नेताको नाच त कति नराम्रो !! ज्ञानेन्द्रले नाचेरै मन जित्ने भए !! हप्ता दिन सम्म चलेको पुर्व रानी कोमलको जन्मदिनको पार्टीमा भएका चाखलाग्दा दृश्यहरु सार्वजनिक भै रहेका छन - यस अघि पुर्वराजा र पुर्वारानिको नाच प्रस्तुति को साथै अहिले वाइन खाने पुर्वराजाको style भाइरल भइ रहेको छ - उनले पत्नी कोमल लाइ वाइन दिंदै हात क्रस गरेर वाइन पिउंदै आंफ्नो प्रेम दर्शाएका थिए | भिडियोमा पारस पनि देखिएका छन .. उनि पनि रमाई रहेको जस्तो .... पुरै झ्याप जस्तो !! https://youtu.be/JIKMibzNoiA
AnandNepal · Mar 4, 2021 11:42 AM · 2,991 views
जेपी गुप्ता लेख्छन -- "ज्ञानेन्द्रको दार्जिलिंगमा शिक्षा, भारतीय हिन्दी भाषीसंग नाता-संबन्ध, साधु-संतकोमा दौडाहा-यी सबै अतित हेर्दा “दार्जिलिंगमामा आई डोन्ट नो हिन्दी” भन्नु पाखण्ड बाहेक केही हैन। निम्छरो राष्ट्रवाद हो।हिन्दी प्रश्नको नेपाली वा अंग्रेजीमा पनि जवाफ हुन सक्छ।" जवाफमा सुर्य प्रसाद आचार्य लेख्छन - "पूर्व राजाले भारत पुगेर 'आई डोन्ट नो हिन्दी' भन्नु पाखन्ड हैन, 'राजनीति' हो। साँच्चै भन्नु पर्दा महत्वपूर्ण सन्देश सहितको जिम्मेवार राजनीति हो।" कुरा हो - पूर्वराजा ज्ञानेन्द्र शाह अहिले भारतको पश्चिम बंगाल पुगेका छन् । पत्नी कोमल शाहसहित भारत पुगेका शाहले भारतका विभिन्न स्थानहरु भ्रमण गर्ने तालीका रहेको छ । पश्चिम बंगालमा रहेका शाहले एउटा सपिङ मलमा भारतिय पत्रकारहरुसंग अन्तरक्रिया समेत गरेका छन् । मलमा घुम्ने क्रममा पत्रकारहरुले पूर्वराजा शाहको भारत भ्रमणको उद्देश्य बारे जिज्ञासा राखेका छन् । भारतीय पत्रकारहरुले शाहलाई सोधे, "हिज एक्सीलेन्सी इस बार आपका भारत भ्रमणका मक्सद क्या है?" प्रश्न सुने पश्चात शाहले आफूलाई हिन्दी भाषा नआउने कुरा उल्लेख गर्दै अंग्रेजीमा जवाफ दिए, "आई डन्ट नो हिन्दी।" पूर्वराजा शाहको जवाफ पाएपश्चात पत्रकारहरुले नेपाली भाषा मै प्रश्न सोधे, "तपाईको यस पटकको भारत भ्रमणको उद्देश्य के छ?’ नेपाली मै प्रश्न सोधे पश्चात शाहले जवाफ दिए, "खासै कुनै विशेष लक्ष्य छैन ।" पश्चिम बंगालमा नेपाली भाषीहरुपनि रहेको कारण पत्रकारहरुले नेपाली भाषामा प्रश्न गरेका थिए भने पूर्वराजा शाहले आफुलाई हिन्दी नआउने भनेर तर्किएका थिए । एक महिना अघि जाडो छल्न पूर्वराजाको परिवार नै झापा गएका थिए । झापा पुगेपछि भारत समेत जाने चर्चा चलेको थियो । शाह एकाएक भारत भ्रमण गए पश्चात दिल्ली सम्म पुग्ने चर्चा चुलिएको छ ।
AnandNepal · Mar 7, 2021 1:49 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion