गुमनाम छ जिन्दगी, बदनाम छ अस्तित्व

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

गुमनाम छ जिन्दगी बदनाम छ अस्तित्व भङाला लागेर फुटेका भेल सरह छ दायित्व असँख्य पिडाको माझ मुस्कान छर्दै बसे मुखौटाको पछाडि आँफैलाई ढाट्दै धंसे भूतका बिभिन्न रुपहरु आँउछन तर्साउन अझै पनि बिना आवाजका नाटकहरु खेल्छन आँखाअघी यद्दपी बिना गन्तब्यको यात्री झै हिँडिरहेको छु यत्रतत्र जाने कुन दिशा बिर्सिएछु अन्धकार छ जो सर्वत्र पुरानो घाऊ उप्काउने कठै यी मेरा साहित्य गुमनाम छ जिन्दगी बदनाम छ अस्तित्व

Bennedict · Mar 27, 2021 12:11 PM · 2,957 views

1 Reply

गुमनाम नै त मजा, गुमनाम के बदनाम होला सेलिब्रेटी हुँदैमा त्यस्तो भयंकर के अनजाम होला असँख्य पीडाको माझ मुस्कान छर्न पो सक्नु विष पिएरै हासे जस्तो अरुले गर्न के सक्नु निष्पट सेतो वादलले पानी के बर्साउला भूत त भ्रम नै भयो भ्रमले के तर्साउला :) Last edited: 27-Mar-21 09:04 PM

AnandNepal · Mar 27, 2021 9:03 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion