मुसा पस्यो - ठमेल लगायत सबै तिर अन्धकार बनायो !

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

मुसाले गर्यो ठमेल बागबजार लगायत काठामाण्डौं अन्धकार काठमाण्डौंका मुख्य मुख्य ठाउँमा दिउसो असोज ११, आइतबार दिउँसो ३ बजेदेखि अचानक बत्ति गयो। यसरि बत्ति जाने ठाउँहरुमा नारायणहिटि राजदरबार ,लैनचौर , लाजिम्पाट, महाराजगज ,पानीपोखरी, बागवजार, गैह्रीधारा, ठमेल, सामाखुशी, टगाल, बवरमहल आदि स्थानहरु रहेका छन। यस बारेमा बुझ्दा प्राधिकरणले लैनचौर सब-स्टेसनको प्यानलबोर्डमा मुसा पसेकोले उक्त सब-स्टेसनबाट विद्युत आपुर्ती हुने सबै स्थानमा बिद्युत अबरुद्ध भएको बताएको भन्दै नेपाल लाइभ अनलाइनले समाचार लेखेको छ । मर्मत टोलीले विद्युत पुनः संचालन गर्नको लागि काम गरिरहेको तर विद्युत पुनः संचालन हुन केही समय लाग्ने प्राधिकरणको बताएको समाचारमा उल्लेख गरिएको छ। तेस्तै पोखरा वितरण केन्द्रमा भएको मर्मत सम्भारको कारण पोखराका धेरै स्थानमा बत्ती कटिएको पनि सोहि समाचारमा उल्लेख गरिएको छ। यसरि पोखरा र काठमाण्डौंका मुख्य मुख्य स्थानमा बिभिन्न बहानामा एकै चोटि बत्ति काटिएपछि ग्रहाकहरु इन्भर्टर र जेनरेटर खरिद गर्न बाध्य हुने सम्भावना देखिएको छ। यस अघि मैले कुलमान घिसिंगको बहिर्गमनलगत्तै इन्भर्टर र जेनरेटर खरिदमा दुइ गुणा बृद्धि भएको बारेमा चर्चा गरेको थिएँ । यि घटनाले त्यसमा थप बृद्धि हुने निष्चित नै छ। (यो बारेमा भिडियो बनाउँदै छु !)

AnandNepal · Sep 27, 2020 11:07 AM · 108 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion