Original article with graphics is available in this blog: https://strong-nepal.blogspot.... भनिरहनु पर्ने कुरा नै हैन पृथ्विमा बिगत ६ महीनादेखि संकटको अवस्था रहेको छ । सबै मानवलाई समान समस्या परेको छ। ४७ लाख भन्दा बेसीलाई कोरोना लागेर ३ लाख भन्दा अधिकको मृत्य भैसक्यो र आज त नेपालमा पनि २ जना त्यसमा सामेल छन्। विश्व भरीको मानबलाई समान समस्या यही भए पनि, देश अनुसार टाउको दुखाई भने फरक नै रहेका छन्। हुन पर्ने के थियो भने यस्तो समान समस्या परिरहेको बेला मानिस जातले गहिरो चिन्तन गरेर बाटो फेर्नु जाति हुन्थ्यो। यस महामारीको खास शिक्षा भनेको के हो? यसले के सन्देश दिन खोज्दैछ? तर मानिस जात नै त हुन्, किन यस्ता चाहिने कुरा सोच्छन् र? अमेरिकामा गरेको सर्बक्षणले भने केही सकारात्मक सन्देश दिन सक्छ। यस महामारी सम्बन्धि गरिएको एउटा सानो अध्ययनले बताए अनुसार कोरोना महामारीले मानब जातिलाई कुनै दैविक सन्देश निश्चित रुपमा दिएको छ। यसले हाम्रो जीवन शैली, रहन सहन, हामीले अपनाएको विकासको दिशा र परिभाषा सबैलाई पुन नियालेर गलत सच्याउनु पर्ने भनेर घचघचाएको हो। यो महसुस गर्नु पनि ठुलो कुरा हो। किनकी विश्वकै दिशा त निर्देश गर्न सक्ने शक्ति भएको भनेको अमेरिका नै हो। संसारको विनासको मुख्य दोषि पनि अमेरिका नै हो। विज्ञान र प्रविधिको आडमा यसले गरेको पुंजीवादी निति पृथ्विको दोहन गर्ने मात्र नभएर मानव जातिको विनाशको कारण बनिरहेको छ। अमेरिका नसच्चिने हो भने अरुले कोशिस गरको कुनै तुक छैन किनकी सबभन्दा धेरै उर्जाको खपत गर्ने सभ्यता त्यही हो। ब्यक्तिवादी सोच, स्वार्थपूर्ण चरित्र र भौतिक सुख सुबिधालाई नै जीवनको मुख्य ध्य२य राख्ने त्यस सभ्यताले संसारलाई दिएको मुल योगदान नै युद्ध हो। पूर्व राष्ट्रपति जिमी कार्टरले अमेरिकाको हालको आर्थिक संकटमा यसको युद्ध नीति नै प्रमुख दोषि मानेर साबधानी गर्न कोशिस गरेका थिए। बिगतको २४३ वर्षको ईतिहासमा अमेरिका नै सबैभन्दा युद्धमा लिप्त राष्ट्र भनेका छन् किनकी यस अवधिमा अमेरिकाले मात्र १६ वर्ष कसैसंग युद्ध गरेन। यो युद्धको आडमा संसारमा नाईके हुनु भनेको त हाम्रो नेपाल र दक्षिणको छिमेकी देशको टोल टोलमा राज गर्ने गुन्डा “डन” जस्तै हो। संसारको सबै भन्दा शक्तिशाली मानिस मानिन्छ अमेरिकाको राष्ट्रपति। किन? किनकी उनले संसारलाई नै ध्वस्त पार्न सक्छन् उनको हातमा रहेको युद्धका शस्त्रास्त्रहरुले। निर्माण हैन ध्वंश गर्न सक्ने नै शक्तिशाली मानिने युग यो हो। धर्ति आमाबाट मानब जातिलाई चेतावनी त आउँदै गरेको हो। पृथ्विको तापमान बढ्दै जाँदा यहाँको मौसममा पनि परिवर्तन हुन थालेको अनेक संकेत वैज्ञानिकहरुले नपाएका हैनन्। बढ्दो संख्यामा समुद्रि आँधि, बर्षातको बदलिंदो प्रकृति – घनघोर बर्षा वा सुखा – वा एक महीमानामा हुनु पर्ने वर्षा एकै दिनमा हुने, जाडोको मऔसममा कमी, गर्मीको दिन बृद्धि हुँदा हुँदा वैज्ञानिकहरुले हरेक वर्ष मानव जातिको ईतिहामा नै सबैभन्दा अधिक गर्मी भएको भन्दै हरेक वर्ष चेतावनी दिने गरेको थियो। बढ्दो उष्णताको कारणले त नेपालमा मच्छरहरुले पनि पोहोर साल हिमाल सम्म नै पो यात्रा गरेका थिए – डेंगी मछ्छर पनि पहिलो चोटी हिमाल पुगेको थियो। शायद नेपाल भर्मण वर्ष २०२० को शुरुवात गर्न चाहेको थियो होला। मच्छरले पनि कुनै हिम शिखर पो चढ्यो की? त्यो त उनीहरुलै समाचार पत्रमा होला। अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति चुनिनु नै सम्पूर्ण मानब जाति उपर त्यहाँको जनताको असह्य कुठाराघात थियो। अमेरिकाको बिकृत संस्कृतिको यो तितो फल थियो। एउटा पापि संस्कृतिमा टिकेको समाजको बिचलनको स्वाभाविक नतिजा थियो। यो देश पैसा पुजिने देश हो। यो देश नग्नतामा शालिनता देखाउने देश हो। यो देश निजी स्वार्थकोलागी मानिएको देश हो। यस देशको संस्कृतिले “बसुधैब कुटुम्बकम्” कहिले पनि भन्दैन। ट्रम्प पनि निजी स्वार्थको लागी परिचित र “नार्सिसस” रोग भएको मानसिक रोगबाट पिडित व्यक्तित्व हो। उनी चुनावमा विजयी हुन यही विकृत अमेरिकी संस्कृतिको परिणाम हो। टिभीमा देखिने र प्रख्याति कमाउने चाहना शायद हरेक अमेरिकीमा विध्यमान सपना हो। यो सेलेब्रिटी संस्कृतिको रोगी देश हो। नाम र दाम कमाउने यहाँको लालसा हो। त्यही सपना साकार भयो जब ट्रम्प राष्ट्पति भए र तिनका श्रीमति एक पूर्ब नग्न मोडेल देशका प्रमुख महीलाको स्थान हासिल गरेर प्रमुख परिवार बने। पैसा र देहको पुजा नगर्ने समाज नभएको भए यस्तो हुन सक्दैन थियो। यसरी विकसित भनाउँदाहरुले नै यस पृथ्वि ग्रहलाई निमोठेर आफ्नो उच्च सभ्यताको मापदन्ड बनाएर संसारका सबै देशहरुलाई संहारको खाडलमा जाक्न द्रुत गतिले चलिरहेको थियो। पृश्बिको सबै मानिसमा सुबिधा भोगी हुनु नै जीनको सफलता हो, लक्ष हो भनेर भौतिकताको भुमरिमा घिसारेको थियो। यसको छाल नेपाल जस्तो देशमा पनि पुगिसकेको थियो। यति सम्म की यहाँका कमनिष्ट भनाउँदाहरु पनि अमरिकाकै पुजारी बनिसकेका थिए। यहाँ पनि मिस नेपाल बन्ने लालसामा युवतीहरु टिमटिमाउँछन्। युवकहरुलाई “डन” बन्न वा भाइरल बन्ने होड छ वा बेस्सरी धनवान हुने सपना बोक्ने भएको छ त्यसैले विदेशमै सुनको बोट देख्ने गरेका छन्। “एनि हाउ, पैसा कमाउ” मन्त्रले गायत्री मन्त्रको स्थान ओगटी सक्यो। तर कोरोमा माई त बेलैमा आई पुग्यो। अति भयो है मानब भनेर मानिसले खडा गरेका बिभेदको पर्खाल सबै एकै लातमा तोडि दिनु भयो। न महीला न पुरुष, न गोरो, न काला, न धनी न गरीब, न जात न उमेर न केही न केही सब मानिसका निर्माण बेकम्मा भए। सिमानाले पनि केही नापेन। तर के गर्ने नेपाल र भारत असुरहरुको दिमाखमा त सिमाना नै समस्य बनेर यस्तो समयमा पनि बुद्धिहीन हरुको चरित्रको पर्दाफास भैरहेको छ। कोरोना पछी के होला भनेर कसैलाई चिन्ता छैन। मानौ उही दिशामा संसार चल्नेवाला छ। केही परिवर्तन वा गल्ती सुधार गर्नु पर्ने थोरै पनि सोचको संकेत देखिन्न। तर अमेरिकाका मनुवाहरुमा केही घाम लागेको जस्तो छ। आशा गर्न सकिन्छ यो अन्धधुन्ध भौतिकबादको गतिमा केही आमूल परिवर्तन आउँछ की?
Surendra Shakya · May 17, 2020 10:48 AM · 3,253 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion