ताजा खबर!!! अमेरिकी संसदको तल्लो सदन (हाउस) मा प्रतिनिधि निडिया भेलाजक्वेज र लुसिल रोईबार्ड-अल्लार्डले “अमेरिकन ड्रिम एन्ड प्रमिस एक्ट” (American Dream and Promise Act - HR6) लाई आज पुन: प्रस्तावित गर्नु भएको छ! आज यस विधायकको प्रारम्भ समारोहको प्रेस कलमा टेक्सासमा बस्नु हुने अधिकारको सदस्य र नेपाली टिपिएस वाहक दिनेश थापाले आफ्नो कथा सुनाउनु भएको थियो। यो अमेरिकी कंग्रेसलाई छिटो भन्दा छिटो HR6 पास गराउने “वी आर होम” (We Are Home) अभियानको एउटा हिस्सा थियो। यसमा अधिकार लगायत हाम्रा अन्य सहकारी संस्थाहरु सामेल थिए। यो विधायक पास भयो भने जनवरी १, २०१७ भन्दा अगाडि सम्म टिपिएस को लागि योग्य हुनेहरुले ग्रीन कार्डको लागि दरखास्त दिन सक्छन्। यसै गरि DACA र DED मा भएकाहरुलाई पनि यसमा समेटिएको छ। जुन २०१९ मा नै अधिकारले सफलतापूर्वक यो विधायक (HR6) को वकालत गरेको थियो, तर त्यो बेला अमेरिकी सेनेटमा यो पास हुन सकेको थिएन। कँग्रेसको बदलेको बनावटलाई ध्यानमा राखेर यसलाई फेरि पास गराउने हाम्रो प्रयास जारी छ! तपाईंहरुले पनि आ-आफ्नो प्रतिनिधिहरुलाई चिट्ठी लेखेर वा फोन गरेर हाम्रो यस अभियानमा साथ दिन सक्नु हुनेछ। तपाईंहरुले कसरी सहयोग गर्न सक्नु हुन्छ भन्ने बारे थप जानकारी हामी तपाईंहरुलाई आउँदो हप्तामा दिनेछौं। Representative Lucille Roybal-Allard (D-Calif.) officially reintroduced the Dream and Promise Act into the US House of Representatives. The bill would grant a path to citizenship for more than 2.5 million people protected under DACA and TPS. In response to this news, members of the National TPS Alliance made the following statements: https://www.nationaltpsallianc...
Nepali777 · Mar 4, 2021 8:10 PM · 9,503 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion