प्रधानमन्त्री केपी शर्मा ओलीको स्विजरल्याण्डको बैंकमा खाता भएको खुलासा भएको छ । विश्वभरको गतिविधि नियाल्ने 'ग्लोबल वाच एनालिसीस' ले ओलीको स्विजरल्याण्डमा खाता भएको र उनले त्यहाँबाट वार्षिक ठुलो रकम लाभांश वापत लिने गरेको खुलासा गरेको हो । ग्लोबल वाचका अनुसार स्विजरल्याण्डको मिराबोद बैंकको जेनेभा शाखामा ओलीको खाता छ । पत्नी राधिका शाक्यसहित संयुक्त नाममा खोलिएको उक्त खातामा ५.५ मिलियन डलर(करिब ६६ करोड नेपाली रुपैयाँ बराबर) रहेको ग्लोबल वाचले जनाएको छ । ग्लोबल वाचका अनुसार प्रधानमन्त्री ओलीले उक्त रकम मुद्दती निक्षेप र शेयरमा गरेका छन् । त्यसबाट ओलीले वार्षिक आधा मिलियन डलर (६ करोड नेपाली रुपैयाँ बराबर) लाभांश लिने गरेको ग्लोबल वाचले दाबी गरेको छ । यहिकारण प्रधानमन्त्री ओलीको सम्पति पछिल्ला केहि वर्षमा ह्वात्तै बढेको ग्लोबल वाचले जनाएको छ । स्विजरल्याण्डमा आफ्नो आम्दानीको स्रोत देखाउनु नपर्ने र कर सम्बन्धी नियम पनि लचक भएकोले 'टेक्स हेभन' त्यहाँका बैंकलाई 'टेक्स हेभन'को रुपमा लिईन्छ । कर छलिको लागि समेत स्विस बैंक प्रयोग हुदै आएका छन् । http://bizpati.com/update/3979...
ktmpost · Jul 14, 2020 11:59 AM · 3,315 views
How much is in Prachand getting ? Do you have any figure?
Logan · Jul 14, 2020 12:42 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion