पशुपतिनाथ का ५-६ ओटा मुख र अरु ५ तथ्यहरु :)

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

शिवरात्रिको अबसरमा - पशुपति नाथको बारेमा केहि नयाँ कुरा थाह भयो तेसैले अरुलाई पनि थाह होस् भनेर भिडियो नै बनाइ दिएँ .. ५ / ६ मुख : 1). सद्योजात २) वामदेव ३) अघोर ४) तत्पुरूष ५) उध्र्वमुख ६) अधोमुख https://youtu.be/Wp60IAe5JOM Last edited: 12-Mar-21 07:09 AM

AnandNepal · Mar 12, 2021 7:09 AM · 7,910 views

1 Reply

श्री पशुपतिनाथ र नेवा ब्राह्मण राजोपाध्याय by Bijaya Sharma Rajopadhyaya अझै पनि निगमागम कौलिक शुक्लयजुर्वेदी दिक्षित राजोपाध्यायहरु नेपालमण्डलमा प्रशस्त छन। हामीले हाल सम्म पनि दैनिक आफ्नो आगम सम्बन्धित शिवालयमा ति सबै निगमागम शिवलिङगार्चन गर्दै आइरहेका नै छौ जुन बिधी मन्त्र दिक्षाले पशुपतीनाथमा पूजा हुने गर्दछ। मनन योग्य कुरा, पशुपती भट्टले पशुपती पूजाको लागि राजोपाध्यायलाई गुरु मानी दिक्षा नलिएमा उस्ले भट्ट हुन पाउदैन (हाल उनिहरु आ-आफै गर्छन्)। तसर्थ, सगर्व यो बिर्सनु हुँदैन कि पशुपती भट्टका गुरु नेवार समाजका ब्राहमण राजोपाध्यायहरु हुन। पशुपतीका पाँच (तन्त्रोक्त छ:) मुख मध्ये हाल सम्म दक्षिण मुख ति भट्टहरुलाई पूजा गर्ने अधिकार छैन, राजोपाध्यायले नै गर्ने गरेका छन, हाल चण्डिकानन्द राजोपाध्याय पूजारी हुन। तर दु:ख को कुरा, मन्दिर भित्र शिवलिङ्गमा नै हुनुपर्ने त्यो पूजा धेरै समय अगाडि देखी राजोपाध्याय पूजारीले मन्दिर बाहिर, अझ भनौ मन्दिर भन्दा टाढा बसेर गर्नु पर्ने, त्यस्मा मूल भट्ट यजमान हुने र राजोपाध्याय पुरोहित हुने बिधान चली आएको छ। निगमागम कौलिक शुक्लयजुर्वेदी दिक्षित राजोपाध्यायलाई शिवलिङ्गको सबै मुख पूजा गर्ने बिधी, पद्धती, मन्त्रको अधिकार छ। तर भट्टहरुलाई एउटा मुख(अघोर) पूजा गर्ने अधिकार, पद्धती, बिधी उनिहरु सँग हाल सम्म पनि छैन, राजोपाध्यायलाई प्रयोग गरी उनिहरु बाहिरै बाट गराउने गर्दछन। एउटा कथा छ, बिरालोले बाघलाई सबै ज्ञान शिक्षा दिये पनि उल्टोबाट रुख चड्ने बिधी नसिकाये जस्तै उहिले भट्टहरुको आगमन हुँदा त्यस ताकाका राजोपाध्यायहरुले दक्षिणामुर्ती पूजन पद्धती हाम्रो कौलिक हो अर्थात हाम्रो आफ्नो कुल बाहेक अरुलाई दिक्षा दिन मिल्दैन भनेर बचाएर राखेका हुन। अब यस बिधी, पद्धती र संस्कृतिलाई जीवन्त राख्ने जिम्मा हाम्रो हो। पशुपती बाहेक हामीले आफ्नो आगमको शिवालयमा, मखन महादेव शिवालयमा, कुम्भेश्वर शिवालयमा यसलाई जीवन्त राखेका छौँ । credit - @NewahVeda

AnandNepal · Mar 13, 2021 1:59 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion