संविधान संशोधन प्रस्ताव हटेपछि भारतिय मिडियामा हर्षबढाइं -- सत्य तथ्य यस्तो हो अहिले भारतिय मिडियामा समाचार आइरहेकाछ्न - नेपाल नक्सा बिवादमा पछि हट्यो - तेस्तै एक अर्को आधिकरिक हेन्डलले चिनको इशारमामा बनाएको नेपालको नक्सा अहिले फिर्ता लिएको छ भन्ने ट्विट गरेका छन । तेस्तै यो च्यानलले नेपालि काँग्रेस नयाँ नक्साको बिरुद्धमा भनेर बताएको छ । मैले यस अघि संविधान संशोधन अघि रेशम चौधरिलाइ रिहा गर्नु पर्च भनेर बाबुराम भट्टराइले अर्घेल्याइँ गरिरहेको बारेमा चर्चा गरेको थिएँ तर सो प्रस्ताव हट्नुमा उनको भन्दा पनि नेपालि कांग्रेसको मुख्य भुमिका र्हएको कुरा नेकपा नेता सुवासचन्द्र नेम्वाङले बताएका छन । उनले भने अनुसार मंगलबार बसेको सर्वदलीय बैठकमा संविधान संशोधनको प्रस्तावका लागि नेपालि कांग्रेसले केही समय मागेपछि बुधबारको बैठकबाट उक्त प्रस्ताव हटाइएको हो । प्रतिनिधिसभाको बुधबारको बैठकमा नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ प्रस्तुत हुने कार्यसूची थियो । तर, बुधबार एक्कासि बैठकको कार्यसूची परिवर्तन भयो र विधेयक प्रस्तुत नहुने भयो । यसै बिच भारतिय मिडियाहरुले भारतले सो बिधेयक रोकेको भन्दै हर्षबढाइँ गरिरहेका छन। नेपाल माथि भारतको कुटनिति सफल भएको भनिरहेका छन - नेपालि काँग्रेसले नेपालको नयाँ नक्साको बिरोध गरेको भनेर भारतिय च्यानलमा प्रशारण भै रहेका छन । यसै बिच नेका प्रबक्ता ले "प्रस्ताव ल्याउँदा कांग्रेस नचाहिने फिर्ता गर्दा दोष लगाउने ? को गर्दै छ यो षाद्यन्त्र भनेर प्रष्न गरेका छन - उनले पार्टि चट्टानि रुपले दृढ छौं भन्दै गर्दा नेकपा नेता सुवासचन्द्र नेम्वाङको भनाइ एकपटक : ‘हिजोको सर्वदलीय बैठकमा कांग्रेसका साथीहरूले र अन्तिममा कांग्रेसका सभापतिज्यूले हामी पनि सीमा अतिक्रमणको विरोधमै छौँ, लिम्पियाधुरालगायतको क्षेत्र नेपालको हो भन्ने पक्षमा छौँ, त्यसकारण यसबारेमा सरकारले जे गरिरहेको छ त्यसलाई हाम्रो समर्थन छ भन्नुभयो । त्यो क्षेत्रलाई समेटेर नयाँ नक्सा सार्वजनिक गर्ने जुन काम अहिले सरकारले गरिरहेको छ, त्यसलाई हामी समर्थन गर्छौँ भन्नुभयो । त्यसैले त्यसमा आफूहरूले पनि मतदान गर्न पाउनुपर्छ भन्ने उहाँहरूको कुरा थियो । अहिले संविधान संशोधनको कुरा जुन आएको छ त्यसमा केन्द्रीय समिति डाकेर निर्णय गर्छौँ भन्नुभयो । केन्द्रीय समिति बैठक राखेर निर्णय गर्ने समय आफूहरूले पाउनुप¥योे भन्नुभएपछि संशोधन प्रस्ताव कार्यसूचीबाट हट्यो ।’ https://youtu.be/MJ0t8zE2ovg त्यस अघि बनाएको भिडियो https://youtu.be/mSNzgSS0_H4
AnandNepal · May 27, 2020 2:54 PM · 3,955 views
यो मान्छे कति खतरा रहेछ .. देशले प्रधानमन्त्रि छान्न नसके आएर छानिदिने ! https://youtu.be/0vQJfxdBQYU
AnandNepal · May 28, 2020 11:30 AM
वार्ता होला त ? https://youtu.be/UunkaRRw4gk
AnandNepal · May 30, 2020 11:42 PM
संघीयता खारेजीको माग https://www.youtube.com/watch?...
AnandNepal · Jun 3, 2020 3:03 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion