ट्रम्प पछि अब ओलिको पालो?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

* यो भिडियो को स्क्रिप्ट हो .. भिडियो केहि समय पछि तयार होला, समाचार सुनिहाल्नुस् * निजि डाक्टर पछि ओलिका ४ जाना आसेपासेमा कोरोना संक्रमित अमेरिकाका राष्ट्रपति दम्पतिलाइ कोरोना संक्रमण पुष्टि भएको भोलिपल्ट नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीका तीन जना सल्लाहकार र स्वकीय सचिवलाई समेत कोरोना संक्रमण भएको पुष्टि भएको समाचार छ । यहि शुक्रवार गरिएको पीसीआर परीक्षणमा प्रधानमन्त्रि ओलिका मुख्य सल्लाहकार विष्णु रिमाल, ओलिका प्रेस सल्लाहकार सूर्य थापा र परराष्ट्र सल्लाहकार राजन भट्टराई तिन जनैमा कोरोना संक्रमण देखिएको छ। तेस्तै प्रमुख स्वकीय सचिव ईन्द्र भण्डारीलाई समेत कोरोना संक्रमण देखिएको प्रधानमन्त्रीको सचिवालयले जानकारि दिएको छ। त्यस अघि प्रधानमन्त्रिकि निजि चिकित्सकलाइ पनि कोरोना संक्रमण भएको बारेमा मैले यस अघि नै रिपोर्ट बनाएको थिएँ । उनकि निजि चिकित्सक शाहले लामो समय देखि प्रधानमन्त्रिलाइ नभेटेको बताएपनि उनका सल्लाहकारले दैनिक प्रधानमन्त्रि संग भेटघाट गर्ने हुनाले उनमा संक्रमणको उच्च जोखिम रहेको देखिन्छ । उमेर र स्वास्थ्य स्थितिको कारण प्रधानमन्त्री केपी शर्मा निकै नै उच्च जोखिममा भएको ब्यक्ति हुन। तेसैले, संक्रमणमा उच्च सजगता अपनाउनु आबश्यक हुन्छ ।

AnandNepal · Oct 3, 2020 9:23 AM · 1,828 views

1 Reply

भिडिति ठ्याक्कै दुइ घण्टामा तयार भएछ .. स्क्रिप्ट माथिकै हो .. थप कुरा ओलिले बेसारको बारेमा फैलाएको अफवाहको बारेमा पनि छोटो चर्चा गरेको छु !! ६ जनाको टिममा ४ जना संक्रमित भएपछि २/३ हुँदो रहेछ .. त्यो चाँहि अपलोड गर्ने बेलामा मात्रै पत्तो पाएँ तेसैले कभर आर्टमा दुइ तिहाइ संक्रमित भनेर लेखेको .. https://youtu.be/l_Kq9VopH14

AnandNepal · Oct 3, 2020 11:28 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion