अमेरिका धमिलो पानिमा माछा मार्न आइपुग्यो नेपालिलाइ दुख पर्दा भारतले चुनचुक छर्किन आइपुग्ने गरेको मा अहिले अमेरिकाले पनि त्यहि मौका छोपेको छ । भुकम्पको महामारिको समयमा नाकाबन्दि गरेको भारतले कोरोना महामारिको समयमा नेपालि भुमिका बाटो खनेर उदघाटन गरेको थियो। अनि भारतले चिनको इशारामा नयाँ नक्सा जारि गरेको भनेर भारतले दोष लगाउँदै गर्दा अमेरिकाले यहि मौका छोपेर नेपालमाथि आधिपत्यता जमाउने हिसावले ल्याइएको एमसिसि सम्झौतालाइ चाँढै टुंगो लगाउन दवाव दिन थालेको छ । अमेरिकाले पनि भारतकै पक्षमा लागेर "चीनको आदेश नमानी स्वतन्त्र निर्णय गर्ने विश्वास छ" भनेर भनेको छ। यसको मतलव एमसिसि पारित भएन भने चिनले भनेर पारित नगरेको भनेर नेपालको काँधमा राखेर अमेरिकाले चिनमाथि गोलि हान्ने तयारि गरेको प्रष्ट देखिन्छ। यसरि अमेरिकि राष्ट्रपति ट्रम्पले आँफ्ना सबै गल्ति प्रति चिनलाइ दोश दिएर चुनाव जित्ने रणनितिमा नेपाल पनि शिकार हुने सम्भावना बढेर गएको छ्। अमेरिकाको दक्षिण तथा मध्यएसिया मामिला ब्युरोकी प्रिन्सिपल डेपुटि एसिसटेन्ट सेक्रेटरी एलिस जी वेल्सले एसियाली मुलुकका पत्रकारहरुसँग नेपालले नेपालको नयाँ नक्सा जारि गरेकै दिन मे २० को द्नमा एक भर्चुअल अन्तरक्रिया कार्यक्रम आयोजना गरेर यस्तो धारणा व्यक्त गरेकी हुन्। उनले नेपालमा मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे जति विवाद भएपनि सो सम्झौता संसदबाट अनुमोदन हुने विश्वास व्यक्त गरेकि हुन । उनले एमसीसीबारे सत्तारुढ पार्टीको नेतृत्व तहमै गम्भीर विवाद भइरहँदा पनि परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले एमसीसीको पक्षमा प्रतिरक्षा गरेको देखेर खुसी लागेको पनि बताएकि थिइन। https://youtu.be/DLZCTT23szs
AnandNepal · May 22, 2020 10:30 AM · 2,659 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion