एउटा गम्भीर प्रस्न ?????

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

केहि दिन यता एउटा प्रस्नले मनमा ढ्यांग्रो ठोकेको छ , नसोचौ भने नि दिनमा ८ १० पटक यो प्रस्नले दिमाग हान्छ। प्रस्न बढो जटील छ , मूजि अस्तिको जस्तो १ प्लेट म:म कि २ प्लेट म : म भन्ने होइन, यो मूजि राजनतिक प्रस्न हो । नेपालको राजनीति संग बाख्रो बेचेको सम्बन्ध छैन तैपनि जरो किलो उतैको भएकोले बिकसित घटनाक्रमले ध्यान केन्द्रित गरि हाल्छ । म अलिक "जरा हट्के" तालको छु, अरुले सोच्दै नसोचेको बिसएमा मेरो मनमा बाद विवाद चलि रहन्छ । मूजि ओलीबाले धारा ७६ को उपधारा ७ प्रयोग गरेर संसद बिगठन गरिदिए, संसद नभए पछि २ वर्ष सत्तामा राज गर्ने ओलीबा नै हुन् । अदालतमा बिगठन बिरुद्ध मुद्दा परे पनि जित्ने ओलीले हुन । एस्तो नहोस तर चुनाब हुनु अघि प्रधानमन्त्री लाई तल माथि केहि भई हाल्यो भने के हुन्छ? अर्को कर्येकारी को हुन्छ? नेपालको संबिधानमा रास्ट्रपति नभए उपरास्ट्रपति कर्येबाहक हुने बेवास्था छ, प्रधानमन्त्री लाई केहि भई हाल्यो भने संसदले अर्को प्रधानमन्त्री चुन्ने भन्ने बेबस्था मात्र छ तर मूजि संसद नै बिगठन भएको अवस्थामा कसरि अर्को प्रधानमन्त्री चुन्ने । तेतिन्जेल कसले देश चलाउने ? कार्यबाहक प्रधानमन्त्रीको बेवास्था छैन , उप प्रधानमन्त्री ३ ओटा छन् कसलाई र कसोरी कर्येबाहक बनाउने ? एउटा लाई छान्दा अर्का २ जना कुटा कुट गर्ने डर । किन नभाको त कार्येबाहक प्रधानमन्त्री को बेवास्था ? मूजि नया संबिधानले समय अघि संसद बिगठनको कल्पनै गरेको छैन, प्रधानमन्त्री मर्यो अथवा काम गर्न नसक्ने भयो भने उपप्रधानमन्त्री लाई १५ दिनको लागि कार्येबाहक दिने र पन्द्र दिन भित्र संसदले नया प्रधानमन्त्री चुनि सक्नु पर्ने बेवास्था छ । जीवन मृतु कसैको अधिनमा छैन, भबितब्य जसलाई नि हुन सक्छ । संसद बिगठन पछि प्रधानमन्त्रीलाई केहि भई हाल्यो भने ठुलो दुर्घटना हुने देक्छु , गृह युद्द, सैनिक सासन देखि भारतमा गबिने खतरा ।

logankobaje · Jan 17, 2021 8:56 AM · 11,866 views

3 Replies

त्यो त गम्बिर अवस्थाको सृजना हुने सम्भाबना देखियो | जहाँ सम्म भारत सँग गाबिने कुरा छ | मलाई पनि पहिला पहिला त्यस्तै लाग्थियो तर आजकल चाहि त्यस्तो लागदैन | गाबन चाहने बेक्तिहरु पनि छन | तर गाब्न नचाहाने बेक्तिहरु धेरै छन जस्तो लाग्छ | विगत 70 वर्ष देखीको नेपालको राजनीतिक उथल पुथल ले भारतले धेरै सिक्ने मौका पाएँको छ | भारतमा त्यस्तो उथल पुथल हुन दिल्लीले दिदैन | किनभने भारत टुक्रन्ने डर छ | नेपाल र भारतको समाज उस्तै भयकाले तिनिहरु नेपाललाइ गाब्नु सटा बरु यहाँको राजनीति उथल पुथल बाट सिक्न चाहन्छ्न |

harkhe7 · Jan 17, 2021 10:09 AM

नेपालको संबिधान भनेको देखावती कागजी मात्र हो । कुनै पनि बेला यी गिद्द नेताहरूलाई आफूले चाहेकै बेला मिची मिची जे मन लाग्यो तेही गर्छन । नत्र अहिलेको संबिधानमा नि चुनाब हारिसकेहरू रास्ट्रिय सभा र प्रतिनिधि सभा मा आउन पाउंछन भनि लेखे कहां छ र ? पालै पालो आए कै छन् । अनि अहिले फेरि चुनाब रे । संबिधान मिचेको अहिले मात्र हैन । ताईं न तूई को । संबिधान हातैमा, कोर्टको प्रधान न्यायधिक्ष, बैंक को गभर्नर , पुलिस र सेनाको हाई अफिसियल आदि ईत्यादि सब मुजिहरू कै मनोनयन मा हुन्छन् । ब्याक टू ब्याक भारतिय मीडिय संग अन्तरबार्ता , भारत भर्मण , अहिले को आरोप , प्रत्यारोप ......वेल ! वे टू गो !

atomic · Jan 17, 2021 10:45 AM

System मात्र भएर नहुने रहिछ | Check and balance मा भएका बेक्तिहरुले पनि आँट देखाउनु पर्दो रहेछ परेको बेला | जस्तै Mike Pence ले हिमत्त देखाये अगिल्लो हफ्ता |

harkhe7 · Jan 17, 2021 2:01 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion