नेपाललाइ अंग्रेजले किन जित्न सकेन ? (शिख साम्राज्यमा जस्तै मारकाट त गराएकै थियो)

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

नेपालमा कोत पर्व, भण्डारखाल पर्व सबै अंग्रेजको सहयोगमा भएको हुन सक्छ .. तेस्तै काण्डै काण्ड गराएर शिख साम्राज्यलाइ अंग्रेजले हडपेको रहेछ । राजा रंजित सिंह मरे - त्यसपछि उनका दुइ छोरा, एक नाति, पनाति जन्मनु अघि वा जन्मने बित्तिकै मारिएको हुन सक्छ । त्यसपछि बेलायतले शिक साम्राज्य हडप्यो। नेपालमा पनि त्यस्तै त्यस्तै घटनाहरु भएका थिए - त्यहि समयमा । अंग्रेज बिरोधिहरु सबै सखाप पारिंदै थिए। ३० बर्ष शासन गरेका भिमसेन थापालाइ फसाइयो - आत्महत्या गर्न बाध्य पारियो (आत्म हत्या भनिए पनि उनको हत्या भएको पनि हुन सक्छ) राजा रणबहादुर शाहको हत्या, गिर्वाण बिक्रमको पनि हत्या - वा रहस्यमय मृत्यु राजा राजेन्द्रलाइ जंगबहादुरले बन्दि बनाए .. प्रधानमन्त्रिहरुमा पनि माथवर सिंहको हत्या, त्यसपछि अर्का प्रधानमन्त्रि फतेजंगको पनि हत्या .. पक्कै पनि अंग्रेजहरुको हात छ होला । यो बारेमा बिष्लेषणात्मक रुपमा कसैले केहि लेखेको छ कि छैन होला ? मैले शिख साम्राज्यको बारेमा छोटो बिश्लेषण गरेको थिएँ । जिन्द कौर को रहिछिन भन्ने बुझ्न खोज्दा । यो भिडियोको फलोअप बनाउन रहर लागेको छ । https://youtu.be/zXWn3nhKMRk

AnandNepal · Aug 29, 2020 6:46 PM · 14,396 views

6 Replies

Keep it up with the video series. Thank you for the video.

MTEVEREST8848 · Aug 30, 2020 8:30 AM

Ananda ji, sabai dosh angrej lai dinu pani thik hoina. India ma British kina divide and rule garna safal bhayo bhane, Indiaka Raja khalak, sena pati adi ma bhayeko swartha, lov pani thulai karan chha. Gulab Singh le Angrej sanga chuttai samjhauta gare ra Kashmir rajya Punjab bata tukrayera tesko raja bhaye. Ani Ranjeet Singh ka santan haru Ranjeet singh jasto charismatic pani thiyenan. Arko kura, mughal harusanga tetro yudda garera, balidan diyera charchit bhayeka Rajput madhye dherai pachhi tehi Mughal akramankari haruka sahayogi bhaye. Itihas teti black and white chhaina, yo gray area ho. Sabai dosh angrejlai dinu hindi film ma ramro dekhinchha, tara tyo ardhasatya matra ho.

chicagoan · Aug 30, 2020 5:23 PM

दुईटा कुरा हुन जस्तो लाग्छ मलाई 1) पहाडी भुभाग 2) गोर्खालीको लडाकु बानि | सायद अङ्रेजलाइ लाग्यो धेरै सेना लिएर आयेर जिते पनि यी गोर्खालीहरु सान्त बसदैन र छापा मार यूध्ध गरिरन्छन | तेस्यो भएकोे भए त अङ्रेजको धेरै पैसा खर्च हुन्थियो र धेरै सेना नेपालमा राख्नु पर्यो भने उता इन्डिया मा कम सेना हुन्थियो |

harkhe7 · Sep 1, 2020 7:08 PM

You are welcome @MTEVEREST8848. Thank you for the comment. I agree @chicagoan - सबै दोष अंग्रेजको कदापि पनि होइन । उनिहरुभन्दा निकै नै शक्तिशालि अंग्रेजलाइ भगाउनु पर्छ भन्ने मेन्टालिटिले झन झन दलदलमा फसेको जस्तो भएको हो कि। नेपालिहरुले - त्यसमा पनि जंगबहादुरले चाँहि अंग्रेजसंग दुस्मनि गरेर फाइदा छैन भन्ने बुझेको पनि हुन सक्छ। उनले स्थानिय स्तरका ब्रिटिस प्रतिनिधिसंग कुरा गर्नुको साटो सिधै लण्डन गएर त्यहाका सम्राट संगै डिल गर्ने अनौठो सोच बनाएका थिए । @harke7 का ति दुइ कुरा पनि हुन त सक्छन तर, 1) पहाडी भुभाग नेपालमा मात्रै होइन, कस्मिरमा पनि थियो, यता दार्जिलिङ तिर पनि थियो। 2) गोर्खालीको लडाकु हुनुले पनि खासै फरक पर्ने थिएन - उनिहरुसंग आधुनिक हात हतियार थिए - सुगौलि संधि अगि नेपालिहरुलाइ उनिहरुले जितिसकेकै हुन। नेपालिहरुले नसकेर देशको धेरै भाग छोडेर त्यस्तो सन्धि गर्नु परेको थियो। एक राणा साथिले भनेको यो कुरा पनि हो जस्तो लाग्यो .. (screenshot)

AnandNepal · Sep 4, 2020 12:43 PM

Thank you Ananda jee. Makes sense

chicagoan · Sep 4, 2020 9:50 PM

@AnadNepal सन्धि पछि पनि 30 वर्ष "peace without coordiality" भएकोे रहिछ | अङ्रेजले चाहेको भए त धेरै सेना लायेर जित्न पनि सक्थ्हे| अङ्रेज पैसा कमाउन आएका थिये| पैसा धेरै खर्च हुने काम उनीहरू गर्दैन थे | राणा आयेपछि नेपाललाइ आफ्नो बनाउनु पर्ने आवसेक्ता नै परेनछ | मेरो बिचार चाहिँ अङ्रेजले नेपाललाइ जित्न नसक्ने भन्ने होइन| मेरो बिचारमा अङ्रेजले पैसा धेरै खर्च हुने र घाटा हुने काम चाहिँ गर्दैन थे | Last edited: 05-Sep-20 12:02 PM

harkhe7 · Sep 5, 2020 12:02 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion