भाते मुखिया बा हरु बडो सालीन , सभ्य जे जे भन्न् मन लाग्छ आँफैले सझिनुस्, ठान्छं र मौका पर्दा अरुजातलाई बिशेषण प्रयोग नगरि शब्द र वाक्य अघी नै बड्दैन अनी मलाई भन्न् मन लाग्छ जातले होईन सन्स्कार कस्तो बोकेको छ् र कस्तो मनिष हो को चिनारी गराउछ | जातमै मात्र गर्व गर्ने हरु" मेरा बाजेले घीउ भात खाएका थिए लौ सुघ" भन्ने हरु बग्रल्ती घाऊ घर देखी साझा सम्म गनाउछ | कालेज पडाइको बेला हाम्रा मुखिया मित्रको दाइको बिहेमा निमन्त्रणामा गैइेको थियो | हाम्रो ग्रुप मा बनेपाको एक जना पनि थियो| भोज खान गाईयो अनी बनेपाली भन्छ होईन पर्बतेको भोज भनेको एही हो ? तिमीहरुलाई मेरो गुठीको भोजमा बोलाउछु अनी थाहा पाउछौ के हो भोज भनेर? कुनै बेला गैइयो राङा भन या भैंसी ५-६ पारीकार त मासु नै थियो, हाकु छोईला को स्वाद नै अर्को दशकौ पछी जिब्रो फट्कारेर खाइेको थियो | मुख्य कुरा के हो भने भोज भतेरमा जादा तिम्रो ससुराली या मामा घर गएको झै नठानि जानु अनी चाहिदो भन्दा बडी आशामुखी पनि नहुनु यानेकी तिहुन चखुवा प्रब्रित्तीलिएर छिर्दा स्वदिस्ठ भोजन भए पनि तिम्रो मुखले थाहा पाउदैन| भोजन गराइने कुरा चाल् चलन, गाहु घर कहाँ छ , दुलही पक्षको आर्थिक अनी व्याबहारिक पक्ष आदी इत्यादिमा भर पर्ने कुरा लाई जन्तीजानेको हजार दाउ बोकेर गएकालाई खुशी बनाउन सकिन्न | भाते मुखियाको भतेर् हाम्रा बनेपाली साथीलाई चित्त बुझेन धन्न पुलाउनै थियो तर desert मा भाने खिर र लालमोहन राखेका थिए | हाकु छोईला र बारा खान पाएको भए बनेपालिको घैटोमा घाम लाग्थ्यो होला अनी पर्बते मूझीको मा भोज खान बोलाएको होकी चाम्रे खान बोलाएको भन्दैन थियो होला? ( ब्यङ हो : क पछी ख लेखेको छैन है ) Last edited: 28-Aug-20 03:08 PM
logan · Aug 28, 2020 2:40 PM · 21,891 views
व्यंग किन र के कारण लेखिन्छ त्यो त ब्यङ्ग कारले मात्र जाबाफ दिन सक्नु हुन्छ भने भैरब अर्याल माथि पुगी सक्नु भयो | नेपालि व्यंग विधामा भैरब अर्याल को देनको हिसाब किताब गर्ने सकिन्न भने नया विधा हरु देखिदै हुनु हुन्छ तर पनि तेती फ़स्तिए को देखिदैन | बरु युट्युब ले स्थान ग्रहण गरेको छ ( पड्ने कस्ट नै गरु परेन) भने क पछि ख अनि ग न आई किन घ आयो भन्ने कुरा पाठक र श्रोता लाइ बुझाउन हम्मे हम्मे पर्ने छ | हात्ती आयो हात्ती आयो फुसा | बुझ्नेलाइ फुलको माला नबुझ्नेलाइ श्रीखण्डको चन्दन लेप | यो चन्दन लेप पनि हाती छाप भएको रुपैया या भारतीय रुप्यैया नदेखी भट्ट ले तपाइलाई चन्द को लेप दिने छैन ? सबै खेल रुपैयै मै च्याम्प्याटि घुमेझै घुम्छ | No one is interested in Story but women with bare minimum clothes. I have copied and paste a story of an Elephant which is only viewed 145 times and some of the complained " could not understand what I wrote" https://www.sajha.com/sajha/ht... Last edited: 04-Dec-20 09:09 AM
Logan · Oct 8, 2020 11:22 PM
"जातले होईन सन्स्कार कस्तो बोकेको छ् र कस्तो मनिष हो को चिनारी गराउछ | जातमै मात्र गर्व गर्ने हरु" मेरा बाजेले घीउ भात खाएका थिए लौ सुघ" भन्ने हरु…" "भाते मुखियाबा" …हाम्रो लोगन ब्रोको क्लासिक धागो हो ! सबैले पढ्न पर्छ ! लोगन ब्रोको एनकडोटमा कति विस्डम छ … मैले केहि न केहि नयाँ सिकने गरेको छु … लोगन ब्रोको कथा र लेख बाट ! लोगन दाजु (बाइडेन) र "कार्की भाइ" (ट्रंप) भएता पनि … मिउचल रेस्पेक्ट … कहिले गुमाउने छैनौ ! 🙏😇 Last edited: 26-Dec-20 05:14 AM
Nas · Dec 26, 2020 5:08 AM
औ लोगंन ब्रो … कतै "भाते मुखियाबा" कै सन्तति पर्न भो कि क्या हो … तलका पात्रहरु … 😂 https://youtu.be/LFqASuePNYM
Nas · Dec 28, 2020 9:07 PM
ए लोगान दाई नास ब्रो ले यति धेरै माया सम्मान गरेको छ । कति ठुस्सिएर बसेका हौ । मान सम्मान को बदलामा अलिक निष्ठुरी पन त कम गर न हौ । अनि नास ब्रो , ब्रो ले अर्को थ्रेड मा पनि लोगान दाई लाई हृदय देखि नै सम्मान गरेको देखें , कतै ब्रो संग बाझ्ने हाम्रो आफ्नै लोगान दाई नभएर औतारी त होइन iogan नाम बाट ? अनि ब्रो कहिले देखि कार्की भएको नी ? उस्तै भयो भने प्रियंका जी ले बाउचाको थर लिनु भएर पछि डिभोर्स गर्नु भयो तर passport मा चाई त्यही थर रहेछ अनि इंशल्लाह ब्रो संग जोडी मिल्यो भने "नास देशराज श्रेष्ठ" होला है :) म पनि त लोगान दाई को लेखन को पारखी हु नी । मान्छे हरु लोगान दाई को कथाहरू को भेउ नपाएर खाली दाई को भाषामा मात्र कमेन्ट गर्छन । हो, कहिले काँही मा जस्तो भैरव आर्याल र लक्ष्मी निबन्ध संग्रह पढेकोलाई समेत दुई चोटी पढ्नु पर्छ -- सायद बुढा लाई हिन्दी शिक्षक ले नेपाली पढाएको हुनुपर्छ । तर लेखको गुदी चाई निक्कै गहकिलो हुन्छ । मैले यो कुरा अन्यन्त्र पनि जिकिर गरेको छु ।
salamkrishne · Dec 28, 2020 11:08 PM
"सायद बुढा लाई हिन्दी शिक्षक ले नेपाली पढाएको हुनुपर्छ" too funny
pandeyji · Dec 28, 2020 11:13 PM
"अनि ब्रो कहिले देखि कार्की भएको नी ?" क्रिश्ने ब्रो २०१५ देखि भन्न पर्ला ब्रो ! 😇 "इंशल्लाह ब्रो संग जोडी मिल्यो भने "नास देशराज श्रेष्ठ" होला है :)" हाहा क्रिश्ने ब्रो …माशाल्ला…शुक्रान !! 🙏 म त्यो दिनको पर्खाइमा छु नि ! बिहे गरे भने मेरी प्राण पियारीसंग मात्र गर्ने हो ब्रो ! उन्हाको बाउचाले उन्हा माथि कहिले सौता हाल्न हुन्छ र म उँहालाई फेरी यही साझा बाट पिरेम प्रस्ताब पठाउने मिठो सपाना बुनि बसेको छु हौ ब्रो ! 🙈 "हो, कहिले काँही मा जस्तो भैरव आर्याल र लक्ष्मी निबन्ध संग्रह पढेकोलाई समेत दुई चोटी पढ्नु पर्छ" 🤪😂 Last edited: 29-Dec-20 07:16 AM
Nas · Dec 29, 2020 3:08 AM
मुख्यतया सप्तकोशी देखि पश्चिमका भारत संग तासिएका तराई छेत्रमा मेरो बाल्यकालमा नेपालि पढाउने सिक्षक हरु ब्राम्हण जातिनै भए पनि उनीहरुको बोलचाल देखि रहन सहन स्थानीय संग मिल्ने हुन्थ्यो | उक्त छेत्रमा बस्ने औसत बिद्यार्थी को लेखाइ पनि बोलचाल झैँ हुने भएर नेपालि र अंग्रेजीमा धेरै जसो एस एल सी परिक्षामा असफल हुने हरु बिहार ( बनारस ) जाने गर्थे | अंग्रेजी को कुरै नगरौ : Mature मातुरे , Future फुतुरे , September सेक्टेम्बर भनि पढाईएको थियो | मेरो गाउमा गोर्खालीका पढे लेखेका छोरा छोरी सरकारी जागिर बाहेक गाउ छिरेर शिक्षकको काम गर्न को रुचाए र गए ? भलै गाउ फर्क ल्याएर गाउ र सहर बीच को असामान्यता हटाउने आदर्श उद्देस्य कागजमा मात्र सिमित रहेको कारण मेरो जेनेरेसनले पनि गाउ सुधार देख्न पाएन,अहिलेनै के नै सुधार भएको छ ? म्याट्रिक परिक्षा नेपाल को एस एल सी बोर्ड बाटै गरेको हु | साझाका बिद्वान हरुले यो म्याट्रिक भनेको माना पाथी सेर मन को ठाउमा ल्याईएको नाप तौल सम्झेलान ? गूगल गरि लेउ , पता चलिहल्छ के भनेछ लोगंनले | हो मैले बिहारी वा बिहारी झैँ बोल्ने सिक्षकहरु बाट प्राथमिक शिक्षा पाएको हु र ति गुरु हरु आज हामीलाई छोडेर गइसक्नु भएको छ तर "गुरु देबो भव" " मातृ देबो भव " "पितृ देबो भव" अझै दिल दिमागमा बसेको छ| गुरुहरु प्रति मेरो मेरो ठुलो आदर थियो र छ | बात ऐसन छ |
Logan · Nov 7, 2021 11:50 AM
This story nicely potreys nepali social culutral and economical aspects mainly btn 2030 and 40s .ao called big jamdindars , sahu mahajan and their cruelity . Hats off to the writer who brings the forgotton stories refreshing our mind
kattu tiwari · Nov 8, 2021 3:41 PM
काठमाण्डपवाको बिसाल नेपालमा ठानीलिने महानुभावले गाउ फर्के कुन चराको नाम हो भनि लेऊला, ९० को दशक सम्म पनि ३० सौ ४० सौ को भन्दा कोहि फरक नहिबा दुर्गम तराइका गाउममा तर नेता चै गिरि, हमाल, पुरी,मल्ल, कोइरा आदी नै थिए | यहि पहाडी दुर्गम छेत्रको हालत फरक थियो र छ , यतिनै हो त्यहा बिहारी शिक्षक पुगेका छैनन्| अपवादको रुपमा मेरो जन्म्स्थल्को गवाममा बि ए पास गरेको बिहारी गुरु हुनु हुन्थ्यो | वहा मेरा काका बा का पाला देखिका थिए र मैले पनि वहा बाट शिक्षा पाएको थिए अनि तराइ छिरे पछि एक का ठाम मा धेरै थिए | पछी हाइ स्कुल जो शहरमा थियो त्यहा का हेड मास्टर भगत सर हुनु हुन्थ्यो | बात एैशन ख: | Last edited: 10-Nov-21 01:21 PM
Logan · Nov 10, 2021 11:30 AM
धेरै राम्रो यात्रा संस्करण, लोगनको लेखहरुमा म आफै लाइ कुनै न कुनै रुपमा पात्र केन्द्रित भएको महसुस गर्दछु, ३० र ४०को दसक नेपाली इतिहासमा निकै कालो र पुरातनबादी थियो, काठमाडौँका कयोउ ठाउँमा तत्पर्यन्त मधेसी लै अपसब्द बोल्ने, गाउँबाट झरेका लाइ पखे भन्ने प्रचलन येथावत नै छ . कसै लाइ गिराउन, कसैको अर्थै हिसाबले तौलने , कुन गाडी चद्छ तेस्को आधारमा जज गर्ने नपुन्ग्सकहरु भन्दा येथार्थबदी बस्तुपरक लेख लेख्ने लोगनको लेख पढ्न अरु मित्रहरुसंग पनि अनुरोध गर्दछु .
kattu tiwari · Nov 10, 2021 1:47 PM
भूमिसुधार लागु भए २०२० -२०२४ अनि गाउ फर्क पनि ल्याए गाउ गाउ मा साक्षारता बढाउँन सरकारी स्कुल पनि खोलिए | पंचायतलागु पछि बिद्यालय भवन निमार्ण पछि रुखमुनि बसी पढ्नु नपर्ने भयो तर दुईटा कक्षा लाइ एउटै कोठामा राखेर धेरै पछि सम्म पढाईन्थ्यो अनि तराइ छेत्रमा कोहि पनि शुद्द नपाली बोल्ने ब्राम्हण र छेत्री हरु छिरेनन | बिहार बाट आयातित गुरु हरुनै हाम्रा गुरु हरु थिए | पाचौ कक्षा मा ४ क्क्षा र ५ कक्षा एकै कोठामा भएको बेला सामाजिक सिक्षाको गुरुले दिशा कति हुन्छ भनेर सोध्नु भए पछि उत्तर आची बाट सुरु भएको दिसा बिसयमा सबैनै ओकल्यौ | अंग्रेजी मा " ए कैट सैट ओन द मैट" को उच्चाहरण बाट सिकियो भने नेपाली प्रस्ट नै बोल्न नसक्ने गुरु थिए जस्तो थर थियो सापकोटा , वहा त्यो गाउमा पुस्तैनी बस्दै आउनु भएको रे | राजबंसी तराइ बाट छिर पनि कालान्तरमा नेवारी बोलीचाली संगै बिहेबारी चले पनि नेवा जातिका भए भने जस्तै वहा सुद्द तराइ बासि रहन सहन र बोलीचाली ले पनि हुनु हुन्थ्यो | सायद ब्रामण जाति संगै तर बिहार तिर गइ बिहे बारी गर्थे कि ? यिनै कारण हुन् अझै पनि बोलाई र लेखाइमा देखिन्छन सायद यिनै कारण हुन् कि सुरुवाल मुत्नेको ताती लागेको ?
Logan · Jul 11, 2022 11:31 AM
धेरै कोर्न खोजे तर मनले खाएको बिसय बस्तु पनि भेटिएको छैन भने संख्या बृद्दिको लागि नभई 'झिकी कटक" मात्रै भएका छन् | 'मेरा घरका आईमाई हरुले काम नै गर्न पर्दैन" भन्ने गाउ घर का बासिन्दा होइनन सहरिया तर कुनै बेला काठे थिए अझै काठे पारा मै छन् | कुनै बेला अमेरिका बाट फर्किए पछि मेरो छोराले बार्षिक डेडलाख कमाउछ सुनाउँन थाले, यिनका भिनाजुलाइ पनि सुनाउन पुगे पछि मेरो कान्छुले पी एच डि गरे पछि ३ लाख कमाउन थालेको थियो भन्ने सुने पछि छोराको आम्दानीको कुरा सुनाउन छोडे रे ? के जातियता संगै "अहंकार - Narcissm " उम्रिएको हो र किन यो झाङ्गिनलाई केहि पनि चाहिदैन र हावा मात्रै मा पनि फैलिंछ ? "पर पिडनम रति साधनम" यिनी हरुमा धेरै लागु हुन्छ |
logan · Feb 13, 2023 11:16 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion