भिडियोमा मेन्सन भएका किताव पढ्न मन लाग्नेको लागि (FREE download): १९०८ मा लेखिएको मानसरोवर यात्राको किताव डाउनलोड गर्ने लिंक (अंग्रेजि भाषामा ) https://archive.org/download/i... सन १९३०-४० को दशकको यात्रा बारेमा लेखिएको (हिन्दि भाषाको) https://archive.org/download/i... भिडियो हेर्न मन नहुनेको लागि किताव सम्बन्धित स्क्रिप्ट तल उल्लेख गरेको छु: https://www.youtube.com/watch?... ( किताव सम्बन्धि भागको स्क्रिप्ट ) चीनको तिब्बतमा पर्ने कैलास–मानसरोवर एक साझा धार्मिक थलो हो, जसलाई हिन्दू, बौद्ध र जैन धर्मावलम्बीहरू पनि तिर्थ जाने गर्छन । आज भन्दा १०० बर्ष भन्दा बढि समय अघि, मराठा योगी भगवान् श्रीहंसले सो तिर्थ यात्र गरेर ‘द होली माउन्टेन’ शीर्षक संस्मरण लेखेका थिए सन् १९०८ मा । दार्चुलाको छाङ्रु हुँदै टिंकर भन्ज्याङ नाघेर तिब्बत पुग्दा त्यसै बेला छाङ्रु गाउँमा ‘गोर्खाली पुलिस स्टेसन’ रहेको उल्लेख गरेका थिए। ति प्रहरिले उनलाइ सिमासम्म पुग्न सहयोग गरेको उनले उल्लेख गरेका छन। छाङ्रुमा नेपाली सुरक्षाकर्मीहरूसंग साक्षातकार हुने भारतीय स्वामी प्रणवानन्द महाराजले पनि सन् ’३० र ’४० को दशकमा कैलास–मानसरोवर क्षेत्र को पटक पटक यात्रा गरेका थिए । यो कुरा उनले आफ्नो संस्मरणात्मक पुस्तक हिस्ट्री अफ कैलास मानसरोवर मा उल्लेख गरेका छन। सो पुस्तकमा उनले कालापानी मा एक रात बिताएर र भोलिपल्ट त्यहाँबाट हिँडेर तिब्बतको ताक्लाकोट पुगेको बताएका छन। त्यसको एक दशक जति पछि सन १९५० को दशकमा मात्रै भारतले कालापानी क्षेत्र अतिक्रमण गरेर ‘इन्डो–टिबेटन बोर्डर पुलिस’ नामको अर्धसैन्य बल तैनाथ गरेको थियो। यसले के प्रष्ट हुन्छ भने भारतको सो कार्यको बारेमा तत्कालिन नेपाल सरकार जानकार थियो र उक्त स्थानमा नेपालि सुरक्षा ब्यबस्था हुंदा हुँदै भारतले सो स्थान कब्जा गरेको थियो। अहिले छाङ्रुमा सरकारले सशस्त्र प्रहरी बलको चौकी राखेको भन्ने खवर नौलो खवर मान्न सकिंदैन । तेस्तै, छाङ्रुमा अहिलेको BOP बाहेक नेपाल प्रहरीको सीमाचौकी हिउँदमा बाहेक अरु समयमा भने पहिल्यै देखि नै तैनाथ थियो। Last edited: 16-May-20 10:00 AM
AnandNepal · May 16, 2020 9:58 AM · 2,572 views
आज मदन भण्डारिलाइ मारेको पनि २७ बर्ष भएको रहेछ .. जेठ ३ गते उनको जिवनि बनाएको थिएँ केहि समय अघि .. https://www.youtube.com/watch?... तर, भण्डारि पत्नि बिद्या देवि को राजसि ठाँट पनि हेरौं https://www.youtube.com/watch?... अनि, उनले लिपुलेक समेटेर नेपालको नक्सा बनाउने भनेको पनि सुनौं .... https://www.youtube.com/watch?... हो .. पक्कै पनि .. मान्छे चिन्न सकिंदैन - मैले पनि फिटिक्कै बुझेको छैन।
AnandNepal · May 16, 2020 11:50 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion