साझामा नाम तुर्रिए कि क्या हो ? What is in Name?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

नाम भन्ने कुरा हामि नेपालि लाइ तेती महत्वको कुरा हॊइन नत्र भने युरोपियन देखि अमेरिकन हरुलाई बच्चा जन्मनु भन्दा अघि मात्र होईन भ्रुण को बेला देखि सुरु हुन्छ | बच्चा हरुले कुकुर बिराला अनि पालेका जनावरको नाम मात्र होइन् खेलौनाका नाम पनि किन्ना साथ् राखी हाल्नु पर्ने तर हामि हरु भने छोरालाई बाबु , छोरीलाई नानु अनि एक पछि अर्को लाइ ठुले ( जेठो ) , माईलो , साईलो , काईलो, ठाईलो, अन्तरे , जन्तरे, लखण्ठरे, चाउरे , पचाउरे , छाबिलाले, अंतरिके, ठुलो कान्छो , सानो कान्छो , पिच्चुकान्छो ...... कान्छो आदि इत्यादि बाट सुरु हुन्छ अनि क्षत्रि बाहुनको छैटिको दिन गुरुले नक्षत्रको नाम राखी दिन्छन अनि तेही नाम को प्रयोग पनि हुन्छ भने जब स्कुल जानु पर्छ अनि मात्र के नाम राख्ने भनि खोजि सुरु हुन्थ्यो | आज भोलि जन्म मरण दर्ता गराउनु पर्ने भएको ले अलिक चाडो पनि हुन्छ कि ? तर बिदेशी र स्वदेशी नाम राखाइ मा अलिक फरक छ | भरि सक्य आफ्नो टोलमा र एउटै थर भएका हरु को नाम मिश्रण नहोस भनि तेही नाम राखिन्न | तर बिदेशी हरु भने फलानो सिनियर , जुनियर आदि इत्यादि थपि एउटै नाम राख्छन ? हाम्रो मा तेस्तो चलन हुँदैन अनि भयो भने आमाले छोरालाई नांस अनि नाति भए नासे भनेर सम्बोधन गरि छुट्याउनु पर्छ | तेसतई गरि जुमल्या हरुको नाम पनि एकै राखीए के गर्ने होलान ? हामि नझुक्क्कीयॊस भनि जुम्ल्याहा लाइ कुनै चिन्हो बनाउने वा खोज्ने गर्छोउ ताकि गडबड नहोस भनि | साझामा ६४००० जति रजिस्टर छन् रे , लाग्छ नामको कमि हुनथाल्यो तेसैले अरुको नामको पछि छोरो, छोरि , बाउ, बाजे , बराजे , च्याप्जु राखी नाम राख्न थालेको देखिएकोले तलका दुई नाम पनि थपिदिए के होला ? कोहि त निक्ल "लोगनकोबुढी" "लोगनकोश्रीमती"  राखने हरु पनि ! Last edited: 05-Dec-20 02:54 PM

Logan · Dec 4, 2020 12:52 PM · 3,182 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion