अनि म धुरु धुरु रोए !!

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

मूजि 18 वर्ष बाद धुरु धुरु रोए होला, येतिका पिडा त हिडेर अम्रिका छिर्दा नि भाको थिएन जति यो जाठो फिलिम हेरेर रोए। बिसौ वर्ष पछि सार्थक फिलिम हेर्य अनुभब भयो। तुलसी घिमिरेको लाहुरे हेर्दा राम्रो लागेको थियो, परालको आगो, बसाई , माइतीघर पनि ठिकै लाग्यो। यो फिलिमले त राम्रोपानको हदै नाघ्यो। कुनै फिलिम कथा राम्रो हुन्छ, कुनै कलाकार, तर यो त सबै हिसाब बाट अब्बल लाग्यो। यो हिरोनिको " आची " सुघ्यो भने नेपाली हिरोनिहरुको अभिनय अलिकति राम्रो हुन्थियो जस्तो लाग्छ। पर्खाल नाघेर अम्रिका आउने हरुको व्यथा सझिब तरिकाले प्रस्तुत गरिएको छ । दिपेन्द्र खनालको पशुपति प्रसाद राम्रै थियो यो त "बेञ्चमार्क " मुवी छ । सबैलाइ यो फिलिम "रिलेट" नहुन सक्छ तर जो यो पिडा बाट गुज्रेको छ त्यो एकचोटी मुर्छा पर्छ! https://www.youtube.com/watch?...

logankobaje · Feb 3, 2021 10:11 AM · 4,064 views

3 Replies

पशुपती प्रषाद चै साचै राम्रो लागेको थियो, हरेक क्यारेक्टर युनिक, लाटी हिरोइन, भस्मे डन, आदी। यो फिल्म चै हेरेको छैन, यो हिरोइनको त्यो भूतको फिल्म अस्ती हेरेको, 'घर' भन्ने, डिस्टर्ब्ड नै भए हो। अर्पन थापाले त भूतिया फिल्महरुमा पी एच डी गर्ला जस्तो छ, उसले बनाको 'सुनकेशरी' हेरेको लास्ट इयर। तर दुबैमा केही नपुगेको जस्तो भयो। अर्पन थापाको एउटै राम्रो लागेको मुभी थियो, 'ब्याच नम्बर १६'। अनी बाजे जस्तो मान्छे पनि धुरु धुरु रुनु भाको त? तपाईं त 'मुजी बाउ', 'मुजी आ ' गर्ने मान्छे, तपाईं पनि यतिको 'सफ्ट हार्टेड'? यो त भएन नि।

Bennedict · Feb 3, 2021 11:04 AM

तेही त हाम्रो macho man बाजे लै के भो एस्तो किन येति soft hearted यो त भएन नि सोम हे हे हे

pandeyji · Feb 3, 2021 11:06 AM

मैले फेरी पढे आफुले लेखेको। मैले यो लिन्क क्लिक गर्नुको कारण चै बाजेको clickbait topic भर नै हो। यस्तो टपिक राख्नुभाको छ अनी हाम्रो सदैभ यौन सामाग्री पढ्ने अभ्यस्त भाको दिमागले के सोच्छ होला त? कुनै यौन पिपासुले यौनको आवेगमा आएर कसैको, पुरुष हो या नारिको sexual harassment गरेको हुनुपर्छ अनी पीडित बर्गले यस्तो "अनी म धुरु धुरु रोए" भन्ने जस्तो सीर्शक राखेर साझामा गुनासो पोख्नुभाको छ। यो थ्रेडको टपिक अर्कै हुन सक्थ्यो होला। जस्तो कि: क्लासिक नेपाली मुभी मुभी अहेड अफ इट्स टाइम आदी तर बाजेको अलौकिक शक्तिले के सोच्यो, भगवान जानुन।

Bennedict · Feb 3, 2021 6:58 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion