बल्ल अम्रिका आको जस्तो भाको छ /

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

(सम्झनुस यो मेरो आफ्नै भोगाई हो, तपाई को होइन ,तेसैले नरिसाउनुस :) ) तपाईलाई कोरोना सोरोना के के आको होला, मलाई बडा दसैँ आको छ, हो मलाई बल्ल बडा दसैँ आको छ / ५ दिन ज्याक्सन हाईटको इन्डियन रेस्टुरेन्टमा भाडा चम्कौथे काम धन्दा ऐले ठप्प छ , बल्ल छुट्टी भाको छ, मलाई दसैँ आको छ / म आफ्नो इन्टरेस्टले अमेरिका आको मान्छे नै होइन, दलालको इन्टरेस्टले आको / घर मेरो रौतहट, चन्द्रनिगाह, बाऊबाजेको सम्पति o बिगाह / घरको दुखले पासपोर्ट च्यापेर पैसा कमाउन कतार हिडेको, visa लागेन, कतारको visa लगाउन नि थोप्रा राम्रो हुनु पर्ने रैछ / दलालले चोर बाटो बाट विदेश लान्छु भनेर हिडाको ५ महिनामा अमेरिका उतार्यो / जहाजको खलासीले उक्लने बेलामा ढोकामा कतार, मलासिया, दबाई भन्दै ढोका ठोक्दै थियो उतार्ने बेलामा अमेरिकामा उतार्यो / म अम्रिका उत्रिन तयार नै थियिन, यहाँ उत्रेर के गर्ने, न भाषा औछ न कुनै सीप / कतार हिडेको मान्छेलाई दलालले अम्रिका ल्याएर फाल्दियो / यहाँ आए पछि केहि त गर्न पर्यो, आफु लाई भाषाको समस्या, मेरा गाम्ले सबै मलासिया, तेता हिन्दि, नेपाली बोलेनि काम चल्ने, आफु उछिटिएर यता आइ पुगियो / अब हिन्दि बोल्ने ठाउँमा काम खोजेको, धोतिको रेस्टुरेन्टमा काम मिल्यो / काम कस्तो भन्दा दिन भर भाडा मोल्नु पर्ने / हप्ताको ५ दिन भाडा घोटान दिन्थे महिनाको २०००-२२०० कमाई हुने / 6 7 जना साथी ( येस्तै काम गर्ने ) बटुलियो २ बेड अपारमेन्ट भाडामा लिएर बसियो / कोठा भाडा आफ्नो भागमा महिनाको ३०० पर्ने, खान रेस्टुरेन्टले दिने, मेट्रो खर्च महिना को १७५, अरु खर्च महिना को २५० / सबै गर्दानि महिनाको १००० जति बच्ने / महिना मर्योकि खुरुरु मनी ट्रान्सफर दौडियो ९०० नेपाल पठायो / येसो गर्दा दर्दै गाऊमा मैले धान खाने गैरि खेत जोडेको / सबै ठिकै थियो, म भाडा चम्कौदै थिए, समस्या status को थियो / म पुरै इल्लिगल, साहु मेरो काम बाट ज्यादै खुसि, राम्रो काम गर्दै जा एक दिन तलाई H1B स्पोंसोर गर्छु भन्थियो, मलाई यो H1B भनेको तातो भुत्लो केहि था थिएन, येही साझा आएर था पाको / H1 भनेको काम गर्न पाउने visa रैछ /ल होला नि त भनेर राम्रो कम गर्दै गए केहि गुनासो नगरी / मैले त्यो साहुकोमा माजेको भाडा थुप्रो लाउने हो भने भाडाको सगरमाथा बन्थ्यो होला, तर त्यो साहुको मलाई H1 स्पोंसोर गर्ने एक दिन कैले आएन, आयो त के भने नेपालमा "महा-भुकम्प" / तपाईहरु नेपालमा बस्ने जाबाको लागि त्यो महा भुकम्प थियो होला, म अमेरिका मा बस्नेको लागि चैते दसैँ / मेरो लागि चैते दसैँ भनेको असोजको दसैँ पछि मासु खान पउने अर्को दिन / त्यो महाभूकम्प ( चैते दसैँ ) लाई प्रयोग गरेर मैले TPS लिए / TPS पाए पछि मेरो status लिगल भयो / अब मलाई त्यो साउको H 1B किन चाहियो ? काम छोडेर राम्रो काम गर्ने निर्णय लिए / TPS त लिए, status नि भयो, अब गर्ने के ? मलाई यो TPS काग लाई पाकेको बेल भयो, हर्स न बिस्मात / ज्ञान, शिप, छेमेता केहि छैन, status भएर के गर्नु / साझामा एउटा साथीले यहाँ आएर गलफत्ती गर्नु भन्दा केहि techincal कुरा सिक भंथियो, ऐले उसको कुरा याद आयो / तेती बेला एउटा पाठ सिके आघि बढ्न status हैन छेमता चाहिने रैछ, जुन म मा थिएन / legal status नभएर केहि गर्न नसको नत्र म पनि केहि गर्न सक्छु भन्ने भ्रमको बादल TPS ले हटाई दियो / २०१५ देखि TPS भएर नि रेस्टुरेन्टको भाडा हानी रा छु, केहि दुख गुनासो छैन , PR , citizenship हुनेहरु त येस्तै काम गरि बसेका छन्, मत जाबो TPS / मेट्रो चर्छु, आफ्नो गाडी छैन, घर छैन, ५ ७ जना २ ओटा कोठा लिएर बसको छु, कोठामा अलि अलि उडुस छ, त्यो बाहेक सबै ठिकै छ / साझामा केहि साथीहरु कामको कुरा गर्छन, प्रमोशनको कुरा गर्छन, सफलताका कुरा गर्छन खुसि लाग्छ / आफुले ऐले सम्म गरेको सफलता भनेको mtero station को keeper को आखा छलेर पैसा नतिरी मेट्रो चढेको मात्र हो / येसो गर्दा धेरै चोटी २.७५ USD बचाएको छु / कसले भनेको खुसि हुन ठुलो ठुलो कुरामा सफलता हासिल गर्नु पर्छ?अरे भाई खुसि सानो सानो कुरामा लुकेको हुन्छ / आफुलाई पैसा नतिरी मेट्रो छिर्दा संसार जितेको भान हुन्छ / म येस्मै खुसि छु/ यता साझा छिरेर नि बेला बेला उत्पात मचाकै छु / तातो न छारोको पोस्ट गर्न भ्याकै छु / १ २ जना को पोस्ट hijack गर्न भ्याकै छु / duplicate पोस्ट, काउन्टर पोस्ट गर्न भ्याकै छु / पोर्टर भएर के भो, येही साझामा रास्ट्रपति सम्म लाई गाली गर्न भ्याकै छु / एउटा गाडी नि छैन भनेर "हेप्ने"? stock मा ५ ७ हजार लगानी गरेकै छु /अर्काको पोस्ट hijack गर्यो, कुकुर जस्तो जता नि एकै मान्छे को पछि लग्यो भनेर "हेप्ने " ? राम्रो संग हेर न साझामा आकल झुकल भालु पूरान लेखकै छु / उमेर छिप्पे नि लेखाई बालकको जस्तो भएर के भो, बिस्तारै ठिकै भइ हाल्छ नि / अब त झन् भाडा हान्ने काम बाट पुरै छुट्टि पाको छु / मलाई दसैँ आको छ / १२०० को चेक मेरै हो, येति ले २ महिनाको घरभाडा खान पिन चलि हाल्छ, unemployment file गरि सके, महिनाको कम्तिमा २५०० औछ, यो मेरो महिनाको तलब भन्दा ज्यादा हो / मलाई दसैँ हैन बडा दसैँ आको छ / मलाई त कोरोना आएकै ठिक, अझै १ वर्ष येस्तै होस्, काठमाडौँमा एक तलको घर बन्छ / भाडा हान्दा हान्दा थकित ज्यानले बर्सौ पछि आराम पाको छ / १२०० कैले आउने होला, अर्को २६०० मासिक कैले आउने होला, चेक औछ कि Direct deposit हुन्छ होला / पैसा आए पछि कसोरी नेपाल पठाउने होला? दोकान सबै बन्द छ / कति महिना यो फोकट को पैसा आउने होला ? येस्तै येस्तै सोचमा दिन कटी रा छन् / साझामा नि कति छिर्नु, एकै मान्छेको कति डाहा गर्नु / orange face ( trump ) को अनुहार हेर्न मन नपर्ने म, ऐले मन मनै जैजैकार गर्न मन छ / बाहिर देखाउन लाई चै आझै गाली गर्नु परेको छ / कोराना एक वर्ष लम्बियो भने मेरो एक तला घर बन्ने पक्का छ / यो फुर्सदको समयमा साझामा छिरेर १ २ जनाको ढाडनि सोझ्याउनु छ /तिमिहरु लाई मेरो पोस्ट वाक्क लगेर के गर्छौ, मलाई लागेको छैन, मलाई वाक्क नलागे सम्म पोस्ट गरि राक्छु, जस जसको ठुलो गेडा छ, छामी छामी उसकै चलाउछु बाहिर जे सुकै होस् , जति जना मरुन, म नमरे सम्म कोरोना फैली रहोस , unemployment benefit येसरी नै आइ रहोस / अरु लाई रोग, महामारी जे सुकै आवोस मलाई चै साचै बडा दसैँ नै आको छ / बल्ल अम्रिका आको जस्तो भाको छ //

SSK · Apr 11, 2020 2:12 PM · 27,214 views

15 Replies

एस एस के ब्रो .... कतै यो डाइनरमा त् घण्टा हान्न भाको होइन ? म चैँ पहिले ज्याक्सन हाइट्सको फेमस कोरियेंन इम्पलोईमेन्ट एजेन्न्सी हाङ्ग मिजीले पठाउन भाको एउटी कोरियेंन बुढीको स्टोरमा काम गरेको थिए ! एक दिन बस ढिलो भएर एक घण्टा ढिलो काम पुगियो .... हप्ताको अन्तमा पैसा गन्छु त् एक घण्टाको काटेर दिएँ छन  ...सारै चित्त दुख्यो ..... भोलि पल्ट स्टोर गए .... ब्रेकमा स्टोर पछाडी लन्च गरिन्छ ... रिस उठी राको थियो ... स्टोरको गोदाम नि पिछाडि नै थियो ... गोदाम गएर पाँच जोर मोजा मैले आफ्नो मोजा माथि लगाए ! तेस दिन देखि जहिले नि के न केहि झ्याप हान्दै डेरामा ल्याउन्थे ! 🙄 मोरल अफ द स्टोरी : येदि कुनै नेपालीहरुले स्टोर चलाउँदै हुनु हुन्छ भने, दुइ - पांच रुपियाको लागि आफ्नो काम दारहरुको मन न दुखाउनु होस् ! Last edited: 11-Apr-20 04:44 PM

Nas · Apr 11, 2020 4:41 PM

Hoho yehi hoki kyaho maile dekchi molne thau , Jackson height ko jasto chha , if u come here I plate chiwmein free

SSK · Apr 11, 2020 8:42 PM

Hajur pani Majak garebaksincha. Hajur ko hajur buwa jiju buwa ley rana haru ko sewa garayra tanna jagga jodibaksoyo. Ani rajako Palama hajurko biwaley thulai post payebaksoyo . Tes mathi chettriko choro ani power lagayara army ma pani Gaye baksoyo. Aahilay usa ma pani IT ko kaam garee baksadai cha consultancy ko kripalu. Hoina ta hajur ?

ehho2 · Apr 11, 2020 9:31 PM

Not everyone is born rich...so if you are not one of them you have to get going from somewhere or start from scratch...Jeff Bezos used to flip burgers at McDonalds...Warren Buffet started off as a paper boy delivering newspapers...If you have the brain and desire you can be anyone you want to be in this capitalist country...

looper · Apr 12, 2020 1:36 AM

Pandemic Unemployment insurance ( that extra 600) chai aahiley ko lagi july ko end samma matra valid cha. Condition herera yo extend garna sakcha.

paani_ma_paade_jasto · Apr 12, 2020 1:52 AM

बाऊको सम्पति भएर के गर्नु ehho बाबु छोरो महादेव ; यो कोडिंग सोडिंगले नथेगला जस्तो छ मेरो खर्च, Uber /lyft नि down छ ; अब नया स्किल सिक्नु पर्यो भाडा माज्ने, पछि बुडी नि खुसि हुने ,life is all about experiments

ssk · Apr 12, 2020 8:51 AM

1200 ai pugyo vai

tps2gc · Apr 14, 2020 10:23 AM

@Nas bro you never fail to amuse me. I like your sense of humor bro.

wegalzrock · Apr 14, 2020 10:54 AM

अ ssss .... सो ग्ल्याड ड्याट् .... आइ कुड़ पुट अ स्माएल अँन माई स्वीट सिस्ट़ा'ज फेस ! अनि त्यो झ्याप हान्ने कुरो ..... Last edited: 14-Apr-20 01:04 PM

Nas · Apr 14, 2020 1:04 PM

नास ब्रो यो अंग्रेजी लै नेपाली skript मा नलेख न , पढ्न गारो हुन्छ / एउटा दुइटा phrase त् ठिकै हुन्छ , तर .... कोहि कोहि चै नेपाली लाइ english स्क्रिप्ट मा लेख्चन , त्यो पनि गारो हुन्छ / अनि यो झ्याप हान्ने कुरामा , मलाई त् सोम ले कोरियन बुढी माउ को छोरि वा नातिनी लाइ झ्याप हनेछ कि जस्तो लागेको थियो / मोजा मात्र रहेछ / हान्ने साढेको भर हुन्न क्या :) बरु त्यो पाच जोर मोजा झ्याप हान्दा कम्तिमा दुइ सिज़े ठुलो जुत्ता लगाएको थियोउ होला है ? कि मोजा नै ultra thin durex भन्दा पनि पातलो थियो ? अनि SSK भाई येसरी आफ्नो कथा भन्दै satire लेख्न छोड न / यो तिम्रो कथा होइन भनेर त् ehho2 ले भानिसकिबक्सियो / बरु उबर तिर झ्याप झ्याप भएर आएका तरुनी हरु संग को encounter सुनौ न छन भने /

salamkrishne · Apr 14, 2020 2:38 PM

@Nas bro ani you didn't get into trouble for doing that? Lucky you. Yeah you are not as bad as i thought you were. 😉😉😉

wegalzrock · Apr 14, 2020 5:03 PM

"अंग्रेजी लै नेपाली skript मा नलेख" हुन्छ क्रिश्ने ब्रो ! 🤓 विगल्ज सिस्टर, अँह ! कहिले मुसिबतमा परिन ! कहिले काँही अलिक ठुलो समान लिन्थे, त्यो चैँ अगाडी पट्टि अन्डरवेरमा घुसाउन्थे ! म त् साँच्चि नै खाते हूँ ! हा हा ! 😂 Last edited: 14-Apr-20 05:39 PM

Nas · Apr 14, 2020 5:39 PM

@Nas bro ofcourse you had to give too much info hai..seriously you never fail to amuse me.

wegalzrock · Apr 14, 2020 10:08 PM

"too much info" स्विट गल ... यी सब लाइफका टिड-बिट्स हुन् .... "नो शेम" सिस्टर ! 😁 Last edited: 14-Apr-20 11:22 PM

Nas · Apr 14, 2020 11:21 PM

गाडी चलाउदाको एकदम रोचक तर खतरनाक अनुभब छ कृष्णजी, एउटा digital पत्रिका बाट छाप्न खोज्या ज्यादै भल्गर भयो भनेर धेरै काट छाट गर्यो, बाघ लेखेर पठाको edit गरेर मुसा बनाइदिनु भयो + मेरो बस्तिबिक परिचय खुल्ने खतरा भयो, तेसैले होल्ड छ, meantime ऐले भाडा हान्न ब्येस्त

ssk · Apr 15, 2020 2:27 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion