बलात्कारी लाई अब खसी बनाइने !!!

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

पाकिस्तानले बलात्कारीलाई नपुंसक बनाउने कडा कानुन ल्याउने भएको छ । मंगलबार पाकिस्तानका राष्ट्रपति आरिफ अल्बीले यससम्बन्धी अध्यादेशमा हस्ताक्षर गरेका हुन् । नयाँ कानुनमा दोषी प्रमाणित भए रसायनिकरूपमा नपुंसकसम्म बनाउन सकिने प्रावधान राखिएको छ। पाकिस्तानका प्रधानमन्त्रीले यस कानुनलाई अबको १ सय २० दिन भित्र संसदबाट पास गर्नुपर्नेछ । त्यसपछिमात्र कानुन कार्यन्वयनमा आउनेछ । कानुन अनुसार बलात्कारसम्बन्धी मुद्धा हेर्न फास्ट ट्र्याक अदालतको गठन गरिनेछ र सो अदालतले चार महिनाभित्र आफ्नो फैसला सुनाउन सक्नेछ । प्रधानमन्त्री इमरान खान नेतृत्वको क्याबिनेटले पछिल्लो महिना यो अध्यादेश सिफारिस गरेको थियो । नेपालले कहिले सुरुवात गर्ने ?

tps2gc · Dec 16, 2020 10:02 AM · 3,739 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion