एउटा उत्कृस्ट नेपाली कवीता छ 'एउटै जुन मुनि' भन्नि, गरिब त्यहिबाट इन्स्पाईर भएर यो लेख्ने दुस्प्रायास गर्दैछ। यो कवीता कवी श्री बेनिडिक्ट लाई डेलीकेट गर्न चाहान्छ गरीब। रिसानी माफ! तिम्रो कौमार्यको बरेमा अतितका ज्वारभाटाहरु बयली खेल्छन मेरो अन्तस्करणमा उद्दान्ग, उद्दण्ड, अनि बिद्रोही शिरिसका बस्यक फुलहरुमा भरियेका निला कणहरु झैं म भित्रको निर्दयीपन सुर्यको प्रकश झैं जुन अनि ताराका किरणहरु झैं (यती धेरै समानताहरुको बावजुद) परिपक्क भयेर आउँछन। तिमिले भनेको याद आउँछ 'जब-जब म्रिगत्रिस्णाले सताउँछ, जब-जब रात भरि हुरि चल्छ, मैले नजन्मायेका छोराहरुको आहुति दिनु, महभारतको कथामा कर्णलाई जस्तो, बाइबलको कथामा मोजेजलाई जस्तो, टोकरीमा हालेर बगाईदिनु।' अनि म तिम्रो कौमार्यको बरेमा सोच्छु, अतीतका पानाहरुले डाम्न थाल्छन रेडीएसनले मेरो दोश्त बाबु-मोशएलाई डामे झैं घ्रीणाले घोप्न थाल्छन क्षयका किटणुहरुले कर्णकी बिधवा सुप्रियालाई घोपे झैं। म बिर्सन खोज्छु के छ यो दुनियामा जल्ले मलाई मेरो अतित बिर्साउन सकोस? म भित्रको कलह हटाउन कुन मधुशाला धाउँ म? कुन चाँई मैखाना जाँउ म? गालिबको की हेमिन्ग्वेको? फेरि वासनाका तरगंहरुले झट्टरो हिर्काउछन मलाई उन्मत्त सांढे झैं, बौलाको हात्ती झैं म खोज्न थाल्छु एऔटि तरुनि जो मेरो ओछ्यान तताउन तयार होस फेरी तिम्रो कौमार्यले सताउछ मलाई अनि भन्छु आफैलाई 'यो कबिता लेख्न खासै सोच्न पर्दैन रैछ जे आयो तेइ लेख्यो, लाईन चैं टुक्रा पार्यो न रिदम चाहियो, न राईम स्ट्रीम अफ कन्सीयस्नेस भन्दे नि भो कसैले केइ सोध्यो भने ठुल्ठुला शब्द छिरायो येस्सो अन्तस्करण तिर, ज्वारभाटा तिर जिन्दागिको घच्चाघमासन, जिजिबिसा तिर अनि भैगो कविता लास्टाँ 'दुई पैसे भे माफ पाउँ' भन्द्यो सक्किगो नी।' Last edited: 26-May-20 05:24 AM
newsajhaaccount · May 25, 2020 5:03 PM · 12,834 views
थुइक्क, यौटा मुजीले नि कमेन्ट गरेन्छन। झन भनेर नेपाली वागंमयलाई नौलो आयाम दिम भनेको मुजी भिन्सेन्ट भ्यान गो ले इम्प्रेस्नीजम लाई देको जस्तो, कसैले बाल देनन्। अब आफ्नो पोस्टाँ आफैं कमेन्ट गरेर भे नि माथि ल्याउन पर्यो।
newsajhaaccount · May 26, 2020 12:53 AM
मैले बुझेको कुरो साझामा कबितालाई कसैले बाल दिंदैन
KhateyNepali · May 26, 2020 4:30 AM
श्री newsajhaaccount जी, यहाँ धेरैलाई "कौमार्य"को अर्थ थाहा नहुन सक्छ, इङ्लिश्मा explain गरिदिन हुन अनुरोध छ। जे होस्, मेरो कबिताले तपाईंलाई केही लेख्ने हौसला दियो, तेसैले केही खुशी छ तर दु:ख पनि छ किनभने तपाईंले आफ्नो creativity राम्रो सँग use गर्नु नभएको देखियो। मोजेज देखी हेमिङ्वे, गालिब, कर्ण देखी कर्णको wife सम्म जानकारी राख्ने मान्छे भएपछी तपाईंको ज्ञानको भण्डारमा केही extra छ भन्ने मैले बुझे। बावजुद, तपाईंलाई केही भन्न चाहन्छु मेरो knowledge बाट केही share गर्दै। # कबिताहरु गद्द्य, पद्द्य गरेर दुई प्रकारले लेखिन्छ, एउटामा rhyming important रहन्छ अर्कोमा not necessarily तेसैले, मैले rhyming नगरेर लेख्ने प्रयास गरेको हुँ। #तर दुबैमा rhythm र meter को चाही आफ्नै space हुन्छ। Rhythm को थोरै बहुत मलाई knowledge छ तर meter चाँही बुझ्न प्रयासमा छु। कतिपटक लेख्दा लेख्दा meter मिल्दो रहेछ तर professional writerहरुलाई चाँही यो सजिलै आउछ र उनीहरु यस्तो कुरामा पोख्त हुन्छन। यो कुरा गीतहरुमा पनि important हुन्छ अब तपाईं hip-hop सुन्ने मान्छे, तपाईंलाई थाहा होला कसरी लेखे it sounds catchy and yet soothing with all rhyming included तपाइले गुल्जारले लेखेको हिन्दी गीत र कबिता सुन्नु पर्ने। गुल्जारले rhyming नगरेर पनि गीत लेख्न सक्छ अनी त्यो गीत संगीतबद्द हुँदा पनि it sounds amazing अनी rhyming becomes secondary र म गुलजार जस्तो legend त हैन तर I get inspired from people like him गुल्जारको recent without intense rhyming भएको गीत, सरी हिन्दिमा छ तर good example to make my point. "हम चीज़ हैं बड़े काम के…यारम हमें काम पे रख लो कभी…यारम हम चीज़ हैं बड़े काम के…यारम हो सूरज से पहले जगायेंगे और अखब़ार की सब सुर्खियाँ हम गुनगुनायेंगे पेश करेंगे गर्म चाय फिर कोई ख़बर आई ना पसंद तो, एंड बदल देंगे हो मुह खुली जम्हाई पे हम बजाएं चुटकियाँ धुप ना तुम को लगे खोल देंगे छतरियां पीछे पीछे दिन भर घर दफ़्तर मैं ले के चलेंगे हम तुम्हारी फाइलें, तुम्हारी डायरी गाडी की चाबियां, तुम्हारी ऐनके तुम्हारा लैपटॉप, तुम्हारी कैप, फ़ोन और अपना दिल, कंवारा दिल प्यार में हारा बेचारा दिल और अपना दिल कंवारा दिल प्यार में हारा, बेचारा दिल…" यहाँ हेर्नुस् english word समेत use गरेर गुल्जारले गीत लेखेको छ, अनी when it was made into a song by none other than Vishal Bhardwaj this became something else https://www.youtube.com/watch?... तपाईं rhyming rhyming भन्नुहुन्छ तर यो सधैं important हुँदैन। म पनि गरुङो गरुङो शब्द नराखेर लेख्न खोज्छु तर it becomes a little harder नेपाली कबिताहरुमा अनी तपाईंलाई I am trying really hard to sound important लाग्ला I agree. कुनै दिन simple नेपाली लेखेर but yet deep and resonating कुरा लेख्न खोजुला। तपाईंलाई चाँही सानो सुझाव, छाडा कबिता लेखेर आफ्नो self esteem नगुमाउनुस्, भविस्यको लागि केही लेख्नुस् ताकी you feel proud when you look back later in life. Thanks! I will take the parody of my work in good humor. Last edited: 26-May-20 11:40 PM
Bennedict · May 26, 2020 11:00 PM
newsajhaaccount : context त मलाई खासै थाह भएन, तर तपाइको expression गजब लाग्यो, कसैलाई उडाउन खोज्नुभाको हो भने स्वर्गै पुग्यो होला :) मात्रा, छन्द, हिज्जे, ब्याकरण, शैली सबै आफ्नो ठाउँमा छन्, मलाई चाहिं पढ्नेले मन पराए पछि ती सबै कुरा गौण हुन्छन जस्तो लाग्छ
valley_ · May 27, 2020 5:27 AM
Last edited: 29-May-20 03:29 PM
newsajhaaccount · May 27, 2020 7:51 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion