के भनौ भनौ भो

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

कहाँ बाट आयोउ, कहाँ जान लाई? म छेकौ कि बाटो, भयो है मलाई तिमि आज एक्लै, कता होउ झरेकी तिमि एस्तो घडा होउ, सुधा ले भरेकी चलेको छ हावा, यहाँ मन्द मन्द भनौ त्यो हिरा होउ, तर खै सुगन्ध ? भनौ तिमि आप्सरा होउ, तिमि हैनौ त्यो कहाँ के गरि खै,धरामा  झरेउ यो छ बोलि सदा, छ कोइलि झैँ चाला भनौ कोइलि, नै रिसाएर जाला अहो फरफरी त्यो, फिजाएर केश कता सम्म होला, सजाएर भेस ? मलाई त आजै, कि बोलम, कि चीनम झैँ बढ्यो खुल्दुली, कि "नाम के हो ?" सोधुम झैँ भनौ कृष्णलिला, कि बासुरी होउ बढ्यो छटपटी झन्, कि आधि हुरी होउ? हिडेको कहाँ हो, बासना छरेर? तिमि ढुक्क होउ, हैन लाने हरेर भनौ चन्द्रमा होउ, त्यहाँ देख्छु दाग भनौ सुर्य, त्यो भत्भति पोल्छ आग भनौ फूल, मौरी, त्यहाँ बस्छ आइ भनौ के, भनौ के, भनौ भो मलाई भनौ के, भनौ के, भनौ भो मलाई -गुरु बलराम Last edited: 04-May-20 01:46 PM

ssk · May 4, 2020 10:20 AM · 19,126 views

15 Replies

SSK ज्यु, मलाई पनि तेस्तै भो हो के भनौ के भनौ भो। यहाँ साँझामा भैराको भाड्भैलो देखेर। तपाईंको कबिताले सबैलाई केही शितलता देओस। "धराम" भनेको के हो? धरती?

Bennedict · May 4, 2020 1:33 PM

सर्री मैले त नोटिस नै गरिनचु, धरा लेख्न खोज्या धराम भएछ माफ पाम / एसको अर्थ धर्ति हो , भूलसुधार गरे /

ssk · May 4, 2020 1:50 PM

तपाइलाइ नि हाइकु लेख्न आउछ?

Bennedict · May 4, 2020 1:54 PM

के हो हाइगु भनेको?

lovely_heart · May 4, 2020 1:57 PM

म गजेडीले ले के हाइकु लेख्नु , एकचोटी गीता लाई नेपालीमा उल्था गर्न खोजेको पोर्न मुवी को स्क्रिप्ट जस्तो बन्यो, तेस्पछि आफ्नो योग्गेता था भो / जीवनकालमा एकचोटी "गाजा " महाकाव्य वा नसके खण्डकाव्य लेक्छु भन्ने संकल्प गरेर बसेको छु, तेस्को लागि अनुभब र अनुभूति संगालेर बसेको छु /

ssk · May 4, 2020 2:03 PM

lovely_heart तपाई लाई खासै पैले देखेको थियिन, तपाई कुनै भस्मासुर लाई मार्न बिस्नु भगवानले भखर्रै बनाको नया अस्त्र जस्तो लाग्यो, कृपया म तिर प्रहार नगर्नु होला / तपाई लाई बनाउने बिस्नु भगवान मेरो कमेन्ट पढेर हासी रा होला, तैपनि excessive troll नगर्नु account disable हुन्छ /

ssk · May 4, 2020 2:11 PM

creative writing क्लास लिदा हाइकु, कबिता, लङ शोर्ट स्टोरी चै लेखेको हो तर ईंग्लिशमा। नेपालीमा चै कबिताहरु लेख्थे कुनै समय। पुरानो diary भेटेमा राखम्ला तर बर्ष दिन बित्यो, कुनै टाइम थियो। अहिले त त्यस्तो माहौल रहेन। जे कुरा पनि right on face खोज्छन मान्छेहरु। abstract भावनाहरु राख्ने, सुन्ने, दिन हरु गए जस्तो लाग्छ। अहिले को टाइम कस्तो रे भन्दा, यो हनी सिङ को "चार बोटल भोड्का, काम मेरा रोजका" जस्तो रे। तैपनी तपाईंको कबिताले मेरो पुरानो शौख याद आयो। तपाईंको "गान्जा महाकाब्य" पढ्न पाइयोस।

Bennedict · May 4, 2020 2:19 PM

लेख्नुस न , जे जे छन् छाप्दिनुस,कसैले चिन्ने होइन, जिन्दगि के हो के हो चिन्ता भबिस्यको होइन, वर्तमान धराप छ, उचाल्ने र पछार्नेको जमात यो खराब छ आज लेखेको पाण्डुलिपि १० वर्ष पछि पढ्न खुब मजा आउनु रैछ, मैले तेसबेला लेखेको बाल साहित्य ऐले पड्दा आफ्नो ओठमा मुस्कान औछ/ तपाईले लेखेको पोर्न भयो भने १० वर्ष पछि छोरा लाई पढाउनु होला, राम्रो साहित्य भयो भने बुढी लाई पढ मैले १० वर्ष पैले लेखेको भनेर धाक लगाउनु होला / आइमाईले सबै लाई कुनै न कुनै मोडम़ा "कस्तो रस उडेको अरिंगाल संग बिहे गरेछु " भनेर बचन लौछन, तेती खेर साझा खोलेरे " हेर जैरे, यो लेख्ने मै हो " भनेर भन्न मिल्छ /

ssk · May 4, 2020 2:41 PM

SSK जी तपाइले मेरो जिन्दगीको पुरानो chapter खोलिदिनु भयो. कुनै समय मैले लेखेको इन्ग्लिश पोएम. A poem inspired by “A Man never cries” written by Jose Craveirinha Confusion “Thou shall never cry, Coz you are not a wimp” “Thou shall conquer the pain of emotions Coz you are a man” The hounding lines were pre-made and pre-written As far as I remember The warning voices of caution keep thumping my eardrums Ever since I gained my senses Time and again, I am asked to wear a façade The façade that everyone likes to see You know, the one that everyone ‘likes’ to expect But, At times, deluge of emotions well up my eyes as well, At times, they tend to break the dam of ‘don’ts’ in my consciousness I wish I could say I do not care, And give a damn to what the whole world thinks of me Nagged by all directions, I am made to continue my journey In the make believe world of tandem paradoxes, I hear they say “it is manly to show your tears in public”, not anybody can do it I hear again, “it is macho to hide your tears.” Really? Baffled, I ask myself, whom to listen and whom to follow?

Bennedict · May 4, 2020 4:28 PM

धेरै राम्रो लेख्नु हुदो रैछ तारिफ योग्गे छ, तपाई लाइ त मैले नोटीस नै गरेको थियिन रैछु हिजो अस्ति सम्म। उता नेपालीमा नि तपाइको तार्किक छेमता देखि रा छु। लेखेर नै २ ३ टी लाई ठाउँ को ठाउँ बनाउन सक्ने छेमता देखियो । लेखन कति ससक्त हुन्छ भन्ने मलाई अमर न्यौपाने भन्ने मान्छे को सेतो धर्ति भन्ने उपन्यास पढे पछि अनुभूति भयो । तोरी ले लेख्न नि कति सकेको, सब्द सब्दमा बिस्पोट छ तेस्को । मेरो बुद्धि येति मन्ध छ कि म सिमित लेखाई भन्दा अरु बुज्दिन । मलाई धेरै पैले मेरी टुरू (true ) प्रेमिकाले येस्तै तपाइको जस्तै लेख्न सिकाएर मान्छे बनौन खोजेकी थियि सकिन उल्टै झन्डै आफै गजेडी भएर गइ। कोडिंग, पट लोडिंग , अल्लारे हुदा केटाहरु लाइ गोदिंग मै ३० कट्यो । कठै जिन्दगि।

SSK · May 5, 2020 4:49 PM

धन्याबाद छ है, धेरै भो नलेखेको, माहौल मिल्नुपर्छ, अब साझामा चै धेरै कमैले यस्तो कबिताहरु पढ्छन । अब किन भन्दा यस्तो अमुर्त भावना, सम्ह्वेग्का कुराहरु do not sell । Only sex sells साझा जस्तो ठाउमा । मेरो नाम चै धेरै पहिले registered थियो तेसैले यहाँको कुनै पुरानो मेम्बरहरुलाई चिन्छु, तर म active थिएन अनि तेतिखेर अलि arrogant पनि थिए होला । "२-३ वटिलाई ठाउ को ठाउ बनाउन सक्ने" तेस्तो त म छैन हो । तर्क गर्न सक्छु होला तर तेस्तो चै गर्न सक्दिन होला है । अमर न्योपानेको "सेतो धर्ति" भन्ने उपन्यास नाम सुनेको जस्तो लाग्यो । online किन्न मिल्छ ? कती कबिताहरु अनि लेखहरु चै मान्छेको खुद जिन्दगीको अनुभवहरुको reflection हुने हुँदा i am sure तपाइको पनि जिबन मा घटेका यावत कुराहरुलाई तपाइले झन लेखेर मुर्त रूप दिन सक्न हुन्छ होला । केहि प्रयास गर्ने हो कि तपाईको side बाट ? (मेरो नेपाली रचनाहरु चै कुन चै hard driveमा परे परे, त्यो खोज्न नि कुन दिन साइत खोज्ने पर्ने जस्तो छ, भेट्टाए भने {post} गरौला नि ।)

Bennedict · May 5, 2020 6:24 PM

तपाई त नेपालमा CBI मा जागिर खानु पर्ने मान्छे, निर्मला पन्तको हत्यारा २ दिनमा पत्ता लाग्थ्यो । २ ३ दिन यता तपाई ले मेरो पोस्ट बाहिर गर्नु भएको तर्क, छलफलमा प्रस्तुत गर्नु भएको तथ्य हेर्दा म ऐले जिल खाई रा छु । पिन पोइन्ट accuracy छ तपाइको तर्कमा ।fact चेक गर्दा म ऐले जिल खाई रा छु ।तपाई को attention २ detail लाई मान्नु पर्छ। काममा प्रगति गर्नु हुन्छ तपैले । कम्प्युटर science मजोर होकी के हो ? त्यो सेतो धर्ति चै म youtoube मा सुन्छु, "कथा बाचन " भन्ने एउटा channel छ, अचुत घिमिरे भन्ने मान्छे को । उसको प्रस्तुति गर्ने सैली राम्रो छ । मलाई औधि राम्रो लागेको कुरा तपाई लाई ठिकै मात्र लाग्न सक्छ । तपाई को दिमाग प्रखर रैछ । मैले यता तपाई लाई जवाफ फर्कौदै गर्दा तपाई ले उता अर्को पोस्ट हाली सक्नु भयेछ ।

SSK · May 6, 2020 3:31 PM

SSK सर, म 'सेतो धर्ती' youtubeमा चेक गरम्ला है। CBI मा जागिर? कहाँ मैले खानु हजुर? तर्क दिएर मात्र हुन्न रहेछ जिन्दगीमा, जागिर पाउन धेरै कुरा मिल्न पर्छ especially अमेरिकामा चै। पढाईमा मात्र राम्रो भर हुन्न रहेछ। अनी तर्क बितर्क गर्न computer science नै major हुनुपर्छ भन्ने पनि छैन नि। attention to detail भन्दा नि मलाई OCD चै छ। तेसैको byproduct होला। मैले कता सुनेको हैन, हरेक normal मान्छे को दिमाग तपाईंले भनेको जस्तो "प्रखर" नै हुन्छ रे हैन तर most of them आफ्नो दिमागको 90% पनि use नगरिकन मर्छन रे। सो तपाईं पनि 'प्रखर' हुन सक्नुहुन्छ नि आफ्नो दिमागको full use गर्नुस्, Extend the लिमिट, explore गर्नुस्, तपाईंले गर्न सक्तिन भनेको कुराहरु गर्नुस्, लेख्नुस्। मैले creative class लिदा खेरी म पनि nervous थिए शुरुमा, कहाँ लेख्न सक्नु, कबिता, कथा भनेर तर जब class बढ्दै गयो, मैले बुझे मैले लेख्न सक्छु रहेछ। अहिले त म लेख्तिन तर मैले लेखेका ति पुराना articles पढ्दा खेरी चै मलाई अच्चम्म लाग्छ हो। यो मैले लेखेको थिए भनेर? तेस्तै भयो यो माथिको कबिता यहाँ post गर्दा। अनी यो सुरमा म त मैले लेखेको अरु पनि कुराहरु पढ्दै बसे। तपाईंले भनेको जस्तै लेखेको केही बर्स पस्चात पढ्न रमाइलो हुदो रहेछ। म लेख्थे तर यो क्रम टुट्यो, जिन्दगीको घटना क्रमले मान्छेलाई कहाँ कहाँ पुर्यौदो रहेछ अनी कती कुरा थाती नै बस्न जादो रहेछ। खैर।

Bennedict · May 6, 2020 4:59 PM

तपाई को लेखाई बाट तपाई पूर्व कि दार्जलिङ्ग तिर जन्मे हुर्केको वा पढेको जस्तो लाग्यो, evidence create गर्न तपाई बाट सिकेको ? मिल्यो कि मिलेन । जे सुकै होस् तपाई लेख्न चै नछोद्नुस है, तपाई ले लेखे पछि मान्छे, बनमान्छे सबै को सातो जाने रैछ, रमाइलो लागि रा छ ।

SSK · May 6, 2020 5:12 PM

Bennedict Sir यहाँ साझामा धेरै प्रकारका साथीभाई, तथा दिदि बहिनि हरु आउछन जस्तो लाग्छ मलाई ! सायद दिदीबहिनी हरु थोरै मात्रामा आउछन तर कति कुराहरु बारेमा जानकारी लिएर गएका हुन्छन ! १/२ हप्ता अगाडी एक जना दिदि ले यहाँ बाट त्यो IT सम्बन्धि कुरा को जानकारी लिनु भाको रहेछ ! उहाले त्यो पोस्ट मा आएर केहि जानकारी अनि ज्ञान त लिएर जानु भयो तेसरी नै तपाई को लेख ले पनि सबै साझाका साझाबासी हरु लै लाभान्वित त नगर्ला तर कोइ कोइ लै अप्रतेक्ष रुपमा लाभान्वित पनि भएको हुन सक्छ तेसैले कृपया लेख्न अनि यो साझा मा टास्न चै नछोड्नु होला ! अनि SSK सर तपाई को कथा हरु त पढेको थिए तर कविता पनि कोर्नु हुदो रैछ भन्ने बल्ल थाहा भयो ! यसरि नै लेख्दै, कोर्दै जानु होला !

soundByte · May 6, 2020 9:53 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion