धरहरा (ड्रोंनबाट) - झिलिमिली

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

जे हुन्छ नेपालमै हुन्छ !! उदघाटन चैं अहिले हुने रे ... काम सकिन अझै ९-१० महिना लाग्छ रे .. भिडियो भन्दा अघि बत्ति बालेर झिलिमिली बनाएको हेर्नुस ... अनि भिडियो यो हो .. पुरै इतिहास देखि बर्तमान सम्मको बिवरण : https://www.youtube.com/watch?...

AnandNepal · Apr 22, 2021 1:30 PM · 4,444 views

5 Replies

ओलीजी 🙏🤨

harkhe7 · Apr 22, 2021 7:50 PM

यो चाख लाग्दो कुरा २ टा धरहरा

AnandNepal · Apr 23, 2021 10:47 AM

कहिले को कुरा हो त्यो आनन्द जी?

harkhe7 · Apr 23, 2021 11:04 AM

एउटा धरहरा बिक्रम सम्बत १८८१ सालमा जनरल भिमसेन थापाको दरबार अगाडि बनाईएको थियो,जुन दरबारलाई जनरल वाग भनेर चिनिन्थ्यो भने पछि अर्को धरहरा १८८२ मा सुनधारामा बनाईएको थियो (अहिले बनाएको ठाउँमा) दुइटै धरहरा १८९० को भूकम्पमा भात्किए - पहिलो धरहरा भिमसेन थापाको निजि धरहरा थियो दोश्रो रानीको नाममा बनेको सरकारी धरहरा .. सरकारले पुननिर्माण गर्यो ... भिमसेन को कसैले बनाइदिएन .. त्यत्ति कै हरायो  (त्यो १९९० को भूकम्प भन्दा १०० बर्ष अघिको कुरा हो ) अनि फेरी ११ तले धरहरा १९९० मा भत्कियो - त्यसपछि ९ तले बनाइयो  ९ तले पनि बाहिर हेर्दा मात्रै नौ तले हो - भित्र त १८ ताला थिए ..  (अहिलेको नयाँ बाहिर बाट हेर्दा ११ तले नै छ)  Last edited: 23-Apr-21 11:13 AM

AnandNepal · Apr 23, 2021 11:11 AM

उदघाटन समारोह https://youtu.be/EmY0KDGOlMU भिमसेन थापाको बारेमा : https://youtu.be/oLOeu6kOpV8

AnandNepal · Apr 24, 2021 11:36 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion