RIP छेतेन

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

‘प्रेमगीत ३’ रिलिज हुनु अगावै निर्देशक छेतन गुरुङको निधन नेपालि फिल्मका राम्रा निर्देशक तथा स्क्रिप्ट राइटर मानिएका छेतन गुरुङको अचानक निधन भएको छ । लिभरमा समस्या देखिएपछि दुई दिन अगाडि काठमाडौंको मेट्रो अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएका गुरुंगको मंगलवार विहानै २ बजे निधन भएको निर्माता सन्तोष सेनले जानकारी दिएका छन् । ४२ वर्षका गुरुंगले निर्देशन गरेको र सन्तोष सेनले निर्माण गरेको ‘प्रेमगीत ३’ कोरोनाको कारणले रिलिजमा ढिलाइ भएको थियो। सन २०१४ मा दिनेश राउतले निर्देशन गरेको फिल्म ‘नोभेम्बर रेन’ राउतले मा एक नयाँ स्क्रिप्ट राइटरलाइ मौका दिएका थिए । सो फिल्मले निकै नै तहल्का मच्चायो धेरै अवार्ड हरु जित्यो। त्यस फिल्मबाट डेब्यु गेरेका लेखकले उत्कृष्ट लेखकको अवार्ड समेत जितेका थिए। डेब्यु फिल्मबाट नै उत्कृष्ट लेखकको अवार्ड पाउने ति लेखक छेतन गुरुङ नै थिए। https://youtu.be/9os6wlYmu1Q त्यसपछि उनले दिनेश राउतले नै निर्देशन गरेको अर्को राम्रो र सुपर हिट भएको फिल्मको स्कृप्ट लेखे क्लासिक, त्यसपछि अर्को सुपरहिट भएको फिल्म "ए मेरो हजुर ३’ को स्क्रिप्ट पनि उनैले लेखेका थिए। त्यस्तै, छेतन गुरुङले स्क्रिप्टका साथै फिल्म निर्देशन मा समेत हात हाले फिल्म ‘डम्बरुको डण्डीवियो’ निर्देशन गरेर। ‘डम्बरुको डण्डीवियो’ बक्स अफिसमा सफल नभए पनि, सो फिल्मबाट उनको निर्देशकिय क्षमताको भने निकै नै प्रशंसा भएको थियो । तेसैले त उनले ‘डमरुको डण्डीवियो’ बाट नव-निर्देशकको अवार्ड समेत जित्न सफल भएका थिए कामना फिल्म अवार्डमा। तेस्तै उनले "डायरि" नाम गरेको फिल्मको स्कृप्ट लेख्नुका साथै उअन्ले सन् २०१५ मा रिलिज भएको फिल्म ‘आभाष’ को एक गीतमा संगीत समेत भरेका थिए । छेतेनले स्क्रिप्ट लेखेका सबै फिल्म हिट भएका, हिट नभएको उनले निर्देशन गरेको फिल्मले पनि अवार्ड जितेका छेतेनको अति नै प्रतिक्षा गरिएको उनि आँफैले निर्देशन गरेको नयाँ फिल्म ‘प्रेमगीत ३’ कोरोना र त्यसले गरेको लकडाउनको कारणले प्रदर्शन हुन सकेको थिएन। यो फिल्म प्रदर्शन नहुँदै उनि भने ठुलो जोशका साथ नयाँ फिल्म "हुतुतु" निर्माणको तयारिमा जुटि सकेका थिए । केही महिनायता "हुतुतु" फिल्ममा देशकै चर्चित कलाकारहरु प्रस्तुत गरेर सन्तोश सेनले नै निर्माण गर्ने र निर्देशन छेतेनले गर्ने भनेर स्क्रिप्ट लेखन र कलाकारको छनोट भइरहेको थियो। लेखक तथा निर्देशक छेतन गुरुङको असामयिक निधनले फिल्म क्षेत्रलाइ नै स्तब्ध बनाएको छ यो शोकको क्षणमा गुरुङको परिवार र आफन्दजनमा हार्दिक समवेदना। उनि प्रति श्रद्धाञ्जली का साथै आत्माको चिर शान्तिको पनि कामना छ।

AnandNepal · Sep 9, 2020 12:49 PM · 3,020 views

2 Replies

छेतेनका फोटोहरु

AnandNepal · Sep 10, 2020 2:57 PM

त्यस्तो ट्यालेन्ट भएका लेखकले जम्मा ७ कक्षा मात्रै पढेका रहेछन श्रिमति गुमाइ सकेका - एक छोरिलाइ टुहुरो बनाएर आमा संग छोडेर बितेछन -- कति अनौठो जिवन!! https://youtu.be/dSX6bIrhZrA

AnandNepal · Sep 11, 2020 11:14 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion