सन २०२० बर्षको अन्तिम दिनको अघिल्लो दिन अर्थात डिसेम्बर ३० तारिखमा मिस नेपाल युनिभर्स २०२० को फाइनल प्रतियोगिता आयोजना गरिएको थियो। सो प्रतियोगिता जितेर अंशिका शर्मा सन २०२१ को मिस युनिभर्स प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेर भाग लिन जान पाउने भएकि छिन। अंशिका को अर्थ हुन्छ - भगवानको सुन्दर उपहार - beautiful gift of god. संधै आंफुलाइ त्यस्तै सोच्ने गरेको भनेर उनले एपिवान टिभिको गुडमर्निंग नेपाल कार्यक्रमा उनले बताएकि थिइन। सन १९९७ को जुलाइ १० तारिखमा काठमाण्डौंमा जन्मेकि अंशिका अहिले २३ बर्षकि भएकि छिन। अंशिका ६ बर्ष अघि अष्ट्रेलिया गएकि थिइन उच्च शिक्षा अध्यानको लागि - ४ बर्षको अध्ययन सकेपछि उनले त्यहिँ बसेर काम गर्न शुरु गरिन। उनले सेन्ट्रल क्विन्सल्याण्ड युनिभर्सिटिबाट इन्फर्मेसन टेक्नोलोजि मेजर इन् बिजनेस एनलाइसिस मा ग्राजुएट गरेपछि दुइ बर्ष डिएचएलमा काम गरिन। अहिले मिस युनिभर्स नेपालमा भाग लिनको लागि जागिरबाट राजिनामा दिएर उनि नेपाल आएकि हुन। https://youtu.be/eaqgY85cybE
AnandNepal · Jan 5, 2021 9:21 AM · 1,984 views
dyam नेपाल मा स्विम्सुत राउण्ड हल्का कफी संगै तरुनी हरुको दर्शन गर्नु पर्यो बिहान बिहानै धन्यवाद आनन्द ब्रो
pandeyji · Jan 5, 2021 9:37 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion