बेलायतको ब्रिटिस ब्रोडकाष्ट कर्पोरेसन बीबीसी सार्वजनिक गरेको ‘बीबीसी १०० महिला’ को यो बर्षको सूचीमा एक नेपाल पनि परेकि छिन - सपना रोका मगर। प्रत्येक वर्ष विश्वभरिका १०० जना प्रेरणादायी एवम् प्रभावशाली महिलाहरुको नामको सूची सार्वजनिक गर्ने क्रममा यो बर्ष नेपालि महिलाले स्थान पाएकि हुन । बीबीसीले भने अनुसार सो सुचि अप्ठ्यारो परिस्थितिमा केही भिन्न काम गरी समाजमा परिवर्तन ल्याउने महिलाहरू को सुचि हो जसमा फिनल्याण्डकी नेतृ सन्ना मारिन, अवतार तथा मार्भल फिल्मकी स्टार मिशेल योह र अक्फोर्ड युनिभर्सिटीले गरेको कोरोना भाइरसविरूद्धको भ्याक्सिनको अनुसन्धानमा जुटेकी सरा गिल्बर्ट समेत रहेका छन्। बिबिसि लेख्छ “यो वर्षमा असाधारण बर्ष जसमा विश्वका कयौं महिलाले दोस्रो व्यक्तिलाई मद्दत गर्दा आफ्नो ज्यान समेत दिएका छन्। १०० महिलाको यो सूचीमा एक ति गुमनाम महिलाहरुको नामको लागि खालि छोडिएको छ, श्रद्धाञ्जलि र सम्झनाको रुपमा"। ति ९९ नामहरु मद्धे म्याग्दी स्थाइ घर भएकी सपना रोका मगर पनि एक हुन जसले १८ वर्षकै कलिलै उमेरमा तीन सयभन्दा बढी बेवारिसे शवलाई दागबत्ती दागबत्ति दिइसकेकी छिन। हो, सपनाले त्यस्तो संस्थामा काम गर्छिन जसले बेवारिसे शवहरुको अन्तिम संस्कार गर्ने काम गर्दछ। बिबिसिले लेखे अनुसार तीन महिना घरवारविहीन भएपछि सपना काठमाडौं आएकी थिइन्। काठमाडौं आए लगत्तै उनले बेवारिसे लाशको व्यवस्थापन गर्ने संस्थामा काम गर्न थालिन। .... अरु भिडियोमा : https://youtu.be/IVmwXa5asaY
AnandNepal · Nov 25, 2020 9:08 AM · 2,096 views
दोश्रो रिपोर्ट बनाउनु पर्ने भयो ! उनको जिवन कति कहालिलाग्दो रहेछ भन्ने .. भर्खर १९ बर्षको जन्मदिन मनाएकि सपनाले १२ कक्षा पास गरेकी छिन। तर, सपनाको आफ्नै दुःख र संघर्षको कहानि निकै नै मन छुने र आँशु आउने छ । यति कलिलै उमेरमा बिहे गरेर सम्बन्ध बिच्छेद गर्नु मात्रै होइन सडक बालबालिका झैं सडकमै रात बिताएका मनै कुटुक्क खाने अनुभव हरु पनि छन्। बेसहारा भएको हुनाले चरम निराशाको बिच गुज्रिएकि सपनाले आँफ्नो जिवनलाइ सम्हाल्न पनि निकै नै ठुलो संघर्ष गरेकि छिन। छोटो समयमा घटेका यि सबै घटना अनि कोरोना महामारि सबैले सपनालाइ भुँइ बाट टिपेर आकासमा पुर्याएको छ। आँफै बेसहाराभएर भौंतारिएकि सपना अहिले धेरैको सहारा बनेकि छिन ।
AnandNepal · Nov 25, 2020 1:17 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion