संसारमा सबैलाई जानकारी भएको कुर हो कि संसारमा प्रतिभाशाली मानिसहरु हरेक देशमा र हरेक समाजमा रहेको हुन्छ। तर सबै समाजमा र देशमा त्यस्तो प्रतिभालाई फस्टाउन दिने अबसर भने हुँदैन। जुन देश, समाजले प्रतिभाको कदर गरेर प्रस्फुटन हुने प्रणाली अपनाएको हुन्छ ति समाज। देशहरु उन्नति गर्छन् र त्यसको बिपरित जहाँ प्रतिभाहरुको पहिचान समेत हुँदैन, त्यस्ता समाज, देशहरु विपन्नताको खाडलमा तड्पिरहेका हुन्छन्। विश्वमा धनी भनाउँदा र गरीव मानिएका देशहरुको एक प्रमुख भिन्नता यसै तथ्यमा टिकेको छ। नेपाल प्राचिन कालमा समृद्ध भए पनि आधुनिक कालमा संसारमा नै सबै भन्दा दरीद्र, अबिकसित देशको सूचिमा पर्दछ। त्यसको सिधा असर यहाँ जन्मने प्रतिभाहरुमा देख्न सकिन्छ। यस देशमा न त यहाँका मानिसहरुलाई शिक्षा दिने व्यबस्ता सही छ, न त समाजलाई केही दिन सक्ने मानिसहरुको पहिचान गरेर तिनको प्रगतिको बाटो खोलेर समाजलाई नै राम्रो हुने काममा लगाउने नीति प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र कुनै पनि शासकिय प्रणालीमा भएन। व्वभाविक रुपमा नै मानिसहरुले पहिले आधारभूत आवश्यकताको समस्या हल गरे पछि शिक्षाको अबसरनै चाहन्छन्। कमाई राम्रो नहुने अभिभावकहरुले पटे काटेर भए पनि “राम्रो” कहलिएका विद्यालयमा आफ्ना छोराछोरीहरुलाई अध्ययन गराउन चाहन्छन्। त्यसपछि चाहने भनेको स्वदेश मै रोजगारी हो। अहिले नेपालमा शिक्षा र रोजगारी दुबै नेपाल भित्र नै नपाईने भएको हुनाले विदेश तिर जान बाध्यता रहेको सबैले बुझेका छन् त्यसैले यहाँ म्यानपावर एजेन्सिहरुको ब्यापार राम्रो चलेको छ। स्वदेशमै रोजगारी दिलाउन त बुद्धि र क्षमता पनि त हुन पर्छ जुन नेपालमा अभाव नै रहेको हो। त्यसैले बाहिर पठाउन त धेरै सजिलो काम हो माग आएको अनुसार निम्न क्षमाताको मानिसलाई मोटो रकम असुलेर बाहिर नोकर बनाउन त सजिलो नै छ। यो सबै भूमिका बाँध्नको कारण वास्तबमा एक नेपाली युवाले विदेशमा गएर पाउन सकेको सफलता हो। नेपालमा दिवेश पोखरेल भनेर चिनिने संगितमा चाख राख्ने युवाले नेपालमै बसेर केही प्रयास गरे पनि खासमै केही गर्न सकेका थिएनन् तर ६ वर्ष पहिले अमेरिकामा गएर अध्ययन गर्ने मौका पाए पछि भने यस सालमा उनको संगित प्रतिको समर्पन र लगावले गर्दा विश्वमा नै उनको नाम परिचित हुन पुगेको छ। अमेरिकन आईडल भन्ने प्रख्यात टेलिभिजन कार्यक्रममा गीत गाउने सुनौलो अबसरबाट उनको स्वरको पारख गर्ने उपयुक्त मंच उपलब्ध भयो। उनको स्वर र गीतको छनोटले निर्णायकहरु र अमेरिकाका मनिसहरुले पनि खुलेर प्रशंसा गरेका छन्। उनीहरुको भोटको संख्या उच्च भएको हुनाले दिवेस पोखरेल, जसले अमेरिकाको लागी आर्थर गन भन्ने नाम राखेका छन, पहिले उत्कृष्ट २०, त्यसपछि उत्कृष्ट १० हुँदै अहिले उत्कृष्ट ७ मा पनि छनोट भएर विजयको झन्डा फहराउन सकेका छन्। महामारी र राजनैतिक भ्रष्टाचारको मारले निरास बनाएका नेपाली जनतालाई यो सफलताले निकै उत्साहित बनाएको छ। यो एक प्रेरणादायी कुरा हो। अमेरिकाबाट नै केही पहिले एक त्यस्तै समाचार आएको थियो। नाईजेरियाबाट अमेरिकामा बस्न गएको एक दरीद्र अस्वेत परिवारको ८ वर्षे बच्चाले परिवारकै जीवनमा अकल्पनिय परिवर्तन ल्याएको थियो। निज ८ वर्षे बालकले आफ्नो उमेर समुहमा भएको अन्तर विदयालय चेस खेलको प्रतियोगितामा अमेरिकाका बाल बालिका सबैलाई जितरे प्रथम हुन सफल भए पछी उनलाई राम्रो स्कूलबाट बोलावट मात्र आएन, नयाँ घर र पुरस्कारका साथै यो समाचार पत्रिकामा आए पछि हजारौ मानिसहरुले उनको पुरा परिवारलाई नै आर्थिक सहायता समेत गरेका थिए। उनका वुवाले अरुको ट्याक्सि चलाउन छोडेर आफ्नै किन्न सकेका थिए र सहयोगमा आएको रकम अरु नाईजेरियाला मानिसलाई सहयोग गर्न एक संस्थाको स्थापना गरेको थियो। कुनै पनि अभावको कारण कुनै पनि देशको नागरिकहरुले विदेश पलायन हुनु पर्छ भने त्यो देशले उन्नति गर्ला भनेर नसोचे पनि हुन्छ। यो सबैभन्दा ठुलो क्षति हो देशको लागी किनकी देशले धेरै लगानी गरेर हुर्काउने मानिस जति लायक, लक्का जवान भए पछि देशको सट्टा विदेशमा कृयाशिल हुने भनेको दुर्भाग्यपूर्ण परिणाम हो। यो एक किसिमले सबभन्दा क्रुर चोरी पनि हो जो बिकसित देशहरुले गरीव देशहरुबाट गर्छन्। श्रोत साधन साम्रज्यवादी जमानामा हुन्थ्यो तर अहिलेको युगमा देशको कर्णधार नै बिभिन्न बहानामा चोरिन्छन्। गरीव देशहरुले आफ्नो भाग्य बदल्ने हो भने पहिलो काम प्रतिभालाई पहिचान, पुरस्कार र प्रोत्साहन गरेर महत्वका साथ सबै प्रकारका सहयोग गर्नुको विकल्प छैन। महाबिर पुन जस्ता वैज्ञानिक र हजारौ सृजनशिल युवाहरुलाई उच्च प्राथमिकताका साथ प्रस्फिरण हुने नीतिबाट परिवर्तनको सृंखलाको शुरुवात हुन सक्छ। For the original article and many more thoughtful readings please follow: https://strong-nepal.blogspot....
Surendra Shakya · May 15, 2020 10:55 AM · 7,583 views
"निम्न क्षमाताको मानिसलाई मोटो रकम असुलेर बाहिर नोकर बनाउन त सजिलो नै छ।" So true!
adhikari_bandhu · May 16, 2020 8:14 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion