सफल हुन कसरी उर्जा तरंगको सिधान्त प्रयोग गर्ने?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

यस विश्वमा भौतिक भन्दा अभौतिक पदार्थको सत्ता अधिक छ। वैज्ञानिकहरुले भनेका छन् कि यस ब्रम्हाण्ड देखिएका सम्पूर्ण ग्रह, तारा, आकाश खगोलिय पिण्डहरु सम्पूर्ण जोड्दा पनि जम्माजम्मी ५ प्रतिशत भन्दा कम हुन पुग्छ। बाँकी ९६ प्रतिशतमा २७ प्रतिशत “डार्क म्याटर” र ६८ प्रतिशत “डार्क ईनर्जि” मानिन्छ जसको बारेमा वैज्ञानिकहरुलाईपनि राम्रो जानकारी छैन। यति मात्र पक्का छ कि हामीले देख्ने खाली स्थानहरु वास्तबमै खाली छैन। आईन्सटाईन नै पहिलो वैज्ञानिक थिए जसले यो कुरा पत्ता लगाए। यसको अर्थ हो कि यस सारा ब्रम्हाण्ड नै शक्ति तरंगहरुको (vibration) विभिन्न स्वरुप हुन्। संसारकै सबभन्दा उत्कृष्ट वैज्ञानिक निकोला टेस्लाले पनि यस ब्रम्हाण्डलाई बुझ्ने यही मात्र सही विधि भएको मानेका थिए। यसको मतलब हाम्रो शरिर, भावना, सोच र बोलीको फरक तरंग मापन (frequency) हुन्छ। हाम्रो मानसिकता, सोच र भावनाको समस्टीमा हरेक व्यक्तीको तरङ्ग माप हुन्छ। यस वैज्ञानिक तथ्यको हामीले हाम्रो जीवनमा सही प्रयोग गर्न सकेमा जीवन सकारात्मक दिशामा बढाउन सकिन्छ। एउचा साधारण मानिसको माप ८०० हर्ज अंकमा लगभग २०० हर्ज भनिन्छ । आईन्सटाईनको माप ४९० रहेको थियो। उनलाई अद्धितिय प्रतिभामा गनिन्छ। हामीले आफ्नो माप उच्च बनाउने कही प्रकृयाहरु छन्। साधारण मानिसमा हुने दैनिक सांसारिक सोच र भौतिक लालसाहरु नकारात्मक तरंगका उपज हुन्। नकारात्मकताको मापमा लज्जा (२०), ग्लानी (३०), त्रास (१००), चाहना (१२५), क्रोध १५०) र , अहंकार (१७५) छन भने प्रेम (५००), शान्ति (६००), र आत्मज्ञान (७००)को बुझिन्छ। यो नियम अनुसार हामीले जीवनमा जस्तो तरंगको प्रवाह गर्न थाल्छौं सोही अनुसारको जीवनको हकदार बन्छौं। हाम्रो सोचको तरंग अति नै शक्तिशाली मानिन्छ किन भने यसले टिभीको एनटेना र डिस्क दुवैको भूमिका निभाई रहेको हुन्छ। हाम्रो जस्तो सोचको तरंग यस ब्रम्हाण्डमा प्रवाह गर्छौं सोही अनुसारको जीवनको हामीलाई अनुकम्पा हुन्छ। एउटा सामान्य उदाहरण हेर्ने हो भने मानौ कुनै दुर्गन्धित ढल छ बने त्यहाँ त्यस्तै तहका प्राणी जस्तै मुसा, सांग्ला, अनेकन रोगका किटाणुकोलागी बासस्थान बन्दछ। तर फुलको बगैंचा लगाएको स्थानमा पुतली, माहुरी चरा चुरूगीहरु टहल्ने मात्र हैन प्रणय जोडिहरु टहल्न रमाउँछन्। त्यसैले हामीले हत्या, हिंसा, जलन, असक्तता, लाचारीपन मात्र जीवनमा अपनाउने हो भने नर्कको बास हुन्छ। सद्भाव, सहयोग, मेलमिलाप गरेर उच्च आदर्शमयी कर्म गर्ने हो भने जीवन पनि त्यसै अनुरुप सुगन्धित हुन्छ। जीवनमा उच्च तरंग सथापित गर्ने हो भने हाम्रो सोच, बचन र कृयाकलाप सबै सकारात्मक दिशातिर गएको हुनु पर्छ। कृयाकलापको कुरा गर्दा हाम्रो खानपिन, जैवन शैली र साथी संगतको का आउँछ। भनिन्छ हाम्रो उर्जाको मात्रा हामीले संगत गर्ने सबभन्दा नजिकको ५ मानिसहरुको औसत हुने गर्दछ। त्यसैले राम्रो मानिसको संगतले हाम्रो जीवबमा राम्रो बिचार तरंगहरुले भरिन्छ। असल सोच, असल भाव र असल बोलीको असर सबैतिर राम्रो तरंगको प्रादुर्भाव हुन्छ। समाजका सबै सदस्यहरुले यस्तो आदर्श अपनाएको अबस्थामा त्यस समाज शिखरको स्थान हासिल गरेको हुन्छ। नेपाल भूमीमा पनि यस्तो अबस्था रहेको थियो। यो अहिलेको अबस्थाको ठिक विपरित स्थिति हो। त्यसैले आफ्नो जीवनमा, हाम्रो समाजमा र देशमानै हामीले सम्भावनाका बिजारोपण गरेर आपसी भाईचारा, मित्रता, तपस्या र त्याग जस्तो माहौल बनाउनु सक्नु पर्छ। हाम्रो शास्त्रले दिएको ज्ञान नै यही हो। परोपकार पुण्याय पापाय परपिडनम् भनेको यहि सार हो। बसुधैब कुटुम्बकम् भनेको पनि यही ज्ञानको फल हो जसलाई आत्मसात गर्न सकेमा प्रतिफल पनि आत्मगौरब, ईज्जत, सम्मान र प्रशंसाको हामी विश्वमा नै हकदार हुन्छौं। Read more positive opinion pieces in: https://strong-nepal.blogspot....

Surendra Shakya · May 13, 2020 6:37 AM · 5,314 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion