https://youtu.be/Wgy0FcVdBiE अभिनेत्रि बर्षा राउतले आँफ्नो भनाइको र त्यसबारेमा भएको विवादको बारेमा स्पस्टिकरण दिएकि छिन : बर्षाले दिइन यस्तो स्पष्टीकरण अभिनेत्रि बर्षा राउत बिवादास्पद कुरा गरेर चर्चा कमाउन खोज्ने अभिनेत्रि त होइनन तर, बिवादले उनलाइ खोजि खोजि पछ्याउनु पनि उनि प्रति मानिसहरुको प्रेम नै होला। अहिले उनले भारत संग भएको सिमाबिवाद र त्यसप्रति मिडियाको दृष्टिकोणले एक अर्काप्रति नजिक रहेका जनता बिच पनि फाटो ल्याउन खोजेको भन्ने भनाइ बिवादित बन्यो । त्यसभनाइको बारेमा स्क्पष्टिकरण दिंदै बर्षा लेख्छिन : सम्पूर्ण आदरणीय दर्शक तथा शुभचिन्तक साथीहरूमा नमन । कलाकार हुँ, त्यसमाथि अलि भावुक स्वभावकी छु त्यसैले सकेसम्म कुनै पनि प्रकारको विवादबाट टाढा रहन खोज्छु । तर हिजो एउटा अन्तरवार्तालाई लिएर जुन हो-हल्ला गरियो, त्यसले मलाई भावनात्मक ठेस पुगेको छ । हो, प्रत्यक्ष प्रसारण भइरहेको कार्यक्रममा बोल्दै जाँदा म कुनै कुरामा चुकेँ होला, बोल्दै जाँदा जिब्रो चिप्लियो होला तर मनभित्र आफ्नो देश, आफ्नो राष्ट्रियताप्रतिको सम्मानमा म अलिकति पनि चुकेकी छैन, अलिकति पनि माथि-तल परेकी छैन । संसारको कुन नागरिकलाई आफ्नो मातृभूतिप्रति माया हुँदैन होला र? त्यसमाथि “नेपाली कलाकार” भनेर हाम्रो त पहिचान नै देश र राष्ट्रियतासँग जोडिएको हुन्छ । आफ्नो परिचयलाई नै अङ्गिकार गर्न सक्ने यति ठूलो र महान् सम्मानलाई म उच्च ओहोदामा राख्छु । म नेपाली हुँ, मलाई गर्व छ । हाल लिम्पियाधुरा, लिपुलेक र कालापानीसम्मको भूमिलाई समेटेर जुन नक्सा जारी भयो, त्यो हाम्रो भूमि हो र नेपाल सरकारले जुन कर्तव्यनिष्टता देखाएको छ, म त्यसको समर्थनमा अग्रपङ्क्तिमा उभिन तयार छु । तर यो मजस्तो एउटा व्यक्ति, एउटा नागरिकमात्रले समर्थन गरेर हुँदैन । हामी सबै नेपाली सँगै उभिएर समर्थन गर्नुपर्छ । समर्थन गर्नुपर्छ वार्ता गर्ने उचित वातावरणको, समर्थन गर्नुपर्छ तथ्य र सत्यको, समर्थन गर्नुपर्छ हामी दुई छिमेकीको प्रगढ सम्बन्धको, समर्थन गर्नुपर्छ हाम्रो रोटी-बेटी सम्बन्धको, र सबैभन्दा धेरै समर्थन गर्नुपर्छ मानवता र मानवधर्मको । यस्तो संवेदनशील समयमा भड्काउ तत्त्वहरूले आक्रमण गर्न सक्छन्, दुई देशको अन्तरदेशीय सम्बन्ध बिगार्न सक्छन् – जुन कुरा भारतीय मिडियाले उचालेका केही शब्दहरूबाट देखिन थालेको छ । यस्तै असभ्य र असत्य पत्रकारिता हाम्रो मिडियाले पनि नगरोस्, मैले यही भन्न खोजेकी हुँ । नेपाल मेरी जननी जन्मभूमि हुन् । नेपाली सबै हामी दाजु-भाइ दिदी-बहिनी हौं । नेपाली चेली मनिषा कोइराला दिदीले भनेका कुरालाई जसरी गर्वका साथ मैले सेयर गरें त्यसरी नै नेपाली भावनलाई म खुसीका साथ प्रस्तुत गर्न सधैँ तयार छु । मैले प्रत्यक्ष प्रसारण भइरहेको कार्यक्रममा बोलेका केही शब्दमा हेक्का नभएकाले केही गल्ती बोलेँ होला जसको सन्दर्भ टेढिएर गलत अर्थ लागे होलान् । यस्तो परिस्थिति खडा भएकामा म क्षमाप्रार्थी छु र अब-आइन्दा यसरी बोल्दा पक्कै हेक्का राख्छु । जय नेपाल, जय नेपाली ! जननी जन्मभूमिश्च स्वर्गादपी गरियसि दिने कि? दिपकराज गिरिले - राष्ट्रीयताको बिषय एकदमै संबेदनशील बिषय हो .. यस्तो बिषयमा टिप्पणी गर्दा सचेत हुनु नै पर्छ .. पूरै भिडियो हेर्दा तिम्रो नियत खराब देखिन्न तर शब्द चयनमा त्रुटि भएकै हो तर यो आत्म आलोचनाले सबै कुरा ठिक गरिदिन्छ किनकि गल्ति मानिश बाटै हुन्छ ... तिम्रो राष्ट्रप्रेम को भावना प्रति शंका छैन जवाफ शैली अपरिपक्व भएको हो .. यसलाइ भूलौ अगाडि बढौ जय मातृभूमि नेपाल!!! बर्षा राउत कस्तो ब्यक्तिहो भन्ने हामिलाइ थाह छ भन्दै अभिनेत्रि पुजा शर्माले भन्छिन - "एउटा अर्थ लाउंदा अर्को हुन पुग्यो - कहिलेकाँहि गल्ति हुन्छ - गल्तिबाट नै सिकिनि हो भनेर भनेकि छिन " स्मरणिय कुरा के छ भने बर्षाले मे २१ मा मनिषाकोइरालाको समर्थन गर्दै यस्तो लेखेकि थिइन: "पसीना बेच्न सकिन्छ, आमा होईन ! मनीषा कोईराला दीदिले आफ्नो आमा माथी हस्तक्षेप सहनु भएन, त्यसैले उहाँले आफ्नो अपमान सँग नडराई मातृभूमीको सम्मान मा उभिनु भयो । आज भारतीय मिडियाले उहाँमाथी गरेको आक्रमण र अपमानको हामी सम्पूर्ण नेपाली चलाचित्रकर्मीले बिरोध गर्न जरुरी छ र मनीषा दीदीको स्वाभिमानलाई अझै मझबुत बनाउन साथ दिन जरुरी छ । हाम्रो मातृभूमी र हाम्रो स्वाभिमान प्रतिको हस्तक्षेप कदापि स्वीकार्य छैन । " https://youtu.be/yDYaNMzXRWg Last edited: 24-May-20 06:15 PM
AnandNepal · May 24, 2020 6:15 PM · 2,768 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion