कसरी सक्या होला यस्तो हसाँउन ? लाष्टाँ आत्महत्या ...

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

पिरै पिर बोकेर .... पनि कसरि यस्तो हसाउन सक्ने होला ? मपाइँ निवन्ध र भैरव अर्यालको छोटो जिवनि नेपालमा यति राम्रो हास्य ब्यंग्य लेख्ने अहिले सम्म कोहि जन्मेको छैन -- तर उनैको जिवन कति बिरक्त लाग्दो - ५-५ चोटि आत्महत्याको प्रयास गरेर अन्त्यमा .. छोटो जिवनि अन्त्यमा छ - बिभिन्न सुसाइड नोट हरुको पुर्ण पाठ सहित मैले अर्को भिडियो बनाएको थिएँ - फेरि एकपटक कम्पाइल गर्नु पर्ला ! एक छिन हाँसौं -- अनि दुखद जिवनि सुन्नुस ! https://youtu.be/vUbwQkPZnYg अपडेट भिडियो बनाउँदै छु : सुसाइड नोट  अफिसमा राजिनामा चिठि, मर्छु भन्दै  ..  छोरा छोरिलाइ बिदाइ चिठि ..  पितालाइ चिठि लेखेर ..  सबै जम्मा गरेर प्रस्तुत गर्दै छु - भैरव अर्यालको जिवनि !  .. प्रतिक्षा गर्नुहोला ..  Last edited: 30-Apr-20 09:45 PM

AnandNepal · Apr 30, 2020 6:46 PM · 8,734 views

6 Replies

Here are all the letters of Bhairav Aryal https://youtu.be/nXGRrsT7zBc Last edited: 01-May-20 09:49 AM

AnandNepal · May 1, 2020 9:49 AM

महेन्द्रले २० कमरु पठाउँदा लुक्न जाने अनौठो पात्र रहेछन फिल्म बनाउने हो भने गज्जब हुने रहेछ .. हास्य रसले भरिपुर्ण .. बिचरा पात्र https://youtu.be/5XymROUdp2U

AnandNepal · May 8, 2020 11:14 AM

I copied him. https://sajha.com/sajha/html/i...

logan · May 8, 2020 12:24 PM

Interesting read @logan भैरव अर्यालको जस्तो पेचिलो हास्य लेख्ने अहिलेसम्म कोहि पनि जन्मेको छैन भन्छन .. उनका जस्ता अरुका हास्य स्कुलका कलेजका कोर्स र कितावमा नभएर पनि होला ! जे होस, भैरव अर्याल रक्स !!

AnandNepal · May 9, 2020 2:11 PM

स्व: भैरब अर्याल सर को मा पनि एक फ्यान हु. वहाको लेख, निबन्ध खुब पढियो, 'जय भूड़ी' आदि/ एउटा कौतुहलता..... वहाका हास्यरसले भरिएका अप्रकाशित पाण्डुलिपि हरुको खोजि गर्न सकिएला? त्यो निकै valuable हुने छ है? जय भूड़ी ...

adhikari_bandhu · May 9, 2020 8:49 PM

@adhikari_bandhu अप्रकाशित भन्दा पनि भैरव अर्यालका प्रकाशित कृति नै बिभिन्न नाममा छापिएका थिए । उनले शुरु शुरुमा अर्कै नाममा लेख्ने गर्दथे .. पछि हाकिमको लागि यात्रा निबन्धको किताव, एक महिलाको लागि महिला अधिकार समन्धि किताव पनि उनैले लेखिदिएका थिए रे । उनका प्रकाशित सामाग्रि नै संकलन गर्न सके पनि ठुलै उपलब्धि हुन्थ्यो होला । गर्न पो कस्ले गर्ने र खोइ ? .. बिरालोको घाँटिमा घण्टि बाध्ने को निस्कला ?

AnandNepal · May 9, 2020 11:01 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion