I am learning about the history ... It's very interesting to learn about Jitpur Fort in Butwal: उजिर खासमा प्रधानमन्त्रि भिमसेनका भतिजा थिए । त्यसबेला उनले काका भिमसेन थापालाइ (बाबज्यु जनरल) भनेर सम्बोधन गरेर लेखेको पत्र यस्तो थियो। पृथ्वि नारायण शाहलाइ नेपाल एकिकरण अभियानमा सघाउने काजि बिरभद्र थापाका कान्छा छोरा सानुकाजि भनिने अमरसिंह थापा थिए । नेपाल-भोट युद्धमा होमिएका अमरसिंह थापाका ५ भाइ छोराहरुमा जेठा भिमसेन थापा थिए भने माहिला नयन सिंह थपाका छोरा थिए उजिर सिंह थापा । काका मात्रै नभएर उजिरका भाइ माथवरसिंह थापा पनि नेपालको मुख्तियार बनेका थिए । यसरि पुस्तौ पुस्ता देखि देशको सेवा गरेका बिभिन्न युद्धमा होमिएको परिवार थियो उजिरको । सन १८१४ मा उजिरको हजुरबुवा सानुकाजि जनरल अमरसिंहथापाको निधन हुँदा उनि पाल्पाको जनरल थिए। हजुरबुवाको निधन पश्चात सो पद उजिर सिं थापाको पोल्टामा आयो। काठमाण्डौंमा बस्ने उजिरले पाल्पाको सर्बोच्च पद सम्हाल्न भनेर २० दिन हिँडेर पाल्पा पुगेका थिए। त्यस बेला उनि भर्खर १९ बर्षका भएका थिए। उनि पाल्पा पुगेकै बर्ष बेलायति फौजले नेपाल बिरुद्ध धावा बोलेको थियो तेसैले सन १८१४ देखि १८१६ सम्म एंग्लो नेपालि बिषण युद्ध भयो। अंग्रेजको बिशाल फौजको बिरुद्ध जम्मा १२०० फौज मात्रै भएका उजिरले मानिस, सामाग्रिको राम्रो ब्यबस्थापन गरेर खुबै प्रभावकारि युद्ध लडेका थिए। उजिरले युद्ध शुरु हुनु अघिनै पुर्वाधारको निर्माण गर्न लगाएका थिए। उनले हतारहतार बाटो, पुल, अनि युद्ध सामाग्रिले सज्जित पल्टनको निर्माण गरेका पाल्पा क्षेत्रमा थिए। जब बेलायति फौज जितगढि किल्ला तिर अघि बढेको खवर आयो उनले पुरै तयारि गरे। बेलायति फौज ले जितगढि किल्लालाइ ताक्दै तिनाउ खोला तर्दै गर्दा उजिरको फौजले एक्कासि आक्रमण गर्यो। https://youtu.be/4-2GMnBid9I
AnandNepal · Apr 17, 2020 12:25 PM · 5,541 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion