दौरा सुरुवाल को नाप का छोटकरी नबुझ्दा

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

मेरा एक मित्रलाइ नेपाली पोसाक बनाइ राख्नु पर्यो भन्दा नेपाल बाट नाप को लागि यो नाप को फारम पठाए पछि हेरेको हेरे भए पछि बच्चाले " something wrong you seem lost" भने पछि , एस बेटा भने पछि बच्चा ले हेरेर यो त नेपाली मा रहेछ त्यो पनि नबुझेको भने पछि मैले चै अबस्य बुज्छ ठानी मलाइ पठाए ( कुनै बेला मैले पनि दौरा सुरुवाल सिलाएको थिए | मेरो पालो आयो हेरेको हेरे हुने | दौरा मा नबुझेका कुराहरु : सोलर = ? बा. ल. = बाहुलाको लम्बाई ? प. गो. = - गोलाई अ. पा. = ? सेन्टर = ? आर्मोल = ? अ. गो. = सुरुवाल मा : मोटा भनेको मोता होला भन्ने ठाने सिट ? माथा पच्चीस गरि सके पछि सहयोग माग्न र दिने एउटै मात्र वेब साईट साझा मा टासेको छु | हजुर हरुलाई पनि लबेदा सुरुवाल लगाउनु परे येही नाप पठाउन सक्नु हुनेछ |

Logan · Apr 23, 2021 11:58 PM · 7,091 views

2 Replies

चित्र प्रिन्ट गर्ने .. . अनि, नापेर लेखेर पठाई दिए हुन्छ ... छुटेको मिलाउन जानेका हुन्छन (मेरो अनुमान तल) अनुमान : सोलर = ? shoulder ? बा. ल. = बाहुलाको लम्बाई ? प. गो. = - गोलाई (अगाडी गोलाइ होला) अ. पा. = ? (अगाडी .. पा था भएन ) सेन्टर = ? तुना बाँध्ने ठाउँ होला आर्मोल = ? (आर्म को लम्बाई हो कि ) अ. गो. = (पछाडी गो.. ) सुरुवाल मा : मोटा भनेको मोता होला भन्ने ठाने सिट ? - पछाडी झुण्डिएको भाग होला

AnandNepal · Apr 24, 2021 12:12 AM

यहा रहेछ एउटा विडियो | प गो = पा ले आकार हराएर पछि प मात्र बाकि रहेको होला तेसैले पाखुराको गोलाई भन्न मिल्ला ? सोलर = अबसय सोलडर एउटा कुम देखि अर्को कुम सम्मको नाप् भनेको हो ? अ. पा. = पा ले पाखुरा जनायो भन्न मिल्ला तर अ. ले अगाडि संग पाखुराको कुनै सम्बन्ध मिलाउन खोज्दा मिल्दैन | आर्म र आर्मोर्ल को नङ्ग र मासु झैँ को झैँ गहिरो सम्बन्ध हुनु पर्छ,देशमा गणतन्त्र आए पछि सामाजिक सस्कार र बोलीचाली मा पनि निकै परिबर्तन आएकोले बिदेशिएका हरुले जान्न नपाएको हो | अ गो = गो बाट गोलाई मिल्छ भने अ = अगाडी भनौ भने दौरामा अगाडिको गोलाई सरिरको कुन चै भाग को नाप् हो त ? सेन्टर सुरुवालमा भएको भए खुट्टाको भित्रि भाग देखि तल मो ता सम्म हो कि भन्नु ? यो कहिँ छातीको सेन्टर भन्न खोजेको त होईन ( भित्रि र बाहिरि तुना मिलाउन ?) मो ता - मो टा भए झैँ सित को सि ट भएको हो कि भनौ भने सरिरको कुन चै भागको नाप हो त ? माथा पच्चीस गराई उत्तर नपाउञ्जेल न जाला जस्तो छ | लौ न नेपाल बासि साझा सदस्य हरु एसो बाहिर निस्किएको बेला यी नाप का सही जानकारी गराउनु भए यसलाई अंग्रेजी वा सरल नेपालि मा राखेर आनन्द जी ले एउटा योउट्युब तयार पारेर राखी दिनु भए कसो होला ? आनन्द जीले मेरो कुरा चोरे भन्ने भद्र पुरुस गोरा महिलाको सहबासले साझा छिर्न बन्द भएको हो कि कोरोनाको चपेडमा पर्नु भएको हो ? आशा गरुम कोहि न कोहि भद्र पुरुस / महिला निस्किएर यी छोटकरी का नाप सब्दको सरल नेपालीमा जानकारी गराई चट्ट मिलेका लबेदा सुरुवाल बनाएर लागाऊँन पावौ र भबिस्यमा अरुलाई पनि सहयोग मिलोस भनि वर्तमान र भबिस्यमा लबेदा सरुवाल लगाउन चाहनेलाइ सहयोग पुर्याउनु हुनेछ ! https://www.youtube.com/watch?...

Logan · Apr 24, 2021 11:26 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion