यस चलचित्रको गीति एल्बम नेपाली फिल्मी संगीत मन पर्ने सम्पूर्ण साथीहरुलाई समर्पित गर्न चाहन्छु र यसको सर्बाधिकार म संग नभयको पनि जानकारी गराउन चाहन्छु, यो म संग भयको प्रतिको नक्कल मात्र हो। २०४६ साल पछि फिल्मी जगतले यसरि कोल्टो फेर्यो कि तपाई हामी जस्ता संगीत प्रेमी त यसमा भुलेउ नै कतिले आफ्नो बेबसयिक रुपमा यसलाई पेशा बनायर अपनाए अनि सफल पनि भए, समय बित्दै गयो गीत हरु हामीले रेडियो, क्यासेट, सिडी, mp3 हुदै अहिले आएर youtube लगायत विभिन्न digital platform मा सुन्दै छौ, यहि बिचमा हामी माझ सम्झनामा रहेका धेरै फिल्म, गीतहरु अहिले सम्म पनि हामी माझ छैनन, खोज्दा नि भेटिन्न नत बास्तविक सर्जक संग नै यी कुराहरु छन् तेसैले मैले आफु संग भयका पुराना क्यासेट टेप, सिडी हरुको धुलो सफा गरेर पोस्टर scan गरि अपलोड गर्नी सानो प्रयास गरेको छु र आफु संग नभएका गीत एल्बम खोजि गरि हामी सबै माझ ल्याउने कोसिस गरिरहेको छु आशा छ हजुरहरु लाई मैले प्रस्तुत गरेको video हरुले सम्झनाका ति पुराना पलहरु समात्न सहयोग पुर्याउने छ। यदि मैले अपलोड गरेका कुराहरुले बास्तविक सिर्जना गर्ने बेक्तिलाई हानी पुग्न जान्छ भने म हजुर हरुको एक सुझाब मानी उक्त सामग्री निस्क्रिय गर्न तयार छु। यो भिडिओ अपलोड गर्नुको एक मात्र उदेस्य, मैले मात्र यी गीत यी फिल्म र सर्जक हरुको सम्मानमा promotional video मात्र बनायको हु। पुराना दिनका सम्झनाहरु मनमा खडकिदै जादा , ति हलहरुमा हल्ला गर्दै, सिटि बजाउदै, t -shirt हावामा उडाउदै, बस्ने काठ का बेञ्च, टिकेट फुल हुदा अझ पर्दा अगाडी नै टासिएर भुइँमा बसेका दिनहरु, चुइगम टासिने कथाहरुको सम्झनामा बनाइएका सामग्री मात्र हुन्। कति साथीहरुले फिल्म हलमा नै आफ्नो जीवनसंगी भेट्नु भो' कतिले मिठा माया लाउनु भो' कतिले ६ नम्बरी चप्पलको छाप लगाई माग्नु भो होला, फिल्मी जगतका नायक हरुको नक्कल गर्नु भो, उसकै जस्तो कपाल काट्ने, बोल्ने, हिन्ने नक्कल गर्नु भो होला... आज उहाहरु कहाँ हुनुहुन्छ हामी कहाँ छौ तर यस्तै पुराना फिल्मी सामग्रीले ति दिनको याद ताजा र नजिक गराउन सक्छ, उतिकै फिल्म निर्माता हरुको पनि ठुलो देनले आज सम्म पनि यी सम्झना हामी माझ भयको महसुस गर्न पाएका छौ । मैले नेपाली फिल्म मात्र नभयर पप, आधुनिक, रक, rap पनि उतिकै सुन्न्छु र मन पनि पराउछु कुनै पनि गीत भन्नि बित्तिकै कति मेहेनतले बनाउनु भाको होला भनेर तेस्को सम्मान गर्छु ति स्रस्टा हरुलाई सम्झन्छु सकेसम्म उहाहरु संग नजिक हुन पनि रुचाउछु । मेरो नजरमा 'मात्र यो गीत राम्रो' 'यो गीत नराम्रो' भन्नि छैन, अझै कति सुन्न नपाएका देख्न नपाएका गीत तथा फिल्मको खोजि गर्दै हेर्ने सुन्ने गर्छु , यहि मेरो माया यसै प्रतिको लगाबले केहि भयपनी हमि सबैलाई साझा मनोरंजन होला भन्नि हेतुले यी सामग्री बनायको छु, अन्यथा कुनै पनि मेरो कुद्रिस्टि नरहेको जानकारी गराउन चाहन्छु। https://youtu.be/mr0B7CVrMgA
sukekogeet · Aug 29, 2020 10:32 AM · 1,967 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion