राजेन्द्र शेरचन - राष्ट्रवादी आदोलनमा राप्रपाको नेतृत्वदायी भूमिका एकै ठाउँमा

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

सुनाखरी न्युज/ काठमाडौं – राप्रपा प्रवास महासंघले आइतबार आयोजना गरेको ग्लोबल जुम बैठकलाई सम्बोधन गर्दै कमल थापाले राप्रपा राजसंस्था र हिन्दुत्वको धरातलमा उभिएर मुलुकमा आर्थिक, सामाजिक, राजनितिक, सांस्कृतिक रुपान्तरण गर्न चाहन्छ भन्दै भ्रष्टाचार, बेरोजगारी, धर्मपरिवर्तन अन्त्यको निमित्त अहिले बुलन्द आवाजको आवश्यकता भएको बताए ।   सर्वोच्चमा विचाराधीन विषयमाथि दबाब र प्रभाव अनुचित हुने जनाउँदै थापाले सडक प्रदर्शन र बक्तव्यबाजी असान्दर्भिक भएको समेत उल्लेख गरे। राजसंस्था र हिन्दु राष्ट्रको मुद्दा राष्ट्रिय एजेन्डा बन्दै जानु र जनमतको वृद्धिलाई सकारात्मक उपलब्धि ठान्नुपर्ने भन्दै थापाले प्रवासमा पनि पार्टीको सक्रिय सदस्यता अभियानलाई सघन रुपमा अघि बढाउन आग्रह गरे । उनले प्रवासबाट महाधिवेशनमा सहभागिताको सुनिश्चित भएकोमा बधाईसहित खुसी प्रकट गरे। कार्यक्रममा प्रवास संगठनका नेताहरु प्रेमकुमार श्रेष्ठ , लोक तिवारीलगायत विभागका प्रमुख विजय खड्काले समेत धारणा राखेका थिए ।   यस ग्लोवल जुम मिटिङका अध्यक्ष ज्यू प्रमुख अतिथि राप्रपाका सम्माननीय अध्यक्ष कमल थापा ज्यू राप्रपाका केन्द्रिय सदस्य ज्यूहरु , विभिन्न देशहरुबाट उपस्थित हुनु भएका सम्पूर्ण साथीभाई हरुमा पानस अमेरिकाको अध्यक्षको हैसियतले नमस्कार गर्न चाहान्छु । सम्माननीय अध्यक्ष ज्यू को गरिमा पूर्ण उपस्थिति सामु राप्रपा प्रवास महासंघ को निर्माणका निम्ति आपसमा छलफल र विधानको निर्माण प्रक्रिया समेत सुरु गर्न पार्टी निर्देशन जरुरी ठानेको छु। आज मलाई ज्यादै खुशी लागेको छ ।धेरै लामो प्रयास पछि हामी संसार भरि छरिएका एउटै विचार भएका साथीहरुको शाझा चौतारी निर्माणको प्रस्थान विन्दु यसैलाई ठानेको छु ।   आज प्रवास मा रहेका हामी साथीहरु राष्ट्रवादी आदोलनमा राप्रपाको नेतृत्वदायी भूमिकावाट एकै ठाउँमा भेला भएका छौ। यो ऐतिहासिक गरिमापूर्ण उपस्थितिले राप्रपा आजबाट संसारभरी संगठन निर्माणको प्रक्रियामा लागेको प्रष्ट भएको छ। वास्तवमा हामीलाई पार्टीसंग जोड्ने, जन्मभूमी नेपाल र नेपालीको मन संग जोड्ने काम यसै प्रक्रियाबाट प्राप्त भएको छ । हामीले प्रवासमा बसेर पनि देश र जनताको निम्ति रात दिन नभनि काम गर्ने पार्टीका नेता ज्यू हरु तथा सम्पूर्ण नेतृत्व गण संग जोडिन पाउँदा सम्माननीय अध्यक्ष कमल थापा ज्यू लगायत सबैमा हृदय देखि कृतज्ञता व्यक्त गर्दछु। विशेष गरेर हामीलाई देशको वर्तमान अवस्था त्यसमा राप्रपाको नेतृत्वदायी भूमिका, प्रवासमा रहेका हामी साथीहरुको भूमिका, एन आर एन जस्ता संस्था प्रतिको हाम्रो दृष्टिकोण र भूमिका मात्रै होईन आगामी हुने राप्रपाको अधिवेशन र आम चुनावको वारेमा सर्वसम्मत शाझा धारणा बनाउन समेत यस भेलाले महत्वपूर्ण भूमिका खेल्न सक्ने आशा गरेको छु ।   अमेरिकाको सन्दर्भमा व्यापक रुपमा गत साल देखि पानस ,अमेरिकाले सदस्यता वितरण र सबै स्टेटमा च्याप्टर निर्माणमा लागेका छौ। अन्य क्षेत्रमा पनि संस्थागत विशेष उपस्थिति जनाउँदै आएको जानकारी गराउन चाहन्छु। अन्त्यमा सम्माननीय अध्यक्ष कमल थापा ज्यू को निर्देशन सल्लाह, सुझाव तथा वैचारिक र संगठनात्मक दृष्टिकोण र पार्टी को आगामी कार्यक्रमहरु को बारेमा हामीलाई प्रशिक्षण आवश्यक भएकोले यस सम्बन्धमा विशेष सम्बोधन को लागि विनम्रताका साथ अनुरोध गर्दछु । सबैमा धन्यावाद ।   राजेन्द्र शेरचनअध्यक्षपानस ,अमेरिका Source: https://www.sunakharinews.com/... Last edited: 03-Feb-21 09:28 PM

ktmpost · Feb 3, 2021 9:27 PM · 2,642 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion