दुर्लभ पुराना गीतहरु !!

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

कर्णप्रिय केहि नेपाली गीतहरु लोप हुने खतरामा छन् । नया पुस्तामा यी धरोहर हस्तारन्तरण गर्नु पर्ने अति जरुरि देखियो । https://www.youtube.com/watch?...

logankobaje · Feb 13, 2021 8:35 AM · 22,927 views

16 Replies

यो त मेरो पनि favorite oldies मा पर्ने गीत हो नी । पाण्डव सुनुवार को फोन इन कार्यक्रममा अनि रेडियो मा अरु बेला पनि कति चोटि सुनियो होला । जति पल्ट सुने पनि अझै सुनु सुनु लाग्ने गीत ।

salamkrishne · Feb 13, 2021 10:39 AM

पाण्डब दाजु त legend हुन्, उनै मूजि दाजीको देखासिखी गरेर काठमाडौँका fm ले फोन-इन कार्यक्रम सुरु गरेका हुन् । त्यो बेला मोबिल फोन नहुने, मुस्किलले २२ ओटा जिल्लामा बाटो पुगेको थियो । हाम्रोमा डेरा गर्ने लोक सेवा दाजु भाई सनिबार भयो को पाण्डब दाईको कार्येक्रममा फोन गरेरे रेडियो बाट घराँ संदेश पथौठे । छुट्टै जमाना थियो । https://www.youtube.com/watch?...

logankobaje · Feb 13, 2021 10:56 AM

बाजे, तपाईंको बिल्ला नगर्दै यो थ्रेडमा अरु पुराना गीतहरु शेयर गर्दै रहनुहोला भन्न चाहन्छु। नयाँ पुस्तामा यी धरोहर यो कदमबाट हस्तान्तरण होला भन्ने कुरामा म कन्भिन्स्ड त छैन र पनि, तपाईंले उठाउनुभाको केही कुराहरुले चै मलाई नि नोस्ट्याल्जिक बनायो भनौ। म पनि रेडियो नेपाल सुनेर हुर्केको मान्छे। शनिबार मध्यान्ह १ बजे नाटक सुन्ने, हरेक साझ बाल कार्यक्रम सुन्ने (फेरी मलाई बाल कबि भन्दै बिल्ला गर्नुहोला, खैर) अनी पान्डव सुनुवारको फोन इन पनि सुन्निन्थ्यो। पछी आएर त "अनुहार न दनुहार, पान्डव सुनुवार" जस्ता उखान पनि बनेको सुन्दा चै उहाको पपुलारिटी धेरै रहेछ भन्ने थाहा भो। मलाई याद आउने नेपाल रेडियोकर्मिको नामहरुमा बासुदेव मुनाल, नुपुर भट्टाचार्य, प्रवीन गिरी (समाचार वाचक, उहाको निधन भएको सुन्दा चै दु:ख लागेको थियो), भिम बहादुर थापा, उहाको नाटकहरु पनि सुनिन्थ्यो बिहान प्रहरी कार्यक्रम यस्तै केहीमा, मदन दास श्रेष्ठ, कृषि कार्यक्रमको लक्ष्मी भुसाल, "आमै" उहा चै अझै अयाक्टिभ रहेको पाए। अहिले "इन्द्रेणी" भनेर दोहोरी कार्यक्रम जस्तै नि हुन्थे, "चौतारी" भन्ने। गूड टाइम्स।

Bennedict · Feb 13, 2021 1:45 PM

अत्ति सुन्दर गीत हरु बाजे keep going ...ps: पाण्डब र पाण्डे सधै legend हो नि     Last edited: 13-Feb-21 02:27 PM

pandeyji · Feb 13, 2021 2:02 PM

सानै हुँदा एक साँझ पोखराको पञ्चायत प्रशिक्षण केन्द्रको सभाहलमा (अहिले गण्डकी प्रदेश मुख्य मन्त्रीको कार्यालय वा प्रदेश संसद छ क्यारे ) सरोज गोपालकै प्रस्तुतीमा यो गीत सुनेको स्मरण छ । पछि यस गीतमा भएका युवतीका शरीरको वर्णन ले गर्दा गीत उत्ताउलो भयो भनेर "इज्जतिलो" ठाउँमा नगाइने वा गाए पनि सब्द बदलेर गाइने भन्ने सुनेको थिए । हामी (यसो लगाएको बेला बजाउने गाउने साथीहरु संग जम्यो भने) मूल गीत कै शब्दमा गाइन्छ, गाऊने भन्दा पनि यसो रमाइलो गरिन्छ भनूँ न । https://youtu.be/Q7jcHblIQbc

salamkrishne · Feb 13, 2021 4:45 PM

रानी तलाउ किनारा, https://www.youtube.com/watch?...

logankobaje · Feb 14, 2021 7:00 AM

नारायण, हरि हरि https://www.youtube.com/watch?...

logankobaje · Feb 15, 2021 12:56 PM

नारायण हरिहरि

AnandNepal · Feb 15, 2021 3:09 PM

Guys, do any of you remember the following teleflims (as those were called in the late 80s to early 90s on NTV)- Ra, Pancham, Chakrabyuh, Tadako Basti, Bhok ra Bhittaharu, Shreeman, Rupmati, Anuradha, Narisaunus Hai, Aja Bholi ka Katha (later called Hijo Aaja ka Kura), Meet Ba, Hosh Prasad, Chatureko Daupech.. Ra was the first ever nepali sci fi telecom. A rock from an asteroid gets onto the earth's surface and a kid finds it. The rock is a kind of wish fulfilling device. It was an interesting concept. Similarly, Pancham was probably the first thriller suspense teleflim involving the story of an ailing boy and his five friends. Anand ji, let me know if you want to make a video on forgotten teleflims of NTV. I can tell you about the story of the aforementioned ones.

Deke · Feb 15, 2021 10:06 PM

Deke, I remember watching most of them in your list except Ra and Pancham. Tasha ko basti चाई सबै भन्दा राम्रो लागेको । अरु दुइटा राम्रो लागेको तर नाम सम्झन नसकेको चाई: १) सायद ध्रुव चन्द्र गौतमको उपन्यास मा आधारित तराईमा शूट गरेको, श्री भन्ने फुच्चे केटा पनि थियो । २) ठूलै साहित्यकार को कथामा बनाएयको (रुद्र राज पाण्डे सायद - तर रुपमती चै होइन की ) - सुर्यमालाका दिदी बहिनी थिए क्यारे, भाइ चाई दार्शनिक कुरा गर्ने ।

salamkrishne · Feb 16, 2021 12:10 AM

१. “अलिखित” हो ।बिना बस्नेत ( बुढाथोकी) द्वारा अभिनित ।

Anishchit · Feb 16, 2021 8:47 AM

ओहो, डेके जत्तिको पुराना telefilm मा ज्ञान/चाख भएको व्यक्ति आज पहिलो पल्ट देख्दै छु । तपाईले भन्नु भएका प्राय सबै मैले हेरेको छु । त्यो ढुंगा वाला si -fi हेरेर त म तर्सेको । मूजि कति दिन सम्म राती सपनामा नि तेही आउने । " पंचम " हेरेको छु तर सारभूत कथा बिर्से । "टाढाको बस्ति " सबै भन्दा आतमियेता जोडिएको सिरियल । यो सिरियलले मलाई येति krazy बनायो कि, म यो सिरियल को video लिन नेपाल टेलिभिजन पुगे । "तपनाथ शुक्ल" भन्ने GM ले मलाई थर्काएर पठायो, पछि मूजि "power " लाएर त्यो सिरियलको केहि भाग लिन सफल भए , घराँ अझै छ , मूजि नेपाल गको बेला YouTube upload हान्दिन्छु, copyright लाग्छ होला । "चक्रबिउ " पनि कृष्ण मल्ल दाई को ऑल time फेव । कृष्ण मल्ल लाइ यो you tube मा राख भनेको बुढाले टेड पुच्छर लाएनन । " अनुराधा " त you toube मा छदै छ । बिना बुढाथोकी बस्नेत को " धन मन " । चतुरेको दाउपेच सुनिल पोख्रेल ( सुगम पोखेरल को दाई ) को सिरियल हो । कुनै दिन योनि you tube मा अउला । "युग देखि युग सम " सरोज खनाल को। " सनाई रोहि रहेछ " दीपा श्री निरौला । " कालि गण्डकीको सेरोफेरो , अविरल बग्दछ इन्द्रावती " , " श्रीमान श्रीमती ' आदि आदि ।

logankobaje · Feb 16, 2021 10:12 AM

sounds interesting Deke... why don't you make a video yourself... I will do all I can to help ;)

AnandNepal · Feb 16, 2021 2:47 PM

Logankobaje, Pancham was the story of an ailing kid. His neighbors (five kids I think, hence the name Pancham) get into solving the problem of this kids ailment. He says he is haunted by a ghost. Pancham gang sees a white figure on the terrace and get into solving the mystery. Sounds any familiar? If yes, you can complete the suspense. Btw, Sushila Rayamajhi played the kids mother.

Deke · Feb 16, 2021 2:57 PM

Also, raktakranti ko jwalamukhi ma was a part of revolutionary teleflim featuring Saroj Khanal and Suryamala Sharma but all episodes were not aired during the Panchayat regime, may be a couple of episodes only.

Deke · Feb 16, 2021 3:01 PM

लोगनको बाजेले भन्नुभाको अल्मस्ट सबै सिरियल मैले पनि हेरेको नै हो। दीपा श्री निरौलाको 'सनई रोइरहेछ' चाँही सार्है दु:खलाग्दो सिरियल थियो त्यो जमानाको। ७० बर्षको बुढोसँग २० बर्षकी केटीको जबर्जस्ती बिहे हुन्छ अनी यस्तै कथा थियो क्यार। सुर्यमाला शर्मा पनि धेरै ट्यालेन्टेड कलाकार। अमेरिकाबाट फर्केपछी धेरै पछी नास सरको प्राणप्रिय प्रियन्का कार्कीसँग 'सुन्तली' मुभिमा देखिएकी थिईन, यो मुभी युटुबमा नै आएन, गीत त फेमस भाको थियो कुनै समयमा। https://youtu.be/RozIclX8FKw Last edited: 16-Feb-21 11:53 PM

Bennedict · Feb 16, 2021 11:40 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion