झुक्याएछन बज्जेहर्ले, चुच्चेलाइ बुच्चे पढाएर

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

स्कुल पढ्दा कितावमा नक्सै गलत छाप्या रहेछन .. केपि ओलिले पत्ता लगाएर नयाँ नक्सा जारि गरे .. चुच्चे .. बाउन मार्का नक्सा ! मैले छ महिना अघि पनि भिडियो बनाएको थिएँ - यस्तो चुच्चे नक्सा बन्दैछ भनेर अहिलेको भिडियो https://www.youtube.com/watch?... ६ महिना अघिको भिडियो https://www.youtube.com/watch?... अनि यो पनि हेरौं https://youtu.be/yPyganh8QOs लिपुलेख, लिम्पियाधुरा र कालापानी सामेल गरेर नेपालमा नयाँ नक्सा सार्वजनिक गरेपछि भारतमा हंगामा - भारतको सरकार कुटनितिमा चुकेको आरोप - अब महिनौं देखि वार्ताको प्रस्ताव बेवास्ता गरेको भारतको सरकारलाइ बार्तामा आउन चुनौति नेपाल सरकारले भारतले अतिक्रमण गरेको सो नेपाली भूमि फिर्ता ल्याउने घोषणा गरे पनि अहिले नक्सामा मात्रै सो भुभाग नेपालमा समेटिएको हो। वास्तविक भुमिमा भने भारतिय सैनिक नै तैनाथ छन। नेपालि सैनिकले सो भुमि नेपाल मातहतमा ल्याउनु एक अर्को चुनौति हुनेछ । यसको लागि नेपाल सरकारले कुटनितिक पहल गर्नु आबश्यक छ । कुटनिति सफल हुन नसकेमा सैनिक बल प्रयोग गरेर भए पनि नेपालले आँफ्नो भुमि फिर्ता ल्याउनु पर्ने ब्यापक जनदवाव रहेको छ । त्यसको लागि नेपाल सरकारले कस्तो कदम उठाउँछ भन्ने चाखलाग्दो बिषय बनेको छ । नेपाल सरकारले दुरगामि असर गर्ने एक महत्वपुर्ण फैसला गरेको छ - लिपुलेख, लिम्पियाधुरा र कालापानी लाइ सामेल गरेर नेपालको नेयाँ नक्सा सार्वजनिक गर्ने। सरकारले आधिकारिक रुपमा नक्सा सार्वजनिक नगर्दासम्म चलनचल्तीमा नै रहेको नक्सा प्रयोग हुने अनि, नयाँ नक्सा जारी भए पछि नेपालको संविधानमा रहेकोमा निशान छापदेखि सरकारी कार्यालय र अन्य प्रयोजनका लागि प्रयोग हुँदै आइरहेको नक्सा पनि परिमार्जित गरिने बताइएको छ। संसदमा राष्ट्रपतिद्वारा जेठ २ गते प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा पनि राष्ट्रपति विद्यादेवी भण्डारीले लिम्पियाधुरा, कालापानी र लिपुलेकमा अतिक्रमित नेपाली भूमि फिर्ता ल्याउन पहल गरिने बताएकी थिइन्। यो नक्सा यहि सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा भूमिसुधार मन्त्री पद्मा अर्यालले पेस गरेकि थिइन । अब नेपाल सरकारले सो नयाँ नक्सा संसदद्वारा स्वीकृत गराएर आधिकारिक बनाउने छ। त्यसपछि यसलाइ संविधान संशोधन गरेर सम्विधानको नक्सा, सरकारि निशान छाप आदि पनि संशोधन गर्नु पर्ने हुन्छ ।

AnandNepal · May 18, 2020 10:10 PM · 4,352 views

5 Replies

उभिन नसक्ने भए पनि .. ओलि भन्छन .. https://www.youtube.com/watch?...

AnandNepal · May 19, 2020 12:54 PM

https://youtu.be/r38fKJD28vg

AnandNepal · May 19, 2020 10:06 PM

मनिषा भन्छिन् https://www.youtube.com/watch?...

AnandNepal · May 20, 2020 12:29 PM

भारतलाई महानायक को यस्तो कडा भनाइ नेपालले नयाँ नक्सा सार्वजनिक गरेको र त्यसलाइ भारतले अस्वीकार गरेको सन्धर्वमा महानायक राजेश हमालले पनि आँफ्नो भनाइ राखेका छन । https://www.youtube.com/watch?...

AnandNepal · May 21, 2020 3:25 PM

यहि मे २२ शुक्रवार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले न्त्राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीलाई मन्त्रालयको तर्फबाट नक्सा हस्तान्तरण गरेकी छिन। त्यसैगरी मन्त्री अर्यालले प्रतिनिधिसभाका सभामुख अग्नी सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सना, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पनि सो नक्सा हस्तान्तरण गरेकी छन्। गत, जेठ ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नेपालको नक्सा स्वीकृत गरेको थियो। मन्त्रिपरिषद्ले नक्सा स्वीकृत गरेपछि बिहीवार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले नयाँ नक्सा यहि जेठ ८ गते औपचारिक रुपमा सार्वजनिक गरेको हो। अब सो नक्सालाइ नेपालकोनिशान छाप स्कुलका पाठ्यपुस्तक लगायतमा अपडेट गर्ने कार्य पनि शुरु भइ सकेको छ । तेस्तै नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सालाइ राजपत्रमा प्रकाशन गर्न मुद्रण विभागमा पठाइएको पनि बताइएको छ । मन्त्रालयले आँफ्नो मातहतको नापी विभाग बाट पहिलो चरणमा ३ हजार कपी नेपालको नयाँ नक्सा छापेर राज्यका सबै निकायलाई वितरण गर्न को लागि नयाँ नक्साको छपाइ कार्य सुरु गरिसकेको र ति नक्सा सबै सरकारि कार्यालय हरुमा राख्नको लागि पठाइने जानकारी पनि मन्त्रालयका अधिकारीले दिएका छन् । https://www.youtube.com/watch?...

AnandNepal · May 23, 2020 6:49 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion