पुल्चोक झडप नियन्त्रणमा खटिएका १८ प्रहरीमा कोरोना संक्रमण पुष्टि

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

बिहीबार ललितपुरको पुल्चोकमा झडप नियन्त्रणमा खटिएका १८ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ। शुक्रबार महानगरीय प्रहरी परिसर, ललितपुरका इन्स्पेक्टरसहित १८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी सन्तोष तामाङले जानकारी दिए। उनीहरूले परीक्षणका लागि कहिले स्वाब दिएको भने यकिन छैन। उनका अनुसार ती १८ जना बिहीबारको झडपमा खटिएका प्रहरी हुन्। ‘५५-५६ जनाको पिसिआर टेष्ट गराएका थियौं। त्यसमा अहिलेसम्म १८ जनाको आएको हो। अरूको रिपोर्ट आउने क्रममा छ’, उनले भने। त्यस्तै, शुक्रबार नै महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा १३ जनामा संक्रमण देखिएको छ। ट्राफिक प्रहरी महाशाखामा र काठमाडौं परिसरका १५-१५ जनामा संक्रमण देखिएको छ।

thankeshwor · Sep 4, 2020 10:13 AM · 8,261 views

7 Replies

ठंके मुज्जी यो कुरा झुटो हो, what is source ?

sexy in haku patasi · Sep 4, 2020 10:45 AM

https://nypost.com/2020/08/24/... 77 out of 77 NFL players tested positive were found to be negative upon testing 2nd time. And these people were rich and powerful. I would not be surprised if 90% of covid positive are false.

be-aware · Sep 4, 2020 11:22 AM

Hijo ko aajai test result aaisakyo? Kasto lightning speed

chicagoan · Sep 4, 2020 7:35 PM

Bahya, nepal has significally upscaled in lan testing , a few years back ,as i remember we used to send most if not all lab reports to third countries for the test . But as of now neoal has 20 advanced labs and bearly any test goes outside for verification.

thankeshwor · Sep 4, 2020 7:59 PM

It’s government saying stay off marching in streets. They have swabbed and told to go control the protest. So anyone who came close to them need to be tested too

RamkumarPoudel · Sep 4, 2020 8:09 PM

Wow..that is impressive. They were able to test and get the results so quickly. I heard that many times the symptoms do not appear for 2 weeks but in Nepal they had the presence of mind to test those cops that were sent to quell the unrest and so quickly found out many of them were infected.

chicagoan · Sep 4, 2020 9:45 PM

भाया, त्यहाको स्वस्थ छेत्र अमेरिका जस्तो डामाडोल छैन, PCR टेस्ट फ्री हो , सैनिक, प्रहरी डाक्टरको निमेयित परिछ्येन हुन्छ , सबै बिरामी symptom फ्री हुन्छन भन्ने होइन, सबैलाई symptom देखा पर्न २ हप्ता कुर्नु पर्चा भन्ने होइन । मुख्य कुरा भीडले police लाई कोरोन सार्यो भन्ने होइन, प्रहरीले भीड लाई सारेको हुन सक्छ , जसले जसलाई सारे नि सुमदायेमा फैल्यो , रथ तान्ने २ ४ जना बेबकुफ jobless हरु ले धेरै लाई परेसान गरे ।

thankeshwor · Sep 4, 2020 9:55 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion