त्यही माटो, त्यही ढुङ्गा र त्यही खापाले बनेको घर अगाडी संबाद थालुं'की भनेको, देउता भाकी खनेको जग जुरुक्क उभिन्छ, भात्तेर खाई हालेको छानो पनि टाउको उठाउँछ, बुईगलको आँखिझ्याल आँखा झिम्क्याँउछ, म अवाक्.. केही भन्लाकी भनी ढोकातिर हेर्छु उँ मुख बिगारेर नागथानतिर बट्टारिन्छ म उभिरहन्छु .... त्यो धुरीमा अड्केको चंगा झिकिदेलकी भन्ने आश थियो, मेरो घर , रछ्यानको खल्डो खनिरहेको छ म इशारा गर्छु, उँ मकै बारी देखाउँछ , भटासको पातमा बसेको साँपले तर्स्ँउछ म मादा लगा'को धागो बेरिरहेको हुन्छु उँ गुइँठा परी भित्ताभरी सुकाउंछ !!! परालको कुन्युमा ढुसीको रापले निदांउछु म , नभुक्ने कुकुर फूलहरु मलाई आफ्नो बफादारी देखाउंछन् घरको सन्चो -बिसन्चो भन्छन , मेरो घर , कालो बोको आँगनमा पर्सेर खुकुरी खोज्न हिड्छ म चुलोमा बसालेको पानीमा खारानी बनी उम्मलन्छु ! मेरो घरको एउटा कथा छ... मैले नसुनेको , सुनेर पनी बिर्सेको , बिर्सेर पनी नसम्झेको कथा, कथाहरु । । । दलिन भरिका झारले बताउंछ सुकेर गयको तुलसी को मोठले , काटिन लागेको अ्ंबाको बोठले त्यो बताउंछ , म फर्किन्छु मेरो घरसँग कुरा गर्न उँ मध्य घाम बिस्कुन सुकाउंछ , तोरी पेल्छ, सुकुलमा बसी तास खेल्छ , बिस्तारै आफुसँग मलाई लिएर भांसिदै जान्छ.... म बोल्न सक्दिन, मेरो घरसँग, मेरो विम्वसँग, जो हामी गएपछी ... धागो फाली, कोदालो भिरी जग खन्न बस्छ , एउटा घर बनाउन, एउटा म बनाउन!
jhaukiri · Feb 28, 2021 6:43 PM · 23,395 views
तपाइको यो कविता ले करिब २७ वर्ष पहिला छोडेको पर्बत को एक बिकट पहाडी गाउको तो सानो घरको याद दिलायो जहाँ मेरो जन्म भएको थियो,, आफु जन्मेर हुर्केको अनि ९ बर्सको हुदा छोडेको तो घर अझै छ छैन त थाहा भएन तर आफुले बिताएका जिबन ति सोर्निम पलहरु भने मेरो मानसपटल मा ताजै छन्... धन्यवाद झौकिरी जी ति मिठा पलहरु याद दिलाइदिनु भएको मा ...
Eklopan · Mar 1, 2021 7:19 AM
अरे वाह ! लगे रहो भाइ राजा
Geology Tiger · Mar 1, 2021 10:33 AM
बुझ्या भए राम्रो नराम्रो भन्नु हुन्त्यो ... बुझिएन आनन्दै
AnandNepal · Mar 1, 2021 3:36 PM
Thank you all :)
jhaukiri · Mar 2, 2021 8:29 PM
ल न कसैले बुझिदिनु न, सोझो भाषामा । पक्कै पनि राम्रो कविता हुनु पर्छ यो ।
salamkrishne · Mar 2, 2021 8:44 PM
@salamkrishna : We are what our past defined and refined us. It is our root and home. If we forget that we are merely our reflection that can neither re-create us or the past. So to understand who we are and who we will become , dig into your past! 🙏
jhaukiri · Mar 3, 2021 11:37 AM
Badhiya hai
money2go · Mar 8, 2021 9:31 PM
जेकेजी, मलाई तपाईंको लेखाइ मनपर्यो। लेख्दै गर्नुहोला। तपाईंले अर्थ खुल्याएपछी मैले धेरै कुरामा relate गर्न पुगे भनौ। मैले कुनै बेला history र social sciences जस्ता क्लासहरु लिएको थिए र जब हामीले कुनै पनि ठाउँ, कुनै पनि समयको history किन पढ्नपर्छ भन्दा जसरी तपाईंले कबिताको भाव प्रश्ट्याउनु भयो, त्यसरी नै हामीलाई बुझाइएको थियो। हामी अहिले किन यस्तो छौ र किन यस्तो समयबाट गुज्रिराको छौ भनेर बुझ्न हाम्रो history कोट्याउनुपर्ने हुन्छ। र तेस्तै अहिलेको बर्तमान स्थितिले भविश्यलाई interpolate पनि गर्न सकिन्छ। abstract लेखाइले धेरै कुराहरु सोच्न वाध्य बनाउछ अनी फेरी तपाईंले निर्जिब बस्तुहरुमा सजिबताको चित्रण गर्नुभाको उल्लेखनिय छ। मेरो लेखाइ चै छणिक रमाइलो, घोच्पेच र ब्यङमा सिमित भएको छ, खैर।
Bennedict · Mar 12, 2021 4:56 PM
@Bennedict Thank you for your kind words :)
jhaukiri · Mar 13, 2021 9:37 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion