाईको कायल थिएँ र छु। यो कथा पढ्दै जाँदा उनको अर्थात "म"पात्रको निर्भिक र स्पस्ट भाव प्रबाह त छदै छ तर म बेला बेला कथामा उस्को अर्थात म पात्र को लोग्नेलाई पनि देख्छु। उस्लाई देखेर मलाई उदेक लाग्छ। उ अहिले उनको बयानको पराधीन छ। उनले बोलाए बोल्छ, जे बोल भन्यो त्यही बोल्छ, नबोलाए चुप चाप बस्छ तै पनि उ पनि भाव बिहीन भने छैन। उस्का पनि थुप्रै कुराहरु हुँदा हुन भन्नु पर्ने तर यो उस्को कथा होइन। उ छ यहाँँ र पनि छैन, अनि छैन र पनि छ। म सोच्छु उस्ले पनि यही कथा भन्नु पर्दा कसरी भन्दो हो, के भन्दो हो। तर, जे होस, यो कथा अहिले उनको हो, उस्को होइन। कम्तीमा अहिले सम्म चै। अहिले कथा बडो रोचक मोडमा आइपुगेको छ। कथा तुरीए पछी कस्तो लाग्यो भन्ने त छदै छ तर अहिले लाई यस्तो राम्रो कथाले हामी पाठकहरुलाई धन्य गरीदीएकोमा हार्दिक नमन, अनि आभार. आउँदा भागहरुको प्रतिक्षामा ब्यग्र - दीप।

Deep · Jun 5, 2021 8:13 PM

Arko bhag ko begra pratichhya ma. Juna le humble chinaidiyeko, lisa le pani humble sanga dohoro kurakani gareko le, humble kathako suruko kehi bhag samma “exist” garthyo, aba guard le chahin kina dekhena ta, yo mod ma aaunda samma humble bilaya bhayeko ho ki ta? Yo prasna ko uttar aaunda bhag harule bataulan

chicagoan · Jun 7, 2021 2:50 PM

भाग-१० मैले इ-मेल फेरी चेक गरे हम्बलको जवाफ थिएन। म हारे त्यो सेक्युरिटी गार्डसँग र फर्के घर निराश मन लिएर। घरमा पुगेपछी फेरी हम्बललाई इ-मेल लेखे, उसले जवाफ दिएन। मैले उसको फोन नम्बर टिपेको डायरी खोजे। डायरी भेटिन। मेरो गलामा उसको प्रेमको चिन्हरु सुन्दर देखिन्थ्यो। तर सेक्युरिटी गार्डको कुरा मलाई विश्वाश लागिरहेको थिएन। उसले कसरी हामी दुबैलाइ देखेन। मैले हम्बलको हात समाएको थिए, उसले मेरो। हामी दुबै नै सङै बसेको थ्यौ र सँसङैगइ त्यहाबाट तल गएको थ्यौ। कसरी त्यो सेक्युरिटी गार्डले मलाई मात्रै देख्यो? हम्बल अद्रिश्य त पक्कै थिएन। एक जना देख्ने अर्को मान्छे नदेख्ने, कस्तो अचम्मको आँखा त्यो गार्डको? कि त्यसले ड्रग्स खाएको थ्यो? म हम्बलसँग कुरा गर्दै थे। तर त्यसले भन्यो, म एक्लै कुरा गरिरहेकी थे। यो के हुँदैछ? मैले शायद हम्बललाई २० वटा ईमेल लेखे रातभरी। मैले उसको फेसबुक पनि हेरे। उसको प्रोफाइल फोटो उही थ्यो, एक्लै। तर कुनै अपडेट देख्न सक्दिनथे। कतै उसलाई केही भयो की? कसैले अपहरण गर्‍यो की? कि कसैले पहिलाको रिसले उसलाई लगेर कतै दु:ख दिरहेको छ की? कि उसको गर्लफ्रेन्ड फेरी फर्केर आइ कि? कि उसले मलाई बिर्स्यो? अनेक कुरा खेल्न थाले मनमा। अलिकति डर, अली कति पीर र धेरै माया मात्रै लाग्यो उसको मलाई। मेरो भोक, तिर्खा, निद्रा, प्यास सबै हराइसकेको थ्यो। म कहिले बिहान हुन्छ र काममा गएर उसको अनुहार हेरु जस्तो भैरहेको थियो। म छटपट गरिरहेको थे। फोन त मैले आँखामा टाँसेको थे। यस्तैमा राती कतिबजे हो मैले याद गरिन। रिजाको मेसेज देखे। समय मिलाएर फोन गर्नु भनेको रहेछ, तर मेसेज एक हप्ता पुरानो थ्यो। के कारणले हो मैले ध्यान दिएको रहेनछु। त्यती राती फोन गर्ने कुरा भएन, बिहान फोन गरुला भनेर यसो ढल्के। सपना हो की बिपना म कतै समुन्द्रको किनारमा हिडिरहेको थे। समुन्द्रका छालहरु उर्लिदै आउथे र मेरो खुट्टाहरुलाई जिस्काउदै हराउथे। ती छालहरु कहिलेकाही मेरो शरीरलाई पनि स्पर्श गर्थे। म आफ्नै तालमा छालहरुसँग खेल्दै थे। किनभने छालहरु जिस्किन्थे, हराउथे र म रमाउथे। आकाश रातो हैन, सुन्तले हुँदै गैरहेको थ्यो। मलाई सुर्य उदाउन लागेको की अस्ताउन लागेको थाहा भएन। जे होस् सुर्य अझ आकाशमा थ्यो तर बिस्तारै बिस्तारै मधुरो हुँदै थ्यो। यताउता मानिसहरु पनि समुन्द्रमा फोटो खिचिरहेका थे। समुद्रको बिचबाट कोही म तिर आइरहेको थ्यो। टाढाबाट मैले त्यो मान्छेलाई चिनिन। उसले दुबै हात हल्लाइरहेको थ्यो। नजिक आएपछी म झस्कीए। हम्बल मेरो अगाडी उभिएको थ्यो। मलाई झनक्क रिस उठ्यो, तर आफुलाई संयम गर्दै मैले सोधे। "तिमी मलाई छोडेर कहा गएको?" "म त तिमी सङै छु, कसरी छोड्न सक्छु?" "प्लिज! जोक नगर। म हिजो राती ११ बजे सम्म तिमीलाइ कुरेर बसेको थे। तिमीले इ-मेल पनि पठाएनौ। मलाई सेक्युरिटी गार्डले पुलिस बोलाउछु भनेर धम्कायौ। त्यसपछी म घर फर्के।" "सरी! मैले तिमीलाइ कुर्न भने। तर मेरो आफ्नै काममा ब्यस्त भए। मलाई माफ गर।" उसले मेरो हात समाएर चुम्न थाल्यो। मैले माफ गरे। "तिमीलाई थाहा छ? त्यो त्यही गार्ड थ्यो जो हामी छतमा बसेको बेला ढोका लाउन आएको थ्यो।" "अनी? हो, त्यो मान्छे अग्लो थ्यो। के भन्यो त्यसले?" उसले सोध्यो। "त्यसले तिमीलाइ देखेन रे। छतमा म मात्र थिए रे, एक्लै कुरा गर्दै। "के रे?" हम्बल सोच्न थाल्यो अनी फेरी हास्यो। "त्यसले तिमीलाइ देखेन रे। के तिमीलाई मैले बाहेक अरुले देख्दैन?" मलाई झन सोध्न मन लाग्यो। "त्यो त हेर्ने मान्छेको नजरमा भर पर्छ।" उसले दाहिने आँखा झिम्कायो। "कसरी?" मैले बुझिन। "तिमी मलाई मनको आँखाले हेर्छौ र मलाई देख्छौ। अरु हरु खाली बाहिरी आँखाले हेर्छन र उनिहरु मलाई देख्दैनन।" ऊ मुस्काइरहेको थ्यो। "तिमी जिस्किरहेछौ। तर मलाई अचम्म लागिरहेछ। म तिम्रो स्पर्श, ढुकढुकी र शरीर सङै हुन्छु र तिमी म सङै हुन्छौ। तर अरु कसैले तिमीलाई किन देख्दैनन?" म सोचमग्न हुँदैथे। "कसैले के भन्यो भनेर आँफैले आँफैलाई प्रश्न गर्नु भन्दा हामी के गरिरहेछौ त्यो महत्वपूर्ण छ। यतिखेर समुद्र छ, सुर्यास्त हुँदैछ र तिमी र म प्रेममा छौ। म तिमीलाइ माया गर्न चाहन्छु।" उसले मेरो हात समायो र हामी दुबै समुद्रतिर लाग्यौ। मलाई लाग्यो यो सुन्दर क्षण छ त्यो नै ठुलो कुरा हो। अरु कुराहरु सोच्ने यो समय हैन। म कम्मर भन्दा माथि पानी पुगेसकेपछी झस्किए, हामी समुद्रको बिचतिर जादैछौ। हम्बल कुनै गीत गुनगुनाउदैथ्यो र मेरो हात समाएर अघै बढ्दैथ्यो। मैले उसलाई रोके र भने "मलाई पौडिन आउँदैन, अब धेरै अगाडि नजाउ।" "तिमी प्रेमको गहिराइमा डुब्न चाहन्छौ तर डर पनि मान्छौ?" उसले मलाई ब्यंग गर्‍यो। "यो समुद्र हो र यसको गहिराइ र प्रेमको गहिराइ फरक छ। म प्रेममा डुबेर मिठो अनुभुति गर्न चाहन्छु।" मैले भने। "अब त हामी यती धेरै सङै हिडिसक्यौ। फर्किने उपाय छैन। तिमी म सङै जानु पर्छ समुद्रमा।" उ जिद्दी गर्न थाल्यो। म पछी हट्न थाले। उसको हात छुटाउने कोशीश गरे, सकिन। उसले मलाई पानीभित्र लग्यो, म निस्सिएर पानी पिउन थाले। मलाई लाग्यो मेरो जिन्दगीको अन्तिम घडी यही हो। उसले अझै पनि मेरो हात छोडेको थिएन र ऊ पनि डुब्दैथ्यो। म छटपटीए, रुन खोजे, रुन सकिन। कराउन खोजे, कराउन सकिन। मैले गहिरो स्वाश ताने र एउटा अन्धकारमा ब्युझे। शायद म मरिसकेर नर्कमा आइपुगेको थिए। वरिपरि कोही मान्छे थिएनन। न हामीले सुनेको कथामा जस्तो ढोकामा बस्ने पालेदाइ जसले मरेर आउने मान्छेहरुको नाम चेक गर्छ। मेरो शरीरभरी पसिना बगिरहेको थ्यो। म मरे पनि मेरो शरीर तातो थ्यो। मैले के महसुस गरे भने मलाई स्वाश फेर्न गार्हो भैरहेको थ्यो। यसको मतलब म मरेको थिइन। यो अन्धकार मेरो कोठाको थ्यो। मलाई डर लागिरहेको थ्यो। मैले बेडसाइड टेबलको बत्ती बाले, रातको २ बजेको थ्यो। मलाई झन धेरै कन्फ्युजन हुन लाग्यो। मैले राम्रो सपना देखे तर अन्त्यमा डरलाग्दो थ्यो। म हम्बल को हो? मेरो ऊ सँगको साथ सपना हो की बिपना हो छुट्याउन गार्हो भयो। लिफ्टको घटना, उसङको कुराकानी, छतको अनुभब। त्यो सबै के थियो? म फेरी निदाउन सकिन, उसको इ-मेल आएन। म बिहानको शिफ्टको लागि तयार हुन थाले। शायद जुना पनि काम गर्छे आज। ऊ बाट पनि केही कुराहरु प्रश्ट हुन सक्छ। हम्बललाई भेटेर म सबै कुरा भन्छु। चिसो पानीले नुहाएपछी मैले अइना हेरे, हिजो राति देखिएको गलाको "लव बाइट" हरु धमिलो हुँदै थिए। यसो सोचे, हम्बलले दिएको प्रेमको उपहारहरु रियल हुन, ऊ रियल मान्छे हो। शायद त्यो गार्ड कुनै आत्मा हो, राती भात्किरहेको। मलाई लव बाइटहरुमा ब्यान्डेड राखु की जस्तो लागेको थ्यो तर झन मान्छेहरुले के भयो भनेर सोध्छन भनेर राखिन। कसैले सोधे लामखुट्टेले टोकेको भनुला. काममा पुगे। जुना मलाई देखेर खुशी भइ। उसँग शिफ्ट नपरेको १-२ महिना भएको थ्यो। ऊ अफ्रिका पनि गएकी थी। उसको धेरै कुराहरु हुन्थे। मैले सुन्न पाएको थिइन। मलाई देख्नासाथ जुनाले गम्लङ अङालो मारी। "तिमीसँग नभेटेको कती भयो?" मैले भने। "आज भएभरको कुरा सुनाउछ तिमीलाइ।" "मेरो पनि कुराहरु छन।" मैले भने। आफ्नो काम सके पछी जुनाले उसको अफ्रिकाको भ्रमन बारे कुरा सुनाइ। जुनाको परिवार, छिमेकी र भुतपुर्ब प्रेमीहरुको सबै कथाहरु सुने। मलाई रातो जुत्ता पनि गिफ्ट ल्याइ दिएकी रहेछ। मलाई राम्रो लाग्यो। किन हो बारम्बार जुनाले मेरो गलामा हेरे जस्तो लाग्यो। "लामखुट्टेले टोकेको!" उसले सोध्नुअघि मैले आँफै भने। "के? कहाँँ?" जुना छक्क परी। "तिमीले मेरो गलामा रातो दागहरु देखेनौ?" "अहँ!" जुनाले भनी। "तिमी मेरो गला हेरिरहेको जस्तो लाग्यो।" "मैले तिम्रो अनुहार हेरेको। तिमी दुब्लाएको हौ?" "खोइ? मैले तौल हेरेको छैन। एकछिन है?" भनेर मैले बाथरुम गएर मेरो गला हेरे। गला सफा त सुडौल थ्यो। तर लव बाइटहरु थिएनन। म झन छक्क परे। "जुना!" "हजुर!" "तिमीलाई त्यो हम्बल थाहा छ। एकचोटी तिमीले चिनाएको थियौ नि।" "थाहा छ ! मलाई खुब मन पर्थ्यो।" "आज देखिन नि मैले। तिमीले देख्यौ?" "उ त धेरै पहिले देखी आउँदैन, होइन र? उसको रेजिडेन्सी सकेको १ बर्ष भएन र?" "तर तिमीले चिनाएको त अस्ति भर्खर होइन र?" "हैन, हैन! त्यो २ बर्ष अघिको कुरा हो। होइन क्यारे, अझै धेरै बर्ष अघिको कुरा हो। किनभने उसको रेजिडेन्सी शुरु भएको थ्यो त्यो बेला।" प्रिय पाठक, मलाई अझै थाहा छैन। मेरो समय र जुनाको समयमा हम्बल कहाँ उपस्थित थियो र कहाँ थिएन। म अझै धेरै कुराहरुको खोजीमा छु। तर मलाई यो थाहा छ हम्बल म सँग हिजो राती थियो। जुना उसलाई १ बर्ष देखी देखेको छैन भन्छे। मेरो मनले मान्दैन। तर म जुनालाई हम्बल र मेरो ब्यक्तिगत कुरा भन्न सक्दिन। क्रमश:

crazy_love · Jun 10, 2021 10:27 AM

bhut aauna laagyo hai?

crazy_love · Jun 10, 2021 10:29 AM

I like wonton soup too! Thanks!

crazy_love · Jun 10, 2021 10:30 AM

Thanks, Eklopan!

crazy_love · Jun 10, 2021 10:31 AM

Hi Bennedict, Thank you for reminding that movie! I used to like the song of the movie, completely forgotten now.

crazy_love · Jun 10, 2021 10:33 AM

Deep Sir, I wish I have words like you and express those in a beautiful way. I still need to learn from you. Thank you very much for such a nice comment!

crazy_love · Jun 10, 2021 10:35 AM

Chicagoan, Thank you for your patience! Was thinking to end soon but I have to think about the people and evidence I left in the earlier parts. Once again, thank you for reminding me of all those. Keep inspiring!

crazy_love · Jun 10, 2021 10:37 AM

भाग-११ प्रिय पाठक, मलाई अझै थाहा छैन। मेरो समय र जुनाको समयमा हम्बल कहाँ उपस्थित थियो र कहाँ थिएन। म अझै धेरै कुराहरुको खोजीमा छु। तर मलाई यो थाहा छ हम्बल म सँग हिजो राती थियो। जुना उसलाई १ बर्ष देखी देखेको छैन भन्छे। मेरो मनले मान्दैन। तर म जुनालाई हम्बल र मेरो ब्यक्तिगत कुरा भन्न सक्दिन। मैले हम्बलको नम्बर खोजे, फोनको लिस्ट थ्यो अफिसमा, अरु सबैको नम्बर थियो, तर उसको थिएन। मलाई अचम्म लाग्छ ऊ म सँग त्यति नजिक हुँदा पनि मैले किन उसको नम्बर सेभ गरिन। मेरै गल्ती थ्यो, इ-मेलमा नयाँ खबर थिएन। जुनाले के के भनी मैले सुनिन। म के भैरहेछ भन्ने सोच्दै हराइरहे आफ्नै संसारमा। "सुन न! तिमीलाइ यो कुरा सुनाउछु!" जुनाले फेरी उसको संसारमा लगी। "के कुरा?" मैले सोधे, मन थिएन कुरा गर्ने तर पनि साथी हो सुन्नै पर्‍यो। "मेरो छोराले के भन्यो थाहा छ?" ऊ हाँसी। उसको छोरा त्यस्तै ५-६ बर्षको हुनु पर्छ। मैले भेटेको छैन। उसैले भनेकी। "के भन्यो त्यो फुच्चेले? कति बर्ष रे?" "६ बर्ष लाग्यो। म एक्सर्साइज गर्दै थिए, डोरी खेल्दै थिए। उसले के भन्यो भने छाती नहल्लाइकन डोरी खेल्नु रे।" ऊ फेरी हाँसी । मलाई नि हाँस उठ्यो। "बिचरा! बच्चा छ। उसलाई के थाहा रुख हल्लिदा फल हल्लिन्छ भनेर।" "त्यही त! केटाहरु लाई सुन्तलाको रुख हल्लिदा सुन्तला पनि हल्लिन्छ भन्ने थाहा हुँदैन कि क्या हो! मेरो छोरा त सानै छ। तर ठुलो भएपछी पनि केटाहरु त्यस्तै सोच्छन है? हामीहरुले जानि जानि उनिहरुको ध्यान आकर्षन गर्न आफ्नो शरीरको अगाडिको भाग हल्लाउछौ भनेर। कसरी सम्भब छ शरीर हल्लिने अनी हाम्रो छाती नहल्लिने?" "तिम्रो छोरा सानै छ, पछी ठुलो भए पछी बुझ्ला नि!" "हामीहरुले सम्झाउन बुझाउन जान्यौ भने उसले पनि बुझ्ला।" मेरो मनमा अरु कुराहरु खेलिरहेको थ्यो। मैले सम्झे लिसासङ सोध्नु पर्ला हम्बलको बिषयमा। किनभने ऊ पनि थि त्यो दिन जुन दिन हम्बल म सँग जिस्किरहेको थियो। लिसा र म के कुरा गर्दै थ्यौ, हम्बल आएर के को साइज भनेर सोधेको थ्यो। हामीले सुइको साइज भनेका थ्यो। त्त्यो दिन लिसाले हम्बल र मेरो कुरा सुनेकी थिइ। "जुना, तिमी लिसासँग काम गरेकी छ्यौ?" "को लिसा?" "त्यही के त “हट” लिसा! उसको जहिले डेट हुन्छ नि। बिधुवा के त?" "ए, त्यो लिसा! मैले उसलाई नदेखेको धेरै भैसक्यो। उसले फेरी बिहे गरी रे।" "लौ, हो र? त्यसो भए उसको चौथो बिहे भयो।" "मान्छे यहाँ एउटा बिहेले अघाइसक्यो, उसले चार चोटि बिहे गरिसकी!" जुना आफ्नै धुनमा कुरा गर्दै थिइ। म सँग दुइटा उपाय थ्यो। एउटा लिसा सँग सोध्ने, अनि लिफ्टको घटना। त्यो घटना जुनालाई पनि थाहा हुनु पर्ने नि। सोधौ कि नसोधौ भन्ने दुबिधामा परे। उसले के,कसो, किन भनेर फेरी उल्टो सोध्ली भन्ने पीर पर्‍यो। लिफ्टबाट निस्किदा दुइजनाले देखेको थ्यो म र हम्बललाई! मेनेजर र मेन्टेनेन्सको स्टाफ। मैले उनिहरुलाई सोध्नु पर्छ , त्यो दिन के भएको थियो। हम्बल र मेरो हालत कस्तो देखिएको थ्यो। मेनेजरलाई सोध्ने मेरो हिम्मत भएन। किनभने चरित्रको कुरा होला, बेकारमा नराम्रो किन सोच्न दिने अरुलाई। तर मेन्टेनेन्सको स्टाफ, जसको मलाई नाम याद भएन, कहिलेकही भेटिन्छ वार्डमा। ऊ कहिले एसी, कहिले बाथरुम बनाउन आइरहन्छ। उसले “हाइ” भन्छ तर मैले उसलाई जवाफमा “हाइ” बाहेक उसको नाम सोधेको छैन। मलाई झिनो आशा थियो, हम्बलले चाह्यो भने मलाई फोन गर्न सक्छ अफिसमा। उसलाई थाहा छ, म कुन कुन दिन काम गर्छु। हरेक चोटि फोन बज्दा म त्यस्तै सोच्थे, कतै यो उसको फोन हुन सक्छ। ब्रेकमा फेरी फोन हेरे। जिरो नयाँ इ-मेल थ्यो तर ३-४ वटा मिस कल थ्यो। ३ वटा मिसकल डक्टर रबर्टको अफिसबाट थ्यो। वोइस मेलमा "छिटो अपोइन्टमेन्ट लिनु!" भनेको थ्यो। मैले तपाईंहरुलाई पहिले भनिसके डक्टर रबर्टको मिसकल यो भन्दा अगाडि पनि आएको थ्यो। म ठिकै छु, कुनै समस्या छैन भनेर मैले वास्ता गरेकी थिइन। तर बारम्बार किन सोधेको होला भनेर उहाको क्लिनिकमा फोन गरे र एक हप्ता पछीको अप्पोइन्टमेन्ट लिए। अर्को मिसकल रिजाको थ्यो। मलाई मेसेज पनि गरेकी थी एक हप्ता अघि फोन गर्नु भनेर। मैले रिजालाई फोन गरे । "का बेपता?" मैले के छ भन्न नपाउदै रिजाले सोधी। "यही छु। के छ खबर?" मैले सोधे। "सब ठीक छ। तिमीलाइ हाम्रो पार्टीमा आएको सबैले सोधी राख्छन।" रिजाले भनी। "त्यो दिदीको समस्या समाधान भयो?" मैले उसको पाहुना हरु सम्झिन थाले। "म कोशीश गर्दैछु मद्दत गर्न। तर तिमीले पनि मद्दत गर्छु भनेको थियौ नि। "स्योर! म पनि हेल्प गर्छु। तर केही दिन म एकदम बिजी छु। अर्को हप्तापछी ल।" "भैहाल्छ नि! अब कहिले भेट्ने त हामी?" रिजाले सोधी। "भेट्ने कुरा त छदैछ। अर्को हप्ता पछी भने नि। तिमीलाइ एउटा कुरा सोधु?" "भन न!" "त्यहा एउटा बहिनी पनि थि नि! उसको खबर के छ?" "को?" "म बरन्डामा बस्दा आएर कुरा गरीकी थी नि।" "ए, त्यो शमा हो। उसको नि सबै ठिकै छ। तर उसले भन्थी तिमी एक्लै कुरा गरिरहेकी थ्यौ रे। मैले भने एक्लै कुरा गर्नु नर्मल हो। म पनि त कहिले कही एक्लै कुरा गर्छु। हैन त?" रिजा हासी उता। "त्यही त! किन एक्लै कुरा गर्दा त्यस्तो नराम्रो के हुन्छ र?" मैले हिच्किचाउदै भने। "शमाको अहिले एक्लै कुरा गर्ने बेला भएको छैन नि। ऊ हामी भन्दा सानी छे। जब हाम्रो उमेरमा पुग्छे। ऊ पनि एक्लै कुरा गर्न थाल्छे।“ "सुन न! मेरो ब्रेक सकियो। म जान लागे। सबैलाई सोधेको छ भनिदेउ है?" "हुन्छ! बाइ!" उसले फोन राखी। ब्रेकपछी मैले रोजीलाई भेटे। खरायोको सिङ हुन्छ भन्ने रोजी। ऊ सधैं झै हसिलो देखिन्थी। "मिस क्रेजी, तपाईंलाई थाहा छ एउटा कुरा?" "के रोजी?" मलाई खरायोको कुरा जस्तो लाग्यो। "मिस लिसा त क्यालिफोर्निया जानु भयो नि। नयाँ बिहे त गज्जब फाप्यो उहालाई।" "हो र? यहाँको घर नि?" लिसासङ मैले केही कुरा सोध्नु थियो। त्यो पनि अधुरो भयो। कहाँ होली? कसरी सोध्ने होला? मलाई यस्तै कुराहरुले पिरोल्न थाल्यो। लिसासङ अब मेरो भेट कहिले होला? "सबै बेचेर जानु भयो नि। पैसा टन्न छ के को पीर? जहाँ गयो त्यही घर किन्न सक्ने क्षमता छ नि उहाको." "तिम्रो खबर के छ नि?" "बिन्दास छ! मेरो डिवोर्सको अन्तिम प्रोसेस हुँदैछ। अनि म पनि स्वतन्त्र हुन्छु। जहाँ नि जान सक्छु जे पनि गर्न सक्छु।" "तिम्रो पढ्ने लक्ष्य चाँही?" "पढुला! तर अहिले पैसा बचाउनु पर्छ। अलि बढी काम गर्नु पर्छ।" "अनी खरायो को हालखबर?" मैले कुरालाई मोडे। "सिङ भाँचेको छैन!" भनेरै हाँस्दै ऊ अर्को वार्डतिर गइ। मेरो अन्तिम साक्षी मेन्टेनेन्सको स्टाफ थ्यो। त्यो भन्दा अरु कुनै उपाय थिएन। म यस्तो कुराको खोजमा थिए। जुन मेरो जिबनको वास्तविक घटना थ्यो तर म घटनाको लागि प्रमाणहरु जुटाउने प्रयासमा छु। हम्बल सँगको मेरो माया सत्य थियो र हामीबिचको सम्बन्ध प्यारो थियो मलाई। मैले ऊ सँग बिताएको पलहरु सबै सुन्दर थिए। मैले ती सबै सुन्दर क्षणहरुलाई आफ्नो मनमा सजाएको छु। मेन्टेनन्स अफिसको ढोकैबाट मैले त्यो स्टाफलाई देखे। उसले पनि मलाई देख्यो। "के तपाईंले मलाई सम्झिनु भएको छ?" मैले उसको नजिक गएर सोधे। "किन नचिन्नु? तपाईं त्यो बिग्रेको लिफ्टमा हुनुहुन्थ्यो हैन? कस्तो डर लाग्यो होला है?" उसले सोध्यो। "डर त लागेको थ्यो। तपाईंहरुले हामीलाई बचाउनु भयो त्यो दिन। धन्यवाद!" मैले भने। उसको नाम माइक रहेछ, मैले देखे उसको शर्टमा लेखिएको रहेछ। "त्यही त ! एक्लै त्यो अन्धकारमा त्यती धेरै बेरसम्म लिफ्टमा बस्दा कस्तो भयो होला तपाईंलाई?" माइकको कुरा सुनेर म फेरी छक्क परे। “ एक्लै ? म सँग अर्को डक्टर पनि थ्यो त्यसमा! देख्नु भएन?" मैले सोधे। "तपाइ एक्लै नै हुनु हुन्थ्यो। तपाईं एक्लै नै निस्किनु भएको थ्यो।" माइकले " एक्लै " शब्दलाई धेरै चोटि दोहोर्‍यायो। माइकले के देख्यो के देखेन त्यो ठुलो कुरा हैन मेरो लागि। तर म लिफ्टमा एक्लै थिइन। म सँग हम्बल थियो, मैले उसको स्पर्श महसुस गरेको थिए। उसले मलाई माया गरेको थ्यो। लिफ्ट बन्न अलि ढिलो भएको भए, हामीबिच धेरै कुरा हुन सक्थ्यो। माइक दोस्रो मान्छे थ्यो जसले हम्बललाई देखेन। शायद माइकले हम्बललाई मनको आँखाले हेरेन। शायद माइकले १ महिना अघिको कुरा केही सम्झ्यो र केही बिर्स्यो। मलाई सम्झ्यो तर हम्बल उसको स्म्रितीबाट हरायो। मलाई भुतप्रेतमा विश्वाश लाग्दैन, तर बेलाबेला यो हस्पिटलमा भुतको कथाहरु सुनिन्छ। जस्तै खाली कोठाबाट कसैले बोलाउछ। एउटा बच्चा आउछ अनि बिलाउछ। अर्को बुढो भुत छ, औशधी माग्छ। कहिलेकही छायाले पनि पछ्छ्याउछ। बिरामी नभएको कोठाबाट घन्टी बज्छ आदी इत्यादी। लौ, एकछिनको लागि यो मानौ की भुतप्रेत हुन्छ। तर भुतप्रेत हुन त पहिले मान्छे मर्नु पर्छ हैन र? हम्बल मरेको छैन। ऊ तपाईं हामी जस्तै ज्युदो मान्छे हो। उसँग मैले बिताएको पलहरु साक्षी छन, ऊ भुत हैन। तर ऊ एक्कासी किन गायब भयो? मलाई किन प्रश्नै प्रश्नको भुमरीमा छोडेर गयो। मैले यो सबै कुराको जवाफ खोज्नै पर्छ। शायद म अर्को भागमा यो सबै कुराको उत्तर भेट्टाउछु। क्रमश:

crazy_love · Jun 12, 2021 1:09 PM

मलाई भुतप्रेतमा विश्वाश लाग्दैन, तर बेलाबेला यो हस्पिटलमा भुतको कथाहरु सुनिन्छ। जस्तै खाली कोठाबाट कसैले बोलाउछ। एउटा बच्चा आउछ अनि बिलाउछ। अर्को बुढो भुत छ, औशधी माग्छ। कहिलेकही छायाले पनि पछ्छ्याउछ। बिरामी नभएको कोठाबाट घन्टी बज्छ आदी इत्यादी। लौ, एकछिनको लागि यो मानौ की भुतप्रेत हुन्छ। तर भुतप्रेत हुन त पहिले मान्छे मर्नु पर्छ हैन र? हम्बल मरेको छैन। ऊ तपाईं हामी जस्तै ज्युदो मान्छे हो। उसँग मैले बिताएको पलहरु साक्षी छन, ऊ भुत हैन। तर ऊ एक्कासी किन गायब भयो? मलाई किन प्रश्नै प्रश्नको भुमरीमा छोडेर गयो। मैले यो सबै कुराको जवाफ खोज्नै पर्छ। शायद म अर्को भागमा यो सबै कुराको उत्तर भेट्टाउछु। भाग-१२ (अन्तिम भाग) हरेक दिन मेरो लागि फेरी उही निराशा बोकेर आउथ्यो। मैले हम्बलको फेसबुक दिन दिनै हेर्थे। त्यहा नयाँ अपडेट थिएन। मलाई मेसेज पठाउन मन नलागेको हैन, तर मलाई अरु कसैले हेर्ला भन्ने डर थियो। मैले उसको नाम गुगल गरे। ऊ आफ्नै शहरमा प्राइभेट प्र्याक्टिस शुरु गरेको थियो। उसको आफ्नै क्लिनिक थियो। उसको शहर म भन्दा धेरै टाढा थ्यो। मलाई जान न मन लागेको हैन। तर कतै उसैले मलाई इ-मेल गर्ला वा फेसबुकमा निम्ता देला भन्ने आश लाग्यो। ऊ र मेरो १० जना फेसबुक साथीहरु थ्यो, जसलाई हाम्रो “म्युचल फ्रेन्ड्स" भनेर देखाउथ्यो। मलाई आशा थ्यो कुनै दिन उसले मलाई जरुर फ्रेन्ड रिकुएस्ट पठाउछ भनेर। एक हप्ता पछी म डक्टर रबर्टको क्लिनिकमा थिए। डक्टर रबर्ट त्यस्तै ६०-६२ बर्षको हुनु पर्छ। २-३ बर्षमा रिटायर्ड हुने योजनामा हुनु हुन्छ। उहा मान्छेको मनको गहिराइसम्म पुगेर उपचार गर्नु हुन्छ। "यतिका दिन कहाँ हराउनु भयो? तपाईं नेपाल जानु भयो कि क्या हो?" मलाई देख्नासाथ उहाले पहिलो प्रश्न गर्नु भयो। "हैन! म त यही छु, कतै गएको छैन।" मैले भने। "अनी के छ त हालखबर?" उहाले गहिरिएर मेरो अनुहारको भाब हेर्नु भयो। "सबै ठिकै छ। काममा जान्छु, घर जान्न्छु। काम-घर, घर- काम, राम्रै बितिरहेको छ।" मलाई थाहा छ, उहाले पत्याउनु हुन्न। तर मैले झुठ बोले। "तपाइको अपोइन्टमेन्ट छ महिना अघि थ्यो। तपाईंले केही खबर गर्नु भएन। हामी तपाईंलाई फोन गरिरहेका थ्यौ। तपाईंको बारेमा मलाई चिन्ता लागेको थ्यो। सबै ठीक भएको भए एकचोटि हामीलाई सुचित गर्नु पर्थ्यो।" उहाले शान्त स्वरमा भन्नु भयो। "हजुर! म ब्यस्त थे। घरको कामले मैले तपाईंलाई फोन गर्नै भ्याइन।" मलाई उहाको १० भन्दा बढी फोन आएको थ्यो, तर मैले जानी जानी बेवास्ता गरेको थे। "सबै ठीक छ भन्नु हुन्छ। आँखामुनिका काला गाढा धर्साहरुले त अरु केही भनिरहेको छ।" उहा मेरो मानसिक स्वास्थको डक्टर हुनु हुन्छ। "एक हप्ता जति भयो। निद्रा लाग्दै लाग्दैन। मनमा अनेक कुराहरु खेल्छन।" मैले भुइमा हेर्दै भने। "तपाइले निद्राको औशधी लिनु हुन्न? मैले तपाईंलाई दिएको थे।" उहाले के औषधी भनेर रेकर्ड हेर्न थाल्नु भयो। म मौन रहे। "तपाइले त छ महिना देखी औषधी पनि रिफिल गर्नु भएको रहेनछ। तपाईंले औशधी छोड्नु भयो ? एम्बिएन लिनु हुन्थ्यो हैन र?" उहाको निधार अलि खुम्चिएको देखियो। "एम्बिएनले मलाई निद्रा त लाग्छ तर बिहान उठ्नै गार्हो हुन्छ। दिनभरी आलस्य बनाउछ। केही गर्ने जाँगर लाग्दैन। त्यसैले मैले छोडे।" "यो कुरा त भन्नु भएन तपाईंले। मलाई एकचोटि सोध्नु भएको भए म तपाईंलाई अर्कै औशधी दिन्थे।" उहा सोच्न थाल्नु भयो। " औशधी नि कति खानु? मैले निद्राको लागि व्हिस्की खान थालेको छु। तर त्यसले पनि मलाई निद्रा लाग्दैन आजभोलि।" "कती मात्रामा खानु हुन्छ? एक गिलास? दुई---?" उहा सोध्दै हुनु हुन्थ्यो। "३-४ शट मात्रै।" मैले उहाको कुरा बिचैमा काटे। तर म त्यो भन्दा धेरै शट खान्थे। "अह। अरु कुनै पदार्थ?" उहाले सोध्नु भयो। "कहिले कही वीड स्मोक गर्छु। तर सधैं हैन। हप्ताको १-२ पटक। १ स्टिक मात्रै।" मैले केही लुकाइन। "त्यसले निद्रा लगाउछ?" "म गहिरो निद्रा सुत्छु। तर आजकाल मलाई वीडले प्यारानोइड बनाउछ। डर लाग्छ। त्यसैले युज गरेको छैन।" "शुरुमा निद्रा लागे पनि लामो समय पछी त्यसले गर्ने इफेक्ट नै प्यारानोया हो।" "मलाई थाहा थिएन।" "अनिद्रा बाहेक तपाईंको मुड कस्तो छ?" उहाले प्रश्न गर्नु भयो। “निराश, दुखी, फ्रस्ट्रेशन, यस्तै मात्रै महसुस हुन्छ।" "अनी अरु?" उहा ध्यान दिएर सुन्दै हुनु हुन्थ्यो। "मलाई बाच्नुको अर्थ लाग्दैन। म नभये पनि संसार त चलि नै रहन्छ। मेरो जिबनको कुनै महत्व छैन।" "तपाइले आत्महत्याको बारेमा नि सोच्नु हुन्छ?" उहाको प्रश्न सुनेर म सोच्न थाले। "कहिले कही!" मैले छोटो उत्तर दिए। "अहिले नि?" मलाई थाहा छ मेरो जवाफले मलाई कहाँ पुर्याउन सक्छ। यदी मैले अहिले पनि आत्महत्याको बारेमा सोच्दैछु भनेमा मलाई डक्टर रबर्टले कुनै मानसिक अस्पतालमा पठाउनु हुन्छ। "अहिले म खाली निराश छु। आत्महत्याको कुनै सोच छैन।" "तपाइले थेरापी पनि जान छोड्नु भयो?" डक्टर रबर्टलाई सब थाहा भए पनि मसँग सोधिरहनु भएको थ्यो। "मलाई मन लागेन।" मैले छोटो उत्तर दिन खोजे। "किन?" उहालाई चित्त बुझेन। "मैले बुझे पनि घरको मान्छेले बुझ्दैन। मानसिक स्वास्थ्यको बारेमा राम्रो धारणा राख्दैन। म राम्रो भएर के गर्नु? घर र बातावरण उही हो।" मैले भने। "त्यसो भए कसरी उपचार गरु त म? तपाईं औशधी पनि नखाने। थेरापी पनि नजाने।" उहाले सोध्नु भयो। "डक्टर रबर्ट, तपाईंलाई एउटा कुरा सोधु?" "भन्नुस् न!" "मेरो जिबनमा अचम्मको घटना घटिरहेको छ। म जे देख्छु अरुले देख्दैनन। म जे सुन्छु अरुले सुन्दैनन।" "तपाइ यसको बारेमा बिस्तारमा बताउन सक्नु हुन्छ?" मैले मेरो र हम्बलको सम्बन्ध, लिफ्टको घटना, छतमा भएको कुरा सबै डक्टर रबर्टलाई भने। उहाले इ-मेल पनि हेर्नु भयो हम्बलले मलाई लेखेको। केही छिन अरु थप प्रश्नहरु गरेर अनि उहाको किताब हेर्दै उहाले मेरो रोग पत्ता लगाउनु भयो। ********************************************************************************************* “डिलुजनल डिसअर्डर” डक्टर रबर्टको बयान- "क्रेजी मेरो पुरानो बिरामी हो। यो भन्दा अघि पनि उनलाई "डिलुजन डिसर्डर" जस्तो लक्षणहरु देखिएको थ्यो। तर ती लक्षणहरु सामान्य थिए। उनलाई थेरापी मात्र दिएको थ्यो। उनलाई अनिद्रा र चिन्ताको धेरै पुरानो समस्या थ्यो, मैले उनलाई औशधीहरु दिएको थिए। तर उनले खानै छोडिन् । अहिले उनको कुराहरु सुन्दा साइकोसिस जस्तो पनि देखिन्छ। तर उनी बिछिप्त भएकी छैनन। उनी के सत्य र के कल्पना हो भन्ने कुरा छुट्याउन सकिरहेकी छैनन। उनको लोग्ने मैले कहिले भेटेको छैन। उनको भनाइ अनुसार उनिहरुको सम्बन्ध राम्रो छैन र उनिहरुको समाजमा मानसिक स्वास्थ्यको कुरा हुँदैन। क्रेजी अझै काम गरिरहेकी छिन। त्यसैले उनलाई नियमित रुपमा साइकोथेरापी र औशधी दियो भने उनि "डिलुजन" र वास्तविकता छुट्याउन सक्ने हुन्छिन। बिडम्बना के भने उनलाई साथ दिने उनको मानसिक स्वास्थ्य बुझेर, औशधी खान सम्झाउने कोही छैनन। उनलाई मन लागे खान्छे, मन नलागे खान्न। यस्तो अवस्थामा बिरामीलाई परिवारको ठुलो साथ चाहिन्छ। हेरौ, क्रेजीले अब के गर्छे? मैले उनको इ-मेल हेरे , हम्बलको जवाफ भनेको इ-मेल क्रेजीले आफ्नै अर्को अकाउन्टबाट लेखेकी थी। उनलाई मैले सबै कुरा सम्झाएको छु। उनि सामान्य हुन्छिन भन्ने मैले आशा गरेको छु।" लोग्नेको बयान- “ क्रेजी पागल नै हो। पहिले नै अलिअलि खुस्केकी थी। अहिले पुरै खुस्केकी छे। रातभरी एक्लै कुरा गरिरहन्छे। मलाई लगाएको सबै आरोप उनको भ्रम हो। मलाई उनको छाया पनि मन पर्दैन भने मायाको कुरा त गर्नै पर्दैन। मैले वकिलसँग कुरा गरिसकेको छु। मलाई यो बिबाहबाट मुक्ति चाहिएको छ। मर्द हुँ, अर्की बिहे गर्छु। “ हम्बलको बयान- “म के भनु? म क्रेजीसङै छु। उनले जे भन्छे ,त्यही गर्छु। म उसको मन हुँ। मनको पखेटा हुँदैन तर यो जहाँ पनि पुग्न सक्छ। जे पनि कल्पना गर्न सक्छ। “ “म” पात्र- “मलाई यो पनि थाहा छैन कि डक्टर रबर्ट मेरो डिलुजन हो कि वास्तविक जिबनको पात्र। तर मलाई यति थाहा छ हम्बल र मेरो प्रेम साँचो हो। प्रेम पनि त भ्रमको एउटा नाम हो नि, हैन र?” समाप्त!

crazy_love · Jun 17, 2021 12:16 PM

अन्तिम लाइन, "प्रेम पनि त भ्रमको एउटा नाम हो नि, हैन र?" वाहँ, वाहँ तपाईंका शब्दहरु त डाइरेक्ट मनभित्रै लाग्ने। ती तपाईंका शब्दहरु बुनेर त सिङै मान्छेलाई ढाल्दिने गीत नै लेख्न मिल्छ होला कि। मैले यस्ता धेरै मुभिहरु हेरेको छु, तपाईंले भन्नु भाको डिसर्डरलाई समेटेर बनाइएका, अहिले ठ्याक्क भन्नुपर्दा याद आउनेहरुमा, 'अ ब्युटिफुल माइन्ड', हिन्दीमा 'कार्तिक कलिङ कार्तिक', आदी। यस्तो प्लटहरुले सधैं नै फ्यासिनेट चै गरेका नै हुन। तपाईंले दिनुभएका कारण, कृयट गर्नुभएको स्थिती, क्यारेक्टर सबै जस्टिफाईड लागे। साझामा "बोर्न राइटर' पनि छन भनेर तपाईंले प्रमाणित गर्नुभएको छ है। फेरी फेरी तपाईंका श्रीजनाहरु पढ्न पाउछु भन्ने आशमा छु। मे बी, मैले पनि नेपालीमा कुनै कथा लेख्ने तपाईंबाट प्रेरणा पाउछु कि।

Bennedict · Jun 17, 2021 2:40 PM

Thanks again, Bennedict! I am just learning. Will continue to learn. I can't wait to read your story. You once mentioned "Mukundo". Do you suggest any other movies? Thank you for your support and encouragement! CL

crazy_love · Jun 17, 2021 4:28 PM

Ma ta lost bhaye Hajoor. Clear case of schizophrenia dekhiyo. Aba juna, Lisa sanga gareko Sabai kura real ho ki figment of narrator’s mind ho? Bhag ek dekhi12 samma kun real ho bhanna garo chha. Sayad Dr Robert sanga ko repeated appointment postponement lai foreshadowing manne po ho ki? Last episode le katha lai unexpectedly back to track lyayeko chha.

chicagoan · Jun 17, 2021 4:35 PM

Chicagoan, I am lost too. It is more associated with "erotomanic delusional disorder". But I don't know how to explain that in the story. Usually, men or women feel they are in love with a celebrity or higher-status person. That is why some people stalk the person they think they are in love with. There is no treatment for the delusion but therapy can help. Sometimes they are highly functional people who go to work and follow the routine. What is the correct translation of "erotomanic" in Nepali? Couldn't find it.  An illusion is "bhrama" but what is delusion in Nepali? Btw, r u a real person or a part of the delusional world too? Last edited: 17-Jun-21 04:59 PM

crazy_love · Jun 17, 2021 4:49 PM

Erotomania ko Nepali ultha sajilo chhaina, yo premjanya bishad ho Tara tetile matra purna artha didaina, afu bhanda mathillo taha sanga sambandhit chahi chhutna janchha Dukha ko kura Nepali ma illusion ra delusion duitai bhram ho. Tara bhram le delusion ko artha dindaina kina bhane yo haluka sabda ho, delusion gahiro chha Jastai, Nepali sabda “abhagi” dherai gahiro chha. Thado ultha unfortunate ho Tara unfortunate “abhagi” ko gahirai samma pugna sakdaina, unfortunately :-)

chicagoan · Jun 18, 2021 11:11 AM

"Premjanya bishad" is rarely used and understood in Nepali. I have a problem with describing those in Nepali. Sometimes, an erotomanic delusion may happen with the person of the same status too. That indicates mania or people in the manic stage. It is complicated anyway. An illusion is "bhram" based on reality I guess. Delusion is also the "bhram" but based on the imagination or audiovisual hallucination. Never thought about "Abhagi" and the word "unfortunate" translation. The conversation between the protagonist and other characters in the story is not a delusion. However, the protagonist's creation of the lover, another imaginary character " The romantic Humble" is a part of the delusion. The ending was already planned but the writer should have given some indications for the readers from the beginning of the story. My apology for making you feel lost! CL . Last edited: 19-Jun-21 11:14 AM

crazy_love · Jun 19, 2021 11:11 AM

सी एल जी, मैले यो लिन्क भेटाए, प्लिज हेर्नुहोला. https://www.google.com/search?... यो अनुसार, केही हुन सक्ने नेपाली शब्दहरु:- प्रेमोन्माद, कामोन्माद तेस्तै delusionको नेपाली उल्था यो होला कि? https://www.shabdkosh.com/dict... भ्रान्ती, विमोह (नेपाली परीप्रेक्ष्यमा पनि यी शब्दहरु सुनिएको हुनाले) मैले अहिले मुभिहरु धेरै कम हेर्छु, हेरे पनि साउथ ईण्डियन हेरेर हैरान भाको छु, बलिवूड र हलिवूड भन्दा उनिहरु टेक्नोलोजी, प्रेजेन्टशन, स्टोरी टेलिङमा धेरै अगाडि पाएको छु। तपाईंले भनेको प्लटमा केन्द्रित रहेको अर्को स्प्यानिश मुभी मलाई २००६-७ तिर हेरेको याद आउछ, बेस्ट फरेन मुभी के के अवार्ड पाएर साह्रै चर्चित भाको थियो, त्यो बेला। गूगल गर्नुहोला नहेरेको भए। मुभी थियो Pan's Labyrinth यसको डाइरेक्टर त मेक्सिकन भर पनि हलिवूड मुभिहरु बनाइराको छ अझै पनि। म त उसको बिग फ्यान नि। एक फरेनरले अमेरिकनहरुलाई मुभी बनाउन सिकाइराको छ भनौ। Lucid dreamingको नतिजा र कुन साचो हो कुन झुठो हो, कसको औचित्य के थियो, के होला, भ्रम हो या हैन, यस्तै मनो-विवादमा बनेकोले तपाईंलाई शायद मन पर्छ कि?

Bennedict · Jun 19, 2021 12:14 PM

No apologies necessary Crazy ji. As someone said, we are students for life and there are always new things to learn. Yes, stronger foreshadowing would have helped to connect the ending. Ignoring Dr Robert’s appointment request was kind of a foreshadowing I guess. The conversations between narrator, Lisa and humble in one instance and narrator, juna and humble in another was a clear indication to me that humble and narrator were falling in love in a normal chronological fashion. Yet, when both Lisa and Juna mentioned those conversations happened many years in the past, came from nowhere and threw me off. Other than that, the mastery of language, the punchlines, the suspense build up are all superb. Looking forward to your “brainchilds” in the future.

chicagoan · Jun 19, 2021 12:15 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion