फेरि भारतिय नाकाबन्दी हुने लक्षण

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

नक्सा पारित भो, सर्व सम्मतिले ! भारतले नाकाबन्दि शुरु गर्न आँटेको जस्तो छ यो नक्सा बिवाद कसरि शुरु भयो .. सिमा बिवाद के कारण ले भयो सम्पुर्ण बिवरण .. टाइमलाइन सहित यो भिडियो हेरे पछि नक्सा बिवादको बारेमा सबै कुरा छर्लंङ हुन्छ !! https://youtu.be/4ELyLHtTnEM

AnandNepal · Jun 19, 2020 10:15 AM · 3,578 views

2 Replies

अनि झण्डा जलाउन थालेछन नेपालले नयाँ नक्सा जारी गरे संगै भारतमा केही मानिसहरूले नेपालको झण्डा जलाएको देखिने गरेर तस्बिर र भिडिओ सामग्री सामाजिक सञ्जालमा शेयर गरिरहेका छन । एक त्यस्तै घटनामा जातिय र धार्मिक दंगा बढाउने उद्धेश्य पनि लिएको प्रष्ट हुन्छ । नेपालको जस्तै देखिने हिन्दुत्वको झण्डा जलाएको बारेमा ति ब्यक्तिलाइ भारतिय प्रहरिले पक्राउ गरेका छन। भारतिय प्रहरिले नै सार्वजनिक गरेको एक भिडियोमा ति ब्यक्तिले यसरि बढो गर्वका साथ नेपालको झण्डा जलाएको स्विकार गरेका छन । यो घटनाका सम्बन्धमा नेपालले अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन। बिबिसि नेपालले प्रकाशित गरेको एक स्माचार अनुसार् यो घटनाको संवेदनशीलता को आधारमा औपचारिक रूपमा प्रतिक्रिया दिनु पर्ने बताइएको छ । बिबिसिले अनलाइनमा प्रकाशन गरेको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका विदेश विभाग उपप्रमुख विष्णु रिजालले यस्ता क्रियाकलापले देशको संवेदनशीलताको मर्ममै प्रहार हुने भएकाले सामान्य ठान्न नहुने बताएका छन। दिलीस्थित नेपाली दूतावासका प्रवक्ता हरिप्रसाद ओडारीले यस्ता घटनामा प्रतिक्रिया जनाउनुअघि त्यस्ता सामग्रीको आधिकारिकता खोजिने, संवेदनशीलताको मुल्यांकन गरिने र आबश्यक भएमा मात्रै प्रतिक्रिया जनाउने बताएका छन । https://youtu.be/jdOBWsAG07k

AnandNepal · Jun 19, 2020 1:28 PM

Nepal is finally coming out of its shell! When you become popular, you will get few haters along the way 😃.

harkhe7 · Jun 19, 2020 7:23 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion