नीरो

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

नीरो! मानिसका कथा लेख्ने, मानिसहरु देखेर पनि , बुझेर पनि असफल भए ,आक्रान्त बने सत्य लेख्छु भनि नातो बाँधेर , छाती पिट्दै , पाखुरा सारेर अगाडी बढेकाहरु इतिहासको छेउसम्म पुगेर, अस्पतालमा भेन्नटिलेटरको कमीले मरे , गए ! यी तिनै मानिस हुन् ... जसले महान अलेक्जेन्डरको गाथा लेखे, यहुदीका ब्यथा लेखे, गान्धी र मन्डेलाका सन्देश लेखे , अरुको भन्दा बेस् लेखे तर, अहिले आएर ... आफुसंग सुतेका, मुतेका र लडेका, छापामारहरु घेराबन्धीमा पर्दै जाँदा, अम्बूसमा मर्दै जाँदा, भूमिगत-अर्धभुमिगत हुँदै त्यही गान्धीले छोडेर गएका बांदर भएका छन् ! मुख छोपेर हिड्नेहरु, बुर्का बेरेर बाँच्नेहरु , भित्रा- भित्रै निस्सासिएर कति आत्तिएका छन् , यी तिनै हुन् , जसले कथा लेख्छु भनेका थिए कथा भन्छु भनेका थिए , अब बोल्न नपाइने भैयो , हाँस्न, खेल्न, छुन नपाइने भैयो ऐनाको अगाडी उभिएर त्यही मानिसहरु बिबस्ताको मुकुट देख्छन् , आफ्नो कथामा "हिरो" हुने चाहना हुँदा हुँदै आफुलाई "निरो" देख्छन्, नीरो !! Last edited: 12-Jul-20 05:36 PM

jhaukiri · Jul 12, 2020 5:33 PM · 16,110 views

2 Replies

कडा आयो झ्याउकिरी ब्रो

Geology Tiger · Aug 17, 2020 2:02 AM

Thank you Dai 😁. Hope you are doing good 😊

jhaukiri · Aug 18, 2020 9:36 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion