कुकुरले नि तिन घर छोडेर मुत्छ।

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

प्रसंग के भनेदेखुन, मलाई मेरो श्रीमतीको दिदि असाध्य हट लाग्छ। झट्ट हेर्दा चाहिँ मेरै बुढी हट छे, बुबु र बिहाइण्डनी मेरो बुढीको राम्रो छ। तर बुढीकी दिदी मेकअप गरेर, दामी लुगा लगाएर, असाध्यै टेम्पटिंग भएर हिंड्छिन्। फेसबुक, ईन्टाग्राम मा सधैं सेक्सी फोटो पेस्ट गर्छिन। अर्कै स्टेटमा भा उतभएर धेरै भेट हुँदैन, भेटघाटभा बेला असाध्यै सिडक्टिभ ईनुएण्डोज देको जस्तो लाग्छ। अहिलेसम्म त टाढै छैं, त्सैले धेरै सोचेर बस्दिन। तर बुढीलाई चैं दिदि भाकै ठाउँमा मुभ हौं भन्छे। आफूलाई पर्यो आपत। रेडिट् मा एकचोटी पढ्या थें, "Having affairs with coworkers and wife's sisters is a BIG NO NO" कोवर्कर को बिर्सें, wife's sister को चैं, "a simple fight about a lunch can go pretty far " भनेर लेख्या थियो, धेरै अप भोट नि पा थियो। "कुकुरले नि तिन घर छोडेर मुत्छ", भन्ने उखान व्यवहार उपयोगी छ? साझावासीको राय जान्न मन लायो माईलर्ड।

dave_dat · Oct 6, 2020 9:58 PM · 10,282 views

2 Replies

"कुकुरले नि तिन घर छोडेर मुत्छ" पहिलो पल्ट सुन्दै छु | धेरै जस्तो साली संग भेना को जोडी पनि भएको देखेका छौ तर यो चै ठिक उल्टा भयो | तेसो भए टाढै बसदा ठिक होला |

Logan · Oct 6, 2020 11:15 PM

स्टरिंङ्ग अप।

dave_dat · Oct 9, 2020 9:49 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion