अन्ततःलकडाउन फेरि लम्बियो। चर्चामा आए पनि क्रमबद्ध रुपमा खुकुलो बनाएर लाने भन्ने कुरा चर्चा मा नै सिमित रह्यो। यसबाट सरकारमा बस्नेहरुको कुनियत प्रश्ट हुन्छ। बुद्धिमानीको काम गर्ने भए त जनतालाई सहयोग गर्ने काम हुन्थ्यो। जब भित्री मनशाय नै बदनियतपूर्ण छ जनतालाई थुनेर राख्ने बिचार नै त सब भन्दा स्वाभाविक हुन्छ। नेपालमा कोरोनाले कसैको मृत्यु भएको जानकारी छैन यदापी संक्रमितको संख्या भने बढ्दैछ। नेपालका ७७ जिल्लाहरुलाई खताराको स्तर मापन गरेर हरियो, पँहेलो र रातो क्षेत्रमा छुट्याएर आर्थिक कारबारमा पहल बढाउने काम उचित हुने सुझाव थियो। लकडाउन भन्दा सामाजिक दुरी अपनाउनु उचित हुने र मानिसलाई खुल्ला हावामा जान दिनाले मानिसको स्वास्थ पनि राम्रो हने थियो। यो घर भित्रै कोचिएर बस्नु पर्नाले अनेक मानसिक समस्या बढ्दै गएको संसार भर देखिंदैछ। तर नियत नै खराब भए पछि त यस्तै त हने हो। नपत्याए काम हेरौं न। पहिले काम त भयो यस्तो संकटको बेला पनि सामान खरिदमा घोटाला। जस्तो सुकै अवस्थामा पनि भ्रष्टाचार भने नछोड्ने कति निच मानसिकताको चरित्र हो? त्यसपछि जरुरि काममा निस्केका जनतालाई प्रहरीद्वारा निर्घात कुटपिट। अत्यावश्यक औषधि लिन गएको महीलालाई दुई जना प्रहरी मिलेर लछारपछार गर्ने कुनै दानवताको प्रदर्शन नभएर के हो? शुरुमा समाचार आएको थियो हाम्रो राष्ट्रपतिलाई अमेरिकामा भएको नेपालीहरुको चिन्ता भयो रे। निकै उछाल पाएको यो समाचार वास्तबमा असत्य थियो। खास कुरो अमेरिकामा अलपत्र परेको नेपालीहरुको लागी नभै राष्ट्रपतिको आफ्नै छोरी जुवाई बारे थियो। नाममा पो त बामपन्थि हो। बाँकी सबैमा त हामपन्थि नै त हो। कम्निस्टको डंका बजाएर सपना त रातदिन अमेरिकाकै देख्ने त हुन्। त्यसपछि ठाडो आदेशले बाहिर बसेका नेपालीहरुलाई आफ्नो गाउँघरमा नै फर्कन नदिने हुकुम भयो। भारतमा रजेका नेपालीलाई पनि सिमाना मा नै बस्न बाध्य पारियो। समस्याको सोच समझ पुराएर मानवियताको सानो अंश मात्र भए पनि देखाएर सही सूचना फैलाएर क्रमबद्ध रुपमा नेपालमा नै समावेश गर्ने यस्तो सुनौलो अबसर चुकाउन त नहुने हो नि तर त्यस्तो उदार र उत्तरदायि हुने चरित्र पनि त चाहिन्छ। कति नाली बेली लाउनु यिनीहरुको दुष्चरित्रको? समय मात्र बर्बाद हुन्छ र नकारात्मकता मात्र बढ्छ। जनताको मनमा त एउटै प्रश्न बारबार घचघचाई रहेको छ। हामीलाई हेप्नि? For more interesting write-ups, please visit: https://strong-nepal.blogspot....
Surendra Shakya · May 7, 2020 7:25 AM · 4,370 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion