Nepali Story - Sunkeshari Maiya ko Katha

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

This story was prepared on the request of Sajha members - so, I think it deserves a separate topic .. साझाका @pandeyji ले "Sunkeshra rajkumari ko katha pani ramro cha if you want to add!! " भन्नु भए पछि अर्का @chicagoan ले "Sunkeshri maiya ko katha maile kati khoje katai bhetina..kahan hola?" अनि @logan ले "Sunkesri story so far I recall is sibling (sister and brother) who separated for some reason, I can not recall the the story of their departure but they were united. " अपडेट - (लोगनले खोजेको यो कथा रहेछ)  https://www.youtube.com/watch?... तर, कथा भने अलि फरक रहेछ। शुरुमा अल्छि लाग्दो कथा छ - तर, पछि चाखलाग्दो हुंदै जान्छ। फुर्सद भयो भने यसलाइ अलि चाखलाग्दो पाराले छोटो बनाउने प्रयास गर्नु पर्ला। अहिले चाँहि खोज्दा भेटेको १०० पेजको किताव मा जे जे लेखेको छ त्यसैको वाचन । त्यसलाइ शशि गुरागाइँले वाचन गर्नुभएको छ। मैले एडिट मात्रै गरेको हुँ । पुरानो कथा .. अनि, त्यसबेलाको अलि फरक भाषा अनि अनौठो अनौठो बर्णनहरुको कारण शशिलाइ पढ्न पनि त्यति सजिलो चाँहि भएको छैन तै पनि उहाँले १४ भाग पढिसक्नु भएको छ। चाँढै सकिन्छ होला : भाग १ मा - ब्यापारिले राजालाइ चढाउन एउटि युवती ल्याउँछ २ - राजा ले ति युवति संग के के गरे .. अनि कसरि प्रेममा पागल बने भन्ने कथा ३ - ति युवति जे गरे पनि चुपचाप लाग्ने ४ - १ बर्षपछि बोल्दा ति युवतिको बारेमा अनौठो रहस्यको खुलासा हुन्छ ५ - राजाले तिनलाइ बिवाह गर्ने प्रस्ताव गर्छन, त्यसपछि ससुरालिको पत्तो लाग्छ ६ - ससुरालिसंग भेट अनि बिवाहको किस्सा ७ - राजकुमार सुर्यबिक्रमको जन्म अनि मामाको अनौठो हर्कत ८ - सुनकेसरिको फोटो गरेको हंगामा ९ - सुनकेसरिको जादु १० - सुनकेसरिको लागि युद्द ११ - सुनकेसरिको भयंकर धोका १२ - जादुबाट मुक्ति तर अर्को समस्याको चंगुलमा फसेको १३ - सुन्दरि रानिको चंगुलमा फसेको १४ - रानिलाइ सुर्यबिक्रम कामदेव जस्तो सुन्दर लाग्छन अनि उनलाइ फसाउँछिन १५ - (बाँकि नै छ) अब सबै भाग १ - १ घण्टाको पहिलो   https://youtu.be/ziKXMD89gtY दोस्रो  https://youtu.be/amYrq8Bio14 तेस्रो  https://youtu.be/b0wgYnS-854 Last edited: 12-Dec-20 10:47 PM Last edited: 13-Dec-20 01:11 PM

AnandNepal · Nov 10, 2020 6:46 PM · 25,234 views

22 Replies · Showing 21 - 22
Page 2 of 2

* सुम्निमा र पारुहाङ्को कथा * कथा पुरा भयो (पढ्न अल्छि लाग्नेलाइ सुन्ने, हेर्ने पनि तयार भयो) पढ्न मन लाग्छ भने रिप्लाइ गर्नुस, लेखेको कथा पनि पोष्ट गरुंला Thank you. https://youtu.be/DJlZ3twtDew Last edited: 13-Jan-21 10:49 AM

AnandNepal · Jan 12, 2021 9:30 AM

अब अर्को कथाको पालो - अनौठो खालको कथा रहेछ ** हेत्छाकुप्पाको कथा ** आमा बाबु दुबै बितेपछि हेत्छाकुप्पा सानैमा टुहुरो भयो। उसको घरमाउ र उसका दुइ दिदिहरू तायामा र खियामा मात्रै थिए। बाबु आमा बाबु नभएको यो परिवारलाइ चाक्लुङ्धिमा राक्षसनिले निकै नै दुख दिएकि थिइ। त्यो राक्षसनिले उनिहरुको खेतबारिको अन्न त खाइ खाइ र भकारिमा भएको सबै अन्न पनि खाएर सकिदिए पछि उनिहरू भोकभोकै भए। "दिदि मलाइ असाध्यै भोक लाग्यो," हेत्छाकुप्पाले भन्यो। हुन त, दिदिहरु पनि त भोकै थिए। तर, उनिहरुले "भोक लाग्यो," भनेर भन्ने पनि कोहि थिएनन। दिदिहरु जङ्गल गए र त्यहाँबाट खोक्लि साक्लि र गिठ्ठा भ्याकुर ल्याएर भाइलाइ खुवाए। तायामा र खियामाले बाँकि रहेको खोक्लि साक्लि र गिठ्ठा भ्याकुर आँफु पनि खाएर बाँचि रहेका थिए। तर, चाक्लुङ्धिमा राक्षसनिले यो कुरा थाह पाएपछि खोक्लि साक्लिलाइ पाताल भसाइ दिइ। गिठ्ठा भ्याकुरमा खक्पा छर्केर खान नहुने तितो बनाइ दिइ। खानै नसकिने भएपछि, अरु केहि पनि खानेकुरा नपाएपछि दिदिहरुले नजिकै फलेका ऐसेलुको रस ल्याएर भाइलाइ खान दिन थाले तर। तर, ऐसुलुको रसले मात्र भाइ बाँचाइ राख्न नै गाह्रो भयो। अब के गर्ने होला भनेर दिदिहरुलाइ फसाद पर्यो। नजिक कुनै पनि खानेकुरा नभए पछि खोज्न टाढै जानु पर्ने भयो। त्यसबिच भाइलाइ भुलाइराख्न उनिहरुले बुचुकुलकुमा एउटा खानेकुरा उसिन्न राखेर अरु खानेकुरा खोज्न भनेर टाढा टाढा गए । बुचुकुलकुमा उसिनिरहेको त्यो गोलो गोलो चिज कुन बेला पाक्छ र खाउँला भनेर हेत्छाकुप्पा हेरि रहेको थियो। एकछिन पछि उसले पाक्यो कि भनेर छाम्यो एकदमै कडा थियो, पाकेकै रहेनछ। एकछिन पछि फेरि, पाक्यो कि, भनेर छाम्यो तर पाकेकै रहेनछ। हेत्छाकुप्पा यता उता खेल्यो अनि फेरि आएर पाक्यो कि भनेर छाम्दा पनि पाकेकै रहेनछ। उसलाइ भोक लागिसकेको थियो, दिदिहरु पनि अरु खानेकुरा खोज्न भनेर हिँडिसकेका थिए। खासमा, खानेकुरा केहि पनि नभएको हुनाले दिदिहरुले भाइलाइ झुक्याउन ढुंगाको लोहोरोलाइ पो उसिन्न राखिदिएका रहेछन। ढुंगा के पाक्थ्यो, तेसैले कुर्दा कुर्दा भोकले निराश भएको हेत्छाकुप्पा त्यहिँ लड्यो। उ लड्दा उम्लिरहेको तातो पानि उसको कोमल जिउ भरि पोखियो। भोकले आत्तिएको, खान नपाएर निराशामा चुर्लुम्मै डुबेको हेत्छाकुप्पालाइ त्यसपछि कहिल्यै खानु परेन। किनकि, केहि क्षणमा नै उसको प्राण पखेरु उड्यो। उता दिदिहरु, तायामा र खियामालले दिनभर जङ्गलमा खानेकुरा खोजे। घर नजिकका सबै खानेकुर चाक्लुङ्धिमा राक्षसनि बिल्लुप्त पारिसकेकि थिइ। धेरै पर पुगेपछि उनिहरुले बल्ल बल्ल बनकेरा फेलापारे। हिँड्दा हिँडदा लखतरान पर्दै घर आइपुग्दा घरमा भाइ हेत्छाकुप्पा भने मरिसकेको थियो। त्यति दुख गरेर ल्याएको बनकेरा खान नपाउँदै आँफ्नो प्यारो भाई हेछाकुप्पा त्यसरि मरेको देखेर उनिहरु अति नै दुखित भए । (क्रमश:)

AnandNepal · Jan 13, 2021 10:48 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion