पहिलो दिन (२१ माघ) : स्कुल गएकि भागरथी भट्ट घर फर्किनन | परिवारले खोजबिन सुरु गर्यो । दोस्रो दिन (२२ माघ) : बेलुका भागरथी को शव फेला पर्यो घरबाट अढाई किलोमिटर परको लवलेक जंगलमा । तेस्रो दिन (२३ माघ) : स्थानीय विद्यार्थीले आन्दोलन थाले । केन्द्रीय अनुसन्धान ब्युरोको टोली पनि अनुसन्धान थाल्यो । चौथो दिन (२४ माघ) : धनगढीबाट तालिमप्राप्त कुकुर मगाएर अनुसन्धान सुरु भयो। दोषी पत्ता नलगाएसम्म शव नबुझ्न परिवार को अडान । पाँचौँ दिन (२५ माघ) : बैतडीको दोगडाकेदार गाउँपालिकाका सबै विद्यालय बन्द गरेर विद्यार्थी हरुले आन्दोलन शुरु गरे । छैटौँ दिन (२६ माघ) : पोस्टमार्टम रिपोर्ट आयो - भागरथीको बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको पुष्टि भयो। दशौँ दिन (३० माघ) : राजधानीमा महिलाको सिंहदरबार मार्च । एघारौँ दिन (१ फागुन) : निर्मला पन्त र भागरथी भट्टका हत्यारालाई पानीमुनि गए पनि नछाड्ने प्रधानमन्त्रीको ले बताए । तेह्रौँ दिन (४ फागुन) : बलात्कारपछि हत्याको आरोपमा भागरथीका छिमेकी तथा सहपाठी पक्राउ परेको पुष्टि । https://www.youtube.com/watch?...
AnandNepal · Feb 17, 2021 2:36 AM · 10,211 views
Kasto dukhalagdo! Yesto laun laun khaun khaun ko umer ko nirdosh mathi yesto hunu! Ani neta haruchahin political capital khojchhan. Sarkar birodhi sarkar lai dosh diyera ani sarkar wala haru jhuto aswasan diyera.
chicagoan · Feb 17, 2021 1:20 PM
आनन्दे भाया सबै को हात हात मा मोबील छ यहाँ आएर जानकारी दिनु आवस्यक छैन जस्तो लाग्छ। ल्वादे जनता र कानुन नभएको देश भए पछि यस्तै हुन्छ।
butternut squash · Feb 17, 2021 2:30 PM
butternut squash दाजु, सुझावको लागि धेरै धेरै धन्यवाद .. तर दाजु, मैले जसरि बिस्तृत बिवरण तयार गरेको छु नि ... त्यत्तिको भिडियो रिपोर्ट अरु कसैले बनाएको छ भने देखाउनुस, दाजुका खुट्टा ढोगौंला (साँच्चै भनेको - तेस्तो कुनै रिपोर्ट भएमा त्यसबाट सिकेर त्यस भन्दा अलि राम्रो बनाउन प्रयास गर्नु हुन्थ्यो)
AnandNepal · Feb 17, 2021 5:01 PM
Ramro cha hai bistrrit bibaran. 👍
butternut squash · Feb 17, 2021 7:46 PM
अन्तेष्टि भएछ https://youtu.be/PXenqdZONxE a report I did a little while ago.. https://youtu.be/TJtwCBUXKxg Last edited: 20-Feb-21 01:24 PM
AnandNepal · Feb 20, 2021 1:24 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion