नयाँ जनमसँगै नयाँ काहानीहरुको आगमन हुने प्रयासमा छ, आँफैभित्र एक नँया पहिचानलाई जन्म दिने कोसिस हुँदैछ, नयाँ सुभारम्भको परखाईलाई संगाल्न यो मन भित्र भित्रै प्रसन्न छ, आफुलाई आफैसँग प्रेमको बन्धनमा बाँध्न यो मन आतुर छ, नयाँ सोच र विश्वाससँगै यो काहानीको सुभारम्भ हेतु आफुलाई तयार गर्ने कोसिसमा छु, जिन्दगीका ती नराम्रा तितो सत्यलाई कोसौ टाढा छोडी आफ्ना पाईलाहरुलाई अघि सार्ने कोसिसमा छु, अब फेरी पछाडि नहेर्ने कसम खादैँ नयाँ परिवेशमा जिउन आफुलाई लायक बनाँउदै छु, सत्य र असत्य विचको भिन्नता छुट्याउन सक्ने क्षेमताको श्रृजना गर्ने प्रयासमा छु, बुद्धको ती प्रर्वचनहरुलाई आत्मसात गर्दै धर्मको बाटोमा आफुलाई अग्रसर गराउने प्रयासमा छु, आफ्नो लागि बाँच्ने कसम खादैँ दुनिँयालाई भुलाउने प्रयासमा छु, मेरो जिन्दगीको सारथी म आफैँ हुँ, मेरो लागि सबैभन्दा विश्वासिलो पात्र केवल म मात्रै हुँ, मेरो आफ्नो छाँया मसँगै दुःख सुखमा साथ दिने एक राम्रो मित्र हो, मेरो आत्मा नै मेरो हमसफर हो, मेरो आत्मा छ त्यसैले म जिवित छु, जिवित रह्ँन्जेल हाँसी हाँसी जिउने प्रण लिएको छु, प्रण लिएको छु ।।।
Arishna sainju · Aug 16, 2020 1:01 AM · 34,665 views
मेरो आत्मा नै मेरो हमसफर हो, मेरो आत्मा छ त्यसैले म जिवित छु This line made me smile! Good one!
ujl · Aug 16, 2020 1:36 AM
Nice!
The Thamelean · Aug 16, 2020 9:42 PM
ये यो लेख नि पढ्न छुटेको रहेछ ! आहा यो लेख त् मेरो वास्तविक जीवनका घटना क्रमसंग धेरै मेल खान्छ ! सार्है मिठो र प्रेरणादायक लेख मेरी प्यारी आरिश्नाजी ! ❤️
Nas · Sep 16, 2020 1:28 PM
Hamsafar hindi sabda ho? Esko nepali ultha ke hunchha?
chicagoan · Sep 16, 2020 2:17 PM
सहयात्री भन्छ क्यारे शिकागो ब्रो !
Nas · Sep 16, 2020 2:57 PM
Dhanyabad. Kati ramro sabda. Nepali kabita ma Nepali sabda harunai bhaye dherai ramro lagne
chicagoan · Sep 16, 2020 3:16 PM
Thank u so much for your suggestion..
Arishna sainju · Sep 17, 2020 1:26 AM
Arishna ji, ek dam ramro chha lekhai, tara sakesamma Nepali sabda nai prayog garnuhos na hai? Upaya nabhaye agantuk sabda thik chha, tara Nepali chha bhane pahilo prathamikta tesailai dinu huna binamra nibedan chha
chicagoan · Sep 17, 2020 11:14 AM
"आफुलाई आफैसँग प्रेमको बन्धनमा बाँध्न यो मन आतुर छ, नयाँ सोच र विश्वाससँगै यो काहानीको सुभारम्भ हेतु आफुलाई तयार गर्ने कोसिसमा छु, जिन्दगीका ती नराम्रा तितो सत्यलाई कोसौ टाढा छोडी आफ्ना पाईलाहरुलाई अघि सार्ने कोसिसमा छु, अब फेरी पछाडि नहेर्ने कसम खादैँ नयाँ परिवेशमा जिउन आफुलाई लायक बनाँउदै छु" मेरा जीवनका सबै प्रेम कहानि फेल खाकाले यी वाक्यहरुले गहिरो अर्थ राक्छ ! तेसैले मैले आफ्नै बैर्याग्यतालाइ आफ्नो जीवनको बाँकी यात्रामा सहयात्री बनाको छु ! सार्है मिठा छन् यी बाक्यहरु अरिश्नाजी ! 🙏 Last edited: 17-Sep-20 11:52 AM
Nas · Sep 17, 2020 11:52 AM
यदि यो कविता हो भने मेरो नाम बबिता हो.
underwear · Sep 17, 2020 1:53 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion