अतितका पानाहरु पल्टाई हेर्दा यस्तो लाग्छ कि समयले जिन्दगी सापेक्ष अनगिन्ती घाउहरु बल्झाइ गयो फेरी त्यही पानाहरुलाई आजको परिस्थितिमा पल्टाउने कोसिस गर्दा यस्तो लाग्छ, जे मैले पाए त्यो पनि धेरै हो। समयको दुई हात हुँदैन तर समयको चक्र साँच्चै नै बलवान हुँदो रहेछ भनि मैले उसको जिन्दगीबाट सिके।यो काहानी उसको र मेरो सङ्घर्षपूर्ण मोडहरुमा अल्झिएको व्यथितिको हो, यो काहानी दुई असाधारण मानिसहरु बिचको हो।भनिन्छ एक महिलामा भन्दा पुरुषमा पीडा सहने हिम्मत दोब्बर हुन्छ तर यसपटक एक महिला र एक पुरुष दुबैको पीडा सम्मान रुपमा झल्किदैँ थियो।आज उ र म बीचको फरक यति मात्रै हो की म जिन्दगी बाँच्दै छु मतलब मैले जिन्दगी बाँच्ने मौका पाए र उसले जिन्दगी बाँच्ने मौका गुमाउनु पर्यो मतलब उसले जिन्दगीसँगको साइनो तोड्नुपर्यो।यादहरुमा अल्झिएको यात्रा सधै पिडादायक नै हुँदो रहेछ। आज नि त्यो रात सम्झिदा मन दुःख छ, त्यो रात हामी दुवैको जिन्दगी सदाका लागि परिर्वतन हुँदै थियो, नसोचेको घटना घटिट हुने क्रममा थियो, त्यो बन्द कोठामा हामी दुवै छट्पटाईरहेका थियौ, मानिसहरु भन्ने गर्दछन् जिन्दगि बाँच्न गाह्रो छ, मृत्यु त छेन भरको साइनो हो।तर हाम्रो लागि न त जिन्दगि नसिब हुँदै थियो न त मृत्यु नै। जिन्दगि र मृत्यु बीचको भिडन्तमा हाम्रो नसिब अल्झिएको थियो।त्यस रात हामीलाई एक medication room मा observation मा राखिएको थियो।जहाँ medical equipments, doctors अनि केवल उ र म मात्रै उपस्थित थियौ र ती medical equipments हरु हाम्रो शरीरको हरेक अंगमा जहाँ सम्म सम्भव छ छिराईएको थियो।त्यो दिन पिडा अलि धेरै थियो।पिडाले छटपटिनु बाहेक हामीसँग अरु कुनै विकल्प थिएन पनि।समयले पनि दोहोर भुमिका अर्थात लुकाछिपिको खेल खेलिरहेको थियो।एक-एक सेकेण्ड हामी मृत्युको समिप पुगिरहेका थिएउ।जसरी समुन्द्रमा पानीको छालहरुले क्षेणीक भरमा सबै बगाई लान्छ त्यही अनुरुप, अचानकै उसको दिलको धड्कन क्षेणिक भरमा रुक्न पुग्यो। यस्तो अवस्थामा medical science मा immediate action सधै CPR नै हुने गदर्छ जसलाई immediate lifesaving action पनि भनिने गर्दछ।Doctors हरु उसको जिन्दगी बचाउने हर सम्भव कोसिस गर्दै थिए।आशिंक रुपमा रगतको संञ्चालन शुरु गराएर उसको मष्तिस्कमा रगत र अक्सिजनको मात्रा पुर्याउनका निम्ति chest compression विधि मार्फत Doctors हरुले कार्डियो पल्मोनरी रिसस्सीटेसन दिँदै थिए। त्यस रात केवल एकै आवाज मेरो मष्तिस्कमा गुञ्जिरहेको थियो।Doctors हरु उसको छाती जोडजोडले थिच्दै थिए, त्यो केवल एक आवाज मात्रै थिएन मेरो लागि, त्यस भित्र मेरो आफ्नो पीडादायीक कथा पनि लुकेको थियो र मुखबाट स्वासनलीसम्म पुग्ने गरी पाइप हालेर श्वासप्रश्वास गराउने प्रयासमा लाग्दै थिए।आज केही बर्ष बितिसकेको छ त्यो घटना क्रमलाई लिएर शरीरमा लागेको घाउ एकदिन निको होला यसको guarantee छ,जब चोट मनमा लाग्छ तब घाउ पनि अधिक नै हुन्छ, फेरी पनि त्यो आवाज मेरो कानमा नराम्री गुञ्जिन्छ, फेरी पनि त्यो आवाजले मुटु काम्छ।सबैभन्दा पीडादायी क्षेण त्यो हो जब एक patient आफ्नो जीवनको अन्तिम क्षणहरुसँग लडिरहेको हुन्छ र तिनै परिस्थिति बाबजुत पनि आफ्नै आँखा अगाडि अर्को patient को मृत्युको सामना उसले गर्नुपर्ने हुन्छ।आखिर त्यो रात उसले अल्बिदा भन्न नपाँउदै यो संसार सँगको साइनो तोड्नुपर्यो।म त्यति सहासी र बहादुर त पक्कै थिइन, उसको मृत्यु पश्चात मलाई panic attack भईदियो। त्यस रात मेरो भाग्यमा पनि मृत्यु लेखिएको थियो तर फरक यति भईदियो कि मरेर बाँच्ने मेरो किसमतमा लेखियो र मृत्यु पश्चात कहिल्यै फर्की नआउने उसको किसमतमा। CPR मेरो नसिबमा पनि लेखियो तर मुटुको घड्कन सुचारु भए पश्चात फेरी COMA मा जानु मेरो नसिबमा लेखियो, म एक जिउँदो लास हुन पुगे… आज पनि म अनजान छु कि मलाई कुन अवस्थामा होस आयो र म बाचेँ किन र उसको नसिबमा मृत्यु किन लेखियो।आज जीवनमा के पाए र के गुमाए यो मेरो चासोको विषय भएन तर उससँगको सम्बन्ध केवल क्षेणिको लागि मात्रै हुनपुग्यो….
Arishna sainju · Jan 7, 2021 12:33 AM · 18,534 views
म बालुवामा ऊठ हिडदैछु सगरमाथाको गर्व बोकेर मरभूमीमा म ऊठ हिडदैछु प्रचण्ड घाम ओढेर म सपनाहरू केलाउदै छु आगोले पोल्दैन मलाई म संग डराउछ उ पसिना बगेको छातिमा झन झन स्वदेश पलाउछ बरु रापमा जल्दै जल्दै भोटो कछाड गुन्यो चोलो सिलाउन गैरिखेत फर्काउन परदेशमा देश बोकेर दिन दिनै मर्ने गरेकोछु अहो अहो बालुवाको पैसा ढुङ्गाको कन्तूर कंक्रिडको जंगल बतासे सपना बम गोला बारुद बिस्फोट भोगेर मर्दै मर्दै लास पुगीन्छ पुगीन्नको लेखाजोखामा म मरभुमीमा भाग्यरेखा हेर्छु सानी ठुले कान्छी र बाबा आमाको समझना बोकेर आसु बर्षिनु बर्षिन्छु भर छैन जिन्दगीको डर छैन मृत्युको किनकी जीवन संघर्षमा मृत्युको बाजिमा म बालुवामा ऊठ हिडदैछु
GayPride · Jan 7, 2021 7:53 AM
dyam कत्ति लामो प्याराग्राफ कथा पक्कै राम्रो होला तर मेरो आखा चै सुरुमै निदायो ..
pandeyji · Jan 7, 2021 9:39 AM
Arishna Ji - Ke yo katha sancho ho ra tapai coma mai hunu huncha ? Sarai pida dayek rahecha katha mero ta ansu thamiyena . Tara Daro hunus . Je huncha pakkai kehi ramrai ko lagi huncha bhanni athot ka sath basnus. Hami janmiye dekhi marinjel samma sabai kura lekhiyeko cha tesaile afu samhaliyera agadi badnu nai hamro ramro karma hola justo malai lagcha.
ketisangeetpremi · Jan 7, 2021 10:20 AM
Arishna ji, malai dherai dukha lagyo. Mero sambedana chha. Lekhai sabai ramro lagyo khali Nasib, albida ra kismat jasta bidesi sabda ko thaunma Nepali samanantar sabda prayog bhayeko bhaye sunma sugandha hune thiyo.
chicagoan · Jan 7, 2021 2:05 PM
अरिश्नाजी स्टोरी पढ्दा यी आसुका थोपाहरु झर्न छोडेनन्। अरिश्ना जी .. all is well. all is well Bhannus
butternut squash · Jan 7, 2021 4:55 PM
😔🥺😭❤️
Nas · Jan 18, 2021 10:32 PM
"....आमाको समझना बोकेर आसु बर्षिनु बर्षिन्छु भर छैन जिन्दगीको डर छैन मृत्युको किनकी जीवन संघर्षमा मृत्युको बाजिमा म बालुवामा ऊठ हिडदैछु" सार्है मिठो गे ब्रो ! म पनि गे भाको भए … कुरो आर्कै हुने थियो होला ब्रो … मे बि नेक्स्ट लाइफमा गे बनेर जन्मे भने नि ल ब्रो … यो लाइफ त् मेरी प्यारी आरिशनाज्युको लागि हो…हरे क्या … 🙈 यो कमेन्ट पढन भो भने … उँहा मुस्कुराउनु हुन्छ कि …साला फ़्लर्टि कंहिका भनि गालि गर्न हुन्छ होला ? 🙄🤓🤞🆘 Last edited: 22-Jan-21 01:03 PM
Nas · Jan 22, 2021 1:03 PM
गेप्राइडजी, "ऊठ हिड्दैछु" यो कस्तो शब्द हो? के यो कुनै verb हो या तपाईंले अरु कुनै अर्थ जनाइराख्नु भाको हो?
Bennedict · Jan 22, 2021 10:21 PM
उठ पछि अल्प बिरमा (,)
GayPride · Jan 24, 2021 11:11 AM
किन पीडा दायेक भयो राम्रो रि खुलेन | धेरै पीडा सब्धको पर्योग त भयो तर त्यो पीडा पाठकले महसुह गर्ने मौका गर्न पाएँ जस्तो मलाई लागेन | मैले त गरिन | बरु मलाइ त तपाइलाइ किन पीडा भयो भनेर जिज्ञशा उठ्यो | Hopistal मा बिमारी मर्नु कुनै नौलो कुरा होइन | तपाइँको सम्बन्ध के थियो , कस्तो थियो र कसरी त्यो अवस्थामा पुग्यो त्यसको पृष्ठ भूमि खुलेन | Anyway, hope you are feeling better now .
harkhe7 · Jan 24, 2021 3:11 PM
हर्खे७ जी मलाई पनि थय्कै त्यस्तै जिज्ञासा जागेको थियो तर यो साहित्य होला भनेर मात्र कमेन्ट गरि सोध्ने प्रयास गरेको थिइन ,,,
Eklopan · Jan 24, 2021 9:40 PM
तपाईं लाई त्यस्तो लाग्यो हर्के जी? मलाई त यस्तो आभास भयो आरिस्ना जी आफ्नो नव विवाहित श्रीमान वा सँगै जीवन बिताउने बाचा गरेको साथी सँगै कुनै दुर्घटनामा परेर हस्पिटल भर्ना हुनु भयो । अनि आफूले मुटुमा राखेको मान्छेले आफ्नै अगाडि मृत्युवरण गर्दाको चोट बिर्सन उहाँलाई अझै गारो परेको छ । अारिस्ना जी, यो गीत सुनेर मज्जाले रुनुस । अलि ठिक हुन्छ कि । आफ्नो वेदना धैर्यतापूर्वक सुनिदिने मान्छे को अगाडि धक खोलेर रोयो भने पनि कहिले काही अलि सञ्चो हुन्छ । https://youtu.be/3lnxLN4dlEY
salamkrishne · Jan 24, 2021 11:37 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion