हरिभक्त कटुवाललाई बिर्सेका वा चिन्दै नचिनेका हरूलाई समर्पित ।

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

मन लाग्छ — हरिभक्त कटुवाल कहिले कही रक्सी पिई लट्ठ परेको मानिस देख्दा, म पनी उ सरि लट्ठ परेर हिडु हिडु झै लाग्छ । त्यस जिबनको मोहले होईन, स्वजिबनको अस्तित्त्व बिरसन लट्ठ हून मन लाग्छ । कहिले कही शहर बीचको चौबाटोमा हात घुमाई लत्तो छोडी नाचिरहेको पागल देख्दा, म पनी उ सरि लत्तो छोडी नाचूँ नाचूँ झै लाग्छ । पागलपनको मोहले होईन, पृथ्बीको अस्तित्व बिर्सन लत्तो छोड़न मन लाग्छ । कहिले कही हुंछ जव जव गुंजायमान मानिसहरूको हल्ली खल्लीले बेश्यालयको साघुरो गल्ली, म पनी रातको आड़ लिएर पुगु पुगु झै लाग्छ । कामना तिक्त गराऊँन होईन, सभ्यताको अस्तित्व बिर्सन पुगी हेर्न मन लाग्छ ।

salamkrishne · Oct 20, 2020 4:34 PM · 2,686 views

1 Reply

Kati ramro lekhai Haribhakta Katuwal ko. Narayan Gopal ko geet man paraunele pakkai Harinhakta Katuwal lai chinchhan hola.

chicagoan · Oct 20, 2020 6:17 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion