नत स्कुल खोल्छ नेता, नत उद्योग चलाउछ, आफु गाजा तानु भन्छु, बुढो जुलुस गर्न बोलाउछ // एउटा नेता स्वोर्गीय भो, जनता उसको रुदै थियो, मैले भने नरोउ भाई, इश्वोरको लिला येस्तै भयो / उसले भन्यो, बुझे हजुर तर थाम्नै गारो भयो, यो मन, जम्मा एउटा मर्यो बल्ल, हेर्नुस त बाकी अझै कति छन् // मेरो पनि गयो सातो, रुन थाले धुरु धुरु, उसले भन्यो नरोउ अब, मलामी जाऊ हुल बाधी खुरु-खुरु/ मैले भने जान्न मत, गएर पाउनु नै के छर, उसले भन्यो नेता न हो, फर्की आउन्न भन्ने के छ भर // अब मलामी नगई भो र, त्रास तेत्रो बढे पछि, अघि अघि बढ्यो मुर्दा, लाग्यो जिउदा पछि पछि/ तेही पुगियो जहाँ पुगिन्छ, नेताको पछि लागे पछि, तर अमर रहोस भन्योउ सबले, खरानी त्यो भए पछि// -चट्टयांग बाऊसाप Last edited: 16-Apr-20 08:42 AM
ssk · Apr 15, 2020 12:43 PM · 4,176 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion